Wednesday, July 07, 2021

जनमत पार्टी ले झापा देखि कंचनपुर सम्म स्वीप गर्छ त?

यदि आज देश मा चुनाव हुन्छ भने जनमत पार्टी ले झापा देखि कंचनपुर सम्म स्वीप गर्छ त? गर्दैन। संगठन राम्रो बनेको छ। तर संगठन ले पुग्दैन। आंदोलन नै चाहिन्छ। आंदोलन गरेर मीडिया मा जताततै छाएको खण्ड मा भने स्वीप गर्छ। मीडिया ले अलि अलि ड्रामा खोज्छ। त्यो भनेको आंदोलन नै हो। 

विवेकशील साझा ले काठमांडु मेयर मा झन्डै झन्डै जितेको अलग अलग लड़दा पनि। तर झन्डै झन्डै जित्नु र जित्नुमा धेरैको फरक हुँदो रहेछ। मेयर जितेको भए राष्ट्रिय पार्टी बनिसकेको हुन्थ्यो। संसद मा पाँच दश सीट भए पनि हुन्थ्यो। 

जनमत पार्टी लाई राष्ट्रिय पार्टी बन्न गारहो छैन। तर राष्ट्रिय पार्टी बनेर सानो पार्टी बने त्यस पछि को बाटो उकालो हो। अहिले कर्यकर्ता हरु मा जुन जोश जाँगर छ त्यसमा व्यापक ह्रास आउने डर हुन्छ। 

प्रथम चरण मा नै झापा देखि कंचनपुर सम्म संगठन निर्माण गर्नु ठुलो उपलब्धि हो। देश को आधा भाग त ओगटेको हो। त्यहाँ ४०% पहाड़ी मुल का मानिस नै छन। तर दोस्रो महाधिवेशन काठमांडु मा गर्ने र त्यति बेला सम्म ७७ जिल्ला पुगिसक्ने लक्ष्य हुनुपर्छ। 

देश अहिले पनि केन्द्रीकृत नै छ। शक्ति सत्ता अझै काठमांडु मा छ। मधेस मा परिवर्तन गर्न, मधेसी को जीवन मा सकारात्मक परिवर्तन ल्याउन काठमाण्डु पुग्नै पर्छ। 

मेरो तर्क हो जनमत पार्टी का लागि सबैभन्दा सजिलो बाटो भनेको प्रथम कदम मा नै देश स्वीप गर्ने बाटो हो। मेक्रोन ले फ्रांस मा जे गरे, दिल्ली मा केजरीवाल ले जे गरे। त्यस का लागि आंदोलन नै चाहिन्छ। (Remote Relay अनसन: चुँकि रामलीला मैदान उपलब्ध नहीं है)







'राष्ट्रपतिले आफ्नै भाइलाई प्रधानमन्त्री घोषणा गर्ने परिस्थिति आउन लाग्यो'  भारतमा ७० वर्षसम्म राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गरेको विषयमा कहिल्यै विवाद नभएको बताउँदै नेपालको संविधानको धारा ७६ को उपधारा १ देखि ५ सम्म स्पष्ट रूपमा लेखे पनि राष्ट्रपतिले त्यसलाई पालना नगरेको बताए । ....... लोकतान्त्रिक देशहरू भारत क्यानडा, अस्ट्रेलियामा राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था रहेको र त्यहाँ कहिल्यै विवाद नभएको ...... संविधान बनाउने बेलामा धारा ७६ को बारेमा बोलेका कुराको रेकर्ड गायब पारिएको ...... उनले दोस्रो संविधानसभामा भएको छलफलको रेकर्ड नै गायब पारिएको उल्लेख गरे । ....... एउटै प्रधानमन्त्रीले दुई दुई पटक संसद् विघटन गर्नु घोर महाअपराध भएको ....... ‘यस्तो अक्षम्य अपराध संसारका कुनै पनि तानासाहले गर्दैन । प्रतिनिधि सभा जनताको सभा हो । चुनाव त संविधानले भने अनुसार हुन्छ । प्रधानमन्त्रीले भने अनुसार हुने हो र ? हाम्रो संविधानमा त्यो लेखेको छ र ? संविधानले जे लेख्छ चुनाव त्यही बेलामा हुन्छ ।’ 

जसपा विभाजनका लागि तीन साउनबाट सुनुवाइ सुरु गर्ने आयोगको निर्णय पाँच सदस्यीय इजलास गठन ....... सत्ता समीकरणमा देखिएको विवादका कारण जसपा विभाजनसम्म पुगेको हो । जसपाको संघीय परिषद् अध्यक्ष पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव विपक्षी गठबन्धनमा लागेका छन् । अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूह प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ एमालेतर्फ लागेका छन् । ठाकुर समूह केही समय सत्तामा समेत गएको थियो ।

माओवादी केन्द्र खारेजीको निवेदन निर्वाचन आयोगमा  माओवादी केन्द्र छोडेर एमाले प्रवेश गरेका रामबहादुर थापा, टोपबहादुर रायमाझी, मणि थापा, प्रभु साह, लिलाबहादुर थापा, रामचन्द्र मण्डल, दधिराम न्यौपानेलगायतले माओवादी केन्द्र खारेजीको माग गरेका हुन् ।







No comments: