In The News (17)

भारतले बिजुली दिए उज्यालो, नत्र अँध्यारो
प्राधिकरणले चालू आवमा लोडसेडिङ न्यून गर्न भारतबाट ३३७ मेगावाट विद्युत ल्याउँदैछ । गत वर्ष २३७ मेगावाट आयात गरेको थियो ।
मधेसको मनदुखाइ– ‘नागरिकता’

‘मेरो हजुरबुवा वंशजका आधारमा नागरिक। हजुरआमा अंगीकृत। बुवा वंशज। आमा अंगीकृत। म वंशज। मेरी श्रीमती अंगीकृत,’ जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवशंकर साहलाई यतिबेला चिन्ता छ, ‘मेरा छोराछोरीले अब कतै अंगीकृत हुनुपर्ने त होइन?’

..... ‘नेपाली नागरिकका सन्तानलाई अंगीकृत बनाउने र अंगीकृत व्यक्तिले राज्यका उच्च ओहदामा पुग्न नपाउने विभेदकारी नीति हटाउनुपर्‍यो,’ तमलोपाका केन्द्रीय सदस्य बलराम कुँवरले भने, ‘चाहे कुनै व्यक्ति मधेसको होस् वा पहाडको कन्दराको किन नहोस्, समान अधिकार पाउनुपर्छ। हामीले संविधान बिथोल्न खोजेको होइन। संविधान सबैलाई चाहिएको छ। विभेदकारी नहोस् भन्ने मात्र हो।’ ....... धनुषाका कांग्रेस सभासद चन्द्रमोहन यादवले भने मस्यौदामा नागरिकतालाई लिएर कुनै क्षेत्रमाथि भेदभाव नगरिएको बताए। ‘बुझाइमा मात्र समस्या हो,’ उनले भने, ‘नबुझेको कुरा एकबाट अर्को, अर्कोबाट अर्को हुँदै बृहत् रूप लिइरहेको छ।’ ...... धारा १३(३) .... ‘विदेशी नागरिकसँग विवाह भएको नेपाली नागरिकबाट नेपालमा जन्म भई नेपालमा नै स्थायी बसोबास गरेको र विदेशी मुलुकको नागरिकता प्राप्त नगरेको स्वयं घोषणा गर्ने व्यक्तिले कानुनबमोजिम नेपालको अंगीकृत नागरिकता प्राप्त गर्नेछ।’ .......... ‘बाबु नेपाली हो भने वंशजका आधारमा नागरिकता दिने मस्यौदाकै अर्को ठाउँमा भनिएको छ,’ उनले भने, ‘फेरि कुनै व्यक्ति विदेशस्थित मावलमा वा विदेशका प्रसूतिगृहमा जन्मियो भने नेपालको नागरिकै हुन नपाउने? नेपालमा जन्म भई किन लेख्नु? नेपाली नागरिकको कोखबाट जन्मिएको लेख्दा पुग्दैन?’ ..... एमाले नेता माधवकुमार नेपालले मस्यौदाको नागरिकता प्रावधानमा मधेसका प्राय:ले चासो राखेको बताए। ‘आपत्तिजनकै त छैन,’ उनले भने, ‘तर एक ठाउँमा महिला/पुरुष नखुलाउँदा अस्पष्ट भएको रहेछ। त्यसलाई मिलाउनुपर्ने मैले पनि महसुस गरेको छु।’ .....

मस्यौदामाथि अन्तक्र्रिया हुँदा मधेसमा सबैजसोले उठाउने सवाल नै नागरिकता बनेको छ।

त्यसमा कसैले के, कसैले के प्रावधानमाथि प्रश्न राख्छन्। आपत्ति जनाउँछन्। आक्रोश पोख्छन्। छलफल बहिष्कार गरेका उनीहरूका जम्मा माग छन्– नागरिकताको प्रावधान बुझिने र खुकुलो पार्नुपर्‍यो, प्रस्तावनामा ‘मधेस आन्दोलन’ शब्द थप्नुपर्‍यो र प्रदेशहरूको सीमांकन/नामांकन संविधानसभाले नै टुंग्याउनुपर्‍यो। ..... रौतहटका अधिवक्ता आफ्ताब आलमले भने नागरिकताको प्रावधानमा कहीं–कतै संशोधन गर्न आवश्यक नै नरहेको टिप्पणी गरे। ‘बुझाइमा मात्र समस्या हो,’ उनले भने, ‘अथ्र्याउनेले गलत अथ्र्याएका कारण समस्या बढिरहेको हो।’ ..... मधेसवादी नेताहरूले मस्यौदाको प्रस्तावनामा आन्दोलनहरूका नाम लेखिएका ठाउँमा ‘मधेस आन्दोलन’ पनि थप्नुपर्ने माग राखेका छन्। उक्त प्रस्तावनामा भनिएको छ, ‘राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि नेपाली जनताले पटक–पटक गर्दै आएका ऐतिहासिक जनआन्दोलन, सशस्त्र संघर्ष, त्याग र बलिदानको गौरवपूर्ण इतिहासलाई स्मरण एवं सहिदहरू तथा बेपत्ता र पीडित नागरिकहरूलाई सम्मान गर्दै।’ ..... तमलोपाका सिंहले माओवादीको ‘ऐतिहासिक जनआन्दोलन’ लेखिएको तर मधेस आन्दोलनलाई पूरै बिर्सिएको टिप्पणी गरे। ‘मधेस आन्दोलनकै कारण अन्तरिम संविधानलाई संशोधन गरी संघीय गणतान्त्रिक लोकतन्त्र नाम दिइएको हो,’ उनले भने, ‘त्यो योगदान र मधेस आन्दोलनको महत्त्वलाई चटक्कै भुल्न पाइँदैन।’ अन्तक्र्रियामा प्राय:ले यस्तै माग उठाउने गरेका छन्।
हेल्मेट लगाएर सुझाव स‌ंकलन
कार्यक्रम बिथोल्न तराई मधेस लोकतान्त्रिक पार्टिका नेता एव्म पूर्वसभासद् जितेन्द्र सोनल, सद्भावना पार्टिका केन्द्रीय सदस्य गणेशप्रसाद साहसहित मधेसी जनअधिकार फोरम नेपाल, नेकपा माओबादी बैद्य समुह, नेकपा माओबादी मातृका समुह, राप्रपा नेपाललगायतका पार्टिका सयौं नेताकार्यकर्ता सुझाव संकलन स्थल पुगेका थिए । मधेसबादी दलका नेताकार्यकर्ताले कार्यक्रम स्थलबाहिर मस्यौदाको प्रतिलिपि जलाएका छन् । ....... कार्यक्रमलाई सुरक्षा दिन नेपाल प्रहरीका एक सय २५ र सशस्त्र प्रहरीका एक सय ३५ सुरक्षाकर्मी खटिएका थिए । ....... कार्यक्रमपछि सभासद् खातुनले भित्र र बाहिर बिरोध गरेर सुझाव दिने सबैको राय आफूले संविधान सभामा बुझाउने बताईन् । मधेसवादी दलका नेताकार्यकर्ताले गरेको बिरोधलाई आफूले सामान्य रुपमा लिएको भन्दै खातुनले सबैको सहमतीमा संविधान जारी गरिने पनि दाबी गरिन् ।

Comments

Popular posts from this blog

फोरम र राजपा बीच एकीकरण: किन र कसरी?

नेपालभित्र समानता को संभावना देखिएन, मधेस अलग देश बन्छ अब

फोरम, राजपा र स्वराजी को एकीकरण मैं छ मधेसको उद्धार