Wednesday, July 14, 2021

३० दिन भित्र के के हुन सक्छ?

(१) देउबा ३० दिन नपरखिन सक्छन। पर्खेको राम्रो। तर राम्रो नसाम्रो। 

(२) कांग्रेस लाई चुनाव को हतारो भएको निकै भयो। फेरि एमाले एक भए बर्बाद। फेरि जसपा एक भए बर्बाद। त्यसैले। व्हिप लाग्दैन। खुद कांग्रेसी हरु ले देउबा लाई विश्वास को मत नदिने ठुलो संभावना छ। देउबा ले राम्रो काम गरेर चुनाव जित्ने आशा छैन। बरु एमाले र जसपा फुटेको बेला मौका मा चौका हान्ने तीव्र इच्छा। देउबा सरकार ढालने र देउबा को नेतृत्वमा चुनाव गराउने अभिलाषा ठुलो छ। कोरोना को तेस्रो लहर को चिन्ता छैन। 

(३) माधव का ४६ सांसद थिए। घट्दै घट्दै २३ पुगे। अझ घट्ने क्रम मा थिए। तर अब त ओली सत्ताच्युत भए। अब त्यो संख्या बढ़न सक्छ। बढ्दै बढ्दै ५० काट्न सक्छ। ४०% पुग्यो भने केंद्रीय समिति मा छँदैछ। माधव ले विधिवत पार्टी फोड़न मिल्छ। फोडिदिन पनि सक्छन। यद्यपि माधव पछि लागेका हरु पार्टी फोड़न होइन पार्टी कब्ज़ा गर्न भनेर लागेका हुन। ३० दिन भित्र सबैभन्दा बढ़ी उठापटक एमाले भित्र हुन्छ अब। 

(४) जसपा एक जुट हुन बेर लाउँदैन। अरु पार्टी फुटे सानो हुने हो। जसपा त समाप्त नै हुन्छ दुबै पक्ष। नेपाली कांग्रेस ले चाहेर पनि कसै सँग चुनावी गठबंधन गर्न सक्दैन। अनुशासन नभएको पार्टी। जहाँ जहाँ कांग्रेस लड्दैन त्यहाँ त्यहाँ उसको बागी उम्मेदवार सँग भेट हुन्छ प्रचंड र उपेंद्र को। 

(५) एमाले एक ढिक्का हुने, जसपा एक ढिक्का हुने र सुभाष नेमबांग प्रम, उपेंद्र, राजेंद्र, हृदयेश, योगेश उप प्रम हुने गरी एमाले जसपा सरकार बनाउने सबैभन्दा राम्रो बाटो हो। तर त्यसमा ओली को सहमति नआउला। ओली लाई दोस्रो पीढ़ि ले बाईपास गर्ने हिम्मत नदेखाउला। 

अर्थात देउबा ले विश्वास को मत पाउने संभावना न बराबर छ। 

उपधारा (२) को जस्तो भनेर उपधारा (५) मा स्पष्ट किटेको छ। (१) मा बहुमत दल को संसदीय दल को नेता। (२) मा बिभिन्न संसदीय दल हरुको समर्थन मा ती मध्ये एक संसदीय दल को नेता। (३) मा बहुमत नभएको ठुलो दल को संसदीय दल को नेता। (५) मा तर संसदीय दलको नेता नभएको मान्छे, सानो तिनो पार्टी मा रहेको कोही मान्छे भए पनि हुने तर उसले उपधारा (२) को जस्तो बिभिन्न संसदीय दल को समर्थन लिन सक्नुपर्ने भनेको हो। स्पष्ट किटेर नै भनेको छ। 

सर्वोच्च ले गलत व्याख्या गर्यो। अब देशले रमिता देख्छ। 

ओली (१), (२) र (३) मा फेल भए। देउबा (२)  मा फेल भए। भनेपछि (५) ओली र देउबा का लागि होइन भन्ने स्वतः भएन र? (५) भनेको महंथ ठाकुर जस्तो पात्र का लागि हो। बरु मध्यावधि मा जान्छु, चुनाव हार्छु तर निधि लाई पद दिन्न भने जस्तो आज महंथ लाई त्यही भनेका छन ओली र देउबा ले। 

(५) महंथ जस्तो पात्र का लागि लेखिएको हो। लेख्ने हरु हामी जिउँदै छौं भन्दै छन। अनि "उपधारा (२) को जस्तो" किन लेखेको त? त्यसको अर्थ स्पष्ट छ। कांग्रेस, कम्युनिस्ट र न्यायपालिका मधेसी विरुद्ध पुर्वाग्रह मा एक देखिए। 





No comments: