बाबुराम भट्टराई र संसदीय लोकतंत्र को अभ्यास

जिस्काउने हरुले ओली लाई उखान टुक्के नेता भन्छन। तर जानेर होस वा नजानेर ओली ले एउटा बड़ो effective कुरा गरिरहेका छन। ट्विटर आज आयो, त्योभन्दा अगाडि देखि लालु यादव ट्वीट मा बोल्ने गर्थ्यो। जानेर होस वा नजानेर लालु ले एउटा बड़ो effective कुरा गरिरहेका छन।

संसदीय लोकतंत्र मा चुनाव ताका मात्र होइन अरु समय पनि नियमित रुपमा जनमत निर्माण गरिरहनुपर्ने हुन्छ। त्यो जनमत निर्माण गर्ने भनेको मीडिया को बाटो नै हो। आम सभा त दैनिक गर्न सकिन्न। तर जनतासम्म मीडिया को मार्फ़त दैनिक पुग्न सकिन्छ।

त्यस मीडिया को २४ घंटे न्यूज़ साईकल हुन्छ। भन्नु होला, फेसबुक र ट्विटर त कहिले बंद नै हुँदैनन्। तर यो २४ घंटे न्यूज़ साईकल पृथ्वी को दिन रात को चक्र सँग पनि जोडिएको छ, मान्छे को शरीर को बायोलॉजिकल क्लॉक सँग पनि जोडिएको छ। टेक्नोलॉजी ले त्यसलाई फरक पार्दैन। यो २४ घंटे न्यूज़ साईकल रहिरहने हो।

एउटा २४ घंटे न्यूज़ साईकल मा आम जनता ले एउटा वाक्य मात्र पचाउन सक्छ। त्यो नेपाल गरीब अशिक्षित देश भएकोले भएको होइन। अमेरिका मा पनि त्यही हो। १९९९ मा जुन दिन अल गोर ले आफु राष्ट्रपति को उम्मेदवारी को घोषणा गरे त्यसै भाषण मा बिल क्लिंटन लाई गाली पनि गरे, मोनिका को कुरालाई लिएर। प्रतिक्रिया मा बिल क्लिंटन ले प्राइवेट मा भने म अल को ठाउँ मा भएको भये भए एकै दिनमा ती दुई कुरा नबोल्ने। हुन पनि त्यो दिन  समाचारमा बिल क्लिंटन लाई गाली गरेको समाचार आयो, अल गोर राष्ट्रपति को उम्मेदवार हुने समाचार मा आएन। अल गोर लाई राजनीतिक घाटा लाग्यो।

किन होला? एउटा २४ घंटे न्यूज़ साईकल मा आम जनता ले एउटा वाक्य मात्र पचाउन सक्ने कारन के हो? किनभने कोही एक जना सँग संवाद भएको होइन। बहुमत मानिस लाई आफु तर्फ तान्न खोजेको हो। नाना थरि विचार भएका मानिस हुन्छन्।

तपाइँ अब्राहम लिंकन का भाषण हरु पढ़नोस। यति सरल भाषा छ। उसको सबै भन्दा प्रख्यात भाषण हेर्नोस। कति छोटो मीठो सरल। किनभने उसलाई आम मानिस सम्म पुग्नु छ।


तर लेनिन ले आफ्नो पार्टी को महाधिवेशन को तैयारी मा किताब नै लेख्न भ्याएका हुन्थे। उसले आफु तर्फ तुरुन्त तान्नु पर्ने समूह सानो। कति त किताब लेखेछ भनेरै इम्प्रेस भइसक्थे।

बाबुराम भट्टराई ले जनता सँग संपर्क गर्ने प्रमुख हतियार प्रिंट मीडिया को अन्तरवार्ता रुचाउने गरेको मैले देखेको छु। त्यस्ता कति अन्तरवार्ता एउटा अन्तरवार्ता बुझ्न दुईटा किताब पढ्नुपर्ने जस्तो हुन्छ।

बाबुराम भट्टराई धेरै पढ़े लेखेका मानिस हुन। ब्रिटेन को डेविड कैमरून ले बाबुराम भन्दा कम पढ़े लेखेका छन। बाबुराम भट्टराई जस्ता पढ़े लेखेका मानिस राजनीति मा जाने कमै हुने गर्दछ। गरीब देशमा पनि, धनी देशमा पनि। पढ़े लेखेका पनि हुन र पढ़ंते पनि हुन। हप्ता मा कमसेकम एउटा किताब अहिले पनि पढ्छन् होला जस्तो लाग्छ।

तपाइँ ले त बढ़ी पढनुभो, राजनीति का लागि उपयुक्त हुनुहुन्न भनेको होइन। राजनीति मा सफल मानिस हो। काठमाण्डु मा armchair intellectual हरुको कमी छैन। बाबुराम armchair intellectual होइन।

डेढ़ वर्ष पछि चुनाव हुन्छ। ५०० दिन पछि लगभग। दिनको एक वाक्य मात्र बोल्न पाउने भए तपाइँ को दैनिक वाक्य के हुँदो हो भन्ने प्रश्न मात्र हो। त्यो distillation र अनुशासन संसदीय लोकतंत्र को माग हो। इच्छा लागे जति लेखपढ गर्नुस्। तर आफ्ना गहन विचार, महत्वाकांक्षी कार्यक्रम र योजना हरु लाई डिस्टिल गर्ने बानी बसाल्नुस्। संसदीय लोकतंत्र चल्ने ट्रैक २४ घंटे न्यूज़ साईकल को त्यो माग हो।

ओली ले त्यो वाक्य त बोल्छ तर उसले डिस्टिल जुन सामग्री को गर्छ त्यो सामग्री बड़ा गड़बड़ छ। मधेसी लाई कहिले झींगा कहिले आप भनेको डिस्टिल गरेको हो, २४ घंटे न्यूज़ साईकल ले पटक पटक टिप्छ। तर त्यो त सुँगुर को खोर पस्केको हो। आफ्ना ethnic prejudice हरु लाई डिस्टिल गर्ने मान्छे पदमा पुगेर देश उँभो लाग्दैन।


Comments

Popular posts from this blog

फोरम र राजपा बीच एकीकरण: किन र कसरी?

नेपालभित्र समानता को संभावना देखिएन, मधेस अलग देश बन्छ अब

फोरम, राजपा र स्वराजी को एकीकरण मैं छ मधेसको उद्धार