Monday, July 20, 2015

In The News (15)

भारतले संविधान निर्माणमा मधेसी दलको पनि हिस्सा खोजेको छ : प्रचण्ड
प्रचण्डले अब बन्न लागेको संविधानमा भारतले मधेसी दलको हिस्सा खोजेको बताएका छन् ..... भारतले मधेसी दलको चासोलाई सम्बोधन गरिदिए हुन्थ्यो भन्ने आशय आफूसँग व्यक्त गरेको बताए । ....... प्रचण्डले मधेसलाई समेटेर नजाँदा समस्या आउने भएकाले विवादको बिउ नरोपी संविधान बनाउन भारतीय पक्षले आफूलाई सुझाव दिएको बताए । ..... प्रचण्डले आफूले मधेसी जनता र दलको भावनालाई भुलेर बाहिरबाट केही काम हुनै नसक्ने कुरा भारतीय पक्षलाई सम्झाएको पनि अन्तर्वार्तामा बताएका छन् । संविधानको पहिलो मस्यौदा जनताको हातमा रहेकाले यसमा अधिकतम सहमति तथा सरोकारका विषय समेटिने प्रचण्डको तर्क थियो । प्रचण्डले संघीयतामा सीमांकनसहितको संविधान जारी भएमा सबै पक्ष सन्तुष्ट हुन सक्ने भएकाले सीमांकनसहितको संविधान जारी होस् भन्ने इच्छा भारतीय प्रधानमन्त्री तथा नेताहरुले व्यक्त गरेको बताए । ‘नेताहरुसँगको कुराकानीमा संघीयतामा सीमांकनसहितको संविधान जारी भएमा सबै पक्ष सन्तुष्ट हुन सक्ने आशय मैले पाएको थिएँ’, प्रचण्डले भने,‘यो आशयलाई मैले सकारात्मक रुपमा लिएको छु ।’
जनमत सङ्कलनको कार्य हतारमा गर्न हुन्न : उपसभापति पौडेल
उनले आज र भोलि जनमत सङ्कलन गरेर यही साउन ७ गते नै संविधानसभामा बुझाउने कार्य एकदमै हतारो र अव्यावहारिक हुने बताए । केही समय लगाएर भए पनि जनमतबाट आएका सुझावको अध्ययन गरी संविधानसभामा प्रस्तुत गर्नुपर्ने उनको भनाइ थियो । ....... “संविधान निर्माणको प्रक्रिया पूरा ग¥र्यौ भन्ने मात्र होइन, यस्तो प्रक्रिया वास्तविक र स्वाभाविक ढङ्गबाट पूरा हुनुपर्छ, ‘फास्ट ट्र्याक’को नाममा देखावटी र अस्वाभाविक रुपमा काम गर्नुहुँदैन” – उपसभापति पौडेलले भने ।
अब जारी हुने संविधान अग्रगामी संविधान बनाउँछौ: सभासद्हरु
सभासद् गिरीले दाङ प्रादेशिक राजधानी बन्ने बताए । ..... कार्यक्रममा बोल्दै सभासद् अनारकली मियाले अब जारी हुने संविधानमा महिला, जनजाति सबैका अधिकार सुनिश्चित हुने बताए ।


माधव नेपाल सहभागी गौरको कार्यक्रममा तनाव अनिल झासहित मधेसवादी दलका केही नेता– कार्यकर्ता घाइते
संविधानको प्रारम्भिक मस्यौदामाथि छलफल गर्न गौर नगरपालिकाको सभाकक्षमा आयोजना गरिएको कार्यक्रममा तनाव भएको छ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, एमाओवादी सभासद् प्रभु साहलगायत सहभागी कार्यक्रममा मधेसवादी दलका नेताले छलफल सुरु हुनै लाग्दा कुर्सी तोडफोड गरेर अवरोध पुर्याएपछि तनाव भएको हो । ....... मधेसवादी दलका नेता तथा कार्यकर्ताले संविधानको प्रारम्भिक मस्यौदाको विरोध गर्दै छलफल रोक्न माग गरेर कुर्सी तोडफोड गर्न थालेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले अवस्था नियन्त्रणमा लिएको थियो । कार्यक्रमस्थलभित्र तनाव सुरु भएपछि कार्यक्रम स्थलबाहिर मधेसवादी दलका कार्यकर्ता र एमालेका कार्यकर्ताबीच पनि झडप भएको ....... झडपमा संघीय सद्भावना पार्टीका अध्यक्ष अनिल झा, पूर्वसभासद् बबन सिंहलगायत मधेसवादी दलका केही नेता तथा कार्यकर्ता सामान्य घाइते भएका छन् । झडपका क्रममा प्रहरी उपरीक्षक भीम ढकाल मधेसी दलका कार्यकर्ताबाट कुटिएका छन् । ....... दुवै प्रहरीले कार्यक्रमस्थल भित्रको अवस्था नियन्त्रणमा लिएर माधव नेपाललगायत नेता तथा सभासद्को सुरक्षा दिइरहेका छन् । कार्यक्रम स्थल बाहिर तनाव भए पनि भित्र मस्यौदामाथि छलफल चलिरहेको छ । प्रहरीले घेरा हालेर कार्यक्रमस्थललाई नियन्त्रणमा लिन खोजे पनि अहिले दुवै पक्ष नाराबाजी गरिरहेका छन् । दुवै पक्षका कार्यकर्ता प्रदर्शन गरिरहेकाले यहाँ कुनै पनि बेला झडप हुन सक्ने अवस्था अवस्था रहेको प्रहरीले जनाएको छ । यसै वीच प्रहरीले मधेसवादी दलका कार्यकर्ता र एमालेका कार्यकर्ताबीच झडप भए पछि एक दर्जन भन्दा बढि अश्रु ग्यास प्रहार गरेको छ ।
भारत भ्रमण सफल भयो, म उत्साहित छु : प्रचण्ड
प्रचण्डले १४ वर्षअघि आएको भूकम्पले ध्वस्त बनाएको गुजरातको विकासबाट आफू प्रभावित भएको बताउँदै गुजराती जनताबाट आफ्नो भव्य स्वागत बताए । ‘गुजरातको भुललगायत ५ एकीकृत बस्तीको मैले अवलोकन गरेँ । त्यहाँ मलाई मोदी नेपाल आउँदा बानेश्वरमा नेपाली जनताले जस्तै हजारौं जनताले स्वागत गरे’ प्रचण्डले भने ।
ओलीलाई रोक्न भित्रभित्रै यस्तो पनि भएछ
एमालेको नेतृत्वमा राष्ट्रिय सरकार बन्न नदिन अन्तर्राष्ट्रिय शक्तिहरु संगठित रुपमै सल्बलाउन थालेका छन् । नेपालमा सबैभन्दा बलियो जनाधार भएको पार्टीले सरकारको नेतृत्व गर्दा आफ्ना स्वार्थहरु नमिल्ने ठहर गरेपछि विदेशी शक्तिहरुले चलखेल तीव्र बनाएको टिप्पणी उच्च राजनीतिक, कूटनीतिक क्षेत्रमा हुन थालेको थाहा भएको छ । स्रोत भन्छ – एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वाधिनताको पक्षमा लिएको अडानका कारण देशी–विदेशी शत्तिःहरु ओलीविरुद्द एकजुट हुन थालेका छन् । ........ दलहरुबीच कांग्रेसले राष्ट्रपति, एमालेले प्रधानमन्त्री, एमाओवादीले सभामुख र मधेसी मोर्चाले उपराष्ट्रपति पाउने भद्र सहमति अनुसार नै संविधान मस्यौदाको काम अघि बढेको स्रोतहरु बताउँछन् । ......

कांग्रेस नेता तथा भौतिक पूर्वाधार मन्त्री विमलेन्द्र निधिले केही दिनअघि कांग्रेस कार्यकताहरुको अनौपचारिक जमघटमा कुनै हालतमा एमालेलाई सरकारको नेतृत्व नदिइने बताएका थिए । उनको भनाइ थियो – कांग्रेसलाई अब कुनै पार्टीबाट चुनौती छ भने त्यो एमाले हो, गाउँ –गाउँमा एमालेले कब्जा गरिसक्यो, नयाँदिल्लीवाला पनि एमालेलार्य कुनै पनि हालतमा सरकारको नेतृत्व दिनुहुँदैन भन्दैछन् । अब स्थानीय चुनावको बेला एमालेले नेतृत्व पायो भने त कांग्रेस काशी पसे हुन्छ ।’

कांग्रेसका केही नेताले १६ बुँदे सहमति गर्ने र अर्काथरी नेताहरुले त्यसको बिरोधमा मधेसवादी र केही जनजातिहरुलाई उकास्ने काम गरिरहेका छन् ।
नागरिकतामा ज्वाइँ र बुहारीलाई एउटै व्यवस्था असम्भव 'बच्चा आकाशबाट आउँदैन, बाबुको पहिचान हुन्छ'
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख सूर्यनाथ उपाध्याय ०४७ सालको संविधान निर्माण मस्यौदा समितिका सचिवसमेत हुन् । नयाँ संविधान ०७२ को मस्यौदामा रहेको नागरिकता सम्बन्धी प्रावधानमाथि महिला अधिकारकर्मी र मधेसवादी दलहरुले आलोचना गरिरहेका बेला उपाध्यायले चाँहि महिला र मधेसवादीको तर्कलाई गलत बताएका छन् । ..... नागरिकताको प्रावधानमा ‘आमा वा बाबु’ को साटो ‘आमा र बाबु’ नै राख्नु उपयुक्त हुने उपाध्यायको जिकिर छ । त्यस्तै बाबु ठेगान नभएको भन्ने प्रावधानमा पनि उनी असहमत छन् । बच्चा आकाशबाट झर्दैन भन्दै उपाध्याय भन्छन्- ‘बच्चाको बाबु को हो भन्ने पहिचान हुन्छ ।’ ....... अमेरिकाको राष्ट्रपति हुन त्यहीँ जन्मेको हुनुपर्छ भनेर किन लेखिएको ? समानता त भएन ।

भूटानमा बाबु र आमा लेखिएको छ

। समानता त भएन । त्यसैले मैले सुरुमा नै भनें समानता भनेको के ? यो निरपेक्ष हुँदैन । नागरिता भनेको कागजको खोस्टो त होइन । केही सर्तहरु छन्, जुन हाम्रो देशको आवश्यकता अनुसार राखिएको हो । ........ बाबुको पहिचान भयो कि भएन भन्ने प्रमाण त पुर्‍याउनु पर्‍यो नि । बच्चा त आकाशबाट आउँदैन । बाबु त होला । बाबु को हो भनेर भन्नै नपर्ने भनेको के ? बाबुको पहिचान भएन भनेर स्थापित गर्नुपर्दैन ? आमाले भन्दैमा हुन्छ ? पहिचान नहुनका लागि के हुनुपर्‍यो भने अँध्यारो रातमा कसले बलात्कार गर्‍यो थाहा भएन, बेहोस भएका बेला कसले के गर्‍यो थाहा भएन भन्नु पर्‍यो । नत्र किन पहिचान हुँदैन ? ........ हाम्रो जस्तो देश, जहाँ सानो जमीनमा धेरै जनसंख्या भइसक्यौं र जनसंख्या वृद्धिलाई हामीले नियन्त्रण गर्न सकेका छैनौं । हाम्रो संस्कार कस्तो छ भने जतिसुकै समानता भनेपनि बच्चाले बुबाकै थर लिएर आएको हुन्छ । हामी बराबर हौं, कुनै शंका छैन । तर, बुबाको थर लिएर किन आउँछौं त ? आमाको लिएर आए पनि हुन्थ्यो । तर, हामी मातृसत्तात्मक पनि होइनौं । हामीले आफ्नो संस्कृति, परिवेश केही नहेरी दुइवटा मान्छे आकाशबाट झरेको छ र उनीहरु समान हुन भन्न मिल्दैन । निरपेक्षरुपले नहेर्दा के हुन्छ भने विवाहपछि केटी केटाकोमा जान्छ । थर पनि परिर्वतन हुन्छ । जुन केटीको संस्कार नै फरक हुन्छ र श्रीमानको परिवारको संस्कार लिन्छ । यसलाई पनि विदेशी पुरुषलाई सरह १५ वर्ष स्थायी बसोबास गरेपछि बसेपछि दिने भन्ने हो भने हाम्रो संस्कार चल्दैन । व्यवहार चल्दैन । ........ केटाको हकमा भन्दा यहाँ हाम्रो समाजमा धेरैजसो बिहावारी पारि(भारत)का सँग हुन्छ । पारिको मान्छेको यहाँ आउने जाने कुनै रेकर्ड छैन । न भिसा हुन्छ । कहिले आयो, कहिले गयो, कहाँ बस्यो हामीलाई केही थाहा हुँदैन । .... नेपाली केटीसँग विवाह गरेर नेपाल आएर बस्ने थोरै होला भन्ने अनुमान छ । बसेछन् भने पनि विशेष व्यवस्था किन गर्नुपर्‍यो भने उसको परिवार नयाँ रुपमा सिर्जना हुन्छ । सम्पत्ति, परिवार उतातिर पनि रहन्छ । त्यसैले उसले आफूलाई म यहाँको हुँ भनेर प्रमाणित पनि गर्नुपर्छ । ..... होइन, विदेशी ज्वाइँलाई सरह बुहारी व्यवस्थालाई गरौं भन्यो भने कसैले मान्दैनन् र व्यवहारिक पनि हुँदैन । ........ यो स्थानीय बसोबास भनेको के हो ? कतै व्याख्या छैन । यो देश, जहाँविना कुनै रेकर्ड विदेशी आएर बस्छ । जति दिन बसे पनि पाउँछ, जान पनि पाउँछ । अनि स्थायी बसोबासको रेकर्ड के रहन्छ ? परिणाम यहाँ विवाह गर्छ, उतै बस्छ । आतेजाते त होला । तर, उताको नागरिकता छाड्दैन । दुबै लिएर बस्छ । तपाईले के गर्न सक्नुहुन्छ ? ...... अर्को, नागरिकता त्यागेको प्रक्रिया चलाएमा भनिएको छ । प्रक्रिया चलाए भनेको के ? अचम्म त के छ भने पहिला नेपाली भएको तर, अहिले अर्को देशको नागरिकता लिएको छ भने उसले पुनःप्राप्तिका लागि त्यागेमा भनिएको छ । अनि विदेशीका लागि कारबाही चलाएमा भनिएको छ । ..... भारतसँगको सन् १९५० को हाम्रो सन्धीले सीमा व्यवस्थित नगर भन्दैन । तर, गर्न भारत चाहँदैन । नेपाली पनि चाहँदैन । .......... त्यसो भन्नेले रेगुलेट गरौं न त भन्दा किन नमानेको त ? खुला सीमा, हाम्रो विशेष सम्बन्ध छ भनेर राख्नुपर्छ भनिरहेको छ । उसलाई फाइदा छ । उसका हजारौं मान्छे यहाँ काम गरिरहेका छन् । ........... हाम्रो नेतृत्वमा हिम्मत छैन । यो मुद्दालाई उठायो कि भारतले हामीलाई कस्छ भन्ने डर छ । के अचम्म लाग्छ भने खुला सीमाले फाइदा कसलाई हुन्छ ? ........ के भन्या, त्यो रोटी बेटीको सम्वन्ध ? ठीक छ, छोराछोरीको विवाह हुन्छ, हाम्रा मान्छेले पनि भारतमा गएर काम गर्छन् । उनीहरु पनि आउँछन् । काम त हाम्रा नेपालीहरुले कतार, मलेसियामा गएर पनि गरेका छन् । ....... अर्को कुरा, हाम्रा मानिसहरु भारतमा जति वर्ष काम गरे पनि उसले नागरिकता त दिँदैन । हामीले १५ वर्ष नेपालमा स्थायी बसोबास गरे दिने भनेका छौं । यसले मधेसका मानिसहरुकै, उहाँहरुकै भाग खोसिएको छ । ...... अर्को अचम्म के छ भने हवाइजहाजबाट नेपाल आउँदा भारतीय नागरिक भए पनि हामी आइडेन्टिटी (परिचय खुल्ने कागज) खोज्छौं । तर, जमिनबाट आउँदा खोज्दैनौं । के व्यवस्था हो ? परिणाम के हुन्छ त बंगलादेशी पनि उस्तै छ, पाकिस्तानी पनि उस्तै देखिन्छ । यसले कसलाई फाइदा गर्छ ? ....... अर्को कुरा, सीमा रेगुलेट गर्ने भनेको आउजाउ नै बन्द गर्ने भनेको कहाँ हो र ?

कतिवटा नाका चाहियो ५० वटा, १०० वटा, २०० वटा ? नाका राखौं । अन्त तारबार लगाऔं ।

कम्तिमा चोरी तथा तस्करी रोकिन्छ । सीमा मिचिएको भनेर हुने विवाद पनि रहँदैन । त्यसैले हाम्रो नागरिकताको सम्वन्ध भारतसँग जोडिएको छ । ............ महिला अधिकारवादीले कहिल्यै यो कुरा उठाएका छन् ? छैनन् । यो वास्तविकताप्रति ती नागरिकतावादीहरु कहिल्यै संवेदनशील छन् ?

दुई-चारजनाले टाइप गरेर ल्याएका कुरा माइतीघर मण्डलामा देखाउँदैमा त्यो सत्य हुँदैन ।

........ सभासद पनि हुन पाइन्छ, एनजीओको अभियन्ता पनि हुन पाइन्छ । पूर्वप्रधानमन्त्रीको श्रीमती र २/४ लाखको विज्ञापन दिने गरी विदेशी संस्थाका लागि माग गर्न पनि पाइन्छ । व्यक्तिहरु म नाम लिन चाहन्न तर, ती सबै ‘लबिष्ट’ हुन् । त्यो लबीका लागि फण्डिङ बाहिरबाट भइरहेको छ र देशका लागि यो घातक छ । ..... एकछिन सोच्नुस् त, हामी कसका लागि काम गरिरहेका छौं ? एउटा व्यक्तिले आफू लबिष्ट भएको संस्थाका लागि काम गर्छ कि उसलाई छानेर पठाउने हाम्रा लागि ? ...... हामीले अहिले सहिरहेका छौं । यो अब प्रष्ट हुनुपर्छ । प्रश्न के हो भन्दा देशको सम्प्रभुताको हो । हाम्रो इन्टिग्रिटीको हो । संस्कारको कुरा हो र प्रश्न केही व्यक्तिको आफ्नो धन्दा चलाउन गरिएको कुरा हो । ......

तर, मधेसका नेताहरुले विरोध गर्छन् नि ? -त्यसैले त यी राष्ट्रवादी होइनन् भन्दैछु म । अरुका लागि काम गरिरहेका छन् । जसको परिणाम चुनावमा हारे । जुन दिन नेपालका सच्चा मधेसीहरुले यो कुरा बुझ्छन् कि उनीहरु हाम्रा लागि काम गरिरहेका छैनन्, अझ हार्छन् । ..... तर, मैले यो भनेको छैन कि नेपालका कुनै पनि नागरिकले नागरिकता पाउनुहुँदैन ।

........ तर, नागरिकताको विषय त सँधै उठ्छ किन ? -नेपालमा लामो समयदेखि लाखौं लाख नागरिकताविहीन छन् भनेर राजनीति गरिरहेका छन् । संविधानमा कयौं विषय छ, तर नागरिकतालाई मात्र उठाइएको छ । यतिसम्म भयो, दोस्रो जनआन्दोलनपछि संविधान पर्खिएनन्, पहिला नागरिकता ऐन संशोधन गरे । .... जनआन्दोलन त्यसका लागि भएको रहेछ, त्यही बुझ्नुपर्‍यो हामीले । होइन त ? यसले हाम्रो देशलाई समाप्त पार्छ । यसमा कुनै शंका छैन । ........... यो कुरा किन नेताहरुले बुझेनन् ? -बुझ्दैछन् । युवा नेताहरुले विस्तार बोल्दैछन् । र, यो मधेसकै पक्षमा हो ।

म वीरगञ्जको मान्छे हुँ, मेरो घर त्यहाँ छ

। म अहिले लगेर देखाउन सक्छु कति विदेशीले घर बनाए ? कति विदेशीले नागरिकता लिए भनेर । ........... तर, भारतीय वा कुनै मुलुकका नागरिकले हाम्रो नागरिकता किन लिन्छन् त ? -

यहाँ अवसर छ । बजार छ । भारतमा प्रतिस्पर्धा छ । अवसर कम छ र प्रतिस्पर्धा कडा छ । अरु त केही छैन ।

......... देश नै समाप्त पार्ने षड्यन्त्र हो । .... यो संविधानमा नयाँ व्यवस्था भनेको केही पदका लागि वंशजको नागरिकता प्राप्त व्यक्तिलाई मात्र योग्य बनाइएको छ । तर, मधेस केन्द्रित सभासदहरुले विरोध गरे । -किन विरोध गरे भने उताका मानिसहरु छिटो आएर नागरिक हुन पाउन् भनेर । अर्काका लागि भनेका हुन् उनीहरुले । उनका सन्तान त वंशजकै नागरिक भइहाल्छन् । किन कुन स्वार्थले भनिरहेका छन्, उनीहरु नै जानुुुस् । भनेपछि नागरिकता नेपालमा सारै सस्तो चिज जस्तो भएछ कि क्या हो ? -कुन्नि त । सबै हावादारी किसिमले बनाएपछि हावादारी कुरो हुन्छ । हा… हा…हा … । ०४७ सालको संविधान बनाउँदा म सचिव थिएँ । संविधान भनेको कुरा भाषण होइन । देशको गम्भीर कुरा हो । दुर्भाग्यको कुुरा यो संविधानमा विदेशीको हितहरु लक्षित भएको हो कि भन्ने देखिन्छ । एक दुईवटा कुरा हाम्रो हितमा त छँदै छैन । ... बोर्डरको समस्या समाधान नगरेसम्म नागरिकताको समस्या समाधान हुँदैन .. म केमा छक्क पर्छु भने हाम्रा मान्छेहरु जुन चुरो कुरो जहाँ छ, त्यहाँ नजाने । अनि, सबैलाई रोजगारी दिन्छु भन्छ, भात खुवाउँछु भन्छ, सरकारले कहीँ रोजगारी दिन्छ ? बेरोजगार भत्ता पनि दिने रे । १०० रुपैयाँ दिने ? त्यही बोक्नुस् । हा हा हा … पान खान पनि पुग्दैन । .............

वंशजको नागरिकता प्राप्तका लागि आबा वा बाबु नेपाली नागरिक हुनु पर्ने होइन । आमा र बाबु नै राख्नुपर्छ ।

...... अंगीकृतको हकमा विदेशी पुरुषले अर्को देशको नागरिकता त्याग्ने ‘कारबाही चलाएमा’ भन्ने हटाएर त्यागेमा लेख्नुपर्छ । अर्को स्थायी बसोबास भन्ने छ, त्यसका लागि राष्ट्रय हितसम्वन्धी धारा ५ मा सीमाको सुरक्षासँगै व्यवस्थापन भन्ने थप्नुपर्छ । अनिमात्र को आए, को गए भन्ने रेकर्ड राख्न सकिन्छ । यो देशले के गर्‍यो हेर्नुस्, प्रत्येक नेपालीलाई कार्ड दिने भनेको छ । यसको के अर्थ छ ? उस (नेपालमा बस्ने भारतीय नागरिक)लाई नदिएसम्म यसको कुनै अर्थ छ ? प्रत्येक नेपाली नागरिकसँगै यहाँ आउने विदेशीको परिचय खुल्ने गरी अभिलेख राख्ने भनौं । अनि कुरो ठीक हुन्छ । भारतीयहरुले पनि परिचय पत्र पाउँछन् र बस्छन् । तर, बोर्डरको समस्या समाधान नगरेसम्म नागरिकताको समस्या समाधान हुँदैन । ....... रहिरहन्छ । देश समाप्त भएपछि मात्र समाप्त हुन्छ ।
प्रचण्ड सुझाव संकलन कार्यक्रममा ढुंगामुढा
संविधानको नयाँ मस्यौदामा जनमत संकलन गर्न आफ्नो निर्वाचन क्षेत्र

सिरहा

पुगेका एमाओवादी अध्यक्ष प्रचण्डको कार्यक्रममा ढुंगामुढा भएको छ । ...... सुझाव संकलन गर्न प्रचण्ड आउने थाहा पाएपछि

संघीय समाजवादी फोरमले सभासद वीरेन्द्र महतोको संयोजकत्वमा

कमिटी नै गठन गरेको थियो । ..... झडपका क्रमममा डीएसपी माधव बुढाथोकीसहित सात प्रहरी पनि घाइते भएका छन् ।
कसका लागि बन्दै छ संविधान ?
यो मुलुकमा संविधान नभएर संविधान बनाउन लागिएको होइन । पहिले पनि विभिन्न कालखण्डमा विभिन्न संविधान बनाइएकै हुन् । २०४७ सालको संविधानलाई त्यसका निर्माताले ‘दुनियाँकै सर्वोत्कृष्ट संविधान’ भनेकै हुन् । त्यो संविधानको पूर्णविराम र अल्पविराम पनि फेर्नु हुँदैन भनिएकै हो । नेपाली जनतालाई त्यो संविधानबाट पुगेन । परिवर्तनको चाहना बोकेका जनताले विभिन्न आन्दोलन र संघर्ष गरे । त्यही क्रममा पछिल्लो ऐतिहासिक जनआन्दोलनको एजेन्डा थियो– संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान बनाउने । ........... विडम्बना, २०६३ माघ १ गते ‘मुलुकका सबै पार्टीको सहमति रहेको’ अहंकारमा संघीयताबिनै अन्तरिम संविधान जारी गरियो । आखिर माघ २ गते सबै दलको सहमतिमा बनाइएको भनिएको त्यो संविधानमा आगो लाग्यो र त्यो आगो पुरै मधेसमा फैलियो । त्यसको राप र ताप यति उच्च थियो कि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको एकचोटीको सम्बोधनले त्यो आगो निभाउन सकेन । २०६३ माघ २४ गते राति सवा ११ बजे प्रधानमन्त्रीले दोस्रोपटक सम्बोधन गर्नुपर्‍यो । त्यसमा ‘मधेसको जनसंख्या प्रतिशतका आधारमा निर्वाचन क्षेत्र निर्धारण’ र ‘संघीय लोकतान्त्रिक राज्यप्रणाली निर्माण गरी शासन प्रणाली र राज्य संरचनाका सबै अंगहरूमा मधेसी, दलित, आदिवासी, जनजाति, महिला, मजदुर, किसान, पिछडिएका वर्ग र क्षेत्र सबैलाई समानुपातिक समावेशीका आधारमा सहभागिता’को प्रतिबद्धता व्यक्त गरिएको थियो । ....... सरकार र मधेसी मोर्चाबीच २०६४ फागुन १६ गते भएको आठबुँदे सम्झौतामा ‘मधेसी जनताको स्वायत्त मधेस प्रदेशको चाहना लगायत अन्य क्षेत्रका जनताको स्वायत्त प्रदेशसहितको संघीय संरचनाको आकांक्षालाई स्वीकार गरी नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हुने’ र ‘सरकारले सुरक्षा अंग लगायत राज्यका सबै निकायहरूमा मधेसी, आदिवासी जनजाति, महिला, दलित, पिछडिएका क्षेत्र र अल्पसंख्यक समुदायको समावेशी समानुपातिक सहभागिता हुनेगरी नियुक्ति, बढुवा र मनोनयन अनिवार्य रूपले गर्ने’ स्पष्ट उल्लेख छ । अन्तरिम संविधानको धारा १३८ (१) (क) मा यी सबै प्रतिबद्धतालाई लिपिबद्ध गरिएको छ । .........

कुनै बेला सद्भावना पार्टीले नारा लगाउने गथ्र्यो, ‘हर मर्जका एक ही दबा, जल्द करो संविधानसभा’ ।

...... संविधानसभाका ६०१ जनाले संविधान बनाएको पटक्कै देखिँदैन । किनभने

हस्ताक्षरकारी चार दलकै सभासदहरूले मस्यौदाका विरुद्धमा संविधानसभाको ‘रोष्ट्रम’बाटै आवाज उठाइरहेका छन्

। ....... नेपाल तीनवटा मुख्य समुदायबाट बनेको छ । जहाँ

खसवादी एक तिहाइ, मधेसी एक तिहाइ र जनजाति एक तिहाइ

छन् । यसभित्रै दलित मुस्लिम पर्छन् । यी तीन समुदायको जनसंख्या लगभग बराबर छ । यी तीन समुदायको लागि संविधान बनाउनुपर्नेमा खसवादी मानसिकता बोकेकाहरूले आज आफ्नोलागि मात्र बनाउन लागेका छन् ।

कोइराला, ओली र दाहाल

मिलेर बनाउन लागेको संविधान खसवादी मानसिकताबाटै प्रेरित भएको देखिन्छ । मस्यौदाले मधेसी, दलित, जनजातिको भावनालाई सम्बोधन गर्नसकेको छैन । ........ मधेसमा भौगोलिक एकरूपता र पहिचानको आधारमा संघीयताको खाका कोर्नुपर्छ । तर यसैबीच संघीयताको नाममा मधेसमा बस्ने समुदायलाई विभाजन गर्ने काम हुनथालेको छ । चाहे पहाडी होस्, चाहे मधसी, मेचीदेखि महाकालीसम्म सँगसँगै बसेका समुदायलाई समुदायकै नाममा मधेसबाट अलग गर्न खोजिएको छ । झापा, मोरङ, सुनसरी, चितवनका थरुहट इलाका, कैलाली र कञ्चनपुरलाई मधेसबाट काट्ने कुराहरू आइरहेका छन् । .......... राज्यसत्तामा समानुपातिक समावेशी प्रतिनिधित्व र जनसंख्याका आधारमा निर्वाचन क्षेत्र भनेर विगतकै सम्झौताहरूमा स्वीकृत गरिएको सिद्धान्त हो । २०५८ सालको जनगणना अनुसार मधेसका २० जिल्लाको जनसंख्या ४८ दशमलव ४ प्रतिशत थियो । त्यही आधारमा संविधानसभाको प्रत्यक्षतर्फको २४० सिट मध्येबाट मधेसले ११६ सिट पाएको थियो । जनसंख्याको आधारमा निर्वाचन क्षेत्र पाउनु मधेसको अधिकार हो । हालै जारी गरिएको संविधानको मस्यौदामा त्यसलाई इन्कार गरिएको छ ।

प्रदेशको जनसख्ंया एक लाख भए पनि पचास लाख भए पनि प्रत्येक प्रदेशबाट राष्ट्रियसभामा पाँच सिट भनिएको छ । यो कुन लोकतान्त्रिक मूल्य—मान्यता हो ?

....... मस्यौदाले नागरिकताको सवाललाई झन् जटिल बनाइदिएको छ । नेपाल र भारतबीच बेटी–रोटीको सम्बन्ध छ । भारतबाट विवाह गरेर ल्याएपछि ती महिलालाई वैवाहिक अंगीकृत नागरिकता दिने कानुन आजसम्म छ । तिनका सन्तानलाई वंशजको नागरिकता दिने कानुन पहिलेदेखि नै छ । नयाँ मस्यौदाअनुसार भारतबाट विवाह गरेर ल्याइएकी महिला र उनबाट जन्मिने सन्तानले अब अंगीकृत नागरिकतामात्र पाउँछन् । यो के गर्न खोजेको ?

भारत र नेपाल बीचको सामाजिक, पारिवारिक र प्राकृतिक सम्बन्धलाई किन तोडन खोजिँदैछ ?

......... मस्यौदामा ‘एक भाषा, एक भेष’को पुरानै विभेदकारी व्यवस्था राखिएको छ । बहुभाषिक नीति राख्नुपर्नेमा सरकारी कामकाजका लागि एउटा निश्चित भाषा किटान गरिएको छ । अर्कोतिर राष्ट्रपति, उपराष्ट्रपति लगायत राज्यका उच्च संवैधानिक पदहरूमा वंशज र जन्मसिद्धका आधारमा नागरिकता प्राप्त वा अंगीकृत नागरिकता पाएको दस वर्षसम्म नेपालमा स्थायी बसोबास गरेको व्यक्तिले मात्र नियुक्त वा निर्वाचित हुन पाउने अधिकार अहिले पनि छ । नयाँ संविधानको मस्यौदाले त्यो अधिकार खोस्यो । मस्यौदाको धारा २८२ मा वंशजको नागरिकले मात्र ती उच्चपद पाउनसक्ने भनिएको छ । यस्तो प्रतिगमनकारी व्यवस्था किन ल्याइयो ? ....... वर्षौंदेखिको नेपालीको सपना पुरा गराउने र विगतका आन्दोलनका उपलव्धि समेट्नेगरी मस्यौदा बनाइनुपर्छ । अनिमात्र यो मुलुकको राजनीतिक ‘सेटलमेन्ट’ हुन्छ । मुलुक आर्थिक समृद्धिको नयाँ युगमा प्रवेश गर्न सक्छ ।

पहिचान, अधिकार, सम्मान र शासनका लागि कसैले पनि फेरि संघर्ष गर्नु नपरोस् भन्ने सुनिश्चितता यो संविधानले दिनुपर्छ

। यसैमा सबैको कल्याण छ । ....... आज नब्बे प्रतिशत गणितको अहंकार देखाउने कांग्रेस, एमाले र एमाओवादीको अहंकार पनि तोडिन सक्छ । स्मरण दिलाउन चाहन्छु,

यिनै शक्तिमान दलहरूले मिलेर बनाएको अन्तरिम संविधानलाई ठाडै इन्कार गर्दै मधेसमा आन्दोलन भएको थियो

। यदि गणितकै अहंकारमा फेरि जनताका अधिकार खोस्न खोजिन्छ भने त्यसभन्दा पनि घनघोर प्रतिवादका लागि जनता तयार छन् । त्यसो हुनु अगावै सबैका लागि संविधान बनाउने सद्बुद्धि नेताहरूमा समयमै आओस् ।

No comments: