Thursday, September 03, 2015

नेपाल सेना को एक मात्र काम

गणतंत्र मा नेपाल सेना संवैधानिक राजतन्त्र जस्तो हो, नितांत symbolic ----- देशको राज्य व्यवस्था को त्यो एउटा अंग हो जस्ले राष्ट्रिय एकता को प्रतीक बनने काम गर्न सक्छ। (जीवन्त/ज्वलंत राष्ट्रिय एकता भनेको चाहिँ प्रत्यक्ष निर्वाचित प्रधान मंत्री हो। त्यहाँ कुनै प्रतिस्प्रधा छैन। )

जुन देश को झंडा मैं नीलो रंग छ त्यो देश को सेना ले चीन सँग भारत सँग युद्ध खेल्ने कुरा आउँदैन। UN Peacekeeping सम्म ठीक छ। राहत को काम त अति राम्रो। तर UN Peacekeeping मा थोरै मात्र जाने हो। राहत को काम सधैं होइन।

भने पछि नेपाल सेना ले फुल टाइम गर्ने काम के हो?

नेपाल को जनसंख्या को फुल reflection नेपाल सेना को composition मा देखिनुपर्यो। नेपाल मा महिला ५०% हो भने नेपाल सेना मा ५०% ---- राज्य (state) को अरु अंग मा ३३% होला, त्यस सँग नेपाल सेना ले मतलब राख्नु हुँदैन। Above and beyond the call of duty भनिन्छ नि -- हो त्यो। थारु देशमा ६% हो भने नेपाल सेना मा पनि ६% हुनुपर्यो। मुसलमान। दलित नेपालमा २०% हो भने नेपाल सेना मा पनि २०% हुनुपर्यो।

भर्ना देखि बढुवा १००% meritocratic हुनुपर्यो।

नेपाल सेना गणतंत्र मा exemplary बन्न सक्नुपर्छ।

नेपाल सेना को नंबर एक काम गणतंत्र नेपालमा राष्ट्रिय एकता हो। त्यस का लागि ब्यारेक बाहिर खुट्टा टेकनै पर्दैन। आफ्नो composition सपारे पुग्छ।


No comments: