Monday, July 12, 2021

एउटा प्रतिगमन सच्चिन बाँकी छ: संवैधानिक निकाय का असंवैधानिक नियुक्ति हरु

एउटा प्रतिगमन सच्चिन बाँकी छ: संवैधानिक निकाय का असंवैधानिक नियुक्ति हरु 

संसद विगठन गर्दा ओली ले अध्यादेश को बाटो संविधान संसोधन गरेको होइन। तर संवैधानिक निकाय का असंवैधानिक नियुक्ति हरु धारा १३७ लाई अध्यादेश को बाटो संसोधन गरेर गरिएको छ। त्यस कारण त्यो संसद विगठन भन्दा पनि ठुलो प्रतिगमन हो। त्यो सच्याउने कहिले? कसले? मलाई लाग्छ त्यो खुद ओली ले पनि फिर्ता लिन सक्दैनन। अथवा केही दिन पछि प्रम बन्ने देउबा ले बदर गर्न मिल्ने निर्णय होइन। त्यो अदालत ले नै गर्नुपर्ने हुन्छ। 

त्यति गरे पछि प्रतिगमन त सच्चियो। त्यस पछि माधव र उपेंद्र ले देउबा लाई विश्वास को मत दिने नदिने प्रतिगमन को मुद्दा मा होइन। त्यस पछि जानुपर्ने भनेको संसदीय अभ्यास मा नै हो। फेरि एक पटक विश्वास को मत दिए देउबा ढुक्क हुने हो अर्को १७ महिना का लागि। अर्थात उपेंद्र यादव लाई परराष्ट्र मंत्रालय बाट घोक्रेठयाक लगाए पनि उपेन्द्रजी कतै जाने ठाउँ बाँकी रहँदैन। 

विश्वास को मत दिँदा माधव कामरेड पार्टी बाट निकालिने होइन। तर त्यस पछि त व्हिप लाग्छ। देउबा लाई विश्वास को मत दिने र त्यस पछि प्रत्येक पटक देउबा सरकार विरुद्ध मतदान गर्न कर लाग्छ। 

अहिले उपेंद्र र माधव को हस्ताक्षर को ताकत मा संसद पुनर्स्थापना भएको छ। लक्ष्य पुरा भयो। अब आंदोलन को टोपी उतारेर संसदीय अंकगणित को टोपी लगाउनु पर्ने भो। 

एमाले एक ढिक्का भएर, जसपा एक ढिक्का भएर यदि फ़ास्ट ट्रैक मा संविधान संसोधन हुन्छ भने एमाले-जसपा सरकार किन नबनाउने? सोच्नुपर्ने समय आइसक्यो। एमाले ले संसदीय दलको नेता किन नफेर्ने? माधव प्रस्तावक बनेर सुबाष नेमबांग को नाम किन प्रस्ताव नगर्ने? 

संविधान संसोधन का लागि दुई तिहाइ मत चाहिन्छ। त्यो देउबा सँग हुँदैन। एमाले जसपा सरकार छ भने १७ महिना सत्ता प्राप्ति पनि भयो र संविधान संसोधन का लागि मत पनि प्राप्त भयो एमाले को। सत्ता प्रमुख कुरा होइन। तर एमाले को भोट बटुल्ने अर्को बाटो के? कांग्रेस र माओ पार्टी लाई त करै लाग्छ भोट दिन। जनकपुर पुगेर रेशम फिरिरि गर्ने कामरेड प्रचंड। 

जसपा एक ढिक्का हुनु भनेको एक तिहाइ मंत्री उपेंद्र का १२ मध्ये बाट। दुई दुई जनाले उप प्रम पड्काउने। अझ हृदयेश सँग एकीकरण गरे तीन तीन वटा ले उप प्रम पड्काउन मिल्छ। 


कहिले काहिं कसैलाई पाखा लगाउनु छ भने प्रोमोट गरदिने गरिन्छ। उपेंद्र लाई महंथ लाई पाखा लगाउनुछ। प्रोमोट गरिदिने। सर्वोच्च नेता। 





राष्ट्रपतिको निर्णयमा न्यायिक परीक्षण नभए निरंकुशता जन्मिन्छ
सर्वोच्चको फैसला गलत छ, तर हामी मान्छौं : सुवास नेम्वाङ संविधान, संवैधानिक अभ्यास, संसारभरि रहेका संसदीय प्रणाली, संसदीय प्रणालीका मूल्य र मान्यताहरु, हामीले अस्वीकृत गरेको निर्दलीय व्यवस्थाका मान्यताहरु लगायत विविध सन्दर्भमा सर्वोच्च अदालतको  भर्खरै भएको निर्णयले गम्भीर प्रश्न उठ्ने स्थिति देखिन्छ । त्यस्ता प्रश्नहरु उठाएको छ । यति गम्भीरतापूर्वक प्रश्नहरु उठाएको छ कि यो फैसला प्रति सहमति हुनसक्ने ठाउँ देखिंदैन । अदालतको निर्णय गलत हुँदाहुँदै पनि हामी कानूनको शासन र लोकतन्त्रमा विश्वास गर्ने शक्ति भएको कारण सर्वोच्च अदालतको यो गलत निर्णयलाई मान्छौं । र संविधान तथा लोकतान्त्रिक मूल्य र मान्यता बमोजिम निरन्तर संघर्ष गर्दै अगाडि बढ्छौं ।







सियान, साइकल र साम्यवाद  पार्टी महासचिव तथा राष्ट्रपति सी जिन पिङले नेपाल लगायत विश्वका सयौं देशका राजनीतिक दलका नेतालाई भर्चुअल सम्बोधन गर्दै समकालीन विश्वका लागि चीनको सन्देश प्रष्ट गरे । कतिपय टिप्पणीकारले ‘चीनका कम्युनिष्ट’ र ‘नेपालका कम्युनिष्ट’ को तुुलनात्मक चर्चा गर्दै ‘त्यहाँका त्यस्ता, यहाँका यस्ता’ भन्दै ‘चीनका कम्युनिष्ट असल, नेपालका कम्युनिष्ट खराब’ भन्ने निष्कर्ष दिए । ....... चिनियाँ प्रणालीको सफलताले ‘पश्चिमा उदार लोकतन्त्रको विकल्प’ खडा भएको जस्ता टिप्पणी भयो । ‘बहुदलीय लोकतन्त्र’ भन्दा चिनियाँ मोडेलको ‘एकदलीय प्रणाली’ बढी सफल, सार्थक र उपयोगी हुने त हैन ? मानिसका मनमा यस्ता प्रश्नले पर्याप्त ठाउँ पाए । चिनियाँ सफलताको मोडेल समकालीन विश्वका लागि एक ‘वैकल्पिक ढाँचा’ हुनसक्ने विश्लेषण गरियो । ........ सन् २०१९ जुलाई ४–८ को पाँचदिने छोटो चीन भ्रमणको स्मरण गरायो । सान्सी प्रादेशिक सरकारको आमन्त्रणमा समाजवादी पार्टीको एक प्रतिनिधिमण्डल सियान गएका थियौं । .......... नेपालको इतिहासमा बारम्बार चर्चा हुने चिनियाँ यात्री हुवान शाङ ....... नालन्दामा केही समय बसेर बुद्धिज्मको अध्ययन र ग्रन्थहरूको चिनियाँ अनुवाद गरेका थिए । उनी दक्षिणएशियाबाट १७ वर्षपछि सियान फर्किएका थिए । ........ फर्किएर सियानमा बसे । यहींबाट उनले चीनभरि बुद्धिज्मको प्रचार गरे ।  ....... भित्र भित्तामा लुम्बिनीका चित्र छन् । नेपालको मिथिला आर्ट जस्तो लाग्ने चित्रमा तिलौराकोट दरबार, लुम्बिनी, मायावती मन्दिर, देवदह क्षेत्रको चित्रण गरिएको छ । ............. बीचैमा हाम्रो टोलीको कसैले भन्यो– ‘हामी नेपालबाट आएको, बुद्ध नेपालमै जन्मिएको त हो ।’ चिनियाँ युवतीले उल्टै हामीलाई व्यङ्ग्य गरेकी थिइन्– ‘हो, थाहा छ । तर, मलाई यो पनि थाहा छ कि तिमी नेपालीहरू अधिकांश बुद्धिज्म मान्दैनौ, तिम्रो देशमा बुद्ध जन्मेर के पो त, चीनमा १३ करोड बढीले बुद्धिज्मको अभ्यास गर्छन् ।’ उनको उत्तरपछि सबै चुप भएका थियौं । ............ आफ्नै खर्चमा चीन डुल्ने क्षमता कति नेपालीसँग होला र ? नेरु १ लाख सटही गर्ने हो भने मुश्किलले ६ हजार चिनियाँ युवान हुने रहेछ । त्यति पैसाले पर्यटकको रूपमा चिनियाँ बजारमा मुश्किलले दुई दिन मात्र टिक्न सकिन्छ । ७ दिनको प्याकेज बनाउने हो भने कम्तीमा नेरु ५ लाख सटही गर्नुपर्ने रहेछ । सम्भवतः केही व्यापारी, प्रशासक, एनजिओकर्मी र यस्तै निःशुल्क प्रतिनिधिमण्डलको निमन्त्रणा पाएकाहरू चीन डुल्न सक्दा हुन् । अनि जहाज खालीखाली किन नहोस् ? ७ दिन चीन डुल्ने पैसाले त ३ महीना लगाएर पूरै दक्षिण एशिया डुल्न सकिने रहेछ । ......... म साइकल अत्यधिक प्रयोग हुने क्षेत्रको बासिन्दा हुँ । नेपालको तराई–मधेशमा साइकलको महत्व अझै घटेको छैन । प्रत्येक बिहान ६ बजेदेखि ९ बजेभित्र झुम्काबजारबाट इटहरी नगरतिर करीब १० हजार साइकल जान्छन् । ती धरान–इटहरी–दुहबी–विराटनगर करिडोरमा रोजगार गर्न जाने ग्रामीण बसोबासी मजदूर हुन्छन् । साँझ ५–७ बजे उसरी नै ताँती लागेर घर फर्किन्छन् । ............. उनले भने कि यो साइकल ‘म्युनिसिपल फ्रि सर्भिस’ हो । यो सेवा प्रयोग गर्न नगरपालिकामा आफूलाई दर्ता गर्नुपर्दछ । मोबाइलमा कोड नम्बर आउँछ । त्यो कोड प्रयोग गरेर मात्र साइकलको ताला खोल्न सकिन्छ । यस्ता साइकल सामान्यतः निजी सवारी साधन नभएका र ट्याक्सी प्रयोग गर्न आर्थिक क्षमता नभएकाहरूको लागि हो । शहरको जुनसुकै चोकमा घर, डेरा, अफिस वा अपार्टमेन्टबाट सडक पेटीमा आउने बित्तिकै साइकल यसरी नै उभिएका भेटिन्छन् । आफूलाई जहाँसम्म जानु छ त्यहाँसम्म चढेर जान सकिन्छ । जहाँ पुगिन्छ, त्यहींनेरको सडक पेटीमा छोडिदिने हो । ............. चोरी हुने कुनै सम्भावना हुँदैैन । एक त साइकल चोरेर कहाँ बेच्ने ? कसले किन्ने ? दोस्रो– साइकलको नेटवर्क र ई–निगरानी हुन्छ । कोड नम्बर नलिइकन ताला खुल्दैन । कुन साइकल कहाँनेर पुग्यो नगरपालिकाको नियन्त्रण कक्षमा सबै अभिलेख आउँछ । ...........  मलाई यो सिस्टम गज्जब लाग्यो । लाग्यो– साइकल प्रयोगमा यहाँ ‘साम्यवाद’ रहेछ । ............... त्यो रात दुई लिटर पानी पिएर सुतियो । भोको पेट राति राम्रो निद्रा परेन । ......... रेस्टुराँमा सयौं परिकार थिए । तर हामीलाई विचित्रका, अनौठा र बेस्वादिला लाग्ने । अधिकांश परिकारमा या त सुँगुरको मासुको पातला टुक्रा या त कुनै न कुनै ‘सि फुड’ मिसाइएको हुने रहेछ । ...........  ‘सि फुड’ अर्थात् सामुद्रिक खाना । भ्यागुता, गँगटा, कछुवा, सर्प, लेउ, आदित्यादि । जुन कुनै परिकारमा नून असाध्यै कम । मसला नहालेका, उसिनेका मात्र । .......... चिनियाँ खानाको न भेराइटी सम्झेर साध्य, न नाम । .........  सडकका सबै सम्भव भागलाई फूलले सजाइएको थियो । ........... करीब तीन हजार वर्ष अघि शहरको रक्षा गर्न सिटीवालको बाहिरपट्टि खनिएको ड्रेन थियो । त्यति पुरानो ‘सिटीवाल’, त्यसका किल्ला, किल्लामा सेन्ट्री पोष्ट र तोपहरू यद्यपि छँदैथिए । .......... क्रेनले सिङ्गै रूख तथा शृङ्गारिक वृक्ष उखेलेर ल्याउने र शहरको हरियाली बेल्टमा रातारात रोप्ने प्रविधिले मलाई असाध्यै आकर्षण गर्‍यो । हामी शहरको पेटी वा ग्रिनबेल्टमा कुनै बिरुवा रोप्छौं, त्यो या त सुकेर मर्छ या त ठूलो भएर शहरलाई शोभा दिन १०–२० वर्ष लाग्दछ । रूख उखाल्ने क्रेन, बोकेर शहरसम्म ल्याउने ठूला लरी र ठूला खाल्डो खन्ने मेसिन भए कुनै पनि शहरलाई ६ महीनादेखि एक वर्षभित्र जंगलको बीचमा बनाउन सकिने रहेछ । .............. ‘माओ असाध्यै धेरै पिरो खानुहुन्थ्यो । चुरोट पिउनुहुन्थ्यो । पिरो धेरै खानेको दिमाग तेज हुन्छ, चिन्तनशील मान्छेले चुरोट पिउँछ भन्ने आमधारणा जस्तो बनेको छ ।’ ...............  पार्टी स्कूलमा नेताले कार्यकर्तालाई प्रशिक्षण दिने हैन, पार्टी प्राध्यापकहरूले नेता, कार्यकर्ता दुवैलाई एउटै क्लासमा राखेर विद्यार्थी जसरी प्रशिक्षण दिंदा रहेछन् । विषयगत आधारमा क्लास बन्दो रहेछ । नेता, कार्यकर्ताको हैसियतको आधारमा हैन । पार्टी कक्षा सैद्धान्तिक र प्रयोगात्मक दुवै हुँदारहेछन् । ............. प्रशिक्षणका नाममा नेताहरूको एकोहोरो भाषणले पार्टी कार्यकर्ताहरूको ज्ञान कमजोर र विषय विज्ञताको अभाव हुन्छ । ............. चिनियाँ कम्युनिष्ट पार्टीले पार्टी नेता र कार्यकर्ताको शिक्षा, तालिम र प्रशिक्षणमा एकदमै धेरै लगानी र मिहिनेत गर्दोरहेछ । पार्टीभित्रको गुणस्तर र योग्यतातन्त्र कायम गर्न यसले धेरै मद्दत गर्दोरहेछ । .............. चिनियाँहरू प्राचीनकालदेखि नै ठूलो सोच राख्ने जाति हुन् । ग्रेटवाल जस्तै टेराकोटा म्युजियम एक अर्को आश्चर्य हो । ......... ८ हजार सैनिक, ५२० घोडाले तानेका १३० रथ र १५० घोडचढी सैनिकको टेराकोटाले बनेका मूर्ति अगाडि सम्राटको शव राखिएको रहेछ । यति सैनिक, रथ र घोडचढी लिएर स्वर्ग गए आफ्ना सम्राटले स्वर्गका राजालाई पनि जित्ने छन्, चिनियाँ जातिले धर्तीका कुनै राजासँग मात्र हैन, स्वर्गको राजासँग पनि हार्नुपर्ने छैन भन्ने अवधारणाबाट यो बनेको रहेछ । ...............  ग्रेटवाल इसापूर्वको सातौं शताब्दीमै बन्न शुरुआत भएको थियो । चीनको पहिलो सम्राट मानिने यिनै टेराकोटा महाराज छिन् सि ह्वाङले टुक्राटुक्रा खण्ड जोडेर ग्रेटवाल पूरा गर्न लगाएका थिए । सी जिन पिङको ‘बीआरआई’ हान वंशकै पालामा शुरुआत भएको ‘सिल्क रोड’ को आधुनिक रूप मात्र हो । ................. एक प्रसिद्ध चिनियाँ भनाइ छ– ‘सत्तामा पुग्नका लागि जतिसुकै कठोर भए पनि हुन्छ तर शक्तिमा टिकिरहन भने जनतासँग नम्र र दयालु हुनै पर्छ । युद्धले सत्ता जित्न सकिन्छ, तर जनताको मन नजितिकन सत्तामा टिक्न सकिंदैन ।’ वर्तमान चिनियाँ सत्ताको सफलताको रहस्य यही भनाइको वरिपरि छ । .............. चीनमा ‘जनता’, ‘पार्टी’ र ‘राज्य’ शक्तिका तीन अंग मानिन्छन् । यी तीनको संरक्षक भने जनमुक्ति सेनालाई मानिन्छ । जनमुक्ति सेनाले चिनियाँ जनताको रक्षा गर्छ, जनमुक्ति सेनाले चिनियाँ कम्युनिष्ट पार्टीको रक्षा गर्दछ, जनमुक्ति सेनाले चीन राष्ट्रको रक्षा गर्दछ भन्ने भावना व्याप्त हुन्छ । .............. कम्युनिष्ट पार्टी विनाको चीन औसत चिनियाँले कल्पना गर्दैनन् । ........... ठूलाठूला सडक र राजमार्ग, आश्चर्यजनक आकार र प्रविधिका पुल, एयरपोर्ट, रेलवे, सुरुङमार्ग, शहरीकरण, अपार्टमेन्ट प्रणालीमा आधारित सस्तो आवास, वातावरणीय रक्षा र सम्पूर्ण देश नै बगैंचाजस्तो गरी सजाउने सोच, अन्तरिक्ष अभियान आदि चिनियाँ राज्य, पार्टी र जनतामा व्याप्त छ । सियानबाट बुलेट रेल चढेर चार घण्टामा बेइजिङ पुग्न सकिन्छ । एलो रिभरमाथि फ्लाइओभरको बुझिनसक्नु जालो देखिन्छ । सडक सकेसम्म सीधा हुन्छन् । पहाड आए सुरुङ हानिन्छन्, नदीमा पुल र खोचमा अग्लाअग्ला ‘फ्लाइओभर’हरू हुन्छन् । सियानबाट गाउँतिर जाँदा हामी २६ किमी सुरुङ मार्गबाट हिंडेका थियौं । अनौठा पुल र फ्लाइओभरहरू देखेका थियौं । ............. तेस्रो– राज्यको ‘रेस्पोन्स’ र ‘कार्यसम्पादन क्षमता’ हो । कुनै घटना भयो, सरकारले थाहै पाएन वा थाहा पाएर पनि चुप बस्यो वा कुनै कारबाही गर्नुपर्ने ठाउँमा कारबाही गरेन वा गर्न सकेन यस्तो कुरा चिनियाँहरूको सोचमै छैन । राज्य चिनियाँ सोचमा ‘सुपर पावर’ हो, राज्यले चाहेपछि गर्न नसक्ने कुनै काम नै हुँदैन भन्ने सोच छ । .................. कर्मचारी तेहरो निगरानीमा हुन्छन् । कर्मचारीतन्त्रको हाकिम, जनमुक्ति सेना र खुफिया एजेन्सीको निगरानी, तत्तत् तहको पार्टी कमिटीले गर्ने प्रतिवेदन । ............. चीनलाई त्यसै अमेरिकाले प्रविधि चोरीको आरोप लगाएको हैन । उनीहरू संसारभरिका सबै वस्तुहरू कसरी बन्छन् भनेर अध्ययन गर्दछन् । त्यसलाई कसरी आम उत्पादन गर्ने भनेर प्रविधिमा ढाल्दछन् । प्रविधिको नक्कल र विकास दुवै गर्छन् चिनियाँहरू । ............ ‘गरीबी निवारणको पहिलो शर्त मानिसको आत्मविश्वास बढाउनु हो । म धनी हुन सक्छु भन्ने विश्वास नहुन्जेल राज्यले जतिसुकै सहयोग गरे पनि केही हुन्न ।’ .......... नदी जताजता बग्थ्यो, गाउँ पनि त्यतैत्यतै हुन्थ्यो । नदीको दुवै किनार एक÷एक सडक, पहाड नभत्काई काखमा लाइनै दुई÷तीनवटा मात्र घर । पहाड जस्ताको त्यस्तै, नदी जस्ताको त्यस्तै । .............. ‘चीनमा यस्ता ८ वटा मात्र च्याउ उत्पादन केन्द्र छन्, जसले पूरै चीनको च्याउको माग पूरा गर्दछ, बेइजिङमा च्याउ दैनिक यहींबाट जान्छ ।’ जबकि त्यो गाउँ बेइजिङबाट करीब ११०० किमी टाढा थियो । ...........  १० बिघाको सघन च्याउ उत्पादन केन्द्र के गाह्रो कुरा हो ? टनेल खेती के गाह्रो कुरा हो ? काष्ठकलाले सिंगो गाउँ सजाएर सबै घर नै साना होटल, रेस्टुराँ वा लजजस्तो बनाउनु के असम्भव हो ? नदीको बहाव अनुरूप पर्यावरणीय जोखिम नहुने गरी नदी आकारका गाउँ बसाउनु के असम्भव कुरा हो ? वनजंगल चोकहरू सजाउनु के असम्भव कुरा हो ? पब्लिक हाउजिङ प्राधिकार गठन गरेर अव्यवस्थित बसोबासी, आफ्नै घर नभएका निम्न आयका वर्ग र सुकुम्बासीलाई सस्तो शुल्कमा अपार्टमेन्टहरू दिनु के असम्भव कुरा हो ? बिल्कुलै हैन । केवल सोच र इच्छाशक्ति नभएको मात्र हो । .............. चिनियाँ विकासको मोडेल साम्यवादको शास्त्रीय मोडेलसँग कहींकतै मेल खाँदैन । यो सोभियत संघ र पूर्वी युरोपको मोडेल हुँदै हैन । नेपालमा हामीले किताबमा पढेको साम्यवाद वा माओवाद जस्तो चीन मैले देखिनँ । शास्त्रीय मोडेल सन् १९७८ सम्म थियो । त्यो फेल भयो । त्यसपछि चिनियाँहरूले मार्क्सवाद, लेनिनवाद, माओ विचारधारा जस्ता दर्शनलाई बेलाबेला पूजा गर्ने ‘खोपीको देउता’ जस्तो बनाए, काम अर्कै ढंगले गरे । .................  उनीहरू माओवादी, कट्टर साम्यवादी वा शास्त्रीय कम्युनिष्टहरूलाई ‘र्‍याडिकल्स’ भन्दा रहेछन् । र्‍याडिकल्सहरूलाई विकास र उन्नतिको दुश्मनको रूपमा चित्रण गर्दा रहेछन् । ................ चीनको आर्थिक विकास हामीले साम्यवादको किताबमा पढेको जस्तो सामूहिक तथा राजकीय स्वामित्वमा हैन, ‘बजार समाजवाद’ को सिद्धान्तमा आधारित छ । .......... सियानको एक गल्लीमा सोकेसमा जिउँदा भ्यागुता र सर्प राखेर ‘सि फुड’ को रेस्टुराँ चलाउने एक चिनियाँ त्यहाँनेर पुग्दा हामीलाई पाखुरा समातेर तानुँला जस्तो गर्दै थिए, जस्तो कि कलंकीका बस कन्डक्टर गर्दछन् । गाइड मिष्टर सिका अनुसार चीनको न्यूनतम ज्याला ५ हजार युवान मात्र छ जबकि राम्रा कम्पनीका सीईओहरूले मासिक १६० हजारसम्म तलब लिन्छन् । अर्थात् ज्यालाबाट हुने आय असमानता ३२ गुणा फराकिलो छ । .............. चीन अमेरिकापछि सबैभन्दा बढी खर्बपति भएको देश हो, फोर्ब्स अनुसार विश्वका ४०० बढी खर्बपति चीनमा छन् । ............ ठूल्ठूला शपिङ मलको नजिक स–साना पसल गर्ने अधिकांश चिनियाँको अनुहार निन्याउरो नै देखिन्थ्यो । उनीहरू सडक पेटीमा हिंड्ने प्रत्येक मानिसलाई यसरी हेर्थे कि ऊ सम्भाव्य ग्राहक हो । पैदल यात्रु सपिङ मल नगएर उनको पसलमा पसी दिए ठूलो उद्धार हुनेवाला थियो । ............. जति रिमोट दाबे पनि होटल रुमको टिभीमा बीबीसी बाहेक अरू कुनै बुझिने च्यानल आउँदैनथ्यो । फेस बुक र ट्वीटर चल्दैनथ्यो । मान्छेहरू राजनीति र प्रशासनबारे कुरा गर्न डराउँथे । करीब डेढ करोड जनसंख्या भएको सियान शहरमा चिनियाँ कम्युनिष्ट पार्टीका ५६० पार्टी सदस्य थिए, उनीहरूले मात्र राजनीति गर्न पाउँथे । ................ चीनमा राजनीतिक स्वतन्त्रता छैन भन्ने कुरा सबैलाई थाहा भएकै हो । तर, तथ्यांकले भन्छन् कि आर्थिक समानता पनि छैन । गरीबी निवारणको सफल अभिलेख पछिल्लो सात वर्षको हो, जबकि त्यहाँ साम्यवादी सत्ता स्थापना भएको ७२ वर्ष पुगिसक्यो । विशालकाय भौतिक पूर्वाधारहरू पछिल्लो दुई दशकका उपलब्धि हुन् । ............. चिनियाँ मोडेलले विश्व लोकतन्त्रको भावनालाई प्रतिस्थापन गर्छ भन्ने मलाई किञ्चित विश्वास लागेन । अझै लाग्दैन । लोकतन्त्र कुनै पश्चिमा मोडेल हैन, एक विश्व भावना हो । तर, भौतिक पूर्वाधार र आर्थिक विकासको एक अनौठो मोडेल जुन चीनले विश्वसामु प्रस्तुत गरेको छ, त्यो भने निश्चय नै चात्मकारिक छ । 

अदालतको मुद्दाबारे मौन बस्न ओली पक्ष तयार, सहमतिको भाका आइतबार  ‘सुवास नेम्वाङजीले पहिलेबाटै भन्दै आउनुभएको छ, अदालतको विषयमा केही बोल्नु हुँदैन । कार्यदलमा मैले भन्ने गरेको छु, ‘तपाईंले कानूनको विद्यार्थी भएकाले अदालतमा विचाराधीन मुद्दामा केही पनि बोल्नु मिल्दैन भन्नुहुन्थ्यो । त्यसैले यो पनि अदालतमा विचाराधीन मुद्दा छ, केही नबोल्नु राम्रो हुन्छ ।’ .......  अहिलेसम्म पावर शेयरिङबारे छलफल नै भएको छैन ।


ओलीका असंवैधानिक र प्रतिगमनकारी कदमलाई अदालतले पुनः ब्रेक लगाइदियो - भट्टराई 'अब देउवाजीले प्रधानमन्त्रीको पदभार ग्रहण गरेर संसदबाट विश्वासको मत लिने प्रक्रिया अगाडि बढाउनुपर्छ '

सर्वोच्चको फैसला स्वागतयोग्य : योगेश भट्टराई सर्वोच्चको आदेशपछि एमाले सचिव भट्टराईले सामाजिक सञ्जालमार्फत स्वागत गरेका हुन् । उनले प्रतिनिधिसभाको पाँच वर्षको कार्यकालको सुनिश्चितता गर्न पनि आग्रह गरेका छन् । .......  'सर्वोच्च अदालतको संवैधानिक बेन्चद्वारा प्रतिनिधिसभाको पुन: स्थापना गर्ने गरी गरेको आदेशको सम्मान र स्वागत गर्दछु,' भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, 'बदलिएको परिस्थितिमा प्रतिनिधिसभाको बाँकी कार्यकालको सुनिश्चितता सहित नेकपा (एमाले)को एकतालाई जोगाउन एमालेका समस्त नेता र कार्यकर्ता कमरेडहरूमा संयम र धैर्यताकासाथ अघि बढ्न आह्वान गर्दछु ।' .......  एमाले कार्यदलले आइतबार गरेको १० बुँदे सहमतिलाई इमानदारिका साथ कार्यान्वयन गर्नुपर्ने पनि भट्टराईको भनाइ छ । 'हिजो भएको १० बुँदे सहमतिलाई इमन्दारिताकासाथ कार्यान्वयन गर्दै एमाले संसद‌भित्र र बाहिर पनि एक ढिक्का रहने छ भन्ने विश्वास व्यक्त गर्दछु,' भट्टराईले लेखेका छन् ।

सर्वोच्च अदालतले लोकतन्त्र जोगायो : देउवा 'अब पाँच दल मिलेर सरकार बनाउँछौं' 

सर्वोच्चको फैसलाले मुलुक गम्भीर संकटमा : मुख्यमन्त्री राई 

संसदीय व्यवस्था र दलीय प्रणालीमाथि गम्भीर आघात : मुख्यमन्त्री पोखरेल  मुख्यमन्त्री पोखरेलले अदालतको आदेशले संसदीय व्यवस्था र दलीय प्रणालीमाथि नै गम्भीर आघात पुग्ने फेसबुकमा लेखेका हुन् । आदेशले नेपाली राजनीतिमा दीर्घकालसम्म अस्थिरता बढाउने पनि उनको दाबी छ ।

अदालतको फैसलाले सांसदहरुलाई ह्विप उल्लंघन गर्न छुट दियो : महेश बस्‍नेत  बस्‍नेतले सर्वोच्चको फैसलाले मुलुकमा नयाँ 'खिलराज रेग्मी' जन्माउने डिजाइनका साथ आएको आरोप लगाए । ........  सर्वोच्च अदालतलाई घाँस खुवाएर फैसला गराइएको छ,' उनले भने। ....... उनले कुनैपनि दलहरुसँग एकल चुनाव लड्ने हैसियत नभएको बताए । .......  उनले सर्वोच्चको फैसलाले मुलुक द्वन्द्वमा प्रवेश गरेको दाबी गर्दै राजनीतिक द्वन्द्व निम्त्याउने फैसला आम जनताले नमान्‍ने बताए ।

कोरोना संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ४० लाख नाघ्यो

विभेदका लागि संसदीय क्षमायाचना सदियौंदेखि राज्य र समाजबाट भएका जातीय, लैंगिक, वर्गीय, क्षेत्रीय, धार्मिक लगायतका सबै विभेद र अन्यायका निम्ति राष्ट्रपतिबाट संसद्मार्फत क्षमायाचनाको उद्घोष हाम्रो समाजका लागि यस्तो कोसेढुंगा साबित हुन सक्छ, जसले करोडौं नेपालीको आक्रोशित मनलाई न्यायको अनुभूति दिलाउनेछ ।



No comments: