Wednesday, February 03, 2016

Nepal News (7)

निधिको प्रश्नः मधेसी मोर्चाले किन आन्दोलन गरिरहेको छ ?
उनले संविधान संशोधन भएपछि आन्दोलनरत मोर्चाको सबै माग पूरा भएकाले अब किन आन्दोलन भइरहेको छ आफूले बुझ्न नसकेको उल्लेख गरे ।
मोर्चाले गुहार्यो भाजपा नेता
आन्दोलनमा समर्थन जुटाउन भारत भ्रमणमा रहेका मोर्चाका नेतात्रय राजेन्द्र महतो, उपेन्द्र यादव र महेन्द्र यादवले मंगलबार साँझ भाजपाका प्रभावशाली नेता सुशील मोदीसँग भेटेर मधेस आन्दोलनबारे ब्रिफिङ गर्दै नेपाल सरकारमाथि दबाब दिन आग्रह गरेका हुन् । .... करिब एक घन्टा लामो भेटमा उनीहरुले मधेस आन्दोलनमा सरकारले दमन गरेको र माग पूरा गर्न हिच्किचाइरहेको गुनासो गरेका थिए ।


नेपाल–खनाल ओलीप्रति किन भए रुष्ट ?
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली एकलौटी अघि बढ्न खोजेको भन्दै एमालेको माधन नेपाल समूह आन्तरिक लोकतन्त्रको मुद्दा उठाउँदै बहसमा उत्रिएको छ । अध्यक्षको डेढ वर्षे कार्यकालमा ओलीले एकलौटी रुपमा पार्टी सञ्चालन गरेको निष्कर्ष नेपाल समूहको छ । .... पार्टीमा नेतृत्व गरिसकेका वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल एउटै मञ्चमा उभिएर पार्टीको नीतिअनुसार काम नभएको र सरकार सञ्चालनमा समेत समस्या देखिएको भन्दै नेतृत्वको आलोचना गरेका छन् ।

No comments: