१% थ्रेसहोल्ड

राष्ट्रिय पार्टी बन्न १% वोट ल्याए पुग्ने गरेको राम्रो। कुनै अर्थतंत्र मा नया कम्पनी हरु खोल्न नपाउने भन्दियो भने त्यो अर्थतंत्र ध्वस्त हुन्छ। नया कम्पनी हरु खोल्न गार्हो पार्दिने हो भने अर्थतंत्र कमजोर हुन्छ। त्यस्तै देशको राजनीतिमा नया नया पार्टी खोलिएको राम्रो। थ्रेसहोल्ड नै नभएको पनि नराम्रो हो। देशमा अस्थिरता आउँछ। तर १% भन्दा बढ़ी भयो भने नया नया पार्टी लाई गार्हो भइ दिन्छ।

अहिलेको प्रस्तावित ३% मानने हो भने १६ बुँदे मा हस्ताक्षर गरेका पार्टी हरु मात्र भित्र छिरछन। १% हुँदा ११ पार्टी लाई ठाउँ हुन्छ। मेरो व्यक्तिगत राजनीति का लागि त ३% नै राम्रो। म मधेसी पार्टी हरु एक भएको हेर्न चाहेको मान्छे। ३% ले तिनलाई करै लाग्छ एक हुन। एक होउ वा लोप होउ भने जस्तो।

१% पनि धेरै हो। १% थ्रेसहोल्ड भनेको तपाइँ को पार्टी ले त्यो ल्याउँदैन भने समानुपातिक मा तपाइँको वोट जति सबै खेर गयो। तपाइँ को कोही पनि आउने भएन, तपाइँ को कुनै कैंडिडेट झुक्किएर प्रत्यक्ष निर्वाचन मा जिते उ स्वतंत्र उम्मेदवार हुने भयो --- उसले चुनाव जिते पछि कुनै ठुलो पार्टी को सदस्यता लिन चाहे पाउने।

८ वता राज्य हुने देशमा ८-१० वता पार्टी भएको राम्रै हो।



किन कोल्टे फेर्‍यो एमाओवादीले?
भूकम्पले लामो समयदेखि विद्यमान राजनीतिक गतिरोध भत्काई दियो ..... नेताहरु भन्छन्- काबु बाहिरको परिस्थिति सृजना नभएमा असारको अन्तिम साता देशले नयाँ संविधान प्राप्त गर्नेछ। त्यही अनुरुप संविधान निर्माणको नियमित प्रक्रिया छोट्याउन सभामुखले गृहकार्य थालिसकेका छन्। ..... भट्टराईले ‘सत प्रतिशत सहमति’ सम्भव नरहेको तर्क गरे। ..... तत्कालीन अवस्थामा सत्तापक्ष र विपक्षी मोर्चाकाबीच अविश्वासको खाडल ठूलो थियो। दोश्रो संविधानसभा चुनावको ‘आश्चर्यजनक’ परिणामले तत्कालीन शक्ति सन्तुलनको अवस्था भत्काइदियो। विपक्षी दल आफ्ना एजेण्डा छोडेर सहमतिमा नआए मतदान प्रक्रियाबाटै संविधान जारी गर्ने धम्कि कांग्रेस-एमालेले दिए। माओवादीले आफूले जन्माएको संविधानसभाबाट आफैं किनारा लाग्नु परेको महशुस गर्यो । यसैकारण प्रक्रियाबाट संविधान जारी गर्ने कोशिस भए आन्दोलन र ध्वंसको बाटोमा जाने निर्णय लियो। यसैले जन्मायो संविधानसभामा माघ ५ गतेको तोडफोड। ..... एमाओवादीले मोर्चा विघटन गरी सम्झौता गरे पार्टी झन् किनारा लाग्ने भट्टराई र पार्टी अध्यक्ष पुष्पकमल दाहालको विचार थियो। तर, एमाओवादी पार्टी भित्र भने अधिकतम लचकता कायम गरी सहमति गर्नु पर्ने दबाब थियो। नेता नारायणकाजी श्रेष्ठले आन्दोलनमा जानु घातक हुने फरक विचार पार्टीका औपचारिक बैठकमा राखेका थिए। माघ ५ गतेअघि उनले कांग्रेसका नेताहरुसँग संघीय प्रदेशको संख्या, नाम र सीमांकनका सवालमा आफ्नो पार्टी लचक भएको बताए। ....... तर, यही कुरा भारतसँग नजिक ठानिएका कांग्रेस नेता कृष्णप्रसाद सिटौला र अमरेशकुमार सिंहले एमाओवादी अध्यक्ष दाहाललाई सुनाइदिए । जनयुद्धपछि पार्टी प्रवेश गरेका र पार्टीमा ‘बाहिरिया’को रुपमा बुझिने श्रेष्ठको चर्को आलोचना भयो। तत्कालीन अवस्थामा भट्टराई निकट एक नेताले पंिक्तकारसँग भनेका थिए – नारायणकाजी अब पार्टीमा टिक्दैनन्। ........ माघ ५ को घटनापिछ संवादहीनको अवस्थामा पुगेको राजनीति ...... दाहाल निकट मानिने महरा र बस्नेत भने भट्टराई सहमतिभन्दा आन्दोलनतर्फ उन्मुख भएको भनी उनको विरोधमा नै उत्रिए। ...... राजनीतिक खेलमा फ्याकिँने कार्ड सकिँदै गएपछि पार्टी संविधान निर्माणमा लचक हुनु पर्ने आवाज बलियो हुँदै गएको थियो। ...... विपत्तिका कारण हाम्रो देशको अवस्थालाई पनि नांगो रूपमा देखियो। नेपालको भू-राजनीतिक अवस्था पनि प्रष्ट भयो। यसले राष्ट्रिय सरकारको खाँचो देखायो। ...... तेश्रो, भूकम्पले नेताका व्यक्तिगत राजनीतिक आकांक्षा पुरा गर्ने अवसर प्रदान गर्यो। चुनावी पराजयसँगै राजनीतिक बजारमा मूल्य घटेका भट्टराईलाई भूकम्पपश्चात् हुने पुनर्निर्माणका माध्यमबाट राजनीतिमा मूल्य बढाउन चाहे। सरकारमा जानु नै पर्ने भयो। यसका निम्ति प्रधानमन्त्रीका दावेदार एमाले नेता केपी ओली र उनका गुटका नेता बिष्णु पौडेलसँग भट्टराईको हिमचिम बढ्यो। ...... नेपाली कांग्रेसले महाधिवेशनअघि सरकार छोड्न चाँहदैन् भन्ने भट्टराईको बुझाइ थियो। त्यसैले वर्तमान सरकारबाट एमालेले समर्थन फिर्ता लिई नेतृत्व परवर्तनका लागि कांग्रेसलाई दबाबमा राख्ने योजना बन्यो। संविधान निर्माण गरी ओलीको नेतृत्वमा ‘राष्ट्रिय सरकार’ गठन गर्ने दोस्रो योजना बन्यो। प्रधानमन्त्री हुन हतार भएका ओली ...... गठबन्धन फूटाउने माओवादीको खेल ... राष्ट्रवादका मुद्धामा संशकित दाहाल पनि ओली र भट्टराईसँग सहज महशुस गर्दैनथे। कोइराला कम्तिमापनि भारतसँग कुनै सम्झौता नगरेको र राष्ट्रवादी नेता भएको प्रचण्डको बुझाई छ ..... भूकम्पले एमाओवादीलाई पनि 'फेस-सेभिङ' को मौका दिएको छ। ...... पहिचानको मुद्धाले आफूलाई सिध्याउन लागेको र पार्टी बाहिरका मान्छे ती मुद्धाका कारण नेता बनेको भन्दै पार्टीमा आलोचना हुँदै आएको थियो। हुन पनि पहिचानको मुद्धाले अन्य पार्टीलाई जन्म दियो, माओवादीको आकार मुख्यतः यहि कारणले घट्यो। भूकम्पले 'विपत राष्ट्रवाद'ले जन्मायो। जसले माओवादीलाई पहिचानसहितको संघीयताको मुद्धामा लचक भई सहमतिमा आउन सहयोग गर्यो।
संघीयताविरुद्ध 'नोट अफ डिसेन्ट' -प्रज्ज्वल चापागाईं
अघिल्लो संविधान सभामा भएका ६०१ जना सभासद मध्ये मैले चिनेका, सुनेका र थाहा पाएका झण्डै १४५ सभासदको काठमाडौँमा घर थियो। त्यस बाहेक लगभग थप ३६० सभासदले काठमाडौँ खाल्डोमा घर घडेरी जोडेको हुनुपर्छ। तर यो कुरालाई प्रमाणित गर्न पाइनँ। ...... संघीयता नेपाली जनताको माग हो जस्तो मलाई कहिल्यै लागेन। यो केटाकेटी आए गुलेली खेलाए मट्याग्रांको सत्यनास भने झैं अहिलेसम्म आफूलाई पढे लेखेका र सचेत ठान्ने केही नेपाली कान नछामी कागको पछि कुदेका छन्। ...... विश्वमा २०४ मुलुकहरु मध्ये अहिलेसम्म २८ वटा देशमा मात्र संघीयता छ। संघीय प्रणालीमा गएका यी मुलुकहरु मध्ये १२ वटा मुलुकले मात्र सफलता हासिल गरेका छन्। बाँकी १६ वटा मुलुक आन्तरिक द्वन्द्व, घरेलु युद्ध र जटिल समस्यामा दिन प्रतिदिन फसिरहेका छन्। ..... संघीयतामा जाने निर्णयले हाम्रो देश र नेपालीले भविष्यमा ब्यहोर्न पर्ने सम्भावित बेथिति, द्वन्द्व, विखण्डन र दुःखको कल्पना गर्दा कहाली लाग्छ।...... म अतिवादी कित्तामा उभिएर होइन, नेपालको मिश्रित समाज, साधन स्रोत, जनसंख्या, आकार, नेपाली चेतना स्तर र तीनतिर खुला सीमालाई विश्लेषण गर्दा संघीयता हामी नेपालीको लागि बाँदरको हातमा नरिवल हुने निश्चित छ। ...... नेपालमा विकेन्द्रीकरणलाई जोड दिँदै ल्याइएको स्थानीय निकाय स्वायत्त शासन ऐन-२०५६ ले केन्द्रीय अधिकारलाई जिल्ला र गाविसमा प्रत्यायोजन गर्ने प्रावधान राखेको छ। त्यसलाई साँचिक्कै कार्यान्वयन गर्ने हो भने अहिले उठेका धेरै बुँदाहरु समाधान हुन्छन्। ..... अघिल्लो संविधान सभाको संविधान नै तयार नगरी निधन भएपछि काठमाडौँमा त्यतिबेला गजबको माहोल तयार भएको थियो। संविधानका बिभिन्न पक्षमा बहस र पैरवी गर्न र पहिचानको मुद्दामा लगानी गर्ने युएसएआइडी, डिएफआइडी, युएनडिपी, ह्यगो, नोराड, एसएनभी, डेनिस चर्च, कारितास, आइडिया लगायतका संस्था र कैयौं कुटनीतिक नियोगका अधिकारीहरुको ओठमुख सुकेको थियो। त्यत्रो खर्बौं लगानी गर्दा पनि स्थिर र मिश्रित नेपाली समाजको चुरो नहल्लिएपछि ती सबै अधिकारीहरु जिल्ल परेका थिए। ....... नेपालमा संघीयता चाहिँदैन। यो नेपाली माग होइन। नेपालमा कथं संघीयता आइहाले पनि टिक्दैन। कथं टिके पनि चल्दैन। झन धेरै विग्रह र नश्लवादी सोचका कारण नेपाल गृहयुद्धमा पनि फस्न सक्छ। रौतहटका राजनीतिकर्मी राजदेव यादवले २०६६ साल साउनमा भनेको सम्झन्छु,'मधेसमे प्रहरी प्रशासन आ नेता मधेसीया होई त। विकास कथी ढेला होई? यी त सब मिल बाँटके खा ली।' ..... हुन पनि पछिल्ला वर्षहरुमा रौतहटका कैयौं गाउँ र ईलाकामा सकेसम्म मधेसी प्रहरी वा कर्मचारी नपठाउन आएका अनुरोधहरु पनि मननीय छन्। ..... सार्वजनिक मञ्च संविधान सभाको दुई तिहाई बहुमतले नयाँ संविधान ल्याए बिद्रोह हुन्छ र पचासौं वर्ष जनयूद्ध गर्छौं भनेर कुर्लने। अचम्म लाग्छ यस्तो नटवरलाल प्रवृति देख्दा। ...... प्रष्टै छ संघीयताका योजनाकारहरु नेपाललाई बिखण्डन गर्न चाहान्छन। राजनीतिमा रात रहे अग्राख पलाउँछ। संविधान सभाले नयाँ संविधान अघि यो एउटा नेपालीको नोट अफ डिसेन्ट हो। बेलैमा संविधान सभालाई चेतना भया।
सोनामले अध्यक्ष घलेको बदनाम गरेपछि एनआरएन अमेरिकामा हङगामा
What I saw in Nepal
My first few days in Kathmandu sequestered in a friend's apartment while another friend organized walks for me to see the relief efforts, I realized that part of my job was not to ask questions or to find out how we could help more from the US. My work was simply to be. To be a witness.To listen to stories.To tell my own. To remind each person in front of me of their strength in times past, and the tenderness of their own hearts even now. To say nothing most of the time.To watch.To wait. ....... I saw real trauma in my beloveds and real upsets, the kind that made me want to bring everyone home with me for naps and soup and stories and bed. But underneath that, I saw fierce determination. The kind you can only have when you are young and you do not know how hard things can get or how complicated. When I alluded to this, my friends said, "Tomorrow we will take you to Bibeksheel." ....... People all over the world know best how to put their house in order when it falls down. This is a shock to the Western psyche, but everywhere I have been I have found it to be true. People may be weakened, impoverished, discouraged, gutted even, but at the end of the day, everyone knows exactly what to do.......... It took me many years to understand this, after many experiences of never being needed for the thing I thought I was most needed for, and for being needed for something else that seemed hard or problematic to me or so simplistic it seemed my presence was a moot point overall. I learned this after insisting on a particular way (mine) over another (theirs). I learned this after being humored and subverted and defied and defeated, all my good intentions laid bare, revealing all that I ever really had to give, a curious heart, finally all the way open, and hands ripped clean of any and all agenda, except the desire to listen. Really listen. ....... I saw instead something completely separate from me, having nothing to do with me, created without any western input, for the sake of a nation and a future that most in my circle would never witness, never see and never fully understand. ........ I was, by virtue of friendship and friendship alone, the lucky recipient of a front row seat at the evolution of a nation, making in this particular moment a fantastic leap, the way that scientists can document after millennia of perceptible micromovement. At Bibeksheel I saw the future leaders of Nepal moving with elegance and precision that marks only the most organized and devoted youth movements. I saw collaboration without ego, courage without hesitation and the nuts and bolts of a grassroots relief effort led by true peer leadership. Remote villages were served within days of the first quake, the local hospitals were fortified with volunteers within hours of the second. No one needed anything except the cooperation of the whole, and they had it. I stood back, in awe, amazed. I took a few pictures, but mostly my heart took notes. ........ For all my goodwill, I understood Nepal is not my country. For all my compassion, this Earthquake is not my Earthquake. For all my alliances, there are others here thriving, with the push and pull of real machinery, the kind that makes a country truly work, all my western opinions and strategies for inserting myself aside.

Comments