Saturday, February 06, 2016

Nepal News (15)



अघोषितरुपमै खुल्यो वीरगन्ज नाका, किन सहयोग गरेनन् भारतीयले ?
नाकाबन्दीपछि पहिलोपटक बुलेट भित्रियो, दुई करोडभन्दा राजश्व संकलन
तराई टुक्र्याउन विदेशीको आशीर्वाद : नेपाल

एमाले पार्टीभित्रको गुटबन्दी अन्त्य गर्ने नसके समानान्तर शक्ति अरू हुन नसक्ने

तीन वर्षमै केरुङसम्म रेल
यो वर्ष तिब्बतमा एक हजार तीन सय किलोमिटर रेलमार्ग निर्माण आरम्भ गर्ने नीतिअनुरूप पहिलो प्राथमिकतामा सिगात्से–केरुङ रहेको जानकारी नेपाललाई दिएका छन् ।

चीन–नेपाल–भारत त्रिदेशीय आर्थिक करिडोरका लागि

चीन सरकारले केरुङ नाकालाई उपयुक्त ठहर गर्दै त्यसमा अडेर योजना अघि बढाएको .... तपाईंहरूले पनि त्यहीअनुरूप काठमाडौं–केरुङसम्म जोड्ने सडक मार्ग सुधारदेखि रेलमार्गको अवधारणा अघि बढाउँदा राम्रो हुन्छ ...... ‘२०१८ को अन्त्यसम्म सिगात्सेको रेल केरुङमा ल्याउने लक्ष्य तिब्बत सरकारको छ’ .....

नेपालले योजनासहित प्रस्ताव राखेमा काठमाडौंसम्म रेल जोड्न चीनले सहयोग गर्ने ..... रेलमात्र नभएर काठमाडौं जोड्न छोटो सडकका लागि सुरुङ मार्ग निर्माण गर्नसमेत चीनले सहयोग गर्ने

..... चीनले काठमाडौं आसपासमा आर्थिक जोन स्थापना गरिदिनेसमेत आफ्नो योजनामा राखेको ...... नेपालले कोरला–लिजी नाकामा जोड दिइरहेको अवस्थामा उत्तरी छिमेकी चीनको आगामी वर्षको कार्यक्रममा हुम्लासँग नाका जोडिएको हिल्सा–पुराङ नाकामा पूर्वाधार निर्माण गर्ने र नाका सञ्चालन गर्ने भएको छ ।
मोरङमा संस्थापन र देउवाका बराबर
केही स्थानीय हस्ती क्षेत्रमै पराजित
धनुषामा अर्का कांग्रेस कार्यकर्तामाथि गोली प्रहार
धनुषामा कांग्रेस नेताको गोली हानी हत्या
थरुहट आन्दोलन सातौं महिनामा
कैलाली र कन्चनपुरसहितको थरुहट प्रदेशको माग गर्दै सुरु भएको आन्दोलन सात महिनामा पुगेको छ । सुरुमा आमसभा, र्‍याली जुलुश, अन्तक्र्रिया लगायतका विभिन्न कार्यक्रम गर्दै आएका थरुहट आन्दोलनकारीले साउन २२ देखि पहिचान र थहरुटको माग गरी आन्दोलन गर्दै आएका छन् । ..... टीकापुर घटनापछि थरुहट आन्दोलनमा केही शिथिलता आएपनि आन्दोलन नरोकिएको थरुहट आन्दोलन कैलालीका संयोजक कृष्णकुमार चौधरी कुन्दन ले बताए । ‘पहिचान र संघीयताका लागि भइरहेको आन्दोलन माग पुरा नभएसम्म जारी रहन्छ’ उनले शनिवार कैलालीको पहलमानपुरमा आयोजित कार्यक्रममा भने । ..... पहिचानको मुद्दा बोकेको मधेसी जनाधिकार फोरम लोकतान्त्रिक मुद्दा सम्बोधन नभइ सरकारमा सहभागी भएकोले थारुको आन्दोलन केही कमजोर भएको थरुहट संघर्ष समितिका प्रवक्ता माधव थारुले बताए । ‘आन्दोलनका बलमा केही सिमित व्यक्तिले फाइदा लिएको महसुस थारु समुदायमा भएको छ’ उनले भने, ‘फोरम लोकतान्त्रिकले सरकार छोड्ने वित्तिकै थारु आन्दोलनले फेरी गति लिन्छ ।....... सभासद जनक चौधरीले केपी ओली नेतृत्वको सरकारमा फोरम लोकतान्त्रिक सात बुदे सहमतिमा गएको र त्यो सहमति कार्यान्वयनतर्फ अधि नबढे चाडै सरकार छोड्न सक्ने बताए । उनले भने,

‘सरकारले मंसीर १७ गते नै टीकापुर घटनामा संलग्न आरोपमा पक्राउ परेकाहरुको मुद्दा खारेज गर्ने र आगजनी भएका घरकालाई क्षतिपुर्ति दिने निर्णय भएको छ । निर्णय कार्यान्वयन नभए धेरै समय सरकारमा बस्दैनौं ।’

....... भदौ ७ को घटनामा थारुलाई एकतर्फी रुपमा आतंकारी देख्ने सरकारले भदौ ८ टीकापुरमा भएका थारुका घरमा आगजनी गर्नेलाई कुनै कारवाही नगर्नुले राज्यको पक्षपातपुर्ण व्यवहार स्पष्ट भएको उनले बताए । उनले भने–

‘भदौ ७ गतेको घटना शेरबहादुर देउवा र भीम रावलका कारणले भएको स्पष्ट हुदाहुदै २२ जना थारुलाई पक्राउ गरी जेलमा राखेको छ । ८ गतेको घटनाको जिम्मा यो देशका शासकले लिने कि नलिने ?’

...... सभामा डा .ओम गुरुङ्ग, अशोक राई, देव गुरुङ्ग, सभासदहरु जनक चौधरी, गंगा थारु, कासीम अली सिद्धिकी लगायतका वक्ताले सम्बोधन गरका थिए ।


[विशेष रिपोर्ट] मधेस आन्दोलनका ९ घुम्ती
पहिलो र दोस्रो मधेस आन्दोलन भएको ठयाक्कै ९ वर्षपछि संविधानप्रति सामुदायिक असन्तुष्टिबाट सुरु यो आन्दोलन ५४ को ज्यान, सयौं घाइते र अंगभंगसहित अब अवतरणको सम्मुख देखिन्छ । ...... हुँदै हुँदैन भनिएको, भइहाले पनि अहिले हुँदैन भनिएको, कदाचित् भइहाले पनि ठूलो आयतन लिँदैन भनी नेता, विश्लेषक, सुरक्षा संयन्त्र र ज्योतिषीहरूबाट ठोकुवा गरिएको मधेस तनाव किन यो उचाइमा उठ्यो ? .....

हुन पनि १६ बुँदेका सोह्रवटा बुँदामा नपरेको, तर दृश्यमा देखिएको अर्को बुँदा थियो : ३० दलीय विपक्षी गठबन्धन छिन्नभिन्न पार्ने ।

...... मधेस आन्दोलनको ज्वरो मधेसमै मत्थर भइरहेका बेला मधेसी दलहरूको कुनै बर्चस्व नरहेको सुदूर पश्चिम तराईमा भदौ ७ गते अनपेक्षित घटना हुनपुग्यो । ....... मधेसमा आन्दोलनको अवस्थाबारे स्थलगत निरीक्षण गरेर फर्केका राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले माघ ४ गते बिहान बीबीसी नेपाली सेवालाई अन्तर्वार्ता दिँदै भने, ‘मधेसमा सुरक्षाकर्मीबाट अत्यधिक बल प्रयोग भएको छ । सुरक्षाकर्मीले त्यसरी बल प्रयोग नगरेको भए यति चर्को आन्दोलन हुँदैनथ्यो । ...... सामान्य बल प्रयोग गरे हुने ठाउँमा सशस्त्र प्रहरीबल र नेपाल प्रहरी कसरी आक्रामक हुनपुग्यो भन्नेबारे सप्तरी, धनुषा हुँदै पर्सासम्मका मुख्य बजारहरूमा अहिले प्रोजेक्टरमार्फत भिडियो फुटेज देखाइन्छन् । माघको पहिलो साता राजधानीस्थित तमलोपा मुख्यालयमा तिनै मध्येको एक भिडियो प्रस्तुत भइरहेको थियो । ....... भदौ ७ देखि संविधान जारी हुँदाको दिनसम्म नौ सुरक्षाकर्मीसहित ४३ को ज्यान गइसकेको थियो । अधिकांश नागरिकको छाती, टाउकोमा गोली दागिएको थियो । छतमा खेल्दै गरेका बालक, धारामा पानी पिउँदै गरेका किशोर, घरमै बसिरहेका गृहिणीसमेत प्रहरी निसाना बन्न पुगे । ...... सीमांकनविहीन आठ प्रदेश घोषणा, लगत्तै सीमासहितका ६ प्रदेश, फेरि उत्तिखेरै पहाड अनुकूल सात प्रदेश : यी सबैको विस्फोटस्वरुप हुनपुगेको टीकापुर काण्डले मधेसमा आन्दोलनको पारो बढायो । ...... जयशंकरले संविधान नरोके जे पनि हुनसक्ने एकतर्फी फैसला सुनाए । संकेत थियो : भारतबाट पेट्रोलियम र ग्यास नेपाल छिर्न नदिने । ....... पर्सिपल्ट संविधान जारी भयो ।

काठमाडौं र पहाडमा बत्ती जलाइए । मधेसी समुदाय बहुल बस्तीहरूमा बत्ती निभाइयो ।

..... ‘फास्ट–ट्रयाक’ समात्ने हुँदा संविधानसभाका कतिपय नियमावली निलम्बन गरिए, केही प्रक्रिया मिचिए । ह्विप नलाग्ने ६ सय १ सदस्यीय सभामा शीर्ष तीनको अप्रत्यक्ष लगाम रहेको प्रस्टै बुझिन्थ्यो । कांग्रेस, एमाओवादीका केही सांसदले विद्रोह गर्न खोजे, सामसुम भए । ...... छिमेकी भारतले ‘नोट’मात्रै गर्न सक्यो । उसले संविधान घोषणाको स्वागत त गरेन नै, भोलिपल्ट असोज ४ गतेबाट सीमानाकामा अवरोध गर्न थाल्यो । नाकाबन्दीको अघोषित सुरुवात भयो । ‘खाउँ कि नखाउँ’को शैलीमा यता मधेसी मोर्चाले त्यसको तीन दिनपछि मात्रै राजविराज बैठकबाट सीमानाका धर्नाको औपचारिक घोषणा गर्‍यो । उता साना मधेसी दलहरूको संघीय मधेसी मोर्चा असोज ५ गते वीरगन्ज–रक्सौल नाकामा धर्ना कस्न गयो । यथार्थमा घोषणा अगावै सीमापारिको नाकाबन्दी भने कार्यान्वयन भइसकेको थियो । ......

जुन दिनदेखि नाकाबन्दी सुरु भयो, त्यही दिनदेखि मोर्चासँग तीन ठूला दलको संवाद सिलसिला पनि सुरु भयो ।

...... पहिलो संविधानसभा चुनाव र त्यसलगत्तै आफ्नै दलभित्र अध्यक्ष पराजित हुँदासमेत ‘प्रभावशाली नेता’को अघोषित पद्वी पाइरहने एमाले अध्यक्ष केपी ओली ...... कांग्रेससँग यसअघि सत्तासाझेदार हुँदा नै उनको प्रभाव यति बढेको थियो कि आन्दोलित मधेसी मोर्चाको केन्द्रीय तारो उनै ओली बनेका देखिन्थे । आन्दोलन विरुद्ध टुक्का र कटुवचन लगाइरहने कट्टरपन्थी छवि बनाएका यी नेताको सत्तागमनसँगै मोर्चा राजनीतिक संकटमा फँस्न पुग्यो, किनभने ओलीविरुद्ध ओर्लिने नाममा मोर्चाले ती उम्मेदवारलाई प्रधानमन्त्री चुनावमा सघाउन पुग्यो, जो प्रधानमन्त्री रहँदाको अवधिसम्म आन्दोलनमा ४३ को ज्यान गइसकेको थियो । ....... ओलीले निकटस्थदेखि सार्वजनिक समारोहसम्म दोहोर्‍याउने गर्थे– समस्या मधेसमा होइन, दिल्लीमा छ, त्यसैले वार्ता नै गर्नुपरे भारतसँगै गर्ने ...... ‘चारबुँदे ननपेपर’ .... उक्त सरकारी प्रस्तावमा लेखिएको थियो, ‘कोइराला सरकारले संसदमा पेस गरेको संविधान संशोधन आवश्यक परिमार्जनसहित पारित गर्ने, नागरिकताका केही प्रावधान आपसी सहमतिका आधारमा टुंग्याउने, मधेसमा आन्दोलनरत दलहरूको माग सम्बोधन हुनेगरी सीमांकन परिवर्तन गर्ने, राजनीतिक संयन्त्रमार्फत विज्ञसमेतको रायमा तीन महिनाभित्र सीमांकन टुंग्याई संविधान संशोधन गर्ने ।’ ..... ठाकुरले स्वराजसँग भेटेपछि सञ्चारकर्मीलाई फ्याट्टै भनिदिए, ‘कमलजीले हामीलाई दिनुपर्ने चारबुँदे सुष्माजीलाई दिनुभएछ ।’ ......

महेश आचार्यले निराश हुँदै टिप्पणी गरे, ‘मोर्चा मागलाई बुझ्नेबारे हामी तीन दल बीचमै अलग–अलग पोजिसन रह्यो ।’

...... संशोधनले जनसंख्यालाई प्राथमिकता दिँदै निर्वाचन क्षेत्र तय गर्ने र समानुपातिक प्रतिनिधित्व प्रत्याभूति गरेको छ । ...... आन्दोलन थाल्ने बेला मोर्चाले अघि सारेका चार मुख्य मागमध्ये दुईको सम्बोधन भए पनि मुख्य माग मधेसमा दुई प्रदेश हुनेगरी सीमांकन नहुन्जेल आन्दोलन नरोक्ने मधेस केन्द्रित दलको दाबी छ । संविधान संशोधन अर्थात् यो नवौं घुम्ती नै मधेस आन्दोलनको तात्कालिक बिसौनी बन्ने सम्भावना देखिन्छ । मोर्चा उच्च स्रोतका अनुसार संविधान संशोधन आफ्नो आन्दोलन विश्रामका लागि पर्याप्त नभए पनि प्रगतिशील कदम रहेकाले नाकाबन्दी लगायत आन्दोलनको पूर्वघोषित कार्यक्रम पुनरवलोकन हुनसक्छ, छिट्टै । त्यसका लागि उनीहरू वार्तामार्फत कार्यदलमा प्रस्तावित राजनीतिक संयन्त्रमार्फत सीमांकन टुंग्याउने समझदारी ब्युँतिएको देख्न चाहन्छन् ।


प्रचण्डलाई महतोले भने, ‘मैले नै अब नाका खोल्नुपर्छ भनेको हो’



मगर पहिरनमा उपेन्द्र, भने, ‘वर्तमान संविधान मरे तुल्य’
संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले वर्तमान संविधान मृत रहेको बताएका छन् । शनिबार फोरमसम्बद्ध संघीय मगर संघको प्रथम राष्ट्रिय सम्मेलन उद्घाटन समारोहमा अध्यक्ष यादवले तीन दल आफैले उत्कृष्ट भन्दै आएको संविधान संशोधन गरिनुले मृत तुल्य रहेको प्रमाणित गरेको बताएका हुन् । ....... उनले तीनका सीमित पण्डितहरु बसेर राज्य पुनर्संरचनाको सवालमा मगर बाहुल्य भूमिलाई छिन्नभिन्न पार्ने काम गरेको जनाए । ‘आदिवासी जनजातिमा सबैभन्दा बढी जनसंख्या भएको मगर समुदायको भूमि टुक्र्याउने काम भयो,’ उनले भने, ‘यो सरासर मगरहरुलाई आफ्नो भूमिभित्र सत्ता स्थापित गर्न नदिने प्रपञ्चबाट भएको छ ।’ ...... अध्यक्ष यादवले मगरात भूमिमा मगर बाहुल्य रहे भोलि मुख्यमन्त्री र स्थानीय सत्तामा पडक हुने भयले तीन दलका ठालुले यस्तो षड्यन्त्र गरेको आरोप लगाए । ‘मधेसीको मात्रै होइन,’ उनले भने, ‘संघीय समाजवादीले हिमाल, पहाड र मगरहरुको अधिकारको लागि पनि संघर्ष गरिरहेको छ ।’ कार्यक्रममा सहअध्यक्ष राजेन्द्र श्रेष्ठले पृथ्वीनारायण शाहले षड्यन्त्रपूर्वक मगरात राज्य हत्याएपनि अहिलेका शासकहरुले मगरहरुलाई अधिकारविहीन बनाउने खेलमा लागेको बताए । उनले एमाओवादीका अध्यक्ष प्रचण्डको विगतको भाषण स्मरण गराउँदै भने, ‘प्रचण्डले पहिचानसहितको स्वायत्त राज्य दिने भनेपनि अहिले आएर बिर्सिएको देख्दा अचम्म लागेको छ ।’ ..... केन्द्रीय सदस्य तथा मगरात इन्चार्ज नवीन रोकामगरले मधेस आन्दोलनमा साथ दिन मगरहरुपनि शीरमा कफन बाँधेर एक्यबद्धता दिन जाने धारणा राखे । उनले हाल नेपालमा सिंहदरबार चलाउने र जनताको अधिकारनिम्ति संघर्ष गर्ने दुइटा पार्टीमात्रै रहेको जिकिर गरे । ‘सिंहदरबार चलाउने एमाले, कांग्रेस र एमाओवादीले जनतालाई अधिकार दिँदैन,’ उनले मगर समुदायमाझ भने, ‘यसैले संघीय समाजवादी फोरममात्रै जनताको निम्ति संघर्ष गर्ने एक्लो पार्टी हो ।’
बाबुरामको नयाँ शक्तिमा लाग्नेलाई तीस बुँदे लगाम, बैठकमा रामेश्वर खनाल अनुपस्थित
लामो समय कम्युनिष्ट राजनीतिमा होमिएपनि माक्सवादबिनैको नयाँ शक्ति गठन गरेका भट्टराई ..... आचारसंहितामा एतिहासिक राजनीतिक उपलब्धीको सम्मान गरिनुपर्ने, विश्वप्यापी मान्यताबाट निर्देशित भई नयाँ शक्ति अभियानमा लाग्नुपर्ने, राजनीतिक आचारण निष्ठाबाट परिलक्षित हुनुपर्ने, शान्त्पिूर्ण, सुशासन, पारदर्शिता र विधिको शासनप्रति प्रतिबद्व हुनुपर्ने, धर्म सम्प्रदाय र संस्कृपतको सम्मान गर्नुपर्ने, परिवर्तनको सुरुवात आफैंबाट गरिनुपर्ने, श्रमको सम्मान गरिनुपर्ने, राजनीति पेशा नभई सेवा हुनुपर्ने, फरक विचार सुन्न तयार हुनुपर्ने, बदलिन सिक्न र अगाडि बढ्न तयार हुनुपर्ने लगायत बुँदा छन् । ....... बहुसंख्यक कम्युनिष्ट स्कुलिङमा हुर्किएका सदस्यहरुलाई सपथ ग्रहण गराउँदा ‘नमस्ते’को प्रयोग गरिएको थियो । ...... फागुन १ गतेदेखि चैत मसान्तसम्म दुई महिने दोस्रो चरणको अभियान सञ्चालन गर्ने, सबै प्रदेशको प्रादेशिक संरचना तयार गर्ने र सोको योजना जिल्लादेखि टोलसम्म वितरण गर्ने, केन्द्रिय कार्यालय, प्रदेश र जिल्ला कार्यालय व्यवस्थित गर्ने, प्रचारप्रसार तिब्र पार्ने कार्ययोजना रहेका छन् । यसैगरि संगठन व्यवस्थित बनाउन बाँकी जिल्लाहरुमा संगठन बनाउने, सबै जिल्लाहरुमा वैकल्पिक राजनीतिका बारेमा खुल्ला अन्तरक्रियाहरु आयोजना गर्ने, मधेस आन्दोलनको समाधानका लागि पहल गर्ने, विभागका कार्ययोजनाहरु १५ दिनभित्र तयार पारि कार्यान्वयन गर्नेलगायतका दुई महिने कार्ययोजना छ ।

नाका खुल्यो भन्दैमा धेरै दङ्ग नपरौं, मधेशको मुद्दा त ज्युँकात्यूँ नै छ नि...यसको छिटोभन्दा छिटो समाधानमा लाग्नु नै बेश !

Posted by Kosmos Biswokarma on Saturday, February 6, 2016

ए खसवादी हो, नाका खुकुलो भयो भनेर मधेशी जनताले आत्मसमर्पण गरे भन्ने भ्रममा नबस्नु. यो त केवल सानो बिश्राम हो. जग हल्लिने हुँकार मधेशी जनताले चाडैं प्रदर्शन गर्ने छन्. मात्र प्रतीक्षा गर.

Posted by Subhash Chandra Shah on Friday, February 5, 2016

No comments: