Monday, November 03, 2014

तीनै समुह (तराईका मधेसी, पहाडका जनजाति र काँग्रेस-एमालेका बाहुन) ख़ुशी पार्ने फोर्मुला: तीन राज्य, २५ प्रदेश



हिजो राति मैले सपनामा देखेको। समस्याको समाधान तीन राज्य, २५ प्रदेश हो कि? दुई संविधान सभाको मैंडेट सबै पार्टी मिलेर संविधान बनाउ भनेको। सबै पार्टीमा कमल थापा पर्दैन। सड़क संघर्षमा सकेसम्म नगएको राम्रो। पहिलो कदम त सबैले आ-आफ्नो नक्शा फाल्ने। एउटा नया किसिमको नक्शाको बारेमा सोँच्ने, र त्यहाँ सहमति खोज्ने।

तराईका मधेसी, पहाडका जनजाति र काँग्रेस-एमालेका बाहुन



झापा देखि कन्चनपुरसम्म, उदयपुर, मकवानपुर, चितवन, सुर्खेत समेटने गरी एक मधेश राज्य। त्यसको राजधानी नारायणघाट, चितवन। भौगोलिक नाम, बहुजातीय चरित्र। पुर्वी पहाड़ धादिंग सम्म: राज्यको नाम सगरमाथा। राज्यको राजधानी काठमाण्डु। भौगोलिक नाम, बहुजातीय चरित्र। बाँकी पश्चिमी पहाड़: धौलागिरी राज्य। राजधानी: पोखरा। भौगोलिक नाम, बहुजातीय चरित्र।

भौगोलिक नाम, बहुजातीय चरित्र भएको कम संख्याको राज्य पाएर काँग्रेस-एमालेका बाहुन खुश। एक मधेश एक प्रदेश पाएर उपेन्द्र यादव खुश, तराईका मधेसी सब खुश।

मैले चाहेको मधेश
दुर भविष्यका मधेश, समृद्ध मधेश

अब तराईका मधेसी र काँग्रेस-एमालेका बाहुनले मिलेर पहाडका जनजातिलाई खुश पार्ने। ७५ जिल्लाको सीमाना चिलिम चट पार्ने। २०४६ मा बहुदल आए पछि १४ अंचलाधीश बर्खास्त गरिए, तर अहिलेसम्म काँग्रेस-एमालेका अंचल कमिटीहरु छन: अचम्म।

राजतन्त्र समाप्त भयो। देश गणतंत्र भईसक्यो। वीरेन्द्रको ५ विकास क्षेत्र, महेन्द्रको १४ अंचल र ७५ जिल्ला सबै गायब पार्ने। एकात्मक व्यवस्थाको सीमानाहरु भित्र संघीय व्यवस्था छिराउन खोजेर नै हो यत्रो समस्या आएको। सहमति नभएको प्रमुख कारण शायद त्यही हो।

भने पछि ७५ जिल्ला गायब। अब तीन राज्यभित्र जम्मा २५ वटा प्रदेशहरु खड़ा गर्ने। यस बारे पद्म रत्न तुलाधारलाई गएर सोध्ने। तपाइँलाई कुन कुन किसिमको प्रदेशहरु चाहियो? कस्तो भए तपाइँ ख़ुशी हुने हो? के छ तपाइँको विचार? २५ प्रदेशको कुन किसिमको सीमांकन गरिए तपाइँ आन्दोलनमा नजाने?

लिम्बुवान, किरात, शेरपा, नेवा, तमसलिंग, तमुवान, मगरात सबैलाई ठाउँ दिने, कन्जुस्याइँ नगर्ने। तराईमा कोचिला, मिथिला, भोजपुरा, अवध, थरुहट सबैलाई ठाउँ दिने। र सबैको नाम अहिले निर्धारण गर्ने।

Power Devolution को फोर्मुलामा ५०% मा जाने हो भने -- अर्थात केन्द्रको बजटको ५०% तीन राज्यलाई जनसंख्याको हिसाबले समानुपातिक, राज्यको बजटको ५०% २५ प्रदेशलाई जनसंख्याको हिसाबले समानुपातिक -- २५ प्रदेशले देशको बजटको २५% पाउने भो, तर प्रदेश सरकारले आफ्नो बजटको ५०% स्थानीय (गाउँ/शहर) सरकारलाई दिने हो भने, यी २५ प्रदेश सरकारहरुले देशको बजटको १२% जति खेलाउने भए। त्यो धेरै होइन। त्यसमा नामको कुरामा कन्जुस्याइँ नगर्ने। २५ प्रदेशमै पनि १२ वटा जतिले भौगोलिक नाम पाउने मैले देखिराखेको छु। जनजातिहरुले मागेका जातीय नाम त्यति धेरै छैनन्। मागे जति प्रत्येक दिने।



तर प्रशस्त कार्यभार दिने यी २५ प्रदेशलाई। आम जनताले सरकारी कार्यालय धाउने प्रदेश सरकारको राजधानीभन्दा माथि जानु हुँदैन। राज्यको राजधानी र देशको राजधानीमा भेला हुनुपर्ने lawmaker हरु मात्र हो। तीन राज्यको राजधानी नजिकै राखेको कारण छ। तीन राज्यबीच राम्रो coordination होस् भनेर हो।

देश, राज्य, प्रदेश, गाउँ/शहर। प्रदेश प्रमुखको निर्वाचन गाउँ/शहरका वडा अध्यक्ष र मेयर, उप मेयर हरुले गर्ने।

The Raute, The Chepang And Federalism In Nepal
Counter Proposal To The Nepali Congress
क्रान्ति और संगठन




No comments: