Friday, February 05, 2016

मधेस आंदोलन को फेज २ शुरू भएको छ

वीरगंज को नाकाबंदी फिर्ता लिएर मधेस आंदोलन ले फेज २ मा प्रवेश गरेको छ। यो फेज घनिभुत छलफल द्वारा निकास खोजने फेज हो। यो समीक्षा को फेज हो। यो शक्ति संचय को फेज हो। यो संगठन विस्तारको फेज हो। यो फेज ३ को गृहकार्य गर्ने फेज हो।

आशा गरौं ओली र प्रचंड ले दिएको आश्वासन हावादारी होइन वजनगर छ। ११ बुँदे को सम्बोधन भएर आंदोलन निष्कर्ष मा पुगोस।

होइन भने फेज २ समाप्त गरेर फेज ३ मा जानुपर्यो भने त्यो १००% नाकाबंदी र १० लाख मधेसी/बिहारी काठमाण्डु पुग्ने आंदोलन हुनेछ। बॉर्डर पारी बाट नै नाकाबंदी हुन्छ। सब बन्दोबस्त भइसकेको छ। त्यति बेला वार्ता सारता हुँदैन। सरकार र संविधान दुबै ढालने आंदोलन हुन्छ। देश अंतरिम सरकार र अंतरिम संविधान को बाटो जानुपर्ने हुन्छ। काठमाण्डु माथि लिच्छवि स्टाइल को चढ़ाई हुन्छ।

फेज ३ का दौरान दुध अलि बढ़ी नै उम्लयो भने मधेस अलग देश पनि बन्न सक्छ। पाकिस्तान बंगलादेश हुन्छ।


No comments: