Monday, February 01, 2016

सीके राउत ले आफ्नो इमेज नबिगार्ने तरिका


  • पहिलो कुरा त मधेस अलग देशलाई माओवादी को समाजवाद जस्तो बनाउनु पर्यो --- टाढाको गंतव्य। त्यस किसिमको flexibility नदेखाए सम्म सीके राउत ले गर्ने भनेको मधेसी मोर्चा का लागि राजनीतिक स्पेस निर्माण गरिदिने मात्र हो। तर टैक्टिकल flexibility देखाएर अहिलेको आंदोलन र त्यस पछिको प्रत्येक निर्वाचन मा भाग लिने गरि अगाडि बढे सीके ले मधेस खान्छ। होइन भने एकोहोरो किसिमले मधेस अलग देश एक मात्र एजेंडा भनिराखे स्पेस बनाउने सीके ले स्पेस लिने मधेसी मोर्चाले भने जस्तो हुन्छ। 
  • १००% क्लीन इमेज। न बाबुराम ले न सीके ले यो गुमाउने मैले देख्छु। 
  • जनताको मा इमेज कहाँ गएर गुम्छ भन्दा ठुलो ठुलो कुरा गर्ने तर deliver नगर्ने। जस्तो कि चुनाव हुन्छ पाँच साल का लागि। त्यस पाँच साल का लागि मैले सत्ता पाए यो यो गर्छु भनेर स्पष्ट भन्न सक्नु पर्यो र त्यस अनुसार गरेर देखाउन सक्नु पर्यो। त्यो स्पष्ट कम्युनिकेशन भयो भने भने अनुसार को अधिकांश गरेर तर सबै नगरे पनि फलानो फलानो कारणले गर्न सकिन सबै भनेर जनताको मा जाने हो भने इमेज गुम्दैन। जनताले बुझ्छ। सकेसम्म प्रयास गरेको हो। तर अन्य कारणले सबथोक सकेन भने जस्तो हुन्छ। अनि आगामी पाँच वर्ष को लागि नया कार्यक्रम आउँछ। चुनाव लड्दा दर्शन फिलोसोफी छाँटने होइन कि राजनीतिक कार्यक्रम लिएर जाने हो जनताको मा। स्पष्ट कार्यक्रम ल्याउन का लागि देश परिवेश बुझेको हुनुपर्यो। सरकारी यंत्र तंत्र बुझेको हुनुपर्यो। संभावना पनि सीमितता पनि बुझेको हुनुपर्यो। 
  • प्रत्यक्ष निर्वाचित राष्ट्रपति नभए पनि मोदी ले आफुलाई अमेरिका को राष्ट्रपति भन्दा बढ़ी शक्तिशाली बनाउन भ्यायेकै छ। 
  • भने पछि अब भटाभट मधेसी को ११ बुँदे मानने र सबै देश विकासमा लाग्ने हो। लोकतान्त्रिक प्रतिस्प्रधा को बाटो। 
  • मधेस अलग देश असंभव छ। पहिलो कुरा त सीमांकन कै आउँछ। बरु एक मधेस दो प्रदेस मा झापा देखि कंचनपुर आउँछ। मधेस अलग देश मा सबै लाई कसरी ल्याउने होला? 
  • केही गरी ल्यायो भने पनि ४०% पहाड़ी त फेरि उही हो। तिनी सँग त्यही अहिले कै राजनीतिक संघर्ष यथावत रहने हुन्छ। 
  • बरु मधेस अलग देश को अहिंसात्मक आंदोलन का लागि चाहिने जुन संगठन निर्माण गर्नु छ, त्यति गर्न सके त सारा देश नै कब्ज़ा हुन्छ, मधेस मात्र किन? पहाड़ नपुगी नै सारा देश कब्ज़ा हुन्छ। सारा देश पाउने ले मधेस अलग देश मा आफुलाई किन सीमित राख्ने? लिच्छवी शासन किन नफर्काउने? अर्को एउटा चांगु नारायण मंदिर निर्माण। 
  • तीन ध्रुव: एमाले-माओवादी, काँग्रेस, मधेसी-जनजाति-नया शक्ति




No comments: