Thursday, February 04, 2016

चीन कब्ज़ा गर्ने भनेको

मधेसले चीन कब्ज़ा गर्ने भनेको बुद्ध मधेसी, चीन मा बुद्धिस्ट को संख्या एक बिलियन पुर्याउने भनेको। गोराले नेपालमा क्रिस्चियन धर्म प्रचार गर्न हुने, मधेसीले चीन मा बुद्ध को धर्म प्रचार गर्न किन नहुने? मधेसले चीन कब्ज़ा गर्ने भनेको बन्दुक को लड़ाई भनेको होइन। को जान्छ चिनिया सँग लड़ाई गर्न? मधेसले त्यसरी चीन कब्ज़ा गर्दा त्यति बेला चीन र मधेस बीच को सम्बन्ध ले आकाश छुने हुन्छ। बुद्ध को सन्देश र ज्ञान मा त्यस किसिमको ताकत छ। पृथ्वी नारायण र बुद्ध बीच फरक छ। अनि त्यसरी चीन कब्ज़ा गरे पछि जनकपुर पटना कोलकाता ढाका मले कुन्मिंग बुलेट ट्रेन बनाउने। इंडस्ट्रियल कॉरिडोर। मधेसमा झापा देखि कंचनपुर बुलेट ट्रेन। दुई घंटा को बाटो। जनकपुर मा स्पेशल इकनोमिक जोन। झापा मा भारत ले मान्दैन। त्यो कुखुराको घाँटी जस्तो भारतको भूभाग। झापा देखि कंचनपुर बुलेट ट्रेन बनाउन एक मधेस दो प्रदेस चाहिएको। बुलेट ट्रैन छ भने झापा मा बसी बसी बाहुन हरु दैनिक जागीर खान जनकपुर आउन पाउने हुन्छ। दिउँसो खाजा जनकपुर मा खाने गरी।


No comments: