Friday, February 05, 2016

Nepal News (12)

१३५ औं दिनपछि नाका सहज [भिडियोसहित]
ओलीले महतोलाई भने, ‘कति प्यारो हो तपार्इंलाई विराटनगर ?’
ओली र महतोबीच टेलिफोन कुराकानी
ओलीले मधेसी मोर्चाको मागवारे आफू सकारात्मक रहेको र महतोलाई सकारात्मक रुपमा समस्या समाधानमा लाग्न आग्रह गरेका थिए । प्रतिउत्तरमा महतोले आफूहरु माग सम्बोधन गराउनैका लागि आन्दोलनरत रहेकाले माग पूरा भए मात्र सकारात्मकता देखिने बताएका थिए ।..... ओली र महतोबीच केहीबेर फोनमै ठट्टा समेत भयो । ओलीले फोनमा महतोलाई ‘कहाँ हुनुहुन्छ महतो जी’ भनी सोधेका थिए । महतोले ‘विराटनगरमा छु’ भन्ने जवाफ फर्काउने बित्तिकै ओलीले ‘कत्ति प्यारो हो तपार्इंलाई विराटनगर ?’ भन्दै ठट्टा गरेका थिए । ..... प्रतिउत्तरमा महतोले भने, ‘तपार्इंहरू विराटनगरलाई काटेर पहाडमा मिलाईदिनु भयो नि त्यहीं भएर प्यारो हो ’ भनेका थिए । ..... यस्तै, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र महतोबीच आज बिहान फोनमा कुराकानी भएको छ । उक्त कुराकानीमा दाहालले आफूहरु मोर्चाको माग पूरा गर्न सकारात्मक रहेको बताएका थिए ।
छिट्टै भारत र चीन जाँदैछु : प्रधानमन्त्री
तराइ मधेशमा तनाव झेल्दै नेपाली काग्रेस
पार्टीको स्थानिय तहको अधिवेशनका लागी संसदको सवै भन्दा ठुलो पार्टी नेपाली काग्रेसले तराई मधेशको जिल्लाहरुमा तानव झेल्दै कागजी मै सिमित हुने गरी आफनो अधिवेशनहरु समपन्न गरीरहेको छ । झण्डै ६ महिना देखि आन्दोलनमा रहेको मधेशी मोर्चाको स्थानिय तहमा भईरहेको अवरोध र आन्द्योलनले उत्पन्न भएको असहज परिस्थितीका कारण तराई मधेशको जिल्लाहरुमा नेपाली काग्रेसको महाधिवेशन पुर्ण प्रभावित भएको स्थानिय अगुवाहरु बताउछन । ..... काग्रेसका नेताहरु यस पाली बन्द कोठामा सिमित आफनो मानिसहरुलाई राखेर जेनतेन अधिवेशन सम्पन्न गराईरहेका छन । ..... हाल जारी काग्रेसको अधिवेशन कागजमा मात्रै भईरहेको छ । बजार, गाउघर देखि सहर वजार सम्म कसैले चाल समेत पाएको छैन, साह भन्छन, काग्रेसी नेताहरु घरघरमा गएर कतिपय ठाउमा हस्ताक्षर गराएर समेत अधिवेशनको कागजी प्रक्रिया पुरा गरेको देखियो । ..... पर्सा देखि सप्तरी सम्मको काग्रेसको स्थानिय अधिवेशन पुर्ण रुपमा प्रभावित भएको देखिन्छ । जनकपुरमा त्यसकै कारण दोहारो तनावको वातावरण समेत सिर्जना भयो र काग्रेसका एक जना वरिष्ठ नेता विमलेन्दै निधिको घरमा तोडफोड समेत भयो । ..... जनकपुर स्थित आफनो घरमा तोडफोड भए पश्चात काग्रेस नेता निधि जनकपुर आफै पुगेर स्थानिय अधिवेशनमा सक्रिय हुन खाजे पनि प्रभावकारी हुन सकेका छैन । धनुषा काग्रेसका सभापति राम सरोज यादवले दावी गरे पनि धनुषामा समेत सवै तहमा अधिवेशनहरु प्रभावित भएका छन । ........ काग्रस वरिष्ठ नेता निधि उच्च सुरक्षा निगरानीमा जनकपुर पुगे पनि उनी कुनै सार्वजनिक कार्यक्रममा देखा पर्न सकेका छैन .....

उनी विमान स्थलवाटै सुरक्षा निगरानीमा आफनो गाउ नगराई पुगेका थिए । त्याहा पनि उनले गाउ तहको अधिवेशन बन्द कोठा भित्रै गर्नु पर्यो ।

..... तराई मधेशका जिल्लाहरुमा गाउ अधिवेशनको दिनमा गाउमा मेला नै लाग्ने गरेको थियो भने, क्षेत्रिय अधिवेशन सम्बन्धीत क्षेत्रको सवै भन्दा महत्वपुर्ण बजारहरु मा गर्ने चलन थियो, त्याहा पनि ठुलो मेला लाग्ने गरेका थिए । जिल्ला अधिवेशनको दिनमा सदरमुकामहरु काग्रेसमय हुने गथ्र्यो । तर हाल अधिकायंश ठाउमा अवरोध र तानव झेलीरहेको तराई मधेशका जिल्लहरुमा काग्रेस नेताहरु बन्द कोठामा सिमित भएर काजगी प्रक्रिया मात्रै पुरा गराइरहेको देखिन्छ । ...... सप्तरीका एकजना वुद्धजिवी वलराम यादव भन्छन, काग्रेस स्थानिय अधिवेशन नेताहरुको मोटरसाईकल र बन्द कोठामा हस्क्षतर गराएर सम्पन्न भइरहेको छ । ..... वारा, रौतहट, सिरहा, सप्तरीमा त पुर्ण रुपमा प्रभावित भएका छन भने धनुषा, महोतरी, सर्लाही र पर्सामा आशिंक रुपमा प्रभाति भएको छ । आशिंक रुपमा सम्पन्न भएको अधिवेशनहरु पनि बन्द कोठा भित्र कागजमा हस्ताक्षर गराएर मात्रै भइरहेको स्थानिय अगुवाहरु बताउछन ।
जनकपुरधाममा अनिश्चितकालिन ‘आम हडताल’को घोषणा (विज्ञप्तिसहित)
सद्भावना पार्टीका धनुषा अध्यक्ष संजय सिंहले हुलाकी न्यूजसँग कुराकानी गर्दै विहीबारदेखि विमलेन्द्र निधि लगायतका संसदहरु जनकपुरमा रहेसम्मका लागि आम हड्तालको घोषणा गरिएको बताए ।
थारुहरू हाँस्दा पनि त्रसित देखिन्थे,१३ बर्षिय बालक पनि (लक्ष्मण थारुको जेल डायरीबाट)
मलाई गिरफ्तार गरिएको होइन । २०७२ साल भाद्र २३ गते भैरहवामा हुने बिरोध सभाको तयारी गर्दै गर्दा बिहान एसपी राजेन्द्र भण्डारीले मेरा मित्र देवीप्रसाद चौधरीलाई फोन गरी निम्तो गरे चिया खाना आउनुस् नेताजी, केही कुराकानी पनि गर्नु छ ।देबीजीसँगै जिप्रका भैरहवा पुग्यौँ । एसपीको कोठामा बस्यों । चिया आयो । ..... एसपी भण्डारीले हाँस्दै भने लक्ष्मणजी, तपाई गिरफ्तार हुनु भो । दुःख नमान्नु होला, माथिको आदेश हो । ...... मलाई अर्काे गाडीमा कोच्दै गर्दा बुहुको फोन आयो तर खोसियो । मोबाइल अफ भो । .... त्यहाँ टिभीमा एकछिन झुलुक्क समाचार हेर्ने मौका पाएँ । टीकापुर घटनाको शंकास्पद योजनाकार लक्ष्मण थारू भैरहवामा गिरफ्तार भनेर फलाक्दै थियो । बल्ल थाहा पाएँ, २०७२ भदौ ७ को टीकापुर घटनाको केरकारका लागि लगिदै गरेको भनेर । ..... दर्जनभन्दा बढी गाडी अदलबदल गर्दै राती साढे ११ बजेतिर धनगढी पुयायो । सिधै सेती अञ्चल अस्पताल लगियो । करिब एक सयको संख्यामा पुलिस, म एक्लो थिएँ । हतार हतार मेडिकल चेकपछि कैलाली जिप्रकाको कैदी कोठामा हतकडीसहित कोचियो ।१२ जना लागू औषधका बन्दीहरू रहेछन् त्यहाँ । उनीहरूसंग केही बेर कुराकानी गरें ।

बाहिरबाट पुलिसले ईशारा गयो । लागू औषधका बन्दीहरूले लात र मुक्काले अन्धाधुन्ध हान्न थाले । उनीहरूले कति लात र मुक्का बर्साए, थाहा भएन । बेहोश भएछु । होशमा ल्याउन शायद पानी छ्यापेछन् क्यारे । होश खुल्दा आफूलाई निथुरुक्क भिजेको पाएँ ।

.......... बन्दुकधारी मनुवा गार्डले नजिकै आएर भन्यो देख्ने ठाउँमा नहान केटा हो । तर कामै नलाग्ने गरी मर्मत गर ।बन्दुकधारीको उर्दी भुइमा झर्न नपाउँदै फेरि लात र मुक्का बर्सियो । पुनः अचेत भएछुँ ।

पहिलो मुक्का बर्सिदा सुनेको थिएँ साला, तँलाई थरुहट चाहियो होइन ? अखण्ड सुदुर पश्चिम स्वीकार्छस् कि ? नभए आजै मारि दिन्छौं ।

लगत्तै फेरि बेहोश भएछँु । ......... छाती, बाँया कोखा, टाउकोमा टुटुल्कै टुटुल्का, असाध्यै दुखिरह्यो । हात र पिठ्यू दामै दामले कालो थियो । भेट्न आउनेलाई दुई दिनसम्म कसैलाई भेट्न दिइएन । सुतेर बिताउँदा नि सन्तोष भएन ।मेरो सोचाईको बादल मडारिन थाल्यो । निर्घात कुट्नेहरू नि कैदी हुन् । लागू औषधका यी सबै कैदी अखण्ड पक्षधर ? सोधें आफैलाई कि तीन लाख पचास हजार थारू भएको कैलाली जिल्लाको कुन कार्यालयमा थारू प्रमुख छ ? तर उत्तर पाइनँ । ...... पुलिसको हावादारी अनुसन्धानकै आधारमा सरकारी वकिलले कर्तब्य ज्यान मुद्दा गरिसकेको रहेछ ।२०७२ असोज सात गतेबाट बयानका लागि नियमित अदालत लान थालियो । सबैले सबैले आआफ्नो भोगाई सुनाए ।

सबैलाई चरम यातना दिइएको रहेछ । उनीहरू हाँस्दा पनि त्रसित देखिन्थे ।

त्यसमा एक जना १३ बर्षिय नाबालक पनि थिए । मैले उनीसंग वार्तालाप गरें ।नाम के हो ?करण थारू ।तिमीलाई किन ल्यायो ?उ बोलेन । खिसिक्क हाँस्दै दुबै खुट्टामा लागेको गोलीका दामहरू देखायो । फेरि सोधे,के भयो ?गोली लाग्यो । .......... पुलिसले निर्घात पिटेको पिठ्युको दाम देखाउँदै सुक्क सुक्क रोयो । मुसार्दै फेरि सोधे,कति बर्ष भयो ?१३ बर्ष ।पढ्छौ ?सात कक्षामा ।कसरी गोली लाग्यो ?आन्दोलनमा पुलिसले हान्यो ।घरमा को को छ ?म र हजूर बा मात्रै ।बा आमा नि ?बाबा इन्डिया कमाउन ।आमा भन्न सकेन उ । किनकी आमा सौतेनी ।

कसरी समात्यो ?घरमै गएर । हजुरबाले बाकसभित्र राखेर ताल्चा लगाई दिनु भाको थियो त्यहीबाट समात्यो ।



मोर्चाको बैठक शनिबार बस्ने, आन्दोलनको स्वरुप परिर्वतन हुन्छ : यादव
फुट्दै फोरम, नयाँ समूहद्वारा राष्ट्रिय भेलाको तयारी (रिपोर्ट)
नेता अन्सारीले पार्टी अध्यक्ष उपेन्द्र यादवमा सामन्ति प्रवृति हावी हुँदै गएको र पार्टी निर्माणका बेला लिइएका संकल्पहरु विर्सिदै गएको बताए । ..... अन्सारीले भने,‘नव विचार समूह बनाएर हामीले पार्टी भित्रै संघर्ष गर्नेछौं । यसलाई जिल्ला स्तरसम्म लग्दैछौं । हामी केही दिनमै राष्ट्रिय भेला बोलाएर आगामी विषयमा छलफल गर्नेछौं । पार्टीले हाम्रा मागहरु सम्बोधन नगरेको खण्डामा राष्ट्रिय भेलाबाट एउटा फरक शक्ति बन्नेछ ।’


थारुहरुको बृहत्त आमसभा हुँदै, नयाँ आन्दोलनको घोषणा हुने
थारुहरुको बृहत्त आमसभा हुने भएको छ ।

कैलाली घटना पछि थारुहरुको यो पहिलो बृहत्त आमसभा हुन लागेको हो ।

....... आउँदो शनिबार कैलालीको पहलमानपुरमा बृहत् आमसभा हुने थरुहट–थारुवान संयुक्त संघर्ष समितिका कैलालीले जनाएको छ । ..... आमसभामा नागरिक समाजका अगुवा, आदिवासी जनजाति राष्ट्रिय आन्दोलनका अगुवा पदमरत्न तुलाधर, ओम गुरुङ, नयाँ शक्तिका अभियन्ता पासाङ शेर्पा, नेकपा माओवादीका सचिव देव गुरुङ, संघीय समाजवादी फोरम नेपालका अशोक राई, आदिवासी महासंघका पूर्वमहासचिव आङ्काजी शेर्पालगायत नेताहरु उपस्थित रहनेछ ...... सरकारले थारुहरुको मागप्रति अझै गम्भीर नरहेको भन्दै आन्दोलन झन् सशक्त बनाउने थारुहरुले जनाएका छन् । ..... टीकापुर घटनापछिका आमसभामा उपस्थिति कम भए पनि यसपटक थारुहरुको ब्यापक उपस्थिति रहने आयोजकले जनाएको छ .....

अहिले लक्ष्मण थारु, लाहुराम थारुलगायत २२ जना कैलाली करागारमा छन् ।

आन्दोलनको स्वरुप फेर्न मोर्चाको बैठक बस्दै
आन्दोलनको स्वरुप मात्रै परिवर्तन हुने बताउँदै आन्दोलन जारी रहने


भारतीय नेताहरुको संकेत,‘मधेश टुक्रिन सक्छ’

कार्यक्रममा बोल्ने अधिकांश भारतीय नेताहरुले नेपालबाट मधेश टुक्रिन सक्ने संकेत गरेका छन् । पाकिस्तानबाट बांगलादेश टुक्रिए जस्तै नेपालबाट मधेश टुक्रिन सक्ने चेतावनी केही नेताले दिए । अर्का संसदले मधेशको भूभाग नेपाली राज्यद्वारा विजित नरहेको भन्दै जुनसुकै बेला स्वतन्त्र हुन सक्ने बताए ।

....... भारतीय नेताहरुले यस्तो भाषण गरिरहँदा कार्यक्रममा पुगेका मधेशी नेता तथा सर्वसाधारणहरुले ताली बजाउँदै थिए । ....... कार्यक्रमका प्रमुख अतिथि भारत सरकारका पूर्व केन्द्रीय मन्त्री तथा राष्ट्रिय जनता दलका राष्ट्रिय उपाध्यक्ष प्रा.डा. रघुवंश प्रसाद सिंहले मधेश आन्दोलन नेपालको आन्तिरक मामिला नरहेकोमा जोड दिँदै छिमेकमा आगो लाग्दा चुप लागेर बस्न नसकिने बताए । वर्तमान केपी शर्मा ओलीको सरकारले आन्दोलनलाई दबाउन जतिसुकै गोली प्रहार गरेपनि आन्दोलन नरोकिने उनले दाबी गरे । ...... छ महिनादेखि मधेश आन्दोलन चलिरहेको, नाकाबन्दीको चौथो महिना पुरा भएको र ६२ जना मधेशीको ज्यान जानुका साथै दुई देशबीच व्यापार चौपट हुन लाग्दा पनि ओली सरकारले माग सम्बोधन गर्नुको साथै महिला र बच्चा समेतमाथि गोली हानेको आक्रोश पोख्दै सिंहले सेनाबाट पनि गोली चलाउने काम भइरहेको आरोप लगाए । ....... संयुक्त राष्ट्रसंघ, नेपालकै राष्ट्रिय मानव अधिकार आयोगसमेतले मधेश आन्दोलनमा राज्य पक्षबाट मानवअधिकारको उल्लंघन भइरहेको तथ्य बाहिर आइरहेपनि राज्यले दमन गर्न नछोडेको भन्दै उनले वर्तमान आन्दोलन मधेशको अस्मिताको आन्दोनल रहेको बताए । .....

विगतमा हिमालयदेखि विन्ध्याचलसम्म मध्यदेश रहेको

स्मरण गर्दै सिंहले नेपालमा मधेशीलाई भारतीय भन्ने र भारतमा नेपालीभन्ने गरेको कारण मधेशीको पीडा अन्नत रहेको सुनाए । ..... मधेशीसहित पहाडको आदिवासी, जनजातिसमेत शोषणमा रहेको अवस्थामा तीन दलद्वारा जारी गरिएको संविधानले यी जात जातीलाई अझ अधिकारविहिन बनाएकाले जारी गरिएको संविधान च्यातिनुपर्ने तर्कसमेत उनले गरे । ...... प्रमुख तीन दलमा रहेका मधेशी नेताहरु पहाडीको दलाली गरिरहेको आरोपसमेत उनले लगाए । अमेरिकाको भाञ्जा बाराक ओबामा नेपालको राष्ट्रपति बन्न पाउने तर भारतको भान्जा नेपालको उच्च पदमा किन जान नसक्ने भनी प्रश्न तेस्याउँदै सिंहले मधेश आन्दोलनप्रति भारत सरकार बेखबर रहेको आरोप लगाए । ....... मधेश आन्दोलनप्रति समर्थन जनाउन पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको १८ सय किलोमिटर खुल्ला बोर्डरमा आफुहरु पुगी यात्रा सञ्चालन गरिरहेको र सो क्रममा कुनौलीमा २८औं सभा सम्पन्न गरिएको जानकारी दिँदै सिंहले दिल्लीदेखि काठमाडौंसम्म आफुहरु पुग्न तयार रहेको जानकारी समेत दिए । वार्ताको नाममा आन्दोलनकारीलाई थकाउने काम नेपाल सरकारले गरिरहेपनि मधेशी जनता नथाक्ने उनले बताए । ...... नेपालका परराष्ट्र मन्त्री कमल थापा भारत सरकारसँग ब्ल्याकमेलिड्ड गर्नुका साथै सिमा क्षेत्रमा तस्कारी गराउन अनुरोध गरिरहेको खुलासा समेत गरे । भारतको विकल्प चिन हुन नसक्नेमा जोड दिँदै सिंहले दिल्ली र काठमाडौं दुई देशको जनताबाटै ठिक हुने भन्दै मधेशका आन्दोलनकारीहरुलाई एकजुट हुन समेत उनले आग्रह गरे । आफुहरु नेपाललाई एकजुट रहेको देख्न चाहेपनि तीन दलको रवैया ठिक नरहेको भन्दै मधेशमा धेरै दमन भए पाकिस्तानबाट बंगलादेशको निर्माण भएझै अवस्था आउन सक्नेप्रति सचेत हुनसमेत उनले नेपाल सरकारको ध्यानाकर्षण गराए । ....... बिहारको पिप्राका विधायक यधुवंश यादवले अधिकार प्राप्त गर्नको लागि भारतीय स्वतन्त्रता संग्रामको इतिहास मधेशी नेता र जनताले अध्ययन गर्न जरुरी रहेको भन्दै आन्दोलनको क्रममा राजनीतिक प्रतिस्पर्धा नगर्नसमेत उनले आग्रह गरे । ...... सोही कार्यक्रममा बोल्दै पूर्व सभासद् महेश यादवले

मधेश नेपालको विजित भू–भाग नरहेको भन्दै भारत सरकारले चाहेको खण्डमा आजपनि लिन सक्ने

दाबी गरे । मधेशको भू–भाग अंग्रेजहरुले नेपाललाई उपहारमा दिएको भन्दै यादवले भारत स्वतन्त्र हुन लाग्दा बेलायत सरकारले मधेशीको सुरक्षा र रेखदेखको जिम्मा भारतलाई दिएकाले भारत सरकारले हस्तक्षेप गर्न आवश्यक रहेकोमा समेत जोड दिए ।
निधिकै गाउँमा निधिको विरोध
काँग्रेसले पनि मधेशीलाई धोका दिदै आएको छ : खुशीलाल मण्डल (अन्तर्वार्ता)
एमालेले मात्रै होइन काँग्रेसले पनि मधेशीहरुसँग धोकाधडी गर्दै आएको ...... गजेन्द्रनारायण सिंहको जीवन नेपाली कांग्रेसबाट सुरू भएको थियो । २००६ सालमा सत्याग्रह गरेर उहाँ जेलसमेत जानुभयो । यति योगदान हुँदाहुँदै पनि २०१५ सालको चुनावमा तुलसी गिरीको दबाबमा बीपी कोइरालाले उहाँलाई टिकट नदिएर नागेश्वर सिंहलाई टिकट दिनुभयो । गजेन्द्रनारायण सिंह जीवनभर शोषित उपेक्षित मधेशी, आदिवासी–जनजाति, दलितलगायतको अधिकारका लागि लड्नुभयो । बीपी कोइरालाले विश्वास पात्रका रूपमा मानेका तुलसी गिरी, विश्वबन्धु, नागेश्वर सिंहले सबैलाई धोका दिएर २०१७ साल पुष १ गते राजा महेन्द्रको साथ लागेर प्रजातन्त्रको विरोधमा उत्रिए । गजेन्द्रनारायण सिंह फेरि संघर्षमा आउनुभयो । सुवर्ण शमशेरको मृत्युपछि नेपाली कांगे्रसमा फेरि एक पटक बिचित्रको अवस्था श्रृजना भयो ।

सुवर्णजीले गोरखा परिषद्, तराई कांग्रेस, प्रजातान्त्रिक महासभालगायतलाई मिलाएर एउटा प्लेटफर्म बनाउनुभएको थियो । तर, बीपी आएपछि सबै विखण्डित भयो । र, गजेन्द्रनारायण सिंहले २०३२ सालमा पूर्वाञ्चल कांग्रेसको स्थापना गर्नुभयो ।

त्यसबाट फेरि राजनीति गर्नुभयो । २०३८ सालमा हर्क गुरूङको जनसंख्या आयोग गठनका बेलामा मधेशीमा आतंकको अवस्था थियो । मधेशीलाई सिधै भारतीय मुल र भारतबाट आएको भनेर भनिन्थ्यो । ६० लाख भारतीय नेपाल प्रवेश ग¥यो, भनेर सत्ता पक्षबाट प्रचार गराइन्थ्यो । त्यो बेला गजेन्द्रनारायण सिंहले मधेशीमा फैलिएको आतंक समाप्त गर्न सद्भावना परिषद् गठन गर्नुभयो । .......... सुवर्णजीको मृत्युपछि २०३२ सालमा नेपाली कांग्रेस अर्कै किसिमले चल्न थाल्यो । त्यो बेलामा मधेशको मुद्दा गौण थियो । .... पञ्चायतकालमा सूर्यबहादुर थापाको पालामा हर्क गुरूङको नेतृत्वमा आयोग गठन भयो । तर, गुरूङको प्रतिवेदन लाकेन्द्रबहादुर चन्दको पालामा सार्वजनिक गरिएको थियो । त्यसबेला पनि कांग्रेसले मधेशको पक्षमा आवाज उठाएन । ......

जो राजस्थान, मध्यप्रदेशलगायतका स्थानबाट आए, उनीहरू नेपाली मुलका भए । जसको बसोबास यो भूमिमा रामकाल, कृष्णकाल र बुद्धकालदेखि छ, त्यसलाई भारतीय मुलका भनिन थालियो ।

...... २००७ सालको क्रान्तिअघि कृष्णप्रसाद भट्टराई कुनौली क्याम्पका ईन्चार्ज थिए । उहाँले नै गजेन्द्रनारायण सिंहलाई फुलमाला र अबिरको टीका लगाएर राजविराजमा सत्याग्रह गर्न पठाउनुभएको थियो । त्यसबेला गजेन्द्रनारायण सिंह, कुशेश्वर पाठक र महेन्द्र राय अमात जेल चलान भए । तर, दुर्भाग्य २०४७ सालमा कृष्णप्रसाद भट्टराईकै सरकारका बेला गजेन्द्रबाबुमाथि कुटपिट भएको थियो । अन्तरिम सरकार गठन भइसकेपछि मधेशको माग लिएर गजेन्द्रबाबु ज्ञापनपत्र दिन जाने क्रममा कुटपिट भएको थियो । ५० जनाभन्दा बढी मानिस घाइते भएका थिए । नेपालको इतिहासमा प्रजातन्त्र स्थापना भएपछि पहिलोपटक एक राष्ट्रिय पार्टीका अध्यक्ष गजेन्द्रनारायण सिंहलाई कृष्णप्रसाद भट्टराईकै सरकारको प्रहरीले लाठीले कुटपिट गरेको थियो । ...... गजेन्द्रबाबुले प्रतिपादन गरेका एजेण्डा आज देशले स्वीकार गरेको छ । २०६२ मा सात दलले बनाएको दस्तावेजमा गजेन्द्रबाबुले उठान गरेका एजेण्डाहरू लेखिएका छन् । निर्वाचन क्षेत्रमा सुधार गर्ने, मधेशी, आदिवासी–जनजाति, दलितलगायतलाई आरक्षणको व्यवस्था गर्ने, नागरिकता समस्या समाधान गर्नेलगायत कुरा उल्लेख छन् । २०४७ सालमा उठाइएका कुरा १५ वर्षपछि राज्यले स्वीकार ग¥यो । .......... सद्भावना नामधारी पार्टीकै कुरा गर्ने हो भने, सबैले आफूलाई गजेन्द्रबाबुको अनुयायी भन्ने गरेका छन् । तर, यिनीहरूले सद्भावना नाम गरेका पसल थापेर बसेका छन् । यिनीहरूमा इमान्दारी भइदिएको भए सद्भावना पार्टी मधेशमा नम्बर एक पार्टी हुन्थ्यो । तर, उहाँको अनुयायीमा पनि विचलन आयो । यिनीहरू मन्त्री र पैसाका लागि फुटे । यिनीहरू सिद्धान्तलाई लिएर फुटेकै होइनन् । २०६४ देखि २०६९ सम्म पार्टी तोड्ने र मन्त्री बन्ने काममै मधेशकेन्द्रित दलका नेताहरू लागिरहे । गजेन्द्रबाबु र अहिलेका नेताहरूमा धेरै फरक छ । गजेन्द्रबाबु गान्धीवादी विचारका थिए । उहाँले जे भन्नुहुन्थ्यो त्यही गर्नुहुन्थ्यो । उहाँले सिद्धान्त र लक्ष्यलाई प्राथमिकता दिनुभयो । तर, अहिले लक्ष्यका नाममा व्यापार भइरहेको छ । .........

२०६४ सालमा मधेशी जनताले ठूलो आश र विश्वासका साथ मधेशकेन्द्रित दलहरूलाई जिताएर पठाएका थिए । त्यसबेला यिनीहरू एकताबद्ध भइदिएको भए, मधेशीको अधिकार त्यहीबेला सुनिश्चित भइसक्थ्यो ।

..... मधेशकेन्द्रित दलका नेताहरूले मन्त्री बन्ने र पैसा कमाउनमै आफ्नो शक्ति लगाए । म चुनौती दिन्छु कि यिनीहरूले आ–आफ्नो सम्पति सार्वजनिक गरोस् । मन्त्री बन्नुअघि र अहिलेको सम्पतिको विवरण सार्वजनिक गर्न यिनीहरूलाई म चुनौती दिन्छु । .......

२००९ सालमा मातृकाप्रसाद कोइरालाले संविधानसभाको चुनाव गर्नु हुँदैन, भनेर षड्यन्त्र गर्नुभयो । उहाँले ठूलो घर बनाउनुभयो ।

२०४७ सालपछि दुई–चार जना नेताबाहेक सबै नेताको चरित्र उदाङ्गो भइसकेको छ । यिनीहरूले नै अहिले आफूलाई राष्ट्रवादी र राष्ट्रिय नेता भन्छन् । यिनीहरूभन्दा फरक चरित्र मधेशी नेताहरूले पनि प्रदर्शित गर्न सकेका छैनन् । सत्ता, शक्ति र पैसाको भुलभुलैयामा मधेशी नेताहरू पनि लागेका छन् । ...... मधेशी जनताले आफ्नो कर्तव्य निर्वाह गरिरहेका छन् । मधेशी जनताले ६ महिनादेखि सारा पीडालाई बिर्सेर आन्दोलनमा छन् । मधेशीहरू गोली खाइरहेका छन् । ..... आज सम्पूर्ण मधेशी जनता आन्दोलनमा छन् । तर, पनि केही हुन सकेको छैन । मधेशी नेतृत्व इमान्दार भइदिएको भए मधेशीलाई यतिका दिनसम्म आन्दोलन नै गर्नु पर्ने थिएन । त्यति बेलाका क्रुर राजाहरूलाई त जनताले धुँडा टेकाए भने अहिले शासन चलाउने र आफूलाई राजा ठान्नेहरूको के हैसियत ! यिनीहरू मधेशी नेतृत्वको कमजोरीले नै टिकिरहेका छन् । .....

नेताहरू जनताका बीचमा पुगेर आन्दोलनलाई उचाईमा पु¥याउन सके भने यथाशीघ्र मधेशका एजेण्डा पूरा गर्न सरकार र ठूला तीन दल बाध्य हुने छन् ।

वीरगञ्ज नाका खुलाउन महतोको ‘ग्रीन सिग्नल’ ? : नाका खुलेपछि मोर्चाभित्र आरोप-प्रत्यारोप
अहिले मोर्चा भित्रकै नेताहरु शुक्रबार नाका खोल्नुमा महतोले भूमिका खेलेको आरोप लगाएका छन् । ..... महतोजीकै स्वीकृतिमा व्यापारीहरुले आजको नाका खालेको दाबी गरे । ‘महतोजीको अभिव्यक्तिपछि यहाँका ठूला व्यापारीहरु र तस्करहरुले महतोजीलाई फोन गरेर नाका खोल्ने बारे बुझेका थिए । महतोजीले अरु नाका खोलेपछि वीरगञ्ज खोले के भो, खोल्नुहोस् भन्ने जवाफ व्यापारीहरुलाई दिए । त्यसपछि नाका खोल्ने योजना रक्सौलमा बन्या र आज नाका खुल्यो,’ ती नेताको दाबी छ । .....

यसो त राष्ट्रिय मधेस समाजवादी पार्टीका केन्द्रीय सदस्य राजेश मान सिंहले मंगलबार स्थानीय सञ्चारमाध्यमबाट अब नाका खोल्नका लागि सबैलाई उत्रन आह्वाननै गरेका थिए । नाका अवरोधले काठमाडौंलाई केही फरक नपरेको तर मधेसी जनतालाई दुःख भएको भन्दै उनले नाका खोल्नुपर्ने बताएका थिए । यसमा स्थानीय व्यापारीहरुले समेत समर्थन जनाएका थिए ।



राजेन्द्र महतोले भने, ‘तस्करी र कालाबजारिया रोक्न वीरगन्ज नाका खुल्नुपर्छ’
“अहिलेको आन्दोलनको स्वरुपबाट जनताले दुःख पाए, कि त सबै नाका बन्द गरौँ, होइन भने वीरगन्ज पनि खोलौँ भन्ने प्रस्ताव मोर्चाको अब बस्ने बैठकमा राख्नेछु, अब आन्दोलनसम्बन्धी ठोस निर्णय हुनुपर्छ भन्ने प्रस्ताव म बैठकमा लैजान्छु”–नेता महतोले भने । ..... पाँच महिनासम्मको नाकाबन्दीले काठमाडौँलाई दबाब दिन नसकेकाले आन्दोलनको स्वरुप फेरिनुपर्नेमा उनको जोड थियो । नाकाबन्दीको आन्दोलनले मुलुकको अर्थ व्यवस्था बिग्रेकाले पनि स्वरुप फेर्ने प्रस्ताव गर्न लागिएको महतोको भनाइ थियो । मोर्चाको बैठक शनिबार बस्न सक्ने बताइएको छ । ...... यता मोर्चाको प्रमुख घटक सङ्घीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले भने नाका खोल्ने विषयमा जानकारी नभएको प्रतिक्रिया दिए । “मोर्चाले वीरगन्ज नाका खोल्ने विषय हल्ला मात्र हो, यसबारे कुनै निर्णय भएको छैन, सञ्चारमाध्यममा आएको हल्लाले नाका खुल्दैन”–उनले भने । ..... तराई–मधेस सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश रायले मोर्चाका शीर्ष नेता काठमाडौँ आएपछि बैठक बसेर ठोस निर्णय लिइने बताए । मोर्चाका नेता महतोको अभिव्यक्तिलगत्तै पाँच महिनादेखि बन्द वीरगन्ज नाका आज थप खुकुलो भएको बताइएको छ । महतो बाहेक मोर्चाका सबै शीर्ष नेता काठमाडौँ आइपुगेका छन् । नेता महतो पनि आज रातिसम्म काठमाडौँ आइपुग्ने छन् ।
खुल्यो वीरगञ्ज : पुनः नाका बन्द गर्न पुगेका तमलोपा महामन्त्री सोनललाई स्थानीयले रोके, भारतबाट गाडी भित्रन थाल्यो
सोनलसहित ५०–६० जनाको हाराहारीमा पुगेका सोनल लगायत मोर्चाका कार्यकर्ताहरुलाई लगभग १ सय ५० को संख्यामा रहेका स्थानीय व्यापारीहरुले नाराबाजी गर्दै रोकेका थिए । दुवै पक्षबीच केही बेर तनाव भएपनि कुनै अप्रिय घटनाहरु घट्न पाएन ।


अब हलिउडमा दीपिका
जुकरबर्गको फेसबुकमा ओबामाको यस्तो कमेन्ट

No comments: