Pages

Monday, June 15, 2015

Foreign Aid कि Foreign Direct Investment (FDI)

राम शरण महत र सुशील कोइराला लाई एक ठाउँ मा राखदिने हो भने उनीहरूले एक पछि अर्को गल्ती गर्दै जान्छन् -- जस्तो कि अहिले गरेका छन। चीनले मलाई पेल्यो, गुहार गुहार भन्दै मोदी को मा जापान आउने जमाना मा राम शरणले दिल्ली होइन टोक्यो मा सम्मेलन गर्ने भन्दै छ। यी बाहुन हरुको racism को ओर अन्त छैन। मोदी ले जे गर्न सक्छ त्यो जापानले गर्न सक्दैन।

भ्रष्टाचार गल्ती हो भने राम शरण ले समाचारपत्र हरु छताछुल्ल पारेको छ। तर भ्रष्टाचार गल्ती होइन, भ्रष्टाचार त संस्कार हो। अर्को गल्ती बामे को भाइ रामे ले गर्दैछ --- अर्को दुई वटा गल्ती। के भने (१) विदेशी सहयोग सकेसम्म Foreign Aid को रुपमा माग्ने अनि (२) एक एक गर्दै जे जे भत्किएको छ त्यो बनाउँदै जाने। He wants to go back to the same old, same old. Whereas this earthquake should be seen as an opportunity to give a new departure to the country.

तर उसको फोर्मुला नबुझ्नेले नबुझला, मैले त बुझ्छु: small budget, small corruption, big budget, big corruption. त्यहाँ कुनै कन्फ्यूजन छैन।

मैले propose गरेको
नेपाल सरकारले आफुले केही मैनेज गर्नै परेन। त्यसले भ्रष्टाचार को संभावना न्युन बनाउँछ अनि पैसा पनि बढ़ी आउँछ। नत्र भने नेपालको जुन इमेज छ जुन सारा दुनिया लाई थाहा छ, त्यो इमेज मेकओवर अहिले भइ हाल्ने भन्ने हुँदैन ----- especially when the actors are the same. 

Every big crisis is an opportunity भनिन्छ ------- नेपालमा त्यो lost opportunity बन्ने क्रममा छ। 



एकीकृत पार्टीमा सीके राउत का लागि ठाउँ



पार्टी भित्र सबै को विचार एउटै हुनुपर्छ भन्ने छैन। विचार बहुमत मा नपुगेसम्म त्यो आधिकारिक नीति नबनला -- त्यो अर्को कुरा हो। तर लोकतान्त्रिक देशमा लोकतान्त्रिक पार्टी मा फरक मत र फरक विचार सामान्य कुरा हो।

काँग्रेस को संवैधानिक राजतन्त्रको रटान कायम नै रहँदा गगन थापा ले गणतंत्र भनेको। उसले गिरिजा लाई मात्र होइन गिरिजा को बाप बीपी कोइराला लाई चैलेंज गरेको। गणतंत्र भनेको माओवादी पनि थियो तर माओवादी जंगल मा लुकेर बसेको थियो, माओवादी को हातमा बन्दुक थियो। गगन सँग बन्दुक थिएन, गगन खुला सड़कमा थियो।

पहिला गगन एक्लो थियो। पछि सारा पार्टी गणतन्त्रमा आयो। एउटा लोकतान्त्रिक पार्टीको वैचारिक विकास हुने यसरी हो। कुनै देशको राजनैतिक वैचारिक विकास हुने यसरी नै हो। त्यसैले थ्रेसहोल्ड ३% होइन १% हुनुपर्छ भनेको। कहिले काहिं यस्तो हुन्छ देशका यथावट पार्टी हरु भित्र पसेर तिनलाई चैलेंज गर्न गार्हो हुन्छ। अनि नया पार्टी खोल्नु पर्ने एक मात्र उपाय बाँकी रहन्छ। अरविन्द केजरीवाल कांग्रेस अथवा भाजपा मा पस्न सक्ने अवस्था थिएन। तर AAP ले भारतीय लोकतन्त्रमा एउटा नया ऊर्जा प्रदान गरेको छ।

मैले मधेसी समुदाय का लागि समानता चाहेको। नेपाल भित्र त्यो संभव छ भने ठीक छ होइन भने देश दुई टुकड़ा गर्ने, मधेसी समुदाय लाई अनंत काल सम्म भुल भुलैया मा नराख्ने। तर मेरो लागि मधेस अलग देश अंतिम अस्त्र हो। Nuclear Option. किनभने कुनै पनि राज्य (state) को काम नै जनताको जीवन स्तर उकास्ने हो। Political and economic unions are a good thing. Large markets create more opportunities for the participating peoples. चीन एउटा होइन १० वटा देश हुँदो हो त उसले गरेको प्रगति शायद गर्ने थिएन। म दक्षिण एशिया को आर्थिक एकीकरण चाहेको मान्छे।

One person one vote democracy and federalism are sufficient to right the historic wrongs against the Madhesi community. तर त्यसै लोकतंत्र र संघीयता मा बेइमानी हुन्छ भने मरता क्या न करता --- देश टुट्छ। अहिलेसम्म एक नभएर बसेको देश ---- मधेसी लाई integrate गर्न नसकेको देश।

सीके राउत को स्वतंत्र मधेस गठबंधन (Alliance for Independent Madhesh) मा सबै मधेसी पार्टी का मानिस छन। Madhesi Empowerment को एजेंडा मा मधेसी पार्टी हरुको एकीकरण केंद्रविंदु नै हो। मंजिल एक और राही २१५ फिर प्यार कैसे न हो हुनुपर्ने, प्यार चाहिं भएको छैन। नील आर्मस्ट्रांग चन्द्रमा पुग्न सजिलो, मधेसी पार्टी हरु एकीकरण गर्न गार्हो।

एकीकृत पार्टी मा उपाध्यक्ष पद लिने गरी, आफ्नो फरक मत कायम राख्ने गरी, सीके राउत पनि एकीकृत पार्टी मा नै समाहित हुनु राम्रो हुन्छ कि?

एकीकृत पार्टीमा सीके राउत का लागि ठाउँ छ त?

तर सीके राउत एकीकृत पार्टी मा पस्ने तर त्यो एकीकृत पार्टी ले आफ्नो आय व्यय १००% पारदर्शी (AAP जस्तो) नबनाउने हो भने फेरि त्यो पार्टी मा पसेर काम छैन।



उपेन्द्र यादव अध्यक्ष
महन्थ ठाकुर र राजेन्द्र महतो लाई प्रेसर पर्यो
देश तोड्ने कुरा
माओ र मोदी
अमरेश
प्रदेश सभामा दुई तिहाई का लागि आवश्यक ध्रुवीकरण
राम सीता को विवाह र नेपालमा नागरिकता को सवाल
उपेन्द्र यादव फेरि ठगिन लागेको हो?
दुई गाउँ को कथा
१० बढ़ी पार्टी एकीकरण गर
१% थ्रेसहोल्ड

मधेशी प्रश्नलाई हेर्ने दृष्टिकोणबारे
डा. बाबुराम भट्टराईले मधेश समस्या मूलतः आन्तरिक उपनिवेशका कारण जन्मिएको विश्लेषण गरेका थिए । ..... देशको झण्डै आधा जनसंख्या बसोवास गर्ने र दुई तिहाइ आर्थिक योगदान गर्ने तर केन्द्रीय राज्यका अंगहरूमा दस प्रतिशतभन्दा पनि कम सहभागिता र पहुँच हुने मधेशी राष्ट्रजाति (nation/nationality) ..... नेपाली इतिहासमा पहिलो पटक आत्मनिर्णयको अधिकारको आम नीति र स्वायत्त शासनको ठोस कार्यक्रम ..... नेपालमा पृथ्वीनारायण शाह र उनका उत्तराधिकारीहरूले पनि केन्द्रीय सामन्ती राज्यसत्ता निर्माण गर्ने क्रममा खस पहाडिया जाति अहंकारवाद र ब्राम्हणवादी हिन्दु धार्मिक र कट्टरवादको सहारा लिएका थिए । विडम्बनाको कुरा चाहिँ के हो भने त्यो कतिपय औपनिवेशिक र साम्राज्यवादी उत्पीडनको विरोध गर्नेहरूमध्येकै अन्तर्राष्ट्रिय रुपमा बिन लादेनजस्ताहरू र नेपालमा गोरेबहादुर खपाङ्गीजस्ताहरू सही दृष्टिकोणको अभावमा दुश्मनको जस्तो अन्ध–जातिवादी र धार्मिक कट्टरपन्थी हतियार बोकेर अन्ततः दुश्मनकै हातमा खेलौना बन्न पुगेका छन् । पूर्व युगोस्लाभिया, प्यालेस्टाइन, चेचेन्या आदिका जातीय\राष्ट्रिय मुक्ति आन्दोलनहरू त्यसरी नै संकटको गोलचक्करमा फसिरहेछन् । ........ तैह्रौं–चौधौं शताब्दीसम्म अहिलेको कमजोर मंगोलिया विश्व महाशक्ति थियो, जसको साम्राज्य भू–मध्यसागरबाट प्रशान्त महासागरसम्म फैलिएको थियो । ...... नेपालकै कुरा गर्दा पच्चीस सय वर्ष पहिले काठमाडौं उपत्यकामा गोपालवंशी वा गोठाले सभ्यता हुँदा मधेशको कपिलवस्तुमा गौतम बुद्ध र मिथिलामा याज्ञवल्क्य आदि जन्मिसकेका थिए । त्यसरी नै मधेशीहरू जन्मजात कमजोर र कायर हुने भए तेह्रौं शताब्दीको अन्त्य र चौधौं शताब्दीको सुरुमा कैयौं वर्षसम्म काठमाडौं उपत्यका सिम्रौनगढ (हालको बारा जिल्ला) मा राजधानी भएको मधिशे राज्यको कब्जामा हुने थिएन । स्मरण रहोस्, त्यतिबेला काठमाडौं उपत्यका विजय गर्ने र त्यसका मुख्य प्रशासक सिम्रौनगढका मधेशी मन्त्री चण्डेश्वर ठाकुर थिए ....... त्यो प्राक्–पुँजीवादी (pre-capitalist) कालमा राज्यको स्वरुप विभिन्न जातिहरूको बन्दी–गृहको रुपमा पिरामिडको आकारको पिँजडाजस्तो हुन्छ, जसको शीरमा बादशाह वा महाराजा हुन्छ र ऊभन्दा तल क्रमशः राजा–रजौटा, भारदार, सामन्त, जमिन्दार\जमिदार\मुखिया\चौधरी, इजारेदार, बिर्तावाल, जागीरदार आदि हुँदै पिँधमा दास वा अर्ध–दास किसान हुन्छन् । साथै त्यहाँ राज्यविस्तारको मुख्य औचित्य खेतीयोग्य भूमि कब्जा गर्नु र सहायक रुपमा व्यापारिक नाका र केन्द्रहरू कब्जामा लिनु हुन्छ । ...... नेपालकै सन्दर्भमा हेर्ने हो भने गोरखाली राजा पृथ्वीनारायण शाहको मुख्यतः उब्जाऊ भूमि र काठमाडौं हुँदै तिब्बतसम्मको व्यापारिक नाका कब्जा गर्ने भौतिक उत्प्रेरणाले नै राज्यविस्तार अभियान चलाएका थिए र त्यस क्रममा यस भू–भागलाई क्रिस्तान अग्रेजहरूबाट बचाएर ‘असली हिन्दूस्ताना’ बनाउने धार्मिक नारा दिएका थिए । उनले आफ्नो ‘दिव्य उपदेश’मा उल्लेख गरेझैं बनारस र ससुराली मकवानपुर जाने आउने क्रममा मधेश र काठमाडौं उपत्यकाको वैभव देखेर लोभिएका हुनाले नै उनले ती राज्यहरूमाथि आक्रमण गरेका थिए । ...... यसरी ऐतिहासिक भौतिकवादी दृष्टिकोणबाट हेर्दा पृथ्वीनारायण शाहको नेतृत्वमा बनेको केन्द्रीय सामन्ती राज्यसत्ता कुनै राष्ट्रिय राज्यको अवधारणाअन्तर्गत बनेको थिएन र तत्कालीन नेपालको ऐतिहासिक सापेक्षतामा त्यो सम्भव पनि थिएन । यहाँनेर बुझ्नुपर्ने मुख्य कुरा के हो भने नेपालकै इतिहासले पुष्टि गरे अनुसार पनि कुनै जाति जन्मजात श्रेष्ठ र बलियो अनि अरु जाति तल्लो र कमजोर हुँदैनन् । खालि समाज विकासका क्रममा फेरिँदै जाने उत्पादन प्रणालीअनुसार कुनै बेला कुनै जाति र क्षेत्रको शासकवर्ग बलियो र अर्को बेला अर्को जाति र क्षेत्रको शासकवर्ग बलियो भएर अरु जाति र वर्गमाथि हैकम चलाउने मात्र हुन्छ । उदाहरणको निम्ति मानवजातिको सुरुको घुमन्ते शिकारी जीवन छोडेर पशुपालनको युग सुरु भएपछि ठूलो घाँसे मैदान आसपास बस्ने जातिहरू बढी विकसित र सभ्य देखिए अनि ठूला घोडा पाल्न सक्नेहरू युद्धकौशलमा पनि अगाडि भए खेतिपातीमा आधारित दास र सामन्ती युगमा ऊर्वरा मैदान र सिँचाइयोग्य नदी किनारका आसपास बस्ने जातिहरू बढी विकसित र बलिया देखिए । ....... जहाँसम्म सापेक्ष रूपले गरिब र पिछडिएका गोरखालीहरूले सापेक्ष रूपले सम्पन्न र सभ्य काठमाडौं उपत्यका र मधेशमाथि कसरी कब्जा जमाउन सके भने कुरा छ– इतिहास अकसर र खासगरी सामन्तवादी युगमा के देखिन्छ भने बढी सम्पन्न ठाउँको शासकवर्ग भोगविलास र ऐशआराममा डुबेर उसले आफ्नो लडाकु क्षमता गुमाएको हुन्छ वा उससँग लड्नैपर्ने भौतिक उत्प्रेरणा त्यति हुन्न, जबकि गरिब र पिछडिएको ठाउँमा बस्नेहरू उन्नत जीवनको निम्ति र नयाँ साधनस्रोत कब्जा गर्न ज्यान छोडेर लड्न उद्यत हुन्छन् र लडाइँमा विजयी हुन्छन् । ..... युरोपको इतिहासमा शक्तिशाली रोम साम्राज्य उत्तरका कथित ‘बर्बर’हरूको आक्रमणमा पराजित भएको थियो भने नेपालको सन्दर्भमा पनि त्यसरी नै गोरखालीहरूबाट काठमाडौं उपत्यकावासीहरू र मधेशीहरू पराजित भएका छन् । ....... अब नयाँ नयाँ उत्पादक शक्ति र उत्पादन सम्बन्ध जन्म भएको छ र परिणामस्वरुप देशको उल्लेख्य मात्रामा जातीय र क्षेत्रीय चेतनाको विकास भएको छ । यो चेतना भनेको मूल रुपमा पुँजीवादी चेतना नै हो । खासगरी भारतको रेलमार्गसँग जोडिएको इलाका हुनाले सापेक्ष रुपमा मधेशमा पुँजीवादको विकास र पुँजीवादी चेतनाको विस्तार पनि अन्यत्रभन्दा बढी हुनु स्वाभाविक छ । ...... मधेशको भाषामा विविधता भए पनि प्रायः सबै भारोपेली मूलका हुनाले अन्ततः त्यहाँ साझा भाषाको कुनै समस्या नपर्ने निश्चित छ । ..... पछि ठूलो पैमानाको पुँजीवादको विकासको निम्ति त्यही जातीय राज्य साँगुरो हुन थाल्दछ र त्यसले जातीय सीमा तोडेर ठूलो बजारमा फैलिने माग गर्दछ । त्यसैले जातीय राज्यको माग एउटा ऐतिहासिक चरणमा प्रगतिशील भए पनि अर्को ऐतिहासिक चरणमा त्यो प्रतिगामी हुने कुरालाई सर्वहारावादी अन्तर्राष्ट्रवादीहरूले बेलैमा हेक्का राख्नुपर्दछ । अन्यथा सबै वर्ग, जाति, क्षेत्र र लिंगको मुक्तिको निम्ति लड्ने सर्वहारा क्रान्तिकारीहरू अन्ध–जातिवादमा फस्ने र पुँजीवादी चरणभन्दा अघि बढ्न नसक्ने खतरा रहनेछ । ...... ने.क.पा. (माओवादी) ले मधेशीलगायत सबै उत्पीडित जातिहरूको समस्यालाई आत्म–निर्णयको अधिकार र स्वायत्त शासनको कार्यक्रमअन्तर्गत हल गर्ने नीति तय गरेको छ । कतिपयले प्रतिक्रियावादी र अवसरवादी कोणबाट यो नीतिले देशलाई टुक्राटुक्रा पारेर सिध्याउन सक्छ भने तर्क गरेका छन् भने अन्य कतिपयले संकीर्ण जातिवादी कोणबाट आत्म–निर्णयको अधिकारलाई छुट्टै राज्य गठन गर्ने अधिकारसम्म विस्तारित गर्न नचाहेको हो कि भन्ने आशंका पनि गरेका छन् । हाम्रो पार्टी यी दुवै विपरीत कोणका तर्क र आशंकासँग सहमत छैन र हाम्रो घोषित नीति वैज्ञानिक र नेपालको ठोस विशेषताअनुरुप छ भन्ने कुरामा पूर्ण विश्वस्त छ । ...... सच्चा मालेमावादी क्रान्तिकारीहरूको निम्ति ‘आत्म–निर्णयको अधिकार’ भनेको निःसर्त रुपमा छुट्टै राज्य गठन गर्ने वा छुट्टिने अधिकार नै हो । अझैं लेनिनको शब्दमा भन्नुपर्दा जातिहरूको आत्मनिर्णयको अधिकार भनेको “छुट्टिने प्रश्नलाई निर्णय गर्ने पूर्ण रुपले स्वतन्त्र र जनवादी तरिकाको संवैधानिक ग्यारेन्टी” (संकलित रचना, अंग्रेजी, भाग–१९, पे. ४२९) हो र सबै सच्चा सर्वहारावादी क्रान्तिकारीहरूले यसलाई त्यही रूपमा बुझ्नुपर्दछ । उत्पीडित जातिले चाहँदा वा आवश्यक पर्दा छुट्टिन पाउने अधिकार नहुने हो भने आत्म–निर्णयको अधिकार भन्नुको कुनै अर्थ र तुक नै रहँदैन । त्यसैले यसमा कोही पनि रौं जत्ति पनि द्विविधामा रहन जरुरी छैन । ...... जहाँसम्म आत्म–निर्णयको अधिकार दिएपछि देश टुक्रिन्छ भन्ने कुरा छ, हामी देश टुक्र्याउने पक्षमा पटक्कै छैनौं र त्यसरी देश टुक्रिन्छ भन्ने पनि ठान्दैनौं । बरु स्वतन्त्र रूपले छुट्टिने अधिकार नदिएर बलजफ्ती बाँधेर राख्न खोजेमा देश टुक्रिन सक्छ । सबै उत्पीडित वर्ग, जाति, क्षेत्र र लिंगको पूर्ण मुक्ति चाहने सर्वहारा क्रान्तिकारी भएको नाताले हामी मधेशलगायत सबै उत्पीडित जाति र क्षेत्रहरूबीच स्वैच्छिक वा स्वतन्त्र एकताको पक्षमा छौं । यदि छुट्टिने अधिकार नदिने हो भने स्वैच्छिक वा स्वतन्त्र एकता हुनै सक्दैन । त्यो त बाध्यात्मक र ससर्त एकता हुन्छ, जुन वास्तवमा एकता नै होइन । यसलाई प्रस्ट पार्दै लेनिन भन्नुहुन्छ– “हामी स्वतन्त्र एकीकरण चाहन्छौं, त्यसैले हामीले छुट्टिने अधिकारलाई मान्यता दिनुपर्छ । छुट्टिने स्वतन्त्रताबिना एकीकरणलाई स्वतन्त्र भन्नै सकिन्न (संकलित रचना, अंग्रेजी, भाग २६, पे. १७६) ।” छुट्टिने र एकीकृत हुने बीचको द्वन्द्वात्मक सम्बन्धलाई प्रस्ट पार्ने योभन्दा सटीक अभिव्यक्ति सायद अर्को हुन सक्दैन । ............ नेपालमा कुनै पनि जाति वा क्षेत्रको एक तिहाइभन्दा बढी हिस्सा नभएको बहुजातीय सन्दर्भमा चीनको जस्तो मूलतः एकात्मक (unitary) व्यवस्थाअन्तर्गतको क्षेत्रीय स्वायत्त भन्ने प्रश्नै उठ्दैन । त्यस हिसाबले एकीकृत राज्यको स्वरुप मूलतः संघात्मक (federal) हुने स्वतः स्पष्ट छ । ...... झण्डै अढाइ सय वर्षदेखि पहाडिया खस जातीय अहंकारवादमा आधारित केन्द्रीय सामन्ती सत्ताले मधेशमाथि विशेष निर्मम र दमनकारी शासन चलाउँदै आएकाले मधेशको उत्पीडन अरु पहाडिया उत्पीडित जाति र क्षेत्रहरूको भन्दा गम्भीर छ । खासगरी सम्पूर्ण मधेशे जातिलाई नै ‘भारतीय’ वा ‘विदेशी’ ठान्ने र गर्मी ठाउँमा बस्नेहरूको स्वाभाविक कालो वर्णको आधारमा झण्डै दक्षिण अफ्रिकामा जस्तो अघोषित प्रकारको ‘रंगभेद नीति’ (apartheid) अपनाउने पहाडिया शासकवर्गको अत्याचारपूर्ण र निकृष्ट आचरणले गर्दा मधेशीहरूमा गहिरो राष्ट्रिय अलगावको भावना (alienation) विकसित हुन पुगेको छ । ..... अर्कोतिर मधेशभित्रै मैदानी आर्य र अनार्य मूलका जाति र भाषा–भाषी बीचमा तथा मैदानी आर्यभित्रकै विभिन्न वर्णाश्रम जातहरू (castes) बीचमा ऐतिहासिक अन्तरविरोध रहने गरेको छ । त्यसलाई नेपाली र भारतीय दुवै शासकवर्गले गिजोल्याएर आप्mनो हितमा प्रयोग गर्ने प्रयत्न गर्दैै आएका छन् । यस क्रममा मूल रुपमा मैदानी आर्यहरूले बसोवास गर्ने मध्य र पूर्वी तराई तथा मूलतः अनार्यहरू, खासगरी थारुहरूले बसोबास गर्ने पश्चिमी तराई ........ मधेशी समस्या मुलरुपमा पहाडी खस जातीय अहंकारवादी सामन्ती शासकवर्गको आन्तरिक औपनिवेशिक नीतिका कारणले उत्पन्न भएको हो ..... आफूले गरेको बदमासीलाई ढाकछोप गर्न छिमेकीले उकासेर घरभित्र समस्या सिर्जना गर्यो भनेर कसैले भन्छ भने त्योभन्दा ठूलो बेइमानी अर्को हुनसक्दैन । ..... मधेशी जातीय मुक्तिका प्रश्न हल गर्नको निम्ति त्यसभित्र सल्बलाइरहेका थुप्रै वर्गीय, लिंगीय, जातपात, धार्मिक, भाषिक अन्तरविरोधहरूको पनि साथसाथै हल खोज्नु जरुरी छ । मधेश क्षेत्र नेपालको आर्थिक रुपले सबभन्दा साधन स्रोत सम्पन्न इलाका हुनाले त्यहाँको वर्गीय अन्तरविरोध अन्यत्र सबैतिरभन्दा बढी तीव्र र घनीभूत छ । देशको बीस प्रतिशतभन्दा कम भूभागमा साठी प्रतिशतभन्दा बढी खेतीयोग्य जमिन, वनसम्पदा, उद्योग कलकारखाना, व्यापारिक केन्द्र, सहरी जनसंख्या, यातायात र संचारका साधन आदि र झण्डै आधा जनसंख्या केन्द्रित भएकाले मधेश\तराईको वर्गीय सम्बन्ध र अन्तरविरोधले सम्पूर्ण देशकै गतिको नियमलाई निर्धारित गर्दछ । खासगरी ठूला सामन्त जमिन्दार र भूमिहीन तथा गरिब किसानबीचको अन्तरविरोध र दलाल तथा नोकरशाही पुँजीपति र आम जनताबीचको अन्तरविरोधले मधेशको सामाजिक विकासको गतिलाई निर्धारण गर्दछन् र तीमध्ये पनि ऐतिहासिक रुपले सामन्त जमिन्दार (जो क्रमशः दलाल तथा नोकरशाही पुँजीपतिमा परिणत हुँदैछन्) र भूमिहीन तथा गरिब किसानबीचको अन्तरविरोध नै मधेशको आन्तरिकरुपमा प्रधान अन्तरविरोध हो । ...... मधेशमा देशको अन्यत्र भूभागमा भन्दा धेरै लामो समयदेखि सामन्तवादले जरा गाड्दै आएको हुँदा त्यहाँको वर्णाश्रम व्यवस्था र जातपातको भेदभाव तथा महिलाहरूमाथिको उत्पीडन अत्यत्रभन्दा बढी जड, रुढ, निर्मम र घनीभूत छ । ..... जनसमुदाय र श्रमिक वर्गको अत्यन्त ठूलो तप्कामाथि हुँदै आएको छुवाछूत र अन्य जातपातको भेदभावको पूर्ण उन्मूलन नगरी र आधा जनसंख्या ओगट्ने महिलाहरूलाई घुम्टोप्रथा, बोक्सी–डायन आदि मध्ययुगीन सामन्ती बर्बरताबाट मुक्त नगरी मधेशी जातीय मुक्ति आन्दोलनले ऊर्जा प्राप्त गर्नै सक्दैन । यस अतिरिक्त मधेशमा खासगरी पूर्वको पर्सा, बारा र रौतहट, मध्यको कपिलबस्तु र पश्चिमको बाँकेमा ऐतिहासिक रुपले मुस्लिम धर्मावलम्बीहरूको ठूलो बसोवास छ र उनीहरू एकातिर पहाडिया हिन्दू ब्राम्हणवादी शासक वर्गबाट चरम धार्मिक उत्पीडन र भेदभावको स्थितिमा छन् भने अर्कोतिर हमेशा पाकिस्तानी आइएसआइको भूतबाट त्रसित भारतीय विस्तारवादी शासकवर्गद्वारा लाञ्छना र आक्रमणको तारो पनि बनेका छन् । उनिहरूलाई पूर्ण धर्मनिरपेक्षता, बराबरी र सम्मानको आधारमा आन्दोलनमा एकीकृत गरेर मधेशी जातीय मुक्ति आन्दोलनमा ऊर्जा र गति भर्न ध्यान दिनैपर्छ । ...... छुट्टै मधेश र थारुवान स्वायत्त क्षेत्रको सीमांकन ..... सच्चा सर्वहारा क्रान्तिकारीहरू सबै जाति र क्षेत्रको पूर्ण समानताको पक्षमा हुन्छन् र जे गर्दा सबै जातिहरूको मुक्ति र उन्नति हुन्छ त्यसलाई निर्धक्कसँग स्वीकार्न उनीहरू पटक्कै हिच्किचाउँदैनन् र हिच्किचाउनु हुन्न । साथै एउटा जातिले आफ्नो मुक्तिको कुरा गर्दा अर्को जातिमाथि अन्याय र उत्पीडन नहोस् भन्ने बारेमा पनि सर्वहारा क्रान्तिकारीहरू उत्तिकै सतर्क र सचेत रहन्छन् र रहनुपर्छ । त्यस हिसाबले जातीय स्वायत्त क्षेत्रहरूको सीमा निर्धारण गर्दा लेनिनले भनेझैं ‘उनीहरूको आर्थिक र सामाजिक अवस्था, जनसंख्याको जातीय\राष्ट्रिय संरचना इत्यादिको आधारमा र स्थानीय जनता स्वयंले मूल्याकंन गरेअनुरुप’ गरिनुपर्दछ ....... जहाँसम्म मधेश र थारुवानलाई एउटै वा अलग अलग स्वायत्त क्षेत्र बनाउँदा कुन चाहिँ दुवैको मुक्ति र विकासको निम्ति बढी उपयुक्त हुन सक्छ भन्ने प्रश्न छ, त्यसको टुंगो लगाउँदा हामीले मेचीदेखि महाकालीसम्मको तराई र भित्री मधेश क्षेत्रमा बसोवास गर्ने जनसमुदायको जातीय र भाषिक बनोट, आर्थिक र सामाजिक विकासको स्थिति, बसोवासको भौगोलिक स्थिति, मनोवैज्ञानिक बनोट आदिको हिसाब गरेर टुंगो लगाउनुपर्दछ । त्यस क्रममा मुख्यरुपले पूर्व र मध्य तराईमा मैदानी आर्य मूलका जाति (जस्तै, यादव, तेली, चमार, कोइरी, कुर्मी, दुषाद÷पासवान, राजपुत, कायस्थ, ब्राह्मण, बनिया, मुसलमान आदि) र भारोपेली भाषाभाषी (जस्तै मैथिली, भोजपुरी, अवधी आदि)को बाहुल्य रहेका र अनार्य वा अष्ट्रो द्रविड मुलका जाति र भाषाभाषी (जस्तै, थारु, राजवंशी, माझी, दनुवार, सन्थाल\सतार, झाँगर÷ढागर, धिमाल, दराई, मेचे, कोचे आदि)को उल्लेख्य उपस्थिति रहेको कुरालाई ख्याल गर्नुपर्दछ । त्यसरी नै पश्चिम तराई र भित्री मधेशमा मुख्य रुपमा अनार्य वा अष्ट्रो–द्रविड मूलका जाति र भाषाभाषी, खासगरी थारुको अत्यधिक बाहुल्य रहेको र सहायक रुपमा मैदानी आर्य जाति र भाषाभाषीको उपस्थिति रहेको कुरालाई विचार गर्नुपर्दछ । साथै एउटा मुख्य जातीय स्वायत्त इलाकाभित्र अरु थुप्रै साना साना जातीय स्वायत्त इलाकाहरू हुनसक्ने र हुनुपर्ने कुरालाई पनि ध्यान दिनुपर्दछ । ....... वर्गीय, जातीय, क्षेत्रीय, लिंगीय मुक्तिको प्रश्नलाई एकिकृत ढंगले र एकैसाथ हल गर्ने लक्ष्यका साथ संचालित महान जनयुद्धले आफ्नो गौरवशाली दस वर्ष पूरा गरेको र केन्द्रीय सत्ता कब्जा गर्ने रणनीतिक प्रत्याक्रमणको तेस्रो तथा अन्तिम चरणमा प्रवेश गरेको सन्दर्भमा अबको निर्णायक लडाइँ मधेश र सहरी क्षेत्रमा हुने स्पष्टै छ । .... लेनिनले उत्पीडक जातिबाट आएका पार्टी नेता तथा कार्यकर्ताहरुले उत्पीडित जातिको पक्षमा र जातिहरूको छुटै राज्य बनाउने अधिकारको पक्षमा बोल्नुपर्दछ र उत्पीडित जातिबाट आउने पार्टी नेता तथा कार्यकर्ताहरूले अन्य सबै जातिसँग एकताको पक्षमा बोल्नुपर्दछ भन्नुभएझैं हाम्रो सन्दर्भमा पनि पहाडी जाति र क्षेत्रबाट आउनेहरूले मधेशी जातिको छुट्टिने अधिकार र स्वायत्तताको पक्षमा तथा मधेशी जातिबाट आउनेहरूले अन्य जाति र क्षेत्रहरूसँग एकताको पक्षमा आवाज उठाउन सिक्नैपर्छ ।

रामचन्द्र पौडेल र केपी ओलीको नाकको लम्बाई

रामचन्द्र पौडेल १५-१६ पटक झण्डै झण्डै प्रधान मंत्री बनेको मान्छे। केपी ओली को अहिले ५-६ पटक मात्र भा छ। ९-१० पटक अझ उ झण्डै झण्डै प्रधान मंत्री बन्छ।

नेपालमा गरीबीले राजनीतिक अस्थिरता ल्याएको कि राजनीतिक अस्थिरता ले ग़रीबी ल्याएको?

रामचन्द्र पौडेल र केपी ओलीको नाकको लम्बाई नपुगेको हो?


उपेन्द्र यादव अध्यक्ष

अब पार्टी एकीकरण गर्ने हो भने उपेन्द्र यादव लाई अध्यक्ष नबनाइ सुक्खै छैन। महन्थ ठाकुर सर्वमान्य नेता, उपेन्द्र यादव अध्यक्ष, राजेंद्र महतो सहअध्यक्ष, हृदयेश उपाध्यक्ष, अशोक राई वरिष्ठ नेता। अरु पनि ८-१० पार्टी भ्याउने। केन्द्रीय समिति ३१।

देशको चौथो ठुलो पार्टी अहिलेको अवस्थामा उपेन्द्रको छ। त्यो कुरा को वजन हुन्छ।


विजय गद्दार लाई कसले ईर्ष्या गर्यो?

विजय गद्दार ले भन्दै छ ---- उसको ख़ुशी देख्न नसकेर मधेसी दल हरु ईर्ष्या गर्दैछन्। उसको ईर्ष्या। यो गौर गर्नु पर्ने कुरा। उसलाई लागि राख्या छ उसको प्रगति हुनेवाला छ। उसको पार्टीले उप राष्ट्रपति पद पाउने अनि उसले त्यो पद highest bidder लाई बेचने। त्यो त सफलता हो उसको दुनियामा। अनि उसलाई देख पडोसी जैर मलन भए जस्तो लागि राख्या छ। यो एउटा चरित्रहीन सिद्धांतहीन मान्छे। उसको चरित्र कुनै mystery थिएन। यो फोरम मा ल्याउनु पर्ने मान्छे नै होइन। उपेन्द्र यादव लाई ५४ शहीदको पाप लाग्छ।




गोरो रंग को महाभ्रष्टाचार

महन्थ ठाकुर र राजेन्द्र महतो लाई प्रेसर पर्यो

English: Michael Jackson, "Billie Jean".
English: Michael Jackson, "Billie Jean". (Photo credit: Wikipedia)
The Essential Michael Jackson
The Essential Michael Jackson (Photo credit: Wikipedia)
उपेन्द्र यादव र अशोक राई को यो एकीकरण पछि अब महन्थ ठाकुर र राजेन्द्र महतो लाई प्रेसर पर्यो। महन्थ र राजेंद्र माथि अब नैतिक दबाब ह्वात्त बढ्यो। अब त उपेन्द्र लाई दोष दिने ठाउँ बाँकी भएन। Upendra is no longer in the picture.

७५ जिल्ला मा संगठन भएको पार्टी को अध्यक्ष नेपालको इतिहासमा पहिलो पटक एक जना मधेसी भएको छ। यो ऐतिहासिक हो। मधेश अधिकार आन्दोलन को लागि यो एउटा ठुलो दिन हो।

एकीकरण को अंक गणित मा २ + २ = ५ हुन्छ, ४ होइन। यस पार्टीले पुर्वी पहाड़ र पुर्वी तराई स्वाप्पै खाने भो।

देश को राजनीति मा मधेसी अधिकार र जनजाति अधिकार भन्ने हरु यदि एक ठाउँ मा आउँदैनन् भने they are not serious about either Madhesi rights or Janajati rights.

पाँचौं ठूलो शक्ति बन्दै उपेन्द्र र अशोकको एकीकृत पार्टी
मधेशी प्रश्नलाई हेर्ने दृष्टिकोणबारे
रेणुले प्रचण्डलाई गाली गर्दा उपेन्द्र यादव मुसुक्क
उपेन्द्र र अशोकले नयाँ पार्टी घोषणा गरे

यो एउटा बोल्ड move हो। बिहार मा लालु ले MY (मुस्लिम यादव) गठबंधन को भरमा तख्तापलट गर्यो। नेपालमा उपेन्द्रले MJ (Michael Jackson) अर्थात मधेसी जनजाति गठबंधन को भरमा तख्तापलट गर्छ। उपेन्द्र छुपे रुस्तम जस्तो देखियो।

उपेन्द्र यादव फेरि ठगिन लागेको हो?
१० बढ़ी पार्टी एकीकरण गर
१% थ्रेसहोल्ड
Threshold Should Be At 1%
पार्टी एकीकरण किन नगरेको?
विद्या द्वारा मधेसी क्रांतिको अपमान
वाम दशक? संघीय दशक?
उपेन्द्र यादव, अशोक राई

Sunday, June 14, 2015

प्रचण्डं को कटुवाल प्रकरण भाग दुई

यो १६ बुँदे भनेको प्रचण्डं को कटुवाल प्रकरण भाग दुई हो, अरु केही होइन। यो एउटा मधेसी राष्ट्रपति लाई मधेसी भएकोले बाईपास गर्ने सिवाय अरु केही पनि होइन। त्यस प्रकरणमा प्रचण्ड ले मधेसी राष्ट्रपति लाई बाईपास गर्न खोज्यो। आफै समय सकिएर रिटायर हुन लागेको मान्छे कटुवाल। कटुवाल फालन खोजेको हुँदै होइन त्यति बेला। मधेसी राष्ट्रपति लाई मधेसी भएकोले राष्ट्रपति मान्दिन भन्न खोजेको। बरु उसले आफ्नो कुर्सी छोड्यो तर आफ्नो anti-मधेसी ethnic prejudice छोड़ेन।

त्यति बेला राष्ट्रपति ले उसको ग्रैंड डिज़ाइन फेल पारदिएको, अहिले उसले भुकम्प गएको निहुमा बदला सधाउन खोजेको त्यसै राष्ट्रपति सँग। किनभने यो १६ बुँदे ले मधेसी राष्ट्रपति फाल्ने बाहेक केही पनि गर्दैन। नामांकन र सीमांकन बिनाको संघीयता बिनाको संविधान त अहिले नै छ, अर्को किन चाहियो? यो संविधान ले सरकार फेर्ने बाटो छेकेको छैन। यो संविधान ले मधेसी राष्ट्रपति फाल्ने बाटो मात्र छेकेको छ।

सीके राउत लाई बामे ले गैर कानूनी र गैर संवैधानिक किसिमले कारवाही गरेको ---- त्यो racist कदम न्यायपालिकाले सच्याउनु पर्यो। भोलि नेपाल एक रहन्छ भने न्यायपालिका लाई धन्यवाद दिने। अहिले ठ्याक्कै त्यही कदम राम वरण का विरुद्ध लिइएको अवस्था छ। सीके राउत राष्ट्रपति होइन, नेता मंत्री सांसद सचिव केही पनि होइन, राम वरण देशको राष्ट्रपति। तर दुबै प्रति प्रचंड र बामे जस्ता racist पहरिया हरुको व्यवहार ठ्याक्कै उस्तै। नेपालमा मधेसी विरुद्ध को racism को जरा बड़ा गहिरो छ। (Rohingya: India's Responsibility)

Luckily for Nepal, the President is going to save the day. यो १६ बुँदे संविधान सँग बाझिएको भन्दै राम वरण ले सही गर्दैन। नामांकन र सीमांकन सहितको संविधान पारित नगरेसम्म यस संविधान सभा को र यस राष्ट्रपति को म्याद सकिँदैन। हामी सभा का ९०% हौं भन्ने चार पार्टी ले नामांकन र सीमांकन पनि दिन सक्नु पर्छ।

लोकतंत्र मा separation of powers चाहिने कारण यही हो ---- प्रचंड र बामे जस्ता मुर्ख मानिस सिस्टम मा आई दिन्छन् अनि तिन बाट देश लाई बचाउनु पर्ने हुन्छ।

प्रचण्डं र बामदेव बीच देखिएको समानता

प्रचण्ड ले सम्झौता --तथाकथित सम्झौता -- पछि का अन्तरवार्ता हरुमा भनेको नंबर एक कुरा --- उ संवैधानिक राष्ट्रपति न बन्ने ह रे! त्यो पनि उसको ethnic prejudice बोलेको। यो जाबो संवैधानिक राष्ट्रपति भनेर राम वरण लाई गिज्याएको।

प्रचण्ड -- चीनको पुच्छर।


हिपत महानगर: परिमार्जित आईडिया

के बनाउने? महानगर 
  • २० किलोमीटर बाइ १० किलोमीटर जग्गा अधिग्रहण 
  • प्रत्येक १०० मीटर मा चार लेन को वन वे सड़क, ट्राफिक बत्ती सहित, एक एक किलोमीटर सम्म बत्ती एकै रंग को हुने र एकै पटक परिवर्तन हुने गरी --- त्यो सड़कमा २४ घंटा गुड्ने इलेक्ट्रिक बस 
  • सड़क सड़क बीच ब्लॉक long केंद्र मा गार्डेन हुने बिल्डिंग हरु, एक नासले दश तले, छानामा सोलर हीटर, जसको विद्युतले शहर लाई पुग्ने 
  • Citywide फ्री WiFi --- शहर को केंद्र मा आइफल जस्तो टावर 
  • शहरको केन्द्रमा ठुलो पार्क ----- साना तिना पार्क मनग्ये 
  • शहरको केन्द्रमा ५-१० ब्लॉक बिज़नेस डिस्ट्रिक्ट --- २० तल्ले घर हरु 
  • त्यहीँ नजिकै गवर्नमेंट डिस्ट्रिक्ट ----- केंद्र सरकारका सबै मंत्रालय एकै ठाउँमा ---- २० तल्ले घर हरु 
  • शहर को Outer Ring मा लसकरै Textile Factory हरु --- रोजगारी का लागि 
Reconstruction In The Aftermath Of The Nepal Earthquake



थप के बनाउने: Supporting Regional Infrastructure

  • निजगढ़ अंतर्राष्ट्रीय विमानस्थल 
  • काठमाण्डु-हेटौडा टनल फ़ास्ट ट्रैक 
  • नारायणी नदी बाट खाने पानी को लागि कनाल 
  • चुरिया मा चितवन देखि झापा सम्म व्यापक वृक्षारोपण 
  • मध्य तराई बुद्ध रेल मार्ग (पुर्वी तराई बाट शुरू) 
  • दक्षिण तराई जानकी राजमार्ग (पुर्वी तराई बाट शुरू)
  • महानगर-जनकपुर-पटना-कोलकाता Industrial Corridor 

बनाउन पैसा कसले दिने? 

  • ठुलो infrastructure project का लागि पैसा देखि बनाउने सबै दाता सरकारले गर्छ, स्थानीय भ्रष्टाचार को संभावना रहन्न, अनि त्यो नरहेकोले दाता देश हरु मदत गर्न इच्छुक पनि हुन्छन् 
  • ठुलो regional infrastructure project हरु का लागि ठुला र धनी देश हरु लाई approach गर्ने -- भारत, चीन, जापान, अमेरिका, ब्रिटेन, जर्मनी, फ्रांस, रूस, ब्राज़ील, कनाडा, ऑस्ट्रेलिया आदि 
  • महानगर का ३०० सड़क संसारको प्रत्येक देश लाई बनाई दे भन्ने --- जस्ले बनाउँछ सड़क त्यसै देशको नाममा 
  • ५०० इलेक्ट्रिक बस पनि त्यसरी माग्ने 
  • एक भन्दा बढ़ी सड़क बनाउने देश ले पहिलो पछि सड़क आफ्नो शहर हरुको नाममा राख्न पाउने 
  • १०० गुणे २०० --- अर्थात २०,००० बिल्डिंग का लागि नेपाल, भारत, बंगलादेश, चीन, पाकिस्तान, जापान र अरु जहाँ सुकै को प्राइवेट रियल इस्टेट कंपनी हरु लाई आह्वान गर्ने ---- (१) एक वर्ष भित्र बनाउनु पर्ने (२) जग्गा पाउने मुफ्तमा (३) त्यस को बदलामा प्रत्येक बिल्डिंग को ग्राउंड फ्लोर र १० मध्ये अर्को random चार तला नेपाल सरकार ले पाउने ---- बाँकी बनाउने कंपनी को 

महानगर मा बस्ने को?

  • बिल्डिंग का ग्राउंड फ्लोर मा पसल/बिजनेस हरु हुन्छन् --- तिनले बाल तिरछन -- त्यो महानगर सरकार, जिल्ला सरकार, प्रदेश सरकार, केंद्र सरकार सबै ले एउटा फोर्मुला को आधारमा पाउने ---- ३०% महानगर, २०% जिल्ला, २५% प्रदेश, २५% केंद्र 
  • बाँकी का चार तलामा (१) भुमि अधिग्रहण मा परेका हरु र (२) भुकम्प विस्थापित 
  • जग्गा अधिग्रहण गर्दा को जग्गाको नया शहर को मार्केट रेट मा ती जग्गा धनी ले आ आफ्नो जग्गा को मुल्य बराबरको अपार्टमेंट हरु पाउने 
  • भुकम्प विस्थापित ले अपार्टमेंट पाउने बस्न का लागि --- पहिलो दुई वर्ष केही तिर्न नपर्ने --- गोरखा, सिंधु जस्ता जिल्ला का ले आ आफ्नो घर जग्गा सरकार लाई मार्केट रेट मा दिने ---- त्यस बराबरको पैसा नया अपार्टमेंट मा गयो --- त्यसले नभ्याएको पैसा ३० वर्ष सम्म लगाएर महिना महिना मा तिर्नु पर्ने -- सहुलियत ब्याज पनि लाग्ने -- शायद १०% 
  • काठमाण्डु को घर जग्गा अति महँगो हुने भएको ले, काठमाण्डु का भूकम्प बिस्थापित ले त्यहाँ जति ठाउँ छोड्यो --- मोटामोटी त्यति स्पेस को अपार्टमेंट पाउने। 
  • Then it gets interesting. गोरखा, सिंधु जस्ता जिल्ला का विस्थापित को जग्गामा वृक्षारोपण हुन्छ --- तर घर प्राइवेट tourism कंपनी लाई दिइन्छ -- त्यसले retrofit गर्दै ट्रेडिशनल स्टाइल मैं घर पुनर्निर्माण गर्छ -- टुरिस्ट हरु बस्ने बनाउँछ ---- त्यस आम्दानी को केही अंश घर को मुल धनीले पाउने। काठमाण्डु मा पनि त्यस्तै 
  • १० तल्ला मध्ये ५ तल्ला घर बनाउने प्राइवेट कंपनी ले मार्केट रेट मा जसलाई बेचे भो बाल दिए भो 
महानगर का ले काम चाहिं के गर्ने?

सबै कुराको ठेक्का मैले थोड़े लिया छ?

नेपाली काँग्रेस (मोदीवादी)

नेपाली काँग्रेस का सबै मधेसी त्यो पार्टी बाट अलग भएर एउटा नेपाली काँग्रेस (मोदीवादी) खोल्नु पर्ने आवश्यकता छ। मोदीवाद भनेको लोकतंत्र र विशेष गरी आर्थिक क्रांति हो। मोदीवाद भनेको double digit growth rate को फोर्मुला हो। बहुत हुवा अत्याचार, अब ना सहो मधेसी।


माओ र मोदी


प्रचण्ड को लागि माओ जे हो हाम्रो लागि मोदी त्यही हो। माओ नेपाली नागरिक होइन त। माओ भनेको स्वतन्त्र देश तिब्बत कब्ज़ा गरेको मान्छे।

मोदीवाद भनेको आर्थिक क्रांतिको फोर्मुला हो -- त्यो नेपालमा पनि लागु हुन्छ।

माओ र मोदी।

हेर हेर प्रचण्ड को hairstyle हेर। Hairstyle त हामी मोदी को होइन अमिताभ को नक्कल गर्छौं। माओ को hairstyle भनेको hair हो स्टाइल चाहिं होइन।