Wednesday, October 14, 2015

मधेसी क्रांति ३ को नेतृत्वमा मास?

मधेसी मोर्चा ले संसद का अरु कुनै चुनाव मा मतदान गरे र सीके राउत tactical flexibility को अभावमा missing in action भैराखे मधेसी क्रांति ३ को नेतृत्वमा मास आउनुपर्छ।

पहिलो मधेसी क्रांति अगाडि फोरम एउटा सानो NGO थियो। क्रांति ले आज को फोरम पैदा गर्यो। मधेसी क्रांति ३ अगाडि त्यसरी नै जनकपुर मा एउटा मास भन्ने मधेसी युवा हरुको संगठन पैदा भएको हो। जनकपुर बाट शुरू भएको अहिले जिल्ला जिल्ला मा फैलिँदैछ। अब क्रांति को नेतृत्वमा त्यो संगठन पो आउनु पर्यो कि?

मास नेतृत्व मा आउनु भनेको बॉर्डर नाकाबंदी लाई १००% बनाउँदै, मधेस भरि दैनिक वडा सभा को कार्यक्रम गर्दै मधेसमा तीन बाहुन दल को संगठन पुर्ण रुपले ध्वस्त बनाउनुपर्छ। आम आदमी पार्टी ले जस्तो आय व्ययको पैसा पैसाको हिसाबकिताब पुर्ण पारदर्शी किसिमले इंटरनेट मा राख्ने किसिमले व्यापक चंदा संकलन गरेर व्यापक संगठन विस्तारमा लाग्नु पर्छ। Hit them where it hurts. तीन बाहुन दल को संगठन पुर्ण रुपले मधेसबाट ध्वस्त नपारेसम्म यिनले टेर्दैनन्।

जनमत निर्माण के लिए संगठन
ठोस आंदोलन करो, दैनिक संगठन विस्तार करो
संयम, अनुशासन, संगठन विस्तार
स्वतःस्फूर्त संगठन, Bottom Up संगठन
क्रान्ति और संगठन
संघीयता पक्षधर ले संगठन विस्तार गर्ने सुनौलो मौका
आन्दोलन र संगठन विस्तार सँगै लान दैनिक वड़ा सभा



जनकपुर में प्रधानमन्त्री सहित कई नेताआें का पुतला दहन

मधेश अधिकार संघर्ष समिति (मास)

...... मास के सल्लाहकार संजय ठाकुर ..... संयोजक ठाकुर ..... युवा नेता शम्भू निर्दोषि ..... अधिकारकर्मी प्रतिभा झा ने संविधान के मस्यौदा खासकर मधेशी महिला के नेपाली नागरिक से वञ्चित करने का साजिस है । अब मधेशी महिला को भी खस शासक ने आन्दोलन करने से बाध्य बना रही आराप लगाई है । मधेशी महिला खाना पकाउने का कार्य मात्र नही अधिकार के लिए आन्दोलन भी करेंगी उन्होने कहा । ......

मासका संयोजक सरोज मिश्र, सदस्य जानी खान, नविन साह सहित दर्जनो युवा सहभागी थे ।



जनकपुर में प्रधानमन्त्री को काला झण्डा भी
जनकपुर में प्रधानमन्त्री सुशिल कोइराला को ‘मधेश अधिकार संघर्ष समिति’ (मास) व्दारा कडा सुरक्षा के बीच कल्ह काला झण्डा दिखाया गया । ...... चार दल के सहमति में मधेश विरोध संविधान जबरदस्ती लाना चाहता है । अगर यह संविधान आया तो मधेश में फिर से २०६२।०६३ से भी बडा आन्दोलन होगा चेतावनी भी दिया है । ..... इससे पहले ‘मास’ ने मधेशी को कैसा संविधान चाहिए ‘अन्तरक्रिया, छलफल’ सहित का कार्यक्रम कर चुका है । मास ने जनक चौक पर शंख बजा कर आन्दोलन का ‘शंखघोष’ पुतला दहन सहित का कार्यक्रम कर चुका है ।
प्रहरी दमनको मानव अधिकार आयोगद्वारा अनुगमन, मधेशी अधिकारकर्मीहरु पनि जनकपुरमा
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा, नेकपा–माओवादी, मधेश अधिकार संघर्ष समिति (मास), युवा, बुद्धिजिवी, नागरिक समाज, विद्यार्थी सहितका व्यक्तिहरुले मस्यौदामाथि सुझाव संकलनमा अवरोध सृजना गर्दै कार्यक्रम बिथोलेका थिए । अवरोध सृजना गरेका व्यक्ति, प्रदर्शनकारी, बटुवा, पत्रकार, बालक, सर्वसाधारणलगायतका माथि प्रहरीले निर्ममतापूर्वक लाठी चार्ज गरेको थियो ।
जनकपुरमा ब्ल्याक आउट, मोर्चाले ओलीको पुतला फुके
नेपालको ३८ औं प्रधानमन्त्रीको रुपमा केपी ओली निर्वाचित भएपछि मधेशका जिल्लाहरुमा विरोध सुरु भएको छ । ..... ५८ दिनदेखि आन्दोलनमा रहेका मधेशबासीहरुले आइतबार ओलीको पुतला दहन ब्ल्याक आउट गरेका छन् । धनुषा जिल्लामा ओलीको विरुद्धमा मधेश अधिकार संघर्ष समिति (मास) र संयुक्त युवा संघर्ष समिति जनकपुरले आइतबार बेलुका डेढ घण्टा ब्ल्याक आउट गरेको छ । ...... बेलुका ६ देखि साढे सात बजेसम्म जनकपुर नगरमा ब्ल्याक आउट गरेको छ । कालो दिनको रुपमा भन्दै मास र संयुक्त युवा संघर्ष समितिले डेढ घण्टा बत्ति बन्द गरेर विरोध गर्न आव्हान गरेको थियो । सोही अनुसार बेलुका ६ बजेदेखि नगर क्षेत्र अंध्कारमय बनेको थियो । ........ मधेश विरोधी ओली प्रधानमन्त्रीमा निर्वाचित भएपछि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा धनुषाले रामानन्द चोकमा पुतला दहन गरेको छ । मोर्चाका नेता तथा कार्यकर्ताहरुले रामानन्द चोकमा ओलीको पुतला फुकेका छन् । ..... यस्तै जनकचोक लगायत ग्रामीण क्षेत्रमा पनि ओलीको पुतला दहन गरेको बताइएको छ ।
दोषीमाथि कारबाहीको माग गर्दै ज्ञापन
महावीर युवा कमिटीका अध्यक्ष धर्मेन्द्र साह, राम युवा कमिटीका अध्यक्ष राबाबु साह, गणेश युवा कमिटीका अध्यक्ष राजेश भण्डारी, रामजानकी युवा कमिटीका अध्यक्ष गणेश साह, जनक युवा क्लवका महासचिव संतोष कुमार राय, जनकपुर जेसिजका निवर्तमान अध्यक्ष शंकर प्रसाद साह, मधेश अधिकार संघर्ष समितिका शैलेन्द्र सिंह, समाजवादी विद्यार्थी संघका रामविनेश साह, तराई मधेश युवा फ्रन्टका केन्द्रिय सदस्य मो. सलामत राईन, मो. जानी साफी, राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला उपाध्यक्ष सुमनकान्त ठाकुर, समाजवादी विद्यार्थी संघका अध्यक्ष ज्ञानेन्द्र झा, जिल्ला अध्यक्ष हिरेन्द्र विक्रम अधिकारी, राजदेवी युवा कमिटीका अध्यक्ष श्याम किशोर मण्डल, मास संयोजक सरोज मिश्र, कृष्ण युवा क्लका अध्यक्ष दिपेन्द्र कुमार साह र नरसिंह युवा क्लवका सचिव धर्मेन्द्र प्रसाद सिंह लगायतले ज्ञापन पत्र बुझाएका छन् ।
मन्त्री निधीसहित सभासद् घरमा कालो झण्डा र धर्ना
आन्दोलनरत संयुक्त युवा संघर्ष समिति तथा मधेस अधिकार संघर्ष समिति सम्बद्ध युवाहरुको समूहले बिहीबार भौतिक पूर्वाधार तथा निर्माण मन्त्री विमलेन्द्र निधी, कांग्रेस संगठन विभाग प्रमुख आनन्दप्रसाद ढुंगानासहित आधा दर्जन सभासदहरुको घरमा कालो झण्डा झुन्ड्याउनुका साथै उनीहरुको घर अगाडी धर्ना बसेका छन् । युवाहरुको उक्त समूहले संविधानमा हस्ताक्षर गर्ने सभासदहरुलाई धनुषा प्रवेश निषेध गर्ने निर्णय समेत गरेको छ । ...... यसैबीच संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा, संयुक्त युवा संघर्ष समिति तथा

मासले पूर्वप्रधानमन्त्री एवं एमाओवादी वरीष्ठ नेता बाबुराम भट्टराईलाई जनकपुर प्रवेश निषेध गर्ने निर्णय गरेको छ ।

भट्टराई शुक्रबार जनकपुर आउने कार्यक्रम थियो ।
कसले भडकाउन खोजे जनकपुर ?
गएको ४/५ गते मस्यौदा संकलनको क्रममा मधेशका जिल्लाहरुमा व्यापक प्रतिकारको आन्दोलन भयो । जसका कारणमा पुर्व देखि पश्चिम सम्मका मधेशका जिल्लाहरुमा सुझाव संकलन कार्यक्रम प्रभावित भएको देखियो । मध्य मधेशको धार्मिक नगरी

जनकपुर चाही केन्द्रको रुपमा देखिए ।

किनकी त्याहा सबै भन्दा कडा प्रतिवाद भयो र त्यही कारणमा धनुषा जिल्लामै प्रहरीले सुरक्षा दिन इन्कार गरे पछि सुझाव संकलन स्थगीत गरियो । ......

प्रहरीले जनकपुरमा आन्दोलनको नेतृत्व गरीरहेका युवा सरोज मिश्रालाई निर्घात कुटपिट गरे सम्म बेलुकी जानकी मन्दिर नजिकै एउटा बालकलाई मरनासन्न हुने गरी कुटे ।

....... जनकपुरमा आन्दोलनको नेतृत्व गरीरुहेका युवाहरुको संघर्ष समिती मास नामक संस्थाका अध्यक्ष सरोज मिश्राले प्रहरीले आन्दोलनलाई बदनाम गराएर सम्प्रादायीक भाडभैलौ गराउन यस्तो चालवाजी गरेको आरोप लगाए । मिश्राका अनुसार प्रहरीले सुरुमा जानकी मिन्नरमा प्रारगंनमा रहेको एटिमवाट पैसा लुटियो भन्ने हल्ला पनि फैलाएका थिए । त्यस पछि जानकी मिन्दरको पछाडी पटी रहेको मुस्लीम बस्ती तिर अचानक रुपमा दुगामुडा समेत भयो, मिश्रा भन्छन, प्रहरीले सुनियोजित रुपमा मुस्लीमहरु लाई भडकाउने प्रयास गरियो तर जनकपुरका मुस्लीम अगुवाहरुको सुझवुझका कारण अवस्था संयमित मै सिमित रहन गयो ।
कांग्रेसको राष्ट्रपति उम्मेदवारमा क-कसको चर्चा ?
कोषाध्यक्ष चित्रलेखा यादव र पूर्वमहामन्त्री केबी गुरुङको नाम अग्रस्थानमा छ । कांग्रेसको सहयोग विना ओली सरकार चल्न नसक्ने भन्दै बैठकमा सत्तारुढ घटकहरुसँग समेत राष्ट्रपति–सभामुख निर्वाचनमा छलफल गर्ने कुरा पनि आएको थियो । ..... समावेशी र महिला पुरुष समानुपातिक उम्मेदवार बनाउनुपर्ने भएकाले गुरुङ र यादवको नाम अघि आएको एक नेताले बताए । ..... प्रधानमन्त्री निर्वाचनमा आफ्ना सभापति सुशील कोइरालालाई मत दिएको संयुक्त मधेसी मोर्चासँग कांग्रेसले राष्ट्रपति सभामुख निर्वाचनमा पनि गठबन्धन बनाउने तयारी गरेको छ । गठबन्धन बन्दा

सभामुख उम्मेदवार मोर्चालाई दिन सकिने

पनि चर्चा भएकाले सभामुख र अरु पदमा अहिले खासै कसैको नाम अघि सारिएको छैन ।
मधेस आन्दोलनमा सहभागिता घट्दै
पार्टी छाड्दै मधेसवादी दलका कार्यकर्ताहरु
प्रधानमन्त्री निर्वाचनमा भाग लिएपछि सप्तरीमा जारी मधेस आन्दोलनमा सर्वसाधारणको सहभागिता घट्दै गएको छ । नेतृत्वको निर्णयप्रति असन्तुष्टि जनाउँदै मधेसवादी दलका नेता तथा कार्यकर्ताहरु पार्टी परित्याग गर्ने क्रम सुरु भएको छ । ..... आफैंले जलाएको संविधान कार्यान्वयन प्रक्रियामा सहभागी भएको नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै फोरम नेपालका जिल्ला सदस्य प्रभानन्द मण्डलले साधारण सदस्यता समेतबाट राजीनामा दिएका छन् । यस्तै फोरम लोकतान्त्रिकका अगुवा कार्यकर्ता शंकर खिडहरी यादवले ७० जना सहित पार्टीको सधारण सदस्यता समेत परित्याग गरेका छन् । .... फोरम लोकतान्त्रिका सप्तरी जिल्ला अध्यक्ष सत्यनारायण यादवले विज्ञप्ती जारि गर्दै आन्दोलनलाई बीचमै छाडेर सरकारमा सहभागी हुने अध्यक्ष गच्छदारको कार्यशैलीप्रति विरोध जनाएको छ । कार्यसमितिका सर्वसम्मत निर्णय भन्दै जारी विज्ञप्तीमा भनिएको छ, ‘अध्यक्षले कार्यशैलीमा सुधार नगरे पार्टी परित्याग गर्न बाध्य हुने छौं ।’ आन्दोलनको क्रममा प्रहरीको गोली लागि भारदहमा दुई जनाको मृत्यु भएको थियो । भारतीय नाकामा दिनहुँ प्रहरी दमन सहँदै गरेका कार्यकर्ताको भावनलाई लत्याएको विज्ञप्तीमा उल्लेख छ ।
दाहाल भन्छन्, ‘केपी ओली र मैले चाहेरमात्रै पार्टी एकता हुँदैन’
कम्युनिष्टबीच कार्यगत एकतामा जोड दिंदै बुधबार बिहान लाजिम्पाट पुगेका युवा संघ नेतृत्वलाई दाहालले पार्टी एकताको पहल कार्यकर्ता तहबाटै हुनुपर्ने बताए । ..... दाहालले संविधान निर्माणपछि एमाले र एमाओवादीले कार्यगत एकतासहितको अभियान प्रारम्भ गरेको उल्लेख गरे । उनले सरकार निर्माणसँगै

आगामी चुनावसम्म दुई पार्टीसहित सबै कम्युनिष्ट शक्तिबीच एकता हुने

जानकारी दिए ।
सहमति नजुटे कांग्रेसले सवै पदमा उम्मेदवारी दिने
सत्तारुढ घटकसँग सहमति नभए कांग्रेसले राष्ट्रपति र सभामुख आफ्नो पार्टीबाट र उपराष्ट्रपति र उपसभामुख मधेश केन्द्रित दलहरुबाट उम्मेदवार दिईनुपर्ने निष्कर्ष निकालेको छ । तर, मधेश केन्द्रित दलले प्रमुख दुई पद मध्ये एकमा दावी गरे सभामुख छोड्न समेत कांग्रेस तयार देखिएको स्रोतको दावी छ । .... लेखकले मधेस केन्द्रित दलसहित सत्तारुढ घटक संग समेत छलफल भइरहेको जानकारी दिए ।


मधेश गम्भिर 'टर्निंग प्वाइन्ट' मा
गएको १८ असोजमा आन्नदोलनरत मधेशी मोर्चाको धनुषा समितीको बैठकमा जनकपुरमा अगुवाई गरीरहेका युवा

सरोज मिश्राले समानान्तर सरकार संचालन गर्न प्रस्ताव गरे । मिश्रा जनकपुर क्षेत्रमा आन्द्योलनको उठानमा महत्वपुर्ण भुमिका खेलेका मधेश अधिकार संघर्ष समिती मासका अध्यक्ष पनि हुन ।

सरोज मिश्राले १८ असोजको स्थानिय मधेशी मोर्चाको बैठकमा उक्त प्रस्ताव गर्दा उनको तर्क थियो, आन्द्योलनको दुई महिना हुन लाग्दा पनि सरकारले मधेशीहरुलाई वेवास्ता गरेको गर्यो छ, त्यसैले हामी छुटै आफना सवै निकायहरु संचालन गरौ । उनले

सरकारी स्टाईलमा जिल्ला प्रशासन देखि प्रहरी सहित करदाता कार्यलयहरु मधेशी सरकारको नाउमा खोलेर मधेशमा सबै कुरा यही स्तरमा वाट संचालन गर्न सुझाए ।

उक्त बैठकमा धनुषाका मधेशी मोर्चामा संग्लन चार मधेशी पार्टीहरुका अध्यक्षहरु उपस्थिती थिए । सदभावनाका धनुषा अध्यक्ष संजय सिंह, तमलोपाका परमेश्वर साह, फोरम नेपालका शेष नारायण यादव, तमसपाका रुप नारायण यादव र वैद्य माओवादीका धनुषा अध्यक्ष श्रीनारायण प्रतिहस्त उक्त बैठकमा सहभागी थिए । बैठक स्रोतका अनुसार युवा अगुवा सरोज मिश्राले मधेशमा समानान्तर सरकार संचालन गर्न गरेको प्रस्ताव वारे नेताहरुले यसवारेमा छलफल गरेर थप कुरा अर्को बैठकमा गर्ने जनाएका थिए । ....... महतोले आफनो मन्तव्य दिने वेलामा यी दुई नक्कली वन्दुक बोकेको् युवाहरुको वारेमा चर्चा गर्दा दर्शक दिर्घामा 'मधेशी सेना जिन्दावाद' भनेर नारा नै धन्कन पुग्यो । महतोले नेपाली सरकारले मधेशीहरुलाई यसै गरी सेना प्रहरीमा जान बन्देज लगाईरहे आफुहरुले छुटै सेना प्रहरी निर्माण गरेर समानान्तर सरकार चलाउने चेतावनी दिए । ...... यो प्रस्ताव १८ असोजमा स्थानिय मधेशी मोर्चामा राखेका मासका अध्यक्ष मिश्रा भन्छन, मैलै सम्रग परिस्थितीको मुल्यांकन गरेरै उक्त प्रस्ताव गरेका थिए । उनी भन्छन, मधेशीहरु आफनो अधिकारका लागी ५० दिन भन्द्या वढी समय सम्म आन्दोलन गरीरहदा पनि सरकार त्यसलाई सुन्न तयार छैन भने हामीले त्यो सरकारको सटा छुटै आफनै सरकार नबनाएर के गर्ने ? माओवादी जनयुद्धको शैलीमा मिश्राले ल्याएको उक्त प्रस्ताव अन्र्तगत उनले विज्ञापन समेत निकाल्न सुझाएको बताए । ...... जारी आन्दोलनको उचित व्यवस्थापन भएन भने हामी अराजकता हुदै द्धन्द र अन्तमा विखण्डनको चरणमा प्रवेश गर्ने छौ । उनको अर्को तर्क छ, यदी हामी सवै अवस्था प्रति गम्भिर भएर अगाडी वढयौ भने देश समृद्ध निर्माणको चरणमा पनि प्रवेश गर्ने छ । त्यसका लागी विमल जिम्मेवार नेर्ततवको खाचो देख्छन । उनी भन्छन, यो काम जिम्मेवार नेतृत्वले मात्रै गर्न सक्छ । मधेशीहरुले माग गरीरहेको कुरालाई विमलले प्रजातन्त्रको समान्य आधारभुत कुराहरुको भन्दै यसलाई पनि सम्बोधन गर्न नसक्ने क्षमता भएको नेतृत्ववाट साकारात्मक आशा आफुमा नभएको बताए । ....... जारुी आन्द्योलनने मधेशीहरुको एउटा पुरै पुस्तामा 'पहाडी समुदाय' माथी ठुलो घृणा फैलाएको विमलको विश्लेश्न छ । उनी भन्छ, ओली जस्ता निकृंष्ठ नेताहरुका कारण आम मधेशीहरुमा पहाडी भनिने समुदायमा ठुलो वितृष्णा फैलिसकेको म हेरिरहेको छू । यो त्यतीकै समाप्त भएर जादैन, एउटा पुस्ता त कम से कम यसलाई सजिलो विर्सन सक्दैन ....... जारी मधेश आन्द्योलनको ५७ दिन आज भईरहदा मधेशका सहर देखि गाउको कुना काप्चा सम्मा सरकारी पक्षहरु माथी व्यापक घृणाहरु फैलिरहेको त्यतिकै देखिन्छ । आम मधेशीहरुको बुझाईमा मुख्य गरी ओलीका कारण मधेश आन्द्योलनलाई सम्बोधन नगरेर थप समस्याहरु सिर्जना गर्न तर्फ अगाडी वढीएको छ । ..... वार्ताको क्रममा सरकारी पक्ष संघियता प्रति पुरै अनुदार देखिएका छन । ....... जनकपुरमा आन्द्योलनको नेतृत्वदायी भुमिकामा रहेका तमलोपा उपाध्यक्ष वृषेशचन्द्र लालका अनुसार जारी आन्द्योलनलाई सम्बोधन गर्न जती जती राज्यपक्षले ढिला गर्दै जानेछ, त्यती नै अप्ठायाराहरु थपिदै जाने निश्चित छ । लाल भन्छन, मधेशका गाउ गाउका नागरिकहरुमा मधेशी अधिकार प्रति सचेत भईसकेका छन । यसलाई कुनै पनि शर्तमा वेवास्ता गर्ने अवस्था छैन, लाल भन्छन, यसप्रति राज्य पक्ष जन जिम्मेवारी देखाउनु पथ्र्यौ त्यसमा दिन प्रति दिन गैर जिम्मेवारीपनहरु वाहिर आईरहेका छन । ...... जारी मधेश आन्द्योलनलाई मधेशमा नेतृत्व गरीरहेको नेताहरु देखि आम बुद्धजीवीहरु उत्कर्षमा पुगेको आन्द्योलन भनिरहेको छ । आन्द्योलनमा गाउ गाउ सम्म देखिएको व्यापक सहभागीता, आमहडतालको व्यापक प्रभाव र पछिल्लो समयमा नाका अवरुद्ध पार्ने काममा देखिएको जनसहभागीले मधेशी समाजका हरेक तप्काहरु भन्छन, यो आन्द्योलनको उत्कर्ष रुप हो । राज्य पक्ष वार्तामा देखाईरहेको उदासिनताले सरकारी पक्षहरु संगै पहाडी भनिने समुदाय माथी पनि याहा व्यापक आक्रोश देखिन्छ । ...... लहान स्थित वुद्धजिवी डा महादे्व साह भन्छन, मधेशीहरु पहिलो पटक यसरी लडन सिकेका छन, यसलाई चानचुने तरीकाले व्याख्या विश्लेषण गनु मुर्खता हुनेछ । डा साह भन्छन, तपाइ

मधेशका गाउ गाउ जानुस मधेशीहरु एउटै कुरा भनिरहेका छन, हामी आफना अधिकारका लागी आन्द्योलनमा छौ । स्वर्फुतरुपमा गाउ गाउका बजार देखि विद्यालयहरु आज दुई महिना देखि बन्द छ, कसैले चाहेर पनि खुल्न सक्ने अवस्था छैन

........ नेतृत्वहरु वार्तामा तलमाथी गरेको खण्डमा मधेशी पार्टीहरुको अध्यक्ष विरुद्ध विद्रोह हुने सम्भावना मधेशका सहरहरु देखा परीसकेको छ । ...... जनकपुरमा आन्द्योलनरत युवाहरुको संगठन मासका अध्यक्ष सरोज मिश्रा पनि यो कुरासंग सहमत छन । मिश्रा भन्छन, काठमाडौमा जेसेकै कुरामा सहमती गर्दामा जारी आन्दोलन समाप्त हुदैन । काठमाडौमा मधेशी मोर्चाका शिर्ष नेताहरु समान्य रुपमा सहमतीमा अली अली तलमाथी गर्दैृमा के हुन्छ त ?

मिश्रा भन्छन, मधेशका जिल्लहरुमा मधेशी पार्टीहरु त्यसतो अवस्थामा विघटन पनि हुन सक्छ । स्थानिय स्तरवाट नया नयां नेताहरु जन्मन सक्छ ।

...... यो आगो भुसमा मधेशी संगै पहाडे भनिने यो राज्यसता पनि खरानी नबन्लान भन्न सकिन्न ।

No comments: