Wednesday, February 24, 2016

Nepal News (49)



भुजमा प्रधानमन्त्रीको स्वागतमा चार कुने नेपाली झन्डा !
कांग्रेस : नीतिबिनाका व्यक्तिहरू
कांग्रेसमा नीतिगत अवधारणाको विधिवत अन्त्य त्यसका आदर्श व्यक्तिहरू जस्तै गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, विश्वेश्वरप्रसाद कोइराला, सुवर्णशमशेर र सूर्यप्रसाद उपाध्यायको स्वर्गारोहणसँगै भयो भन्ने इतिहासले नै पुष्टि गर्छ । वास्तवमा कांग्रेसमा २०५३ को अधिवेशनदेखि नै नीतिगत आदर्शहरू विसर्जित भैसकेको भन्दा खास फरक पर्दैन । ..... सबैभन्दा पहिला कांग्रेसको वर्तमान नेतत्वले ‘राष्ट्रियता’लाई आफ्नो दलको दस्तावेजहरूबाट मेटाएमा देशप्रति इमानदारिता हुने थियो । ..... हुन त कांग्रेसमा निरीह प्राणीहरू हुनुहुन्छ, जसले नयाँ संविधान आयो भनेर आत्मगौरव गर्नेहरूदेखि दिपावलीसम्म मनाउने उर्दी जारी गर्नेहरू छन् । परन्तु

संविधान घोषणा भएको पाँच महिनामा जनताको ओठतालु, घरचुलो सबै सुक्न पुग्यो

, विचरा संविधानको पनि के दोष ? आखिर १२ बुँदे सम्झौताको उत्तराधिकारी भएर बाँच्नुपर्ने छँदैछ । ....... कार्यपालिका, व्यवस्थापिका र न्यापलिकाका प्रत्येक अंग–प्रत्यंगहरूमा राष्ट्रियतालाई सुनौलो अक्षरमा पोते पनि व्यवहारमा सबैतिर राष्ट्रियताका छिद्रहरू चाल्नोजस्तै भएको यथार्थ छ । किनभने

आज राज्यका प्राय:जसो निकायहरूमा भ्रष्टाचार पूर्ण संस्थागत भैसक्यो । भ्रष्टाचार अराष्ट्रिय कार्य हो भनेर थाहा पाउँदा—पाउँदै पनि सानादेखि ठूला सबैथरी आ–आफ्नो गच्छेअनुसार त्यसमा लिप्त छन् र त्यो पनि राजनीतिक छत्रछायामा ।

अब भ्रष्ट मानसिकताले स्वच्छ राष्ट्रियताको प्रवचन कसरी गर्छन् ? तसर्थ कांग्रेसका महाशयहरूले भ्रष्टाचारयुक्त वा मुक्त राष्ट्रियताको कसरी बखान गर्नेछन्, हेर्न बाँकी छ । ........ पार्टी प्रतिबन्धित हुँदाको ‘सक्रिय सदस्यता’को उपादेयतालाई खुल्ला राजनीतिमा समेत बलजफ्ती लादेर आ–आफ्नो गुट/व्यक्तिलाई पहिला भोट दिने/नदिने कबुल गराएर मात्रै स्वीकृत/अस्वीकृत गर्ने नयाँ परिपाटीको विकास भएको छ । ..... राष्ट्रिय सवालका बारेमा आम कांग्रेसी कार्यकर्ताहरू त परै जाओस्, महासमिति र महाधिवेशनका प्रतिनिधिहरूको समेत कुनै गुञ्जाइस हुँदैन । त्यतिले नपुगेर केन्द्रीय समिति सदस्यहरूले समेत धेरैजसो निर्णयहरू समाचारमार्फत पढ्छन् अथवा सुन्छन् । किनभने त्यहाँ

निर्णय लिने प्रक्रिया अत्यन्त गैरप्रजातान्त्रिक छ, जसमा २/४ जना व्यक्तिहरूको मात्र संलग्नता हुन्छ ।

...... के कांग्रेसको महासमिति बैठकले अथवा महाधिवेशनले अथवा केन्द्रीय समितिले नेपालमा धर्मसम्बन्धी कुनै निर्णय गरेको थियो, विगत २० वर्षमा ? ..... बाँकी रह्यो, समाजवाद– त्यसको कुरै नगर्दा बढी आत्मसन्तुष्टि मिल्ने निश्चित छ । कुनै एउटा यस्तो जमाना थियो, जब देशमा सर्वाधिक धनी व्यक्तिहरू मध्येका सुवर्णशमशेर, जो २०१२ सालमा कांग्रेसको सभापति निर्वाचित भएर ०१५ सालमा आफ्नो जायजेथा समाजवादको नाममा राष्ट्रलाई सुम्पिए । आज कसलाई चाहिएको छ, समाजवाद ? किनभने देश नै दलाली र बिचौलियामा रमाएको छ । ...... यदि कांग्रेसमा समाजवादको अलिकति पनि अंश बाँकी थियो भने भूकम्प पीडित लाखौं घरबारविहीन जनताले वर्षातको पानी र हिउँदको शीतमा कुनै स्थायी ओत पाउने थिएनन् र ? तसर्थ कांग्रेसले किन समाजवाद अलाप्नु ? ........

समाजवादको नाममा विश्वेश्वर कोइरालाको नाम अपवित्र गर्ने वर्तमान कांग्रेसी नेतृत्वबाट देश र जनताले अरू केही अपेक्षा गर्नु स्वयंलाई धिक्कार्नु मात्रै हो ।

...... कांग्रेसमा जोसुकै आए पनि कागलाई बेल पाक्यो हर्ष न विस्मात हो ..... दोस्रो प्रश्न– संघीयताको पुँजीगत (माथिको) आधार के हो ? तेस्रो प्रश्न– कांग्रेसको ‘धर्म’सम्बन्धी नीति के हो ? किन धर्म र संघीयताको विषयमा जनमत संग्रह नगर्ने ? ..... नीति बिनाको व्यक्तिगत गठबन्धनले कांग्रेस धराशायी बन्दै गएको छ र त्यो नै चिन्ताको विषय हो ।
प्रधानमन्त्रीको सम्मानमा मुम्बईमा आयोजित पार्टीमा बलिउड स्टारहरु ओलीले भने : हाम्रा ज्वाईं गोविन्दालाई स्वागत छ
बम्बै कलाकार समाजले प्रधानमन्त्री ओलीको सम्मानमा मुम्बईको हयात रिजेन्सी होटलमा आयोजना गरेको कार्यक्रममा बलिउड सुपरस्टार गोविन्दा, जीतेन्द्र, गुलसन ग्रोवर, निर्देशक सुभास घई, गायक उदित नारायण झा, दीपा नारायण, संगीतकार भप्पी लहरी, नेपाली कलाकार सुनिल थापा, प्रसिद्ध चित्रकार लक्ष्मण श्रेष्ठलगायत उपस्थित थिए ..... कार्यक्रममा प्रधानमन्त्री ओलीले गोविन्दालाई ‘हाम्रा ज्वाई गोविन्दालाई स्वागत छ’ भन्दै स्वागत गरेका थिए । गोविन्दाकी श्रीमती नेपाली मूलकी भएकीले उनले यस्तो भनेका छन् ।


नेपालको संविधानको 'स्वागत' शब्दमा भारतको 'रिजर्भेसन'
संयुक्त विज्ञप्ति जारी गर्नेबारे अन्योल
नेपालको संविधानलाई भारतले स्पष्ट भाषामा स्वागत भन्ने शब्द राख्न नचाहेपछि प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणको अन्तिम दिन नेपाल र भारतले संयुक्त विज्ञप्ति जारी गर्ने/नगर्ने भन्ने अन्योल बढेको छ । नेपालले संयुक्त विज्ञप्तिमा नेपालको संविधानको स्वागत भन्ने शब्द हाल्न खोजेको थियो । तर भारतले भने उक्त शब्दमा 'रिजर्भेसन' राखेपछि संयुक्त विज्ञप्ति जारी हुने/नहुने अन्योल बढेको हो । ...... भ्रमण दलमा रहेका एक सभासदका अनुसार नेपालले जसरी पनि नेपालको संविधानको स्वागत भन्ने शब्द राख्न खोजेको छ ।
सतहमै दाहाल–भट्टराई टकराव
दाहालले संकटको घडीमा भट्टराईले पार्टी छाडेर राष्ट्रद्रोह मात्रै गरेको घोषणा गरेनन्, कुनै दिन पुरानै पार्टी एमाओवादीमा फर्किइछाड्ने ठोकुवासमेत गरे । ...... दुई नेताबीचको मतान्तर सैद्धान्तिक, राजनीतिक नभई व्यक्तित्व टकरावको हदमा पुगेको छ । ...... ३० वर्षे राजनीतिक यात्राको नेतृत्व तहमा सँगै रहेका दाहाल–भट्टराईबीच ‘लभ–हेट रिलेसनसिप’ छ भनी स्वयं उनीहरू नै भन्ने गर्थे । दाहालले संविधान जारी भएलगत्तै बीबीसी नेपाली सेवामा चुनौती नै दिए, ‘मैले बाबुरामलाई ३० वर्ष झेलें, कसैले एक वर्ष झेलेको हेर्ने रहर छ ।’ ...... प्रदेश इन्चार्जहरूले कार्यकर्तामा शिथिलता देखिए पनि नयाँ शक्तिमा जानेको संख्या उल्लेख्य नरहेको रिपोर्ट दिएका छन् ।

No comments: