Wednesday, July 14, 2021

ओली माधव को घम्साघम्सी मा बित्ने ३० दिन


ओली माधव को घम्साघम्सी मा बित्ने ३० दिन 

ओली ले सहयोग गरेर समुचा एमाले ले देउबा सरकार लाई विश्वास को मत दिने संभावना छैन। निधि ले रामचंद्र कैम्प का कोइराला र प्रकाशमान लाई ताने जस्तै नेमबांग ले दुबै कैम्प लाई तान्न सक्ने त हो तर हिम्मत चाहियो। त्यो आँट गर्ने अहिले सम्म कुनै छाँटकाँट देखिएको छैन। माधव ले नै पनि दोस्रो पुस्ता लाई सार्ने के नै जमर्को गरेका छन र? 

भने पछि एमाले भित्र एउटा एउटा मत का लागि घिंचतान हुने देखियो। त्यो एउटा कुरूप अवस्था हो। उपधारा (५) को अपव्याख्या ले पैदा गरेको अवस्था। 

माधव घरि २३ बाट ३०, ३० बाट १३, १३ बाट फेरि २० हुँदै २१ पुगेको। यस्तै यस्तै समाचार हरु पढनुपर्ने भो अब। देउबा लाई तर दुबै हाथ मा लड्डु। एमाले एक भए पो समस्या। माधव ले प्रयास गर्दा गर्दै विश्वास को मत दिन नसके त देउबा लाई झन मज्जा। आफुले खोजेको चुनाव पनि पायो। दोष पनि आफुले लिनुपरेन। माधव जी ले दिन्छु भनेको भोट दिएनन त भन्न पाइयो। 
एमाले भित्र दोस्रो पुस्ता ले बगावत गर्नु देशभक्ति हुनेछ। एमाले भित्र ओली माधव दुबै लाई सक्रीय राजनीति बाट किनारा लगाउने मौका हो यो। अहिले दोस्रो पुस्ता ले बगावत गर्ने कि छ महिना पछि लटरम्म चुनाव हार्ने? प्रश्न त्यो हो। 


No comments: