Wednesday, June 10, 2015

बीपी को संवैधानिक राजतन्त्र प्रतिको रटान गलत थियो

नेपाली काँग्रेसको संवैधानिक राजतन्त्र प्रतिको रटान बड़ो अवैज्ञानिक थियो। चाहे राजाले जेसुकै गरुन तर राजतन्त्र नफाल्ने। जति सुकै चरम सीमाको दमन शोसन गरुन तर राजतन्त्र नफाल्ने। बीपी ले लोकतंत्र बुझेको संघीयता नबुझेको, लोकतंत्र पनि आंशिक मात्र बुझेको। बीपी को संवैधानिक राजतन्त्र प्रतिको रटान ले देश लाई दशकों पछाडि धकेलयो। राजा गयो देश छ। यो संभावना बीपी को गिदिमा नछिरेको। बीपी को नारा लोकतंत्र-राष्ट्रियता-समाजवाद भन्ने थियो। लोकतंत्र र समाजवाद चाहिँ उ तर राष्ट्रियता चाहिँ राजा -- त्यो थियो बीपीको सोंच। गलत थियो। यसै अंध विश्वास ले गर्दा he never saw the coup coming --- नत्र ५०० सशस्त्र मान्छे ले रोक्न सक्ने महेन्द्रको कु। प्रधान मंत्री ले ५०० सशस्त्र मान्छे राख्न नसक्ने होइन। तर राख्ने उसलाई जरुरत महसुस भएन। गल्ती गर्यो बीपीले ३० वर्ष गुमायो देशले।

बीपी को संवैधानिक राजतन्त्र प्रतिको रटान गलत थियो --- it was the emotional dependence of the abused upon the abuser.




No comments: