तीन ध्रुव: एमाले-माओवादी, काँग्रेस, मधेसी-जनजाति-नया शक्ति



सीके राउतको कार्यकर्ता देखे पछि तर्सिए उपेन्द्र यादव
कार्यक्रममा सीके राउतको कार्यकर्ताहरुको उपस्थिति देखेर उपेन्द्र यादव तर्सिएका थिए । कार्यक्रम सुरु हुनुभन्दा अगाडि नै उपेन्द्र यादवले आयोजकलाई सीके राउतको कार्यकर्ताहरुलाई कार्यक्रमबाट बाहिर गर्न आग्रह गरेका थिए । आयोजकले यो खुल्ला कार्यक्रम हो भनेर यादवको कुरालाई टालेका थिए । ....... कार्यक्रम अगाडि बढ्दै गयो उपेन्द्र यादवको टाउँको दुखाई बढ्दै गयो । पुनः कार्यक्रम सञ्चालन भइरहँदा उपेन्द्र यादवले अगाडि पट्टि रहेका सीके राउतका कार्यकर्ताहरुलाई पछाडि गएर बस्न आग्रह गर्दै आयोजकलाई अढाए । तर पुनः आयोजकले मानेन् । ..... कार्यक्रममा सहभागी बीरगञ्जका पत्रकारहरुले हुलाकी न्यूजलाई भने,‘सीके राउतको कार्यकर्ताहरुलाई देखेर उपेन्द्र यादव पहिलेदेखि नै तर्सिएका थिए, झन् महेन्द्र यादव र रघुबंश प्रसादले सीके राउतको चर्चा गरेपछि यादव जी रातोनपिरो हुनु भयो ।’ ...... कार्यक्रममा मधेशी मोर्चाका घटक तराई–मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र यादवले मधेश पहिलेदेखि नै अलग देश रहेको र अहिले नेपालमा मिसिएको बताए । त्यसपछि सीके राउतका कार्यकर्ताहरुले ताली बजाउन सुरु गरे । ...... झन् कार्यक्रमका प्रमुख अतिथि डा.रघुबंश प्रसादले मधेश अलग देश तत्काल माग्ने अवस्था नआएको र केही दिन प्रतिक्षा गर्न भने पछि राउतका कार्यकर्ताहरु हौसिए । यता उपेन्द्र यादवको टाउको दुखाई बढ्दै गएको थियो ।
११ बुँदे मा पुगेर मधेस आंदोलन को सफल विसर्जन भएको अवस्थामा देश एउटा स्वस्थ बाटो मा जाने देखिन्छ। द्रुत गतिको आर्थिक विकास रोक्न नसकिने अवस्था आउन सक्छ।

तीन ध्रुव को उदय हुन सक्छ: एमाले-माओवादी, काँग्रेस, मधेसी-जनजाति-नया शक्ति।

एमाले र माओवादी एक पद एक उम्मेदवार मा जानु, काँग्रेस मा गगन थापा को उदय हुनु, मधेसी जनजाति र नया शक्ति एक पद एक उम्मेदवार मा जानु। मधेसी मोर्चाले मधेसमा काँग्रेस को जरो काटेको अवस्था छ। बाबुराम ले त्यसरी नै एमाले र माओवादी को जरो काटन सक्ने संभावना छ। अहिले नंबर एक स्थान मा भने मधेसी जनजाति र नया शक्ति नै छ। तर लोकतंत्र राम्रो व्यवस्था भएकै लोकतान्त्रिक प्रतिस्प्रधा हुने भएकोले हो। तीन ध्रुव ले सकेसम्म राम्रो गर्ने, सकेसम्म को आतंरिक एकता प्रदर्शन गर्ने, र सकेसम्म स्वस्थ र लोकतान्त्रिक प्रतिस्प्रधा गर्नु मा नै आम जनता लाई फाइदा छ। गगन थापा को उदय मा ढिलाई भए काँग्रेस नंबर तीन मा पुग्छ। तर केंद्र, प्रदेश र स्थानीय गरी तीन तहमा शक्ति बाँडिएको अवस्थामा तीन ध्रुव नै कहीं न कहीं सत्ता मा रहने हुँदा कुनै पनि शक्ति पुर्ण रुपले सत्ता बाहिर रहँदैन। त्यो राम्रो हो।

चौथो ध्रुव: सीके राउत। एक्लै। सीके राउत को मधेस अलग देश को सोंच गलत होइन। अहिंसा को बाटो मा हिडेको कमजोर भएर होइन चतुर भएर हो। हिंसाको बाटो विचलन र पराजय को बाटो हो। तर गंतव्य नै मधेस अलग देश मानेकोले समस्या देखिएको हो। गंतव्य तो लोकतंत्र र समृद्धि हो। मधेस अलग देश त साधन मात्र हो। मधेस अलग देश भन्दा राम्रो त मधेसी ले पहाड़ माथि शासन गर्नु हो। लिच्छवि राज पार्ट दो। तर सीके राउत ले आफैले आफैलाई साँघुरो बनाए जस्तो देखिन्छ। मधेसी हिंदी भाषा र हिन्दु धर्म वाला भारतीय सांस्कृतिक राष्ट्रियता को अभिन्न अंग भएको कुरा को आदर सीके राउत ले गरेको देखिएन। बुद्ध लाई मधेसी राष्ट्रियता को केंद्रविंदु मान्दै पहाड़ को बाटो सारा चीन कब्ज़ा गर्ने बाटो पो बाटो। त्यस किसिमको विराट विचार का लागि मधेस अलग देश अंतिम गंतव्य होइन क्षणिक टैक्टिक्स मात्र हुन सक्छ।

मुख्य कुरा त संगठन विस्तार हो। सारा दक्षिण एशिया को ली कुऑन यु भनेको मोदी हो। मोदी को उदय भैसक्यो। मोदी ले २० वर्ष शासन गर्छ। मोदी हाथी को खुट्टा मा मधेसको डूङ्गा बाँध्नु नै उत्तम उपाय हो। मधेस अलग देश को विचार मोदीको विचार सँग मेल खाए जस्तो मलाई लाग्दैन।

मधेस अलग देश मा पनि जान सक्ने तर त्यस सम्म को प्रत्येक आंदोलन र प्रत्येक चुनाव मा सक्रिय रुपले सहभागी हुने ------ सीके राउत को बाटो शायद त्यो हो। सीके राउत ले tactical flexibility देखाउने हो भने झापा देखि कंचनपुर सम्म मधेसी मोर्चा ले एकक्षत्र स्वीप दिन्छ। पहाड़मा गगन र बाबुराम को भन्दा मधेसमा सीके राउत को अपील कैयौं गुणा बढ़ी छ। अहिलेसम्म एउटा पनि चुनाव नलडेको, एक पटक पनि सत्ता मा नपुगेको, १००% क्लीन इमेज, विश्व स्तरको शैक्षिक पृष्ठभूमि, सालाना करोड़ों को तलब त्याग गरेको, वैज्ञानिक मान्छे। बिभिन्न कारणले सीके राउत ले मधेस को imagination capture गरेको अवस्था छ। तर tactical flexibility को अभावमा त्यसको पुर्ण फाइदा मधेसी कॉज ले पाएको छैन।

मधेसीको सशक्तिकरण का लागि मधेस अलग देश ठुलो कि मधेसी ले सारा देश माथि शासन गरेको ठुलो? कि मधेस चीन भरि छाएको ठुलो। वर्ष को २०० डॉलर कमाइ राखेको मधेसी का लागि १,००० डॉलर ठुलो हो तर हजार ठुलो कि १०,००० ठुलो। हजार मा गएर किन अड्किने? १०,००० या ५०,००० को लक्ष्य किन नराख्ने?

दिल्ली ले मधेस आंदोलन को साथ दिएको अवस्थामा, मधेस जागिसकेको अवस्थामा मधेस अलग देश सानो लक्ष्य भयो। सारा देश कब्ज़ा गर्ने लक्ष्य हुनुपर्छ। अहिलेको मधेस आंदोलन लाई पार लगाउन सक्ने निर्णायक व्यक्ति सीके हो। जब तक मानव अधिकार का घोषणपत्र रहेगा तब तक मधेस अलग देश की संभावना बनी रहेगी लेकिन अभी के समय में मधेसी मोर्चा के ११ बुँदे को मानते हुवे भन्दै आफ्नो संगठन लाई पनि अहिले कै आंदोलन मा एकाकार गराउनु पर्छ।

नेपाल भारत भुटान बंगलादेश आर्थिक एकीकरण को बाटो मा हिडिसकेको अवस्थामा मधेस अलग देश को बाटो नदीको पानी उल्टो दिशामा लाने प्रयास जस्तो देखिन्छ। मधेस अलग देश को लक्ष्य लाई माओवादी को समाजवाद जस्तो टाढाको लक्ष्य बनाउनु नै श्रेयस्कर छ। होइन भने सीके ले आफुलाई अनुपलब्ध बनाए जस्तो देखिन्छ। मधेसी जनता लाई सीके चाहिएको आज, सीके ले चाहिँ म आज उपलब्ध छैन भने जस्तो देखियो।




Comments