The only full timer out of the 200,000 Nepalis in the US to work for Nepal's democracy and social justice movements in 2005-06.
Thursday, August 20, 2015
CK Raut: स्वराजीहरूसंग अपेक्षा र हाम्रो स्थिति बारे
मधेस बन्दको बिशाल प्रदर्शन, कपिलवस्तुकपिलवस्तुको सदरमुकाम तौलिहवामा संयुक्त मधेशी मोर्चा द्वारा मधेश आन्दोलनको एक दृश्य |Credit: Sanjay Verma JiOriginal Link- https://video-sin1-1.xx.fbcdn.net/hvideo-xpf1/v/t42.1790-2/11917063_926141560777140_1414077937_n.mp4?efg=eyJybHIiOjEzNTAsInJsYSI6NjIwfQ%3D%3D&rl=1350&vabr=750&oh=72635891752f40758889e80f882fa929&oe=55D50B2F
Posted by Madhesi Community on Thursday, August 20, 2015
कपिलवस्तुको सदरमुकाम तौलिहवामा संयुक्त मधेशी मोर्चा द्वारा मधेश आन्दोलनको एक दृश्य |
Dr. CK Raut: स्वराजीहरूसंग अपेक्षा र हाम्रो स्थिति बारे (सके पूरा पढनुहोस्)
*******************************************
हो, स्वराजीहरूसँग मधेशी जनताका धेरै अपेक्षाहरू छन्। अहिले त मधेशमा कतै केही भयो भने त्यसमा केही गर्नुपर्ने, आगो लागेपनि केही गर्नुपर्ने, बाढी आएपनि केही गर्नुपर्ने, कतै कार्यक्रम हुँदा पनि त्यसमा सहभागी हुनुपर्ने आदि। त्यो स्वाभाविक नै हो, त्यो जनताद्वारा दिइएको जिम्मेबारी हो, त्यो विश्वासका लागि मधेशी जनतालाई हामी धन्यवाद दिन्छौं। त्यो जिम्मेबारीबाट हामी पन्छिने कुरो हुँदै-हुँदैन, बरु हामी त्यो जिम्मेबारी सफलताका साथ निभाउनका लागि दिनरात संघर्षरत छौं, त्यहाँबाट टाढा रहे पनि त्यही दिशातिर अग्रसर छौं।
त्यही सन्दर्भमा, बिगत २-३ हप्तादेखि एउटा प्रश्न हामी समक्ष बारम्बार आइरहेको छ: तपाईंहरू अन्तर्क्रिया, सभा, सम्मेलनम, गोष्ठी, शोकसभा जस्ता कार्यक्रममा बोलाएपनि किन त्यति देखिनुहुन्न ?कुनै अन्तर्क्रिया, सभा-सम्मेलन, गोष्ठी, शोकसभा आदि हुँदा अधिकांश पार्टीका नेताहरू वा अधिकारकर्मीहरू खुर्र हवाईजहाज चढेर पुग्छन्, एकै दिनमा वीरंगज र धनगढी पनि भ्याइदिन्छन्, ४०-५० जना मान्छे जम्मा हुने शायदै कुनै अवसर हातबाट निस्कन दिन्छन्, तर तपाईंहरूको केन्द्रिय स्तरका नेताहरू न त काठमाडौंको कुनै अन्तर्क्रियामा देखा पर्छन्, बाहिर ठूलै सभामा बोलाए पनि जाँदैनन्, किन ? यस सन्दर्भमा केही गुनासाहरू पनि विभिन्न आयोजकहरूबाट सुन्नु परिरहेको छ।
केही दिन अगाडि कैलालीमा थारुहरूको आन्दोलन शुरु हुन लाग्दा गठबन्धनका सहसंयोजकलाई त्यहाँका स्थानीय कार्यकर्ताहरूले बोलाए र उहाँलाई कैलाली जान निर्देश दिइयो, तर उहाँसंग बसको भाडाको लागि ४-५ सय रुपैया न हुँदा र तुरुन्तै कतैबाट त्यति ऋणको रुपमा पनि चांजो मिलाउन न सक्दा, उहाँ कैलाली जान सक्नु भएन। पछि कैलाली नजिकै बर्दिया घर भएको गठबन्धनको प्रवक्ता अब्दुल खानलाई त्यहीं जान भनियो, तर उहाँको हालत पनि त्यस्तै नै रहँदै आएको छ, जसले गर्दा बर्दिया र बांकेमै उहाँले काम जारी राख्नु भयो, तर २-४ सय रुपैयाको अभावमा कैलाली जान सक्नु भएन। र त्यसरी आफ्नो आर्थिक मजबूरीको कारणले काम पूरा गर्न न सके पछि उहाँले २-३ दिन सम्म मेरो फोन समेत उठाउन अप्ठ्यारो मानिराख्नु भयो। र त्यही व्यग्रताको हालतमा उहाँले फोन उठाउनुको सट्टा फेसबुकमा एउटा नोट लेखेर सार्वजनिक रुप मैं जानकारी गराउनु भयो। त्यो यहीं छ। हाम्रो यथार्थ यही नै हो। अब्दुलको प्रतिक्रियाले निकै भावुक बनाएको हुनाले नै सार्वजनिक रुपमा यसबारे केही भन्न खोजेको हुँ कि यो हामी सबै स्वराजीको साझा समस्या हो, साझा दु:ख हो र यसलाई हामी सबैले डटेर सामना गर्दै आफ्नो लक्ष्य तिर बढि राख्नेछौं र अवश्य सफलता हासिल गर्ने छौं। त्यही भएर सबै स्वराजीहरूले आफ्नो हौसला बुलन्द राखौं, उतारचढाव आइराख्छन् तर दृढनिश्चय भएर संघर्ष गर्नाले हामी सफल अवश्य हुनेछौं।
२०७१ साल भदौमा गिरफ्तार हुन भन्दा केही अगाडि झापा देखि बर्दिया सम्म कार्यक्रम गर्ने बेलामा स्वयं मलाई पनि तपाईंहरूले हेर्नु भएकै हो। त्यस चरणको कार्यक्रममा सहभागी भएका र मलाई देखेका स्वराजी मित्रहरूलाई राम्ररी थाहा छ, म कसरी एउटा काँधमा/हाथमा घोषणापत्रको बोरा/कार्टून बोकेर र अर्को हाथमा ब्याग झुन्डयाएर कहाली लाग्दो घाममा कहिले लोकल-बस त कहिले टेम्पु समाउँदै तपाईंहरू समक्ष जिल्ला-जिल्ला पुगेको थिएँ। कहिले कुनै गाउँमा कसैकहाँ गएर बस्थें त कहिले कुनै धर्मशालामा। कहिले कसैले बाइकमा लगिदिन्थ्यो त कहिले कति किलोमीटर घाममा पैदल नै हिँडथे। कहिले दिनको खाना नसीब हुँदैनथ्यो त कहिले खुलामा सुत्दा राती लामखुट्टेले सुत्न दिंदैनथ्यो।
शुरुतिर, २०६८ सालमा स्वराज अभियानको प्रथम-चरणको कार्यक्रम झापा देखि कंचनपुर जिल्ला सम्म गर्दा सँधै त होइन, तर प्राय: रिजर्व गरेको गाडी हुन्थ्यो किनकि त्यतिबेला अमेरिकाबाट भर्खरै फर्केको हुनाले जागिरबाट बचाएको केही पैसा थियो। तर आफूले बचत गरेको सबै पैसा स्वराज आन्दोलन र जनचेतना अभियान मै खर्चि सके पछि विस्तारै त्यो स्थिति बदलिंदै गयो। मसँगको पैसा सकी सके पछि केही दिन 'मधेश को इतिहास' किताबबाट उठेको पैसाले कामलाई सुचारु राखियो। पछि यसमा लागेका साथीहरूले पनि आ-आफ्नो खर्च आफैंले उठाउँदै गए र त्यसरी नै यो आन्दोलन चलिरहेको छ।
अहिले स्वराजीहरूले आफ्नो खर्च आफैं धान्धै आएका छन्। कहिलेकाहीं सक्ने स्वराजी मित्रले नसक्ने स्वराजी मित्रलाई मद्दत गर्छन्। कोही संग बाइक छ भने, आफ्नो बाइक लिएर जान्छन् , नभए साइकल र पैदल नै जागरण अभियान चलाउन हिंडछन्। दिउँसोको खानाको कुनै ठेगान हुँदैन, कहिले हुन्छ त कहिले हामी भोकै खटिराख्छौं। हामी एक-अर्कालाई मद्दत गर्छौ, दु:ख र कठिनाईलाई सँगै हांसेर उडाइदिन्छौं र अगाडी बढिरहन्छौं। किनकि यो आन्दोलन स्वावलम्बनको आन्दोलन हो, आफ्नो स्वतन्त्रताको आन्दोलन हो।
यसले हामीलाई केही महत्त्वपूर्ण फाइदाहरू पनि गरेका छन्: पैसाको लागि पार्टीमा काम गर्ने, पैसा लिएरै झंडा बोक्ने, पैसा लिएर सडकमा आन्दोलन गर्ने आदत लागि सकेकाहरूबाट हामीलाई छुटकारा मिल्छ र जसलाई साँच्चिकै स्वतन्त्र मधेश चाहिएको हो, आफ्नो स्वतन्त्रता चाहिएको हो, त्यही मित्रहरू नै यसमा लाग्छन्। त्यही भएर विभिन्न प्रलोभनका लागि लाग्ने सम्भावना यस आन्दोलनमा छैन। यो नीतिले हाम्रो लागि निस्वार्थ योद्धा कार्यकर्ताहरूलाई ल्याउने 'फिल्टर' को रुपमा गरिरहेको छ, जुन हाम्रो लागि एकदमै आवश्यक छ।
प्राय: अहिले छापिने हाम्रा पर्चा र किताबहरू मधेशको स्वतन्त्रता चाहने मधेशीहरूले छपाई दिएको हो वा आफैं छपाएर बाँटेको हो। हामी सोफ्टकपी उपलब्ध गराईदिन्छौं, स्वराज आन्दोलनमा लागेकाहरू वा सहानूभूति राख्ने आम मधेशी जनताहरूले आफैं छपाउँछन्। त्यो आफैं पनि वितरण गर्छन्, हामीलाई वितरण गर्न पनि उपलब्ध गराउँछन्। अहिले सम्मको रेकर्ड हेर्ने हो भने एउटा कुरा उल्लेखनीय छ: त्यसरी छपाइदिने कुनै ठुलो पैसावाला मधेशी वा व्यापारीहरू वा उद्दोगी होइनन्, सामान्य मधेशी हुन्, जसले आफ्नो परिवार खर्चबाट काटेर भए पनि ५-१० हजार लगाएर मधेशीको उत्थान चाहन्छन्, आफ्नो छोरा-छोरीको लागि दासता र रंगभेद अन्त भएको हेर्न चाहन्छन्। किनकि यस आन्दोलनमा पैसा लगाएर कसैको नेपालमा सांसद् वा मंत्री हुने लक्ष्य पूरा हुन सक्दैन, कुनै उद्योगपतिको वा धनी व्यक्तिको टैक्समा छूट दिलाउने वा स्कूल/कलेज/उद्योग/व्यापार दर्ता गराइदिने, वा अन्य फायदा पुग्ने कुरो छैन, त्यसैले यसमा पैसावालहरूले लगानी गर्ने आधार देख्दैनन्। बरू पीडित, गरीब वा संघर्षशील मधेशीहरूले नै सहानूभूति राखेका छन्, पाँच सय वा हजार रुपैयांको पर्चा भए पनि छपाएर बाँटेका छन्।
र यस्तो स्थितिमा 'हामी पुगे पनि नपुगे पनि, हाम्रो विचार पुगोस्' भन्ने सिद्धान्तमा रहेर हामी स्वराजी काम गर्छौं। त्यही भएर कुनै ठाउँमा जानका लागि पैसा खर्चिनु भन्दा आफ्नो आफ्नो किताब र पर्चा छपाउनमा हामी खर्चिन्छौं। त्यसैगरि हाम्रा कार्यक्रमहरू प्राय: कुनै हल बुक गरेर हैन, जहाँसुकै खाली ठाउँ पायो, त्यही नै गर्छौं - कहिले खुला चौरमा , कहिले कुनै स्कूलमा, कहिले कसैको दलानमा। अन्तर्क्रिया, सभा, सम्मेलनमा जान निकै महँगो छ, धनगढी वा विर्तामोडमा कुनै केन्द्रिय स्तरको नेतालाई पठाउन, खास गरेर बन्दको समयमा, निकै खर्चिलो हुन्छ। बन्दको समयमा हवाईजहाजबाट आउनजान १५-१६ हजार खर्च हुन्छ, त्यति हामी संग यस प्रयोजनको लागि उपलब्ध नै हुँदैन, यदि भए हाले पनि त्यस रकमबाट जहिले पनि हामी किताब र पर्चा छपाउनमा खर्चिन्छौं, DVD बनाउन खर्चिन्छौं ताकि मधेश को इतिहास मधेशी जनता सम्म पुग्न सकोस्, मधेश स्वतन्त्रताको विचार मधेशी जनता सम्म पुग्न सकोस्, मधेशीहरू दासताको सोचबाट उन्मुक्त भई गौरवाशाली वीर मधेशी भनेर गर्व गर्न सकून, मधेशीहरूले आफ्नो भाग्य आफैंले लेख्न सकून्। जुन पार्टी, संघ-संगठन वा NGOहरू संग पैसा छ तिनीहरू हवाईजहाजबाट दिनमै २-३ ठाउँमा पुग्छन्, धनगढी, भैरहवा देखि विराटनगरको कार्यक्रम भ्याउछन् , फोटो खिचाउँछन् शेयर गर्छन्, तर हाम्रो स्थिति फरक छ। त्यही भएर कृपया दु:ख न मानी त्यतिमात्रै बुझिदिनुहोला।
वीर स्वराजी परिचय: अब्दुल खान र इरफान शेख
***************************************************************************
(अब देखि यस पेजमा केही स्वराजीहरूको परिचय र उनीहरूको आफ्नो अनुभव पनि समेटने प्रयास हुनेछ )
इरफान नेपालगंजमा डेरा लिएर एउटा सानो पसल खोलेर जीविका चलाउँदै आएका थिए। म मंसीरमा जेलबाट निस्केपछि नेपालगंजमा पनि आमसभा गर्न खोज्दा प्रचार-प्रसार गर्ने क्रममा नेपाल प्रहरीले अब्दुलसँगै उनलाई पनि पक्रे। एक हप्ता भन्दा बढी हिरासतमा अनेकौं यातना दिएर राख्दा पनि दुबैजना अलिकति पनि विचलित भएनन्, बरू अनुसन्धानकर्त्ता र हिरासतमा रहेका अरु बन्दीहरूलाई समेतलाई 'वैरागदेखि बचावसम्म' र 'मधेश स्वराज' किताबका अंश पढाइरहे। बांके प्रशासनले सार्वजनिक अपराध मुद्दा दायर गरे पछि मात्रै धरौटीमा छोडयो। त्यसपछाडि पुन: चैतमा मुखमा कालोपट्टी बाँधेर नेपालगंजमा प्रदर्शन गर्ने बेलामा इरफान र अब्दुल लगायत थप दुईजनालाई प्रहरीले समात्यो। पुन: उनीहरू स्वतन्त्र मधेशका सच्चा सिपाही भएर अडिग भएर लागिरहे। नेपाल प्रहरीले फेरि पनि उनीहरूमाथि सार्वजनिक मुद्दा दायर गर्यो।
त्यतिमात्रै हैन पहाडी घरबेटीले नेपालगंजबाट इरफानको पसल बंद गरेर हटाउन लगायो। त्यसको केही महिनापछि डेरा पनि खाली गर्न इरफानलाई दबाब दिइराख्यो। अंतमा पहाडी घरबेटीले इरफानको सबै सामानहरू डेराबाट बाहिर फालिदिए र उनी नेपालगंजबाट विस्थापित भएर बांकेको गाउँमै बस्न थाले। यतिहुँदा पनि संयमताले काम लिंदै स्वराज अभियानलाई अगाडि बढाइ रहे।
त्यस्तै, अब्दुल शुरु देखि नै मेरो उतारचढाव नजीकबाट नियालेका साथी हुन्। २०६८ सालमा झापादेखि कंचनपुरसम्म गाउँ-गाउँ गएर पहिलो चरणको अभियान संगै सम्पन्न गरेका हुन्। त्यसक्रममा नै अमेरिकाको 'विलासीपूर्ण' जीवनदेखि बाटोको धूलो सम्मको हैसियतमा म कसरी पुगें भनेर नियालेका हुन्, भोक-भोकै कडा घाममा दिनभरि दुर्गम गाउँ तिर सँगै बरालिएका हुन्, पानी परिरहेको रातमा बाहिर संगै रुझ्दै हिंडेका हुन्। त्यही भएर कसैले मेरो बारेमा नराम्रो टिप्पणी गरिदिंदा उसलाई सहन अलि गार्हो हुन्छ। आफ्नो जीविका धान्न धौ-धौ पर्दा समेत, नेपाल प्रहरी र प्रशासनले अनेकौं यातना दिंदा समेत विचलित न हुने साथी हुन्। पैदल नै हिंडेर भए पनि, भोक-भोकै बसेर भए पनि स्वराज आन्दोलनलाई निरन्तर अगाडि बढाइ रहेका छन्।
सप्तरीमा राउत हत्या बिरोधमा जनसागरभदौ १ गते प्रहरीले छातीमा गोली हानी राजिव राउतको हत्याको बिरोधमा भोलि पल्ट भारदह, सप्तरीमा निस्केको जनसागर |भिडियो साभार: बिक्रम मण्डल जी Original Link-https://fbcdn-video-m-a.akamaihd.net/hvideo-ak-xft1/v/t42.1790-2/11864663_1619137705023150_1544556558_n.mp4?efg=eyJybHIiOjEzNTksInJsYSI6MjY1N30%3D&rl=1359&vabr=755&oh=4ad7a1da02abc5e69659b4c32d326a98&oe=55D5A24A&__gda__=1440063100_0bab53fdfb2a1fa513d2e86c893f70aa
Posted by Madhesi Community on Thursday, August 20, 2015
नेपालगन्ज भाग २?
नेपालगंज कै तर्जमा भैरहवामा प्रहरीको आडमा शोषकवर्गले मधेशी माथि आक्रमण गरेको छ। मधेशीको पार्किंग गरिराखेको ट्याक्टर, गाडी जलायो र दुई दर्जन भन्दा बढी मधेशी घाईते।

वाक स्वतंत्रता बारे संख्या को कुरा गरे के हुन्छ?
धर्म निरपेक्षता मा शक्ति संतुलन गरे के हुन्छ?
वाक स्वतंत्रता र स्वायत्तता
Federalism, Centripetal Force, Centrifugal Force
संघीयता मा बजेट बाडफाड़: ३३-३३-३४: केन्द्र प्रदेश स्थानीय
१ देश, १६ प्रदेश, २०-३० विशेष क्षेत्र, १००० गाउँ/नगर = १२५ जातजाति
प्रत्यक्ष निर्वाचित वडा अध्यक्ष, मेयर, मुख्य मंत्री र प्रधान मंत्री
सिडियो र डिएसपीलाई जिल्ला छोड्न 'अल्टिमेटम'
जुम्लाका राजनैतिक दलहरुले ४८ घण्टा भित्र सिडियो र डिएसपीलाई जिल्ला छोड्न अल्टिमेटम दिएका छन । उनीहरुले संविधानको मस्यौदामा कर्णालीलाई बेवास्ता गर्ने खेल शीर्ष नेताले खेलेको भन्दै सिडिओ र डिएसपीलाई जिल्ला छोड्न अल्टिमेटम दिएका हुन्। ....... बिहीबार एक प्रेश विज्ञाप्ति प्रकाशित गर्दै दलहरुले कर्णालीको मागलाई मस्यौदामा नसमेटिकन संविधान जारी गरिए कर्णालीबाट राज्यले ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिएका हुन्। कर्णालीको माग सम्बोधन नहुने अवस्थामा राज्यका संयन्त्रलाई खारेज गरी कर्णालीका आफ्नै संरचना निर्माण गरी स्थानिय सरकार सञ्चालन गर्ने आन्दोलनकारीले बताउँदै आएका छन्। ...... केन्द्रिकृत सत्तावाट कर्णाली पछि परेको भन्दै कर्णालीलाई दबाउन खोजिए विष्फोट हुने चेतावनी विज्ञप्तिमा दिइएको छ । विज्ञप्तिमा आन्दोलनका क्रममा प्रहरीको गोली लागेर घाइते भएकाको उपचार निःशुल्क हुनु पर्ने र ताकी ताकी गोली हान्ने प्रहरीलार्ई कार्वाही गर्नु पर्ने माग गरिएको छ।नेपाली काग्रेस, नेकपा एमाले, एकीकृत नेकपा माओवादी, नेपाल मजदुर किसान पार्टीलगायत यहाँ क्रियाशिल ११ दलका प्रतिनिधिले प्रेश विज्ञप्तिमा हस्ताक्षर गरेका छन्।
In The News (25)
चरी नामक राजनीतिज्ञ–संरक्षित अपराधी मारिएको एक वर्ष एक महिना नहुँदै प्रहरीले अर्का उस्तै व्यक्तिलाई ‘दोहोरो भीडन्त’मा मारेको छ। .... अचानक नेपाल प्रहरी मानिसहरूको प्यारो बनेको छ र घैंटेजस्ता मानिसलाई संरक्षण दिने राजनीतिक नेताहरु आलोचना र निन्दाको पात्र बनेका छन्। .... अपराधीलाई जति पटक पक्रे पनि तिनलाई छोड्न भनेर आउने राजनीतिक दबाबबाट आजित भएको प्रहरी, राजनीतिक हस्तक्षेपबाट थिल्थिलो भएको न्यायालय र ओरालो लाग्दै गरेको विधिको शासन ....... देशका नेता भ्रष्ट र अपराध–मैत्री भए, न्यायालयले आफ्नो भूमिका निभाउन सकेन, प्रहरीलाई दलीय स्वार्थका लागि जानाजान कमजोर बनाइयो .....प्रहरीको स्कर्टिङ लिँदा मधेशी मोर्चाका नेताविरुद्ध हुटिङ
चरी र घैंटे व्यक्ति कम र प्रवृत्ति ज्यादा थिए । ती आफूमा अपराधी त थिए नै, तिनले क्रमशः एमाले र काँग्रेस पार्टीको आपराधिक कित्तालाई प्रतिनिधित्व गर्थे ।
...... दुवै जना रातारात चुलिंदै गरेको देशको कालो अर्थतन्त्रका शक्तिशाली खेलाडीहरु थिए । यता हाम्रो सेतो वा वैध अर्थतन्त्र खुम्चिंदै गर्दा उनीहरुले धानेको कालो अर्थतन्त्रले गरेको तरक्कीले हाम्रा सबैजसो प्रमुख पार्टीलाई तानेको हो। ..... प्रहरीको मोस्ट वान्टेड सुचीमा रहेका घैंटेलाई प्रधानमन्त्रीले फूल माला पहिरेर भूकम्पको राहत बाँड्न पठाएको । त्यो दृश्य व्यक्तिका रुपमा सुशील कोइरालाले कुमार घैंटेलाई विश्वास गरेको भन्दा पनि आफू प्रमुख भएको देशको वैध अर्थतन्त्रमा उनलाई विश्वास नभएर अवैध अर्थतन्त्रसितको नाता जोडिराख्ने लालसाको द्योतक थियो ।
कांग्रेससित कुमार घैंटेहरु नहुँदा हुन् त कालो अर्थतन्त्रको हिसाबकिताबमा चरीहरुले गुँड लगाएको एमालेसित ऊ कसरी भिड्दो हो?
......... जति एमालेको संरक्षणमा चरीले गरेका अपराधहरु एमालेको राजनीतिका निकृष्ट हिस्सा थिए, उति नै घैंटेले गरेका अपराधहरु कांग्रेसको राजनीतिका निकृष्ट हिस्सा थिए ।
यी दुई मरे तर यिनको प्रवृत्ति ज्यूँदो छ । ठेक्कापिच्छे राज्यको करोडौं रुपैयाँ हडप्ने र नागरिकहरुलाई बिग्रेका सडकमा र भत्केका पुलमा यात्रा गर्न बाध्य पार्ने यी डनहरु हाम्रो राजनीतिबाट अलग पटक्कै छैनन्।
........ चरी र घैंटे त अब रहेनन् तर राज्यको स्रोत साधन आफूले बुत्याएर तथा जिम्मेवार निकायमा अकर्मण्य पार्टी कार्यकर्ताहरुलाई भर्ती गरेर लाखौं नेपालीको पेट भर्ने, शिक्षित हुने र स्वस्थ हुने अधिकार खोस्ने नेताहरु हामी सामू नै छन् । ...... इमानको राजनीतिमा न चुनाव जित्न त्यस्ता वैशाखी चाहिन्छन्, न त ठेक्कापट्टामा घोटाला गरेर कार्यकर्ता पाल्न नै पर्छ । .... आफ्ना दुष्कर्मका लागि चरी र घैंटे जति जिम्मेवार थिए, त्योभन्दा बढी जिम्मेवार तिनलाई संरक्षण दिने पार्टीका प्रमुखका हिसाबले केपी ओली र सुशील कोइराला हुन्। ..... प्रधानमन्त्रीले पनि अपराधीलाई संरक्षण दिन्छन् भने उनीमाथि कारवाही चलाउने थिति बसालिनुपर्छ । अहिले झैं देश
कानुनमुनिका नागरिक र कानुन माथिका नेता र डन
गरी दुई भागमा विभक्त हुनु हुँदैन। ......... दीर्घकालमा हामीलाई हिंसा र अराजकताबाट मुक्ति दिने घैंटेको शरीरलाई क्षत विक्षत बनाएका गोलीहरुले हैन, कानुनमाथि कोही पनि नरहने विधिको शासनले हो ।
मधेशमा जारी आन्दोलन मधेशवादी दलकै नियन्त्रण बाहिर !
मोर्चाका एक घटक संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव हिजो राती नै सिन्धुलीको बाटो हुँदै सप्तरीका लागि आफ्नो नीजि गाडीमा हिडेका थिए तर महोत्तरीको बर्दिवासमा प्रवेश गर्ने वित्तिकै उनलाई आन्दोलनकारीले रोकेका थिए । तपाई आफै बन्द गराउने आफै गाडिमा हिड्ने ? भन्दै यहाँबाट तपाई गाडिमा जान पाउनु हुन्न भनि आन्दोलनकारीले भनेपछि उनी बर्दिवासमा रोकिएका थिए । तर, जसोतसो भनसुन गरी उनी धनुषाका ढल्केवरसम्म पुगेका थिए । त्यहाँबाट उनलाई अगाडि बढ्न निकै मुस्किल भयो । त्यसपछि उनी प्रहरीको सहयोग लिएर स्कर्टिगंमा सप्तरी हिडे । बाटोमा उनको विरोध हुँदै गयो । तर प्रहरीको स्कर्टिगं भएको कारणले आन्दोलनकारीले रोक्न सकेनन् । सप्तरी पुग्ने वित्तिकै त्यहाँका आन्दोलनकारीले हुटिंग गर्न थाले । ‘हामीलाई जुन प्रहरीले यत्रो यातना दिएका छन्, घर घरमा छिरेर हामीलाई कुटेका छन्, हामीमाथि गोली बर्साएका छन्, आज उसैको स्कर्टिगंमा आउनु भयोࡤ’ भन्दै आन्द्योलनकारीले हुटिगं गरेका थिए । त्यसपछि कार्यक्रम विथोलियो । ....सकिने बेलाको अहङ्कार
यता बिराटनगरबाट सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो आफ्ना कार्यकर्ताका साथमा बाइकमा गएका थिए । यद्यपी आफ्ना सभासद्लाई सविधानसभाबाट राजिनामा गराएको कारण उनको सम्मान मधेशमा बढेको छ । ठाउँ ठाउँमा उनको पक्षमा नारा पनि लागेको थियो ।
.... त्यसै गरीहवाई जहाजबाट विराटनगर पुगेका तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महन्थ ठाकुर भारत हुँदै एउटा नीजि गाडिमा नेपाल पसेका थिए । प्रहरीहरुले थाह पाउने वित्तिकै अध्यक्ष ठाकुरलाई पनि स्कर्टिगं गरेका थिए । ..... अध्यक्ष ठाकुरलाई प्रहरीले स्कर्टिगं गरेर ल्याएको देखेर आन्दोलनकारीले प्रहरी र अध्यक्ष ठाकुर विरुद्ध पनि हुटिगं गरेका थिए । यिनै घटनाले निर्धारित कार्यक्रम हुन सकेन । मोर्चाका नेताहरु आज राती सप्तरीमै बास बस्ने भएका छन् र भोलीको कार्यक्रममा सहभागि हुने बताइएको छ ।
हिरण्यकश्यपुदेखि गिरिजाप्रसाद र राजा ज्ञानेन्द्रसम्मको अहङ्कार जसरी चूर भएको थियो ‘चार नेता’को हालत पनि त्यस्तै हुने दिन नजिकिएको आभास हुँदै छ ।
कुनै मानिसको शक्ति, मान, प्रतिष्ठा र हैसियत समाप्त हुनुअघि उसमा अहङ्कार पैदा हुने हो कि अहङ्कार पैदा भएपछि मानिस सकिने हुन्, यस प्रश्नको जवाफ पाउन सजिलो छैन । हैसियत विसर्जन हुनुअघि संसारको इतिहासमा धेरै मानिसमा अहङ्कार भएको देखिन्छ र वर्तमान इतिहासका नेपाली राजनीतिकर्मी अगुवाहरूमा पनि ठीक त्यस्तै तहको अहङ्कार प्रकट हुन थालेको छ । ...... नेपाली जनताको सर्वाधिक ठूलो हिस्साका विपरीत जाने ‘साहस’ जुन चार दलका प्रमुख नेताहरूले दर्शाएका छन्, यसले उनीहरूमा रहेको अहङ्कारलाई सतहमा ल्याइदिएको छ । पञ्चायती व्यवस्थाका आखिरी दिनहरूमा पञ्च नेता, राजा र राजाका वरिपरि रमाउनेहरू जनतासमक्ष जसरी प्रस्तुत हुने गर्दथे, अहिले चार दलका प्रमुख नेताहरूको प्रस्तुति र मनोविज्ञानमा तात्िवक अन्तर भेटिँदैन । सत्ताको उन्मादले तिनलाई जस्तो बनाएको थियो र बाहिरबाट हेर्नेहरूले पञ्चायतका अगुवाहरूलाई जस्तो देख्थे, ठ्याक्कै त्यही काँटी, कोटी र शैलीमा चार दलका अगुवाहरूलाई देख्न थालिएको छ । ........ ज्ञानको सत्ताप्राप्त व्यक्तिको उन्मादले ऊ आफैँलाई मात्र सिध्याउँछ भने धनको सत्ताका मालिकले परिवार मात्रलाई क्षति पु-याउन सक्छ, तर राजनीतिक सत्ताका मालिकमा पैदा हुने अहङ्कारले मुलुक नै बर्बाद गर्न सक्छ– - ........जुम्ला प्रशासन कार्यालयमा ‘कर्णाली प्रदेश’को साइनबोर्ड
सत्तामै रहेका व्यक्तिमा ‘म जे पनि गर्न सक्छु’ भन्ने भाव पैदा भयो भने त्यस्तो व्यक्तिको पतन नजिकिएको बुझ्नुपर्छ
..... बालीको पतनमा रामको छलकपटभन्दा बढी जिम्मेवार उनको आफ्नै दम्भ थियो । दुर्योधन र रावणको पतनमा पनि तिनका आफ्नै अहङ्कार कारण बनेर आएको हो । ....... ०५१ मा संसद्मा बहुमत प्राप्त हैसियतका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालामा उत्पन्न अहङ्कारले उनमा दुईतिहाई बहुमत प्राप्त गर्न सक्ने ‘आत्मविश्वास’ पैदा गरायो, कोइराला आफैँले गराएको निर्वाचनमा काङ्गे्रसलाई संसद्को दोस्रो शक्तिमा परिणत गरिदियो । ....... उनी कसैलाई देख्दैनथे–गन्दैनथे, आफ्नै पार्टीका नेताहरू कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहलाई समेत उनी परचक्री ठान्थे र उहाँहरूलाई आफ्नो हैसियत देखाइदिन गिरिजाप्रसाद मध्यावधि निर्वाचनमा गएका थिए । ....... ०६२ को राजनीतिक परिवर्तनपश्चात् सर्वशक्तिमान बनेका गिरिजाप्रसादमा उत्पन्न उन्माद स्मरणयोग्य छ । त्यसबेला कोइरालामा आफूले चाहे जेसुकै गर्न सक्ने भाव पैदा भएको थियो । तात्कालिक राजा ज्ञानेन्द्रले ‘पीएम तपाईंलाई जनताले भ्रष्टाचारी भन्दारहेछन्’ भनी भनेका कुराले कोइरालालाई क्रूद्ध तुल्याएको रहेछ । ....... युद्धनायकबाट प्रधानमन्त्री बन्दासम्म एमाओवादी अध्यक्ष प्रचण्डमा अहङ्कार बढेर उत्कर्षमा थियो । कुनै समयका गिरिजाप्रसादमा झैं प्रचण्डमा पनि ‘म जे पनि गर्न सक्छु’ भन्ने अहङ्कारपूर्ण भ्रम भएकैले प्रचण्ड सेनापति हटाएर राज्यसत्तालाई सम्पूर्ण रूपले आफ्नो काबुमा लिन अग्रसर भएका थिए । .......
आफूलाई सत्ताबाहिर राखेर कसैले सरकार चलाउन सक्ने कल्पना पनि प्रचण्डले गरेका थिएनन् ।
........ ०६५ पुस २ गते बिहान सात बजे बालुवाटारस्थित प्रधानमन्त्रीका रूपमा प्रचण्डसँग भेट हुँदा मैले उहाँलाई सेनासँग जिस्किनु गल्ती हुने र सेनापति रुक्माङ्गद कटवाललाई आफ्नो कार्यकाल पूरा गर्न दिनु उपयुक्त हुने राय दिएको थिएँ । प्रचण्डलाई मेरा सुझाव उपयुक्त लागेनन्, उनले भने, ‘यो सेनापतिलाई निरन्तरता दिनु उपयुक्त हुँदैन ।’ त्यसपछि मेरो प्रतिक्रिया थियो, ‘यदि सेनापति बदल्ने खेलमा लाग्नुभयो भने तपाईंले धेरै नराम्रो परिणाम भोग्नुपर्ने हुन्छ, तपाईं सकिनुहुन्छ ।’ .......... आफूपछि प्रधानमन्त्री बनेका माधव नेपालको सरकारलाई चुट्कीको भरमा विस्थापित गर्न सकिन्छ भन्ने विश्वासका कारण प्रचण्डले राजधानीकेन्द्रित अनिश्चितकालीन घेराउको आयोजना पनि गरेका हुन् । तर, प्रचण्डका कुनै पनि प्रयासले उनलाई सत्तामा पुनस्र्थापित गर्न सकेन । ....... सरकारलाई लागेको हुनसक्छ कि ‘टेकओभर’ गरेपछि सफल भइएन भने संवैधानिक राजतन्त्रमा सम्झौता हुन्छ, तर अब आन्दोलन सुरु भयो भने गणतन्त्रसम्म पुग्नसक्छ, संवैधानिक राजतन्त्रको बिन्दुमा सहमति हुन सक्दैन भन्ने मेरो भनाइको जवाफमा राजाले भने थिए–
सबै नेपालीले देश बनाउन पाउने मैले मत्र नपाउने ?
....... अहिले राष्ट्रियताको निम्ति जुर्मुराएका जनतालाई पनि नवमरिचमानहरूले ‘मुठ्ठीभर’ ‘प्रगतिमनकारी’ देखेका छन् ।
हाल तर्जुमा हुँदै गरेको संविधान जस्ताको त्यस्तै जारी हुँदा देश बहुआयामिक हिंसात्मक युद्धमा फस्ने देख्दादेख्दै पनि बलात्कारीको शैलीमा बलजफ्ती संविधान नामको एउटा खोस्टो सार्वजनिक गर्न उनीहरू जसरी कस्सिएका छन्, यसले तिनको नियतमाथि नै प्रश्न उठाउनुपर्ने भएको छ ।
........... अहिले पूर्णता दिँदै गरिएको संविधान उर्फ ‘चार नेताहरूको सुरक्षा कवच’ लाद्न प्रयास भइरहँदा प्रमुख नेताहरूका अभिव्यक्ति जुन स्तरको दम्भपूर्ण एवम् अहङ्कारजन्य देखिएको छ, यसले सम्बन्धित नेताहरूको पतन मात्र नभई देश बर्बादीको सङ्केत पनि गरेको छ ।
आन्दोलनको १२ औ दिन आन्दोलनकारीहरुले जिल्ला प्रशासन कार्यालयमा ‘कर्णाली प्रदेश’ लेखिएको साइनबोर्ड टाँगेका छन् । .... जिल्ला प्रशासनले कार्यालयदेखि एक सय मिटर परसम्मको क्षेत्र निषेधित क्षेत्र घोषणा गरेको थियो । साइनबोर्ड टाँगिएको आफूलाई थाहा नभएको प्रमुख जिल्ला अधिकारी दीपेन्द्रराज पौड्यालले बताए ।
मधेसमा विकसित नयाँ आत्मबोध
भिडन्त रोक, संवाद थाल
मधेसको उपेक्षा यस राष्ट्रको एकताको हत्या हो ।
मस्यौदाकारी पक्ष आफ्नो अनुकूलको संविधान ल्याउन स्वच्छन्द छन् । तर त्यसलाई सबै नेपालबासीमाझ स्वीकार गराउन स्वतन्त्र छैनन् । ....... मधेस विद्रोहलाई कुनै नेतृत्व वा सड्डठन विशेषले परिभाषित गर्न सक्दैन, नत सडकमा उर्लिएका जनआकांक्षालाई सम्झौताका केही बुँदाहरूको गोलघरभित्र सीमित गरेर राख्न नै सकिन्छ । ........ मधेसका दलहरू पनि सरकारमा सहभागी भए, तर पनि राज्य र मधेसको दूरी घटेन । सरकारमा पुगेर पनि बलियो सेतुको काम गर्न नसकेका मधेसी दलहरूलाई जनताले मतादेशमार्फत दण्डित गरे .......
मधेस विद्रोहपश्चात् प्रायोजित रूपमा थारु, मुस्लिम, दलित, पिछडा वर्ग, सन्थाल लगायतकालाई यो साझा पहिचानबाट पृथक देखाउने प्रयत्न गरियो
र जब मधेसी पहिचान अन्तरध्वंस हुने व्यूहमा फँस्यो, तब विस्तारै त्यसका मान्यताहरूलाई हरण गर्ने कुटिल प्रयत्नहरू हुनथाल्यो । ...... अहिले थारु, मधेसी, कोच, मुस्लिमले राज्यसँगको सङ्घर्षमा सहयात्राको संकेत दिँदा काठमाडौंले त्यसलाई विभिन्न अफवाहमार्फत कमजोर बनाउन चाहँदैछ । काठमाडौं चाहन्छ– यिनीहरू माझको सहयात्राले घनत्व प्राप्त नगरोस् । ..... एकथरी काठमाडौं सम्पोषितहरू भन्छन्– पहिला सीमाङ्कन गरेनौ भनेर विरोध गरे, अहिले सीमाङ्कन मिलेन भनेर विरोध हुँदैछ । .. यो त ‘बखेडा’ हो । ....... पहाड वा मधेस दुवैतिरका मध्यमार्गी नागरिक समाज यतिखेर चेपुवामा छन् । यसको प्रत्यक्ष परिणाम के देखिँदैछ भने ध्रुवीकृत हुँदै गएको राजनीतिले समाजलाई पनि विभाजित गर्ने खतरा छ । .....
काठमाडौंका एकथरीले भन्छन्– ‘मधेस टुक्रिन्छ भने जाओस् । सबैभन्दा बढी कोलाहल गर्ने समतल क्षेत्रलाई एउटै प्रदेशमा राखिदिएका छौं । जे मन लाग्छ, त्यो गरुन् ।
......... यता मधेसका एकखाले मध्यमार्गीहरूले समेत व्याख्या गर्न थालेका छन्, पहाडिया शासकीय अहंकारले घाँटीमा हात दिएर चौखटसम्म ल्याइपुर्याउँदा अब घरमा बस्ने अवस्था कहाँ रह्यो ? ...... सरकार र मस्यौदाकारी पक्ष केवल दमनको भाषा बोल्दैछ, भडकाउमा स्वयं उद्यत छ । यस्तो अवस्थामा राज्यमाथिको एकल सामुदायिक बर्चस्वलाई रूपान्तरण गर्न भइराखेका प्रयत्न ......
लोकतान्त्रिक फ्रेमवर्कभित्र मधेस विद्रोहको स्वीकारोक्ति, सम्मानजनक नागरिकता प्रावधान, जनसङ्ख्याको आधारमा प्रतिनिधित्व र सबल मधेस प्रदेशका रूपमा सीमाङ्कनको ढोका खोल्न सकिन्छ । चुरे पर्वत शृंखला तथा भित्री मधेस सहितको मधेस/थरुहट प्रदेश निर्माण गर्न सकिन्छ ।
खासगरी सीमाङ्कनको विषयलाई लिएर स्थानीय प्रतिवाद चर्कनु, सरकारले त्यसलाई साम्य पार्न गोली चलाउनु र नागरिक मारिने स्थितिसमेत आउनु दुर्भाग्यपूर्ण हो । ..... अहिले संघीय सीमाङ्कनका सवालमा आ–आफ्ना एजेन्डा अगाडि सारेर तराई–मधेस, मध्य–सुदूरपश्चिम र कर्णाली क्षेत्रमा निरन्तर भइरहेका प्रदर्शनलाई बेवास्ता गरेर संविधानसभाको प्रक्रिया टुंगिने देखिन्न । ....सार्क ‘इकोनोमिक युनियन’ मा जोड
संघीयताजस्तो राजनीतिक अधिकार विकेन्द्रित गर्ने पद्धति लादेर लागू गर्न सम्भव छैन, त्यसमा स्थानीय समुदायको अपनत्व गाँसिएको हुनुपर्छ ।
..... तथापि पहिचान र सामथ्र्यका पूर्वनिर्धारित मापदण्डमा आधारित हुनुको साटो कतिपय क्षेत्रको सीमाङ्कनमा केही नेताविशेषको रुचि जोडिएको सार्वजनिक भएपछि असन्तुष्टिको बीउ रोपियो । ..... मधेसको सबभन्दा पुरानो– सद्भावना पार्टी
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) लाई आगामी १० वर्षभित्र युरोपेली युनियन (ईयू) मोडलमा लैजाने विषयमा सार्क अर्थमन्त्रीस्तरीय बैठक केन्द्रित हुने भएको छ। ...... सार्कलाई आर्थिक संघ (इकोनोमिक युनियन) का रूपमा विस्तार गरी अघि बढाउन सार्क राष्ट्रका अर्थसचिवहरू सहमत भइसकेका छन्। ..... एक अर्का मुलुकमा आफ्नो मुद्रालाई सम्बन्धित मुलुकमा सहजै उपयोग गर्न मिल्ने व्यवस्था ..... सार्क देशहरूबीच लगानी सुरक्षा तथा प्रवद्र्धन सम्झौताको मस्यौदा ‘करेन्सी स्वाप एरेन्जमेन्ट’ र सार्क विकास कोषको उचित परिचालनबारे एक खाका तयार गरेका छन्। यसको सही परिचालन हुन सके सार्क युरोपेली युनियनभन्दा राम्रो विकास मोडल बन्न सक्नेछ। ..... ‘करेन्सी स्वाप एरेन्जमेन्ट’ सम्बन्धी सार्क देशबीच सम्झौता भएमा एक अर्काको देशमा सहज रूपमा मुद्रा प्रयोगमा ल्याउन सकिनेछ। जसले गर्दा युरोपेली युनियनको झैं पछि साझा मुद्रामा जानसमेत सहज हुने ...... ‘एसियाली पूर्वाधार लगानी बैंक तथा ब्रिक्स बैंक स्थापना भइसकेको अवस्थामा अब सार्क विकास बैंकभैरहवामा स्थिति नियन्त्रणबाहिर, ८ बजेदेखि कर्फ्यू लगाउने तयारी
संयुक्त मधेसी मोर्चाको बन्दले सप्तरी ठप्प
मोर्चाको बन्दले पूर्व–पश्चिम राजमार्गमा हजारौँ सवारीसाधन रोकी राखेका छन् भने राजमार्गका ठाउँठाउँमा बन्दकर्ता घुमिरहेका छन्। ..... त्यस्तै, मोर्चाका कार्यकर्ताले सप्तरीको सदरमुकाम राजविराजबाट चल्ने कुनै पनि लामो तथा छोटो दूरीका सवारीसाधन चल्न दिएका छैनन् भने राजमार्गअन्तर्गतको भारदह, कञ्चनपुर, रुपनी, कल्याणपुरलगायतका ठाउँमा ढुङ्गा थुपारेर सडक अवरुद्ध पारेका छन् ..... साथै, जिल्लामा रहेका कलकारखाना, उद्योग, बजार, पसल, शिक्षण संस्थासमेत बन्द रहेका बताइएको छ ।सांसद पाण्डेको प्रश्न: धनुषामा ४० पुल, १६ जिल्लामा ३५ पुल?
सांसद राजेन्द्र पाण्डेले धनुषा एउटा जिल्लामा ४० वटा पुल, १६ जिल्लाका लागि ३५ वटा पुल, यो कहाँको सन्तुलित विकासको अवधारणा हो भनी प्रश्न गरे। ...... सांसद प्रेम सुवालले सरकारमा गएका पार्टीले नेपालमा सियोसमेत बनाउन नसकेको भन्दै विद्युत्मा परनिर्भरता बढ्दै गएको, मन्त्रालयहरुमा पार्टी कार्यकर्ताको वर्चश्व बढेकामा आपत्ति जनाए। ..... ठेकेदारले धेरै कामको जिम्मा लिने तर कम काम गर्ने प्रवृत्ति रहेकोप्रधानमन्त्रीको अनुपस्थितिमा विशेष समिति अनिर्णयको बन्दीः भट्टराई
राम वरण ले डुबायो
राम वरण ले डुबायो।
राष्ट्रपतिले शीर्ष नेतालाई दिए गोप्य सुझाव
राष्ट्रपति डा. रामवरण यादवले सेना परिचालनको अधिकार राष्ट्रपतिलाई दिइनुपर्ने, संसद विघटनको अधिकार प्रधानमन्त्रीमा राखिनुपर्नेलगायत व्यवस्था नयाँ संविधानमा राख्न शीर्ष नेतृत्वसमक्ष सुझाव राखेका छन् । संविधानसभाबाट नयाँ संविधानका लागि मस्यौदा अन्तिम चरणमा पुगेका बेला राष्ट्रपति यादवले प्रमुख दलका शीर्ष नेतृत्वलाई गोप्य तरिकाले आफ्ना लिखित सुझाव बुझाएका हुन् । ..... त्यसमा उनले संविधान निर्माण प्रक्रिया, मौलिक हक, राष्ट्रपतिको व्यवस्था, कार्यकारी अधिकार, न्यायापालिका, सेना परिचालनलगायत विषयमा विस्तृतमा आफ्नो राय दिएका छन् । सेना परिचालनबारे भइरहेको अन्तरिम संविधानमा रहेको अधिकार झिकिएकोमा शितल निवास असन्तुष्ट छ । त्यसबारे शीर्ष नेताहरुको भेटमै चासो देखाएका यादवले बुझाएको १० बुँदे लिखित सुझावमा सेना परिचालनमा राष्ट्रपतिको भूमिका र आवश्यकताबारे विस्तृतमा खुलाइएको छ । ‘राष्ट्रिय सुरक्षा परिषद् र नेपाली सेना’ शीर्षकको ९ नम्बर बुँदामा राष्ट्रपति राष्ट्र प्रमुख हुनुका अतिरिक्त नेपाली सेनाको परमाधिपति पनि भएको कारणले नेपाली सेनाको परिचालन परमाधिपतिबाट हुनुपर्ने तर्क छ । ‘परमाधिपति एउटा पदाधिकारी हुने, तर अर्को निकायले सेना परिचालन गर्ने व्यवस्था व्यवहारिक र सन्तुलित दुवै हुदैन । फेरी सरकार राजनीतिक दलको हुन्छ । राष्ट्रपति र सेना दुवै दलको नभई देशको हुन्छ’, राष्ट्रपतिलाई अधिकार दिइनुको कारण खुलाउदै भनिएको छ । ...... नयाँ बन्ने संविधानको मस्यौदाले राष्ट्रपतिलाई सेनाको परमाधिपतिको रुपमा राखेपनि सेना परिचालनको भूमिका दिएको छैन । मस्यौदाको धारा २६२ ले नेपाल सरकारले सेनालाई कानुन बमोजिम विकास निर्माण र विपद व्यवस्थापन लगायतका अन्य कार्यमा समेत परिचालन गर्न सक्ने व्यवस्था छ । साथै सोही धारामा विपद व्यवस्थानमा नेपाली सेना परिचालन भएकोमा बाहेक राष्ट्रिय सुरक्षा परिषदको सिफारिस बमोजिम सेना परिचालन गर्ने नेपाल सरकारबाट निर्णय भएमा त्यसको एक महिनाभित्र संघीय संसदको विशेष सुरक्षा समितिमा प्रस्तुत भई अनुमोदन हुनुपर्ने उल्लेख गरिएको छ । अन्तरिम संविधानमा राष्ट्रपतिले अनुमोदन गर्नुपर्ने व्यवस्था छ ।
In The News (24)
बौद्धदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन् । 'शेर्पा स्वायत्त प्रदेश'को माग दोहोर्याउँदै राज्य धर्मनिरपेक्ष हुनुपर्ने भनेका छन् । ..... 'शेर्पा जातिले संविधान बनाएपछि गाई खाएको होइन, उहिल्यैदेखि खाँदै आएको जनावरलाई गैरकानुनी नबनाऊमात्र भनेका हौं,' नयाँ बानेश्वर चोकमा आयोजित सभालाई सम्बोधन गर्दै सभासद् आङटावा शेर्पाले भने, 'त्यसैले राष्ट्रिय जनावर एक सिंगे गैडा हुनुपर्छ भन्ने हाम्रो माग रहेको छ ।' आदिवासीले सांस्कृतिक पहिचान गुमाउन नसक्ने उल्लेख गर्दै अबको संघीय संविधानले शेर्पा जातिको पनि हुने बताए । जातीय पहिचान, जनसंख्याको आधारमा समानुपातिक र समावेशी प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने उल्लेख गरे । ...... 'सातजना एकै जातिका व्यक्तिले प्रधानमन्त्री भइसके भने अब आठौंले नाम दर्ज गर्दैछ,' झरी परिरहेको बेला नेता गुरुङले भने, 'तर देश उभो लाग्न सकेन । अब
यो देशलाई समृद्ध बनाउन आदिवासीको जिम्मा लगाऊ । हामी पन्ध्र वर्षमा समृद्ध बनाएर देखाइदिन्छ ।'
बामदेवजी, मलाई चाँडै कारवाही गर्नुस् : उपेन्द्र यादव
चार दलका दुईचारजना नेता बालुवाटारमा बस्छन्, उनीहरुको स्वार्थ कसरी परिपूर्ति हुन्छ, त्यसको आधारमा सहमति हुने गरेको छ, भोलिपल्ट त्यो सहमति पनि उल्टाउने गरेका छन् । ...... अहिले पनि संविधानसभाबाट संविधान बनाउने त भनियो तर सबै कुराको छिनोफानो बालुवाटारमा हुने गरेको छ । ...... राति १२ बजे नै किन सहमति हुन्छ ? दिउँसो किन सहमति हुँदैन ? यो पनि रहस्य कै विषय छ । ....... विगतको संविधानसभामा भएका सहमतिलाई पनि उल्टाइएको छ । अहिलेको अन्तरिम संविधानले संविधान निर्माणका लागि जुन मार्गदर्शन गर्दछ, त्यो संविधानका मूलभूत प्रावधान, जो संघीयता, समावेशी, पहिचान, धर्मनिरपेक्षतासँग सरोकार राख्छ, यी सबैलाई उल्टाएर संविधान निर्माण गर्ने मस्यौदा तयार पारिएको छ । यतिमात्र होइन,मुलुक संकटमा पर्ने प्रधानमन्त्रीको चिन्ता
चोरबाटोबाट संविधान जारी गर्ने प्रयास भइरहेको छ ।
...... यो मस्यौदा विभेदकारी पनि छ । लैंगिक, भाषिक, नागरिकताको असमानता र विभेद छ । सबै प्रकारका विभेदलाई मस्यौदामा निरन्तरता दिइएको छ । ...... संघीयतामा जाने भनियो तर राज्य पुनर्संरचना गरिएन । राज्य पुनर्संरचनाको कुरा संविधानसभाले पास गरिसकेको छ । त्यो कुरालाई उल्टाउन मिल्छ ? स्वायत्त मधेस प्रदेशसहित अन्य प्रदेशहरु पनि स्वायत्त हुनेछन् र ती प्रदेशहरु अधिकारसम्पन्न हुनेछन् भनेर विगतको संविधानसभाले सर्वसम्मतले पारित गरेको छ । यो कुरा अन्तरिम संविधानमा पनि छ । यो कुरालाई तीन–चारजना नेता बालुवाटारमा बसेर उल्टाउन मिल्छ ? ......... पुष्पकमल दाहाल .. दुई–तीनवटा कारण देखिए । पुनर्निर्माण प्राधिकरण बनाउने र त्यसको नेतृत्व आफ्नो पार्टीले पाउनुपर्ने एउटा कारण हो । त्यसभित्र रहेको रहस्यको कुरा गर्नुपर्दा, विदेशीहरुले प्रशस्त डलर वर्षाउँछन्, त्यसमा एउटाले मात्र किन रजाई गर्ने, आफू किन छुट्ने भन्ने नै हो । अर्को कारण सत्ताको बाँडफाँट नै हो । १६ बुँदे सहमति हुनु अघि तपाईहरुले पनि सुन्नुभयो होला, राष्ट्रिय सरकारको विषयमा सहमतिको कुरा खुब उठ्यो । फलानो व्यक्ति प्रधानमन्त्री हुने, किनकी ऊ पनि बिरामी छ, चाँडै सरकारको नेतृत्व गराईहालौं भन्ने कुरा भयो । अर्को कोही राष्ट्रपति हुने, कोही सभामुख हुने । यी सब कुरा गर्नका लागि त संविधान फेर्नु पर्यो । जसोतसो संविधान ल्याएर फ्यालिहालौं, जनता अहिले भूकम्पको मारमा छन्, तराईमा बाढी, पहाडमा पहिरो जान्छ, जनता आफ्नै समस्यामा जेलिएको मौका छोपेर सारा नियमहरुलाई निलम्बन गरेर फास्ट ट्रयाकबाट जसोतसो संविधान ल्याइहालौं भन्ने मानसिकता आफैंमा गलत हो । गलत मानसिकता बोकेर कहिल्यै पनि सही काम हुन सक्दैन । ......... चार दल मिलेपछि ‘चक्रवर्ती सम्राट’ भइन्छ, संविधानसभामा ९०–९५ प्रतिशत मत हुन्छ, कसले के गर्न सक्छ र ? भन्ने ठान्नुभयो उहाँहरुले । तर संविधानसभामा भएको संख्याभन्दा ठूलो संख्यामा जनता संविधानसभा बाहिर छन् भन्नेकुरा उहाँहरुले बिर्सिनु भयो । ....... अहिले उहाँहरुले ल्याउनु भएको ६ प्रदेश नाममात्रको प्रदेश हो । तिनीहरुको क्षेत्राधिकार हेर्ने हो भने विगतको जिल्ला पञ्चायतको भन्दा बढी छैन । सारा राजनीतिक शक्ति र स्रोतहरु केन्द्रको नियन्त्रणमा छ । ....... मैले उहाँका दुई–तीनवटा कुरालाई नजिकबाट अध्ययन गरिरहेको छु ।उहाँले आफ्ना नेताहरु भारतको जेलमा बन्दी भएका बेला पार्टीको लाइन फेर्नुभयो र आन्दोलनको दिशा बदल्नुभयो । नयाँ दिल्लीमा १२ बुँदे सम्झौता गर्नुभयो तर त्यो सम्झौता अघि पार्टीमा छलफल गर्नुभएन ।
......... पहिलो कुरा त हामी मधेसवादी होइनौं ।मधेसवाद के हो, त्यो मलाई थाहा छैन ।
मैले त मार्क्सवाद, पूँजीवाद, सामन्तवाद पढेको छु । मधेसवाद, काठमाडौंवाद, भक्तपुरवाद त्यो मैले पढेको छैन । ......... जसले मधेसवादको कुरा गर्छ, तिनैले यसको परिभाषा दिन सक्लान् । हामी समाजवादी हौं । ....... संघीयतामा ५, ६, ७ प्रदेश भन्नुको अर्थ छैन, यो अंक गणितको कुरामात्र होइन । मूख्य कुरा त, पहिलो संविधानसभा र पछि पनि सबै दल मिलेर राज्यपुनर्संरचनाबारे जे निर्णय भयो त्यो लागू हुनुपर्छ । त्यो कुरा त १६ बुँदे सहमतिमा पनि चार दलले गरेका छन् । पहिचानको पाँच आधार र सामर्थ्यका चार आधारमा टेकेर राज्यपुनर्संरचना गर्ने भन्ने निर्णय भएको छ । तर राज्यपुनर्संरचना गर्ने बेलामा ‘मेरो गाउँ यता पर्छ, यसलाई फलानो प्रदेशमा राख्नु पर्छ, यो मेरो ससुराली गाउँ हो, यसलाई पनि फलानो प्रदेशमा राखौं’ भन्ने आधारलाई प्राथमिकता दिइएको छ । तीन–चारजना नेताको व्यक्तिगत स्वार्थका आधारमा राज्यपुनर्संरचना गरिएको यथार्थ हो । पहिचानलाई मेटाउने कोसिस गरिएको छ । मगरातलाई दुई प्रदेशमा विभाजन गरियो, थरुवान राज्य दिन्छु भनिएकोमा अहिले त्यसलाई टुक्र्याइएको छ । पुष्पकमल दाहालजीले कैलालीमा आमसभा नै गरेर थरुवान जनसरकार घोषणा गरेको होइन ? जनकपुरमा जनसभा गरेर स्वायत्त मधेस प्रदेश नै घोषणा गरेको हो । ...... भोटको आधारमा कसलाई कति अधिकार भनेर नाप्ने संयन्त्र आधुनिक लोकतन्त्रमा हुँदैन । ........ संविधान बनाइहालौं, सरकारमा पुगिहालौं भन्ने बाटोमा उहाँहरु लागिरहनु भएको छ । ....... मधेसको मात्र कुरा होइन, जुम्लाजस्तो देशमा आज अनिश्चितकालिन कर्फ्यु लागेको छ । गोली चलेको छ । सुर्खेतमा गोली चलेको छ । .......मधेसको मात्र कुरा होइन, जुम्लाजस्तो देशमा आज अनिश्चितकालिन कर्फ्यु लागेको छ । गोली चलेको छ । सुर्खेतमा गोली चलेको छ ।
....... नदीनाला बेचेको कुरा आइरहेको छ, असमान सन्धी–सम्झौताको कुरा आइरहेको छ । सबै त उहाँहरुले नै गरेको हो नि । मधेसका मान्छे त सीमा क्षेत्रमा विना बर्दीका सिपाहीजस्तै देशको सीमा रक्षा गरेर बसेका छन् । सारा राष्ट्रघाती काम गर्ने को हो ? राष्ट्रियतालाई कमजोर गर्ने पनि उहाँहरु नै हो । मधेस, जनजाति, अल्पसंख्यकका मुद्दालाई सम्बोधन नगर्ने, श्रमजीवी, महिला वर्गका मुद्दालाई सम्बोधन नगर्ने हो भने राष्ट्र कमजोर हुन्छ कि बलियो हुन्छ ? .......हामी नेपालको सार्वभौमसत्ता, अखण्डतालाई अक्षुण्ण राखेर सबै प्रकारका विभेदलाई मेटाउन चाहन्छौं । तर उहाँहरु सत्ताका लागि जे गर्न पनि तयार हुनुहुन्छ । देशको चिन्ता उहाँहरुलाई छैन ।
......... मरता क्या नही करता ?’ दासत्वको जीवन बाँच्नुभन्दा संघर्ष गरेरै बलिदान दिनु ठूलो कुरा मान्छौं हामी । यो मुलुकमा अहिले मधेसी, आदिवासी, जनजाति, दलितहरु दासत्वमा बाँधिरहेका छन् । उनीहरुले अवसरमा समानता खोजिरहेका छन् । त्यसका लागि बाध्यभएर उनीहरु संघर्ष गरिरहेका छन् । अहिले सत्तामा हुनेहरुले पनि कतिपटक विद्रोह गरेकै हुन् नि । झापा काण्डमा मालेले, प्रजातन्त्रका लागि भएको आन्दोलनमा कांग्रेसले पनि हतियार उठाएकै हो । माओवादी त १५–२० हजारको नरसंहार मै सहभागी भएको हो । आफूले विद्रोह गर्दा हुने तर अरुले गर्दा नहुने ? शोषित, पीडित जनताको आवाज राज्य सुनेन भने विद्रोहको विकल्प रहँदैन । .......... संविधानको मूलभूत कुरामा उहाँहरुले पहिला नै हस्ताक्षर गर्नुभएको छ, आफैंले हस्ताक्षर गरेको कुरालाई अहिले आएर मान्दिनँ भन्ने र उल्टाउने, विश्वासघात गर्ने काम नगर पो भनेको हो त । .......नेपालको राजनीतिमा आफ्नै धर्तीबाट उठेको पहिलो आन्दोलन नै मधेस आन्दोलन हो । ५३ जना सपुतले सहादत प्राप्त गरेको र हजारौं घाइते भएको त्यो आन्दोलनलाई कसैले ‘हावामा मैले फु.. गर्दा आन्दोलन भयो’ भन्छ भने म पत्याउँदिनँ ।
......... तर अहिलेको राज्यको चरित्र सडकमा उठेका आवाजलाई बन्दुकको गोलीले दबाउन उद्यत देखिएको छ । तपाईसँग मैले कुरा गरिरहनुभन्दा एक घण्टा अघि सप्तरीमा प्रहरी परिचालन गरी एकजनाको हत्या भयो । ....... मधेस आन्दोलन मेरो पहिलो आन्दोलन होइन । त्यो आन्दोलनले नेपालको राजनीतिमा एउटा युगान्तकारी परिवर्तन ल्यायो । समावेशीता, आरक्षण, संघीयता, पहिचान, समावेशी लोकतन्त्रजस्ता नयाँ आधार मधेस आन्दोलनले नेपाली राजनीतिलाई दियो । मधेस आन्दोलनले मधेसको मात्र कुरा उठाएन, उसले हिमाली र पहाडी क्षेत्रमा पनि विभेदमा रहेका नेपालीको मुद्दालाई उठायो । ...... चुनाव र जनमत अलग अलग कुरा हो । जनताले आन्दोलन गरेर, बलिदान गरेर जनादेश आउँछ । तर भोट त्यसरी आउने होइन, त्यसमा मसल पावर, मनी पावर, राज्य संयन्त्रको पावरको पनि महत्वपूर्ण भूमिका हुन्छ ।संविधानसभाको दोस्रो निर्वाचनमा त सेना समेत प्रयोग भयो ।
संविधानसभाको दोस्रो निर्वाचनमा त्यस्ता पावर हामीसँग थिएन । अहिले चार दलसँग जनादेश होइन, मतादेश छ ।
प्रधानमन्त्री कोइरालाले ‘मर्ने मार्ने अवस्था’ राम्रो नभएको बताए।
सहमति कार्यान्वयन नहुन्जेल वार्ता हुन्नः मधेसी मोर्चा
सरकारसग २०६४ मा भएको आठबुदे सहमतिमा 'मधेसी जनताको स्वायत्त मधेस प्रदेशको चाहनालगायत अरु क्षेत्रका जनताको स्वायत्त क्षेत्रको चाहनालाई स्वीकार गरी नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र हुने, मधेसी, महिला, दलित, जनजाति, अल्पसंख्यकलगायतको समानुपातिक प्रतिनिधित्वअनुसार नियुक्ति सरुवा बढुवालगायत गरिने, समानुपातिक समावेशी सिद्धान्तअनुसार सेनामा समूहगत प्रवेश गराउनेलगायत सहमति भएका थिए । प्रस्तावित संविधानको मस्यौदामा विगतका सहमति छुटेको भन्दै मोर्चा आन्दोलनमा छ । आन्दोलनलाई लक्षित गरेर मोर्चाले केन्द्रीय उपचार समिति र केन्द्रीय आन्दोलन परिचालन र संयोजन समिति बनाउने निर्णय गरेको छ ।गृहमन्त्रीको पुतला जलाइयो, जनकपुरमा फेरी झडप
यसरी हुँदैछ ९ तिरबाट संविधानसभालाई घेराबन्दी
चार दलकै नेताहरुबाट अखण्डको मुद्दा उठाउन थालिएपछि संविधानसभालाई घेराबन्दी गर्नेहरुलाई हौसला मिलेको छ । ...... संविधानसभाको दोस्रो चुनाव वहिस्कार गरेका मोहन वैद्य र नेत्रविक्रम चन्दले शुरु देखि नै संविधानसभाको विघटन गर्दे सर्वपक्षीय राजनीतिकसभाको माग गर्दे आएका छन् । ....... संविधान आउने करिव–करिव निश्चित भएपछि पूर्वराजा ज्ञानेन्द्र शाह पनि संविधानसभाको घेराबन्दी गर्ने मोर्चामा खटेका छन् । शीतल निवास वाहिर उनको ‘चलखेल’ शुरु भैसकेको छ । उनी अहिले नयाँ संविधानमा राजसंस्थाको भूमिका स्थापित गराउन र नेपाललाई हिन्दु राष्ट्र बनाउन मिसनमा छन् । यसै क्रममा उनी २७ साउनमा गोप्य भेटघाटका लागि बैंकक पुगेका थिए । दरवार निटक स्रोतहरुले जनाए अनुसार त्यहाँ उनले दक्षिणी छिमेकीका प्रतिनीधिहरुसँग छलफल गरेका छन् । ..... भारतीय हिन्दुवादीहरुको समेत सहयोग पाएका नेपालका हिन्दुवादीहरु हिन्दु राष्ट्रको मागमा अडिग छन् । ...... ५–अमरेस–सिके : काग्रेसकै आधिकारिक निर्णयमा असन्तुष्टि राख्दै आएका काग्रेस सभासद् अमरेश सिंहदेखि देश टुक्राउने धम्की दिने सिके राउतसम्मका नेताहरु पनि संविधानसभा विरोधी मोर्चामा खटेका छन् । ...... मधेशी दल–जनताको समर्थननलिइ संविधान बनाउदा त्यसले भविष्यमा अफ्ठारो पार्न सक्ने चेतावनी भारतीय राजनीति तहबाट आईसकेको छ । ....... जस्तो की केही समय अगाडि भारत भ्रमण गरेका पूर्व प्रधानमन्त्रीद्धय प्रचण्ड र शेरबहादुर देउवासँगको भेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सवैलाई समेटेर संविधान जारी गर्न सुझाएका थिए, त्यसमा पनि मधेश–तराईका शक्तिहरुलाई नछाडन प्रष्टै भनेका थिए । ......
स्पष्ट सन्देश दिएका छन्–पहिला त संविधान जारी गर्न नै कठिन छ र दोस्रो, जारी भएपछि पनि उठने आन्दोलनको आगोले त्यो संविधान लागु गर्न सहज हुनेछैन ।
इन्सेकले सोध्यो–आन्दोलनकारीलाई गोली किन हानेको ?
जनताको मानवअधिकारको सम्मान गर्न ध्यानाकर्षण
प्रदर्शन नियन्त्रणमा लिने अन्य उपायहरू हुँदै गोली प्रहार गरिनु उपयुक्त नभएको‘५० लाख दिने निर्णय हामीले होस हवासमा गरेका हौ’ (अडियो कुराकानीसहित)
Wednesday, August 19, 2015
Federalism, Centripetal Force, Centrifugal Force
म चाहिं कहिले काहीं झुक्किन्छु। Centripetal Force, Centrifugal Force मध्ये कुन चाहिँ कुन भनेर। तर मैले यो कुरा ल्याएको नेपाल को संघीयता को छलफल को सन्दर्भमा।
Centrifugal Force ले केंद्र बाट बाहिर तिर फाल्ने। Centripetal Force ले केंद्र तिर तानने।
स्वस्थ संघीयता मा दुईटै चाहिन्छ र दुइ टै बीच बैलेंस मिलाउनु पर्ने हुन्छ।
केंद्र मा अहिले ८०० अरब को वार्षिक बजेट छ। त्यसलाई केंद्र बाट सकेसम्म पर पर फाल्नु पर्ने भो। पर पर भनेको स्थानीय स्तर सम्म भनेको, युपी बिहार भनला फेरि केपी बाजे ले। बजेट पनि शक्ति पनि, केंद्र बाट प्रदेश र स्थानीय तिर फाल्नु पर्ने भो। सीमांकन पनि मेरो त देशको १२५ जात समेटने किसिमको छ।
संघीयता मा बजेट बाडफाड़: ३३-३३-३४: केन्द्र प्रदेश स्थानीय
१ देश, १६ प्रदेश, २०-३० विशेष क्षेत्र, १००० गाउँ/नगर = १२५ जातजाति
अनि अर्को फ़ोर्स छ। अर्को दिशामा जाने। त्यो हो प्रत्यक्ष निर्वाचित वडा अध्यक्ष, मेयर, मुख्य मंत्री र प्रधान मंत्री।
संघीयता नचाहने हरु प्रत्यक्ष निर्वाचित प्रधान मंत्री भने पछि दंग पर्नु पर्ने तर उहुँ। छैन।
बाहुन हरु टाठाबाठा हुन्छन् भनेर त्यो नेपाल को बाहुन का बारेमा भनेको होइन होला।
उद्दण्ड मच्चाइ रहेको भारतीय बाबाजी
सरकारी पक्ष ले नै गैर कानुनी किसिमले जनता को पैसा खुवाएको एउटा ढोंगी बाबाजी देखाएर तीन दल का बाहुन ले मधेसी जनजाति लाई सो जा नहीं तो गब्बर आ जायेगा भनेर तर्साउन खोजने? अझ कमल थापा को पनि नाम मुछ्न भ्याएको! को मंत्री त्यो। सुशील ले फाल्नुपर्ने भो।
ज्ञानेन्द्र को डर छ?
कुरा सही रहेछ भने हामी संघीयता/समावेशीता को मुद्दा लाई एक छिन थाती राखेर गणतंत्र का लागि, लोकतंत्र का लागि फेरि एक पटक पहिला क्रांति गर्छौं। सक्छौं। हामी लाई डर छैन।
तर हाम्रा पनि इनफार्मेशन सोर्स हरु छन। हाम्रो इनफार्मेशन के छ भने ज्ञानेन्द्र रिटायर भएको मान्छे। मन मष्तिष्क सबैले।
रह्यो कमल थापा को कुरा। पारस बैंकक बाट फर्किन्दा एयरपोर्ट मा उ न गएको। यो त अस्ताएको सुर्य, यसको पुजा गरेर फाइदा छैन भनेर हेपेर एयरपोर्ट उ न गएको। यो चाकरी चापलुसी गरेको मान्छे। बलेको आगो थियो उसका लागि राजतन्त्र। अब आगो निभ्यो। राजतन्त्र उसका लागि कहिले पनि सिद्धांत थिएन।
कमल थापा लाई convince गरिएको होइन परास्त गरिएको हो भनेर म संघीयता वादी हरु लाई बारम्बार भन्छु। त्यो मान्छे को mindset केही change भएकै छैन। त्यति बेला पनि मानव अधिकार नमान्ने, अहिले पनि मान्दैन। धर्म निरपेक्षता त मानव अधिकार हो। त्यो उ मान्दैन।
संघीयता विरोधी लाई convince गर्ने होइन परास्त गर्ने हो भनेर मैले बारम्बार भन्छु। केपी ओली भो, राम चन्द्र पौडेल भो, यी बाहुन को घैंटो मा यो जुनीमा चाहिं घाम लाग्दैन। यी जस्ता लाई संघीयता को मुद्दामा convince गर्न खोज्ने मान्छे नै मुर्ख।
सो जा नहीं तो गब्बर आ जाएगा जस्तो बच्चा सँग गफ गरे जस्तो हेपेर गफ नगर्ने। बड़ो patronizing भो।
ज्ञानेन्द्र को डर छ? हाम्रो इनफार्मेशन त त्यस्तो छैन। तपाइँ को इनफार्मेशन कहाँ बाट आउँछ, कृपया थाहा पाऊँ।
बिचारा राजा मान्छे लाई गब्बर सिंह भन्दिएको?
जनता लाई ज्ञानेन्द्र सँग होइन एमाले का गुंडा हरु सँग डर लाग्ने गरेको छ। दैनिक। देश भरि नै। त्यो इनफार्मेशन तपाइँ सँग छ कि छैन?
राजा महेन्द्र, राजा वीरेन्द्र ले, राजा ज्ञानेन्द्र ले काँग्रेस पार्टी लाई समाप्त गर्न सकेनन्। हामी संघीयता वादी हरु काँग्रेस लाई सफाचट गरेर देखाइदिन्छौं।
नवराजा Mentality
ओली को नवराजा बोली
नवराजा हरु
बाबुराम भट्टराई डराउनु पर्ने कारण छैन
भारत बाट आउने भाड़ा मा उपलब्ध बाबा जी हरु
राजा होइन नवराजा हरु संग डर छ
भोजपुरा प्रदेश र मधेसी मुस्लिम
हामी सबै को बिभिन्न तहको परिचय हुन्छ। म एशियन हो। म साउथ एशियन हो। म जातले भारतीय हो। म जातले बिहारी हो। र त्यो कुनै abstract कुरा होइन मेरो लागि पिकासो को पेंटिंग जस्तो। लालु त्यहाँ मुख्य मंत्री हुँदा मेरो मामा शिक्षा मंत्री। अहिले पनि लालु को पार्टी को बिहार यूनिट को अध्यक्ष। एउटै त यूनिट छ पार्टी को। म संस्कृति ले मिथिलावासी हो। म नेपाल मा मधेसी हो। नागरिकता ले नेपाली हो। २००६ अप्रैल क्रांति का लागि फुल टाइम खटेको अमेरिका भरिको म एक्लो नेपाली नागरिक। त्यो खटेको नागरिक भएर। मैले पत्रकारिता गरेको छैन। मैले गरेको डिजिटल activism हो।
एउटै मान्छे भाइ हुन्छ, दाइ हुन्छ, बाउ हुन्छ, बाजे मामा हुन्छ, काका हुन्छ। हाम्रा परिचय बिभिन्न हुन्छन्।
काठमाण्डु मा नेवार हरुको जब शासन थियो त्यो सभ्य मानिस हरु को शासन थियो। उच्च किसिमको संस्कृति, समृद्ध समाज। दरबार मा मैथिलि भाषा लाई आदर। त्यति बेला देखि मुसलमान बस्न थालेका। तिन लाई मैले मधेसी नै मान्छु।
मधेस को दलित ले म एक दलित र अर्को नेपाली, मेरा इ दुई पहिचान भन्छ भने मेरो कुनै शिकायत शिकवा छैन। मुसलमान, थारु, यहाँ सम्म कि यादव लाई पनि छुट छ। यादव हरुको पनि आफ्नै विशिष्ट संस्कृति छ।
मैले प्रस्ताव गरेको संघीय नेपाल को नक्शा मा भोजपुरा प्रदेश छ। रौतहट तिर मुसलमान को बाक्लो बस्ती छ। भोजपुरा प्रदेश मा मुख्य मंत्री मुसलमान बनने संभावना ठुलो रहन्छ। मैले त्यो चाहेको। भोजपुरा प्रदेश को परिकल्पना मा त्यो मात्र कारण होइन। तर त्यो पनि एउटा कारण हो। सबै भन्दा ठुलो कारण त यो हो कि संघीयता मा प्रदेश को राजधानी धेरै टाढा हुनु हुँदैन। दिने ले उत्तर प्रदेश को उदाहरण दिन्छन्। त्यो राम्रो उदाहरण होइन। उत्तर प्रदेश लाई चार प्रदेश बनाइनु पर्दछ। अनि गरीबी कम भएर जान्छ त्यहाँ।
तर मुसलमान मधेसी हो। दलित मधेसी हो। थारु मधेसी हो। जनजाति हरु भेला हुँदा राई गुरुंग मगर ले थारु लाई मधेसी नै भनिरहेको हुन्छ। दलित संगठन हरु पहाड़ का विश्वकर्मा हरु ले खाएर बसेका छन। मधेस को डोम दुसाद को कुनै पुछारथ छैन त्यहाँ। दलित हरु भित्रै पनि पहाड़ी मधेसी विभेद छ।
देश मा पनि र प्रदेश मा पनि आरक्षण को कुरा गर्दा मधेसी केटेगरी मात्र राखेर पुग्दैन। प्रति व्यक्ति आय का हिसाबले नेपालमा नंबर वन मधेस का बाहुन, सब तिनको पोल्टामा जान्छ। जनगणना बैज्ञानिक हुनुपर्यो। आरक्षण पाउनु पर्ने हरुको बैज्ञानिक र तथ्यगत निरूपण गर्नु पर्ने भो। होइन भने मधेसी मधेसी भन्दै सबै झा र यादव को पोल्टा मा हालिदिने गल्ती गर्नु हुँदैन। तर त्यो सानो मसला हो। उचित समय मा त्यो हल गरौंला। अहिले त आरक्षण पहिला सुनिश्चित गरौं।
Democracy works for Muslims and how beautifully भन्ने कुरा हामीले भोजपुरा मा र नेपाल मा देखाएर विश्व राजनीति मा एउटा मिसाल कायम गर्नुछ। नेपालका मुसलमान ले विश्व भरिका मुसलमान लाई लोकतंत्र को शिक्षा दिउन। म चाहन्छु।
धर्म निरपेक्षता सिद्धांत हो विवाद होइन। धर्म निरपेक्षता भनेको वाक स्वतंत्रता जस्तो। धर्म निरपेक्षता बिना लोकतंत्र संभव छैन।
शेर्पा प्रदेश मा एउटा कोही बुद्धिस्ट मुख्य मंत्री हुनुले कति राम्रो सन्देश जान्छ! तर त्यो मुख्य मंत्री ले चुनाव जित्नु पर्ने भएको ले शिक्षा स्वास्थ्य इंफ्रास्ट्रक्चर मा राम्रो काम गर्ने मान्छे मात्र त्यहाँ पुग्ने र टिक्ने हुन्छ। शेरपा भाषा बोलेको हिसाब ले मात्र कोही टिक्दैन।
म पनि एक मधेस एक प्रदेश नै भन्छु। अहिले पनि भन्छु। त्यो भनेको मधेस को भौगोलिक एकता चाहिं कायम राख भनेको। झापा बाट चितवन समेट्दै कंचनपुर नै हो। तर त्यहाँ मेरो नक्शा मा सात प्रदेश छ। पर्वते immigrant हरु लाई पनि समेटेको छ। आएर बसेको छ त। त्यो यथार्थ face गर्दै तथ्यगत ढंगले नक्शा कोरौं। मेरो नक्शा पनि एक मधेस एक प्रदेश कै हो। तर मैले जिल्ला बाँकी राखेको छैन। जिल्ला भनेको एकात्मक व्यवस्था को बेबी किंग।
धर्म निरपेक्षता र मानव अधिकार
केपी ओली र धर्म निरपेक्षता
भारत बाट आउने भाड़ा मा उपलब्ध बाबा जी हरु
राज्य (state) को आफ्नो धर्म हुँदैन भनेको
धर्म परिवर्तन गर्न पाउनु मानव अधिकार हो
Dalit Liberation का उपाय
जबरजस्ती धर्म परिवर्तन गर्ने तरिका के हो?
कर्णाली ले पैसा पाउने कुरा
थ्रेसहोल्ड १% नै किन हुनुपर्छ?
पहिचान बिनाको संघीयता: पांग्रा बिनाको साईकल
संघीयता मा बजेट बाडफाड़: ३३-३३-३४: केन्द्र प्रदेश स्थानीय
१ देश, १६ प्रदेश, २०-३० विशेष क्षेत्र, १००० गाउँ/नगर = १२५ जातजाति
ठोस आंदोलन करो, दैनिक संगठन विस्तार करो
अब तो लक्ष्य सत्ता है। काठमाण्डु पर हम अपना झंडा फहराएंगे। उसके लिए संगठन विस्तार करो।
संघीयता लोकतंत्र का ही परिष्कृत रूप होता है। लोकतंत्र में शक्ति संगठन में है तो वो संगठन खुद लोकतान्त्रिक रहती है। लगन से काम करने वाले कोइ भी संगठन में नीचे से उपर जा सकते हैं। नेतृत्व का चयन लोकतान्त्रिक ढंग से होता है। खुला वादविवाद, तर्क वितर्क होता है, छलफल, विचार विमर्श होता है। लेकिन अनुशासन भी होता है।
हम अपने लिए समावेशीता मांग रहे हैं तो हम अपनों के लिए भी अपने संगठन के भितर समावेशीता बनाएंगे। कर्तव्य बनता है।
लोकतंत्र में संगठन ही शक्ति है। संगठन विस्तार करो। एका (एमाले काँग्रेस) को साफ करो।
आन्दोलन र संगठन विस्तार सँगै लान दैनिक वड़ा सभा
संघीयता पक्षधर ले संगठन विस्तार गर्ने सुनौलो मौका
क्रान्ति और संगठन
सीके राउत को मधेसी जनता लाई प्रमुख योगदान: शायद संगठन
कार्यान्वयन मा चुकेको सरकार लाई दफा गरौं
केन्द्रलाई घेर्ने मधेशको नयाँ रणनीति : भन्सारका गाडी रोक्न बाटोमै खाना, बाटोमै बास (फोटोफिचर)
बिगत ६ दिनको बन्दले भैरहवाको जनजीवन अस्तब्यस्त बनेको छ । बन्दकर्ता र प्रहरीको संयमताको कारण भैरहवामा अहिलेसम्म कुनै दुर्घटना भने भएको छैन । बन्दकर्ताहरुले दिनभरि बन्द गर्ने तर रातीमा प्रहरीले स्कर्टिङ्ग गरि भन्सारमा रोकिएका सवारीसाधन अन्यत्र पठाउने गरेपछि अहिले त्यसलाई रोक्न आन्दोलनकारी बाटोमै खाना पकाई खाने गरेका छन् । ...... मंगलबार साझ भैरहवामा यस्तै दृश्य देखियो । बन्दकर्ताहरु बाटोमै टेन्ट लगाएर आन्दोलन गर्ने सुरसार गरेपछि प्रहरीलाई राती सवारीसाधन कसरी निकाल्ने भनि चिन्ता थपिएको छ । ....... आन्दोलनकारीहरुले बाटोमै खाना पकाए, खाने थाल नभएर अखबार बिछयाएर त्यसैमाथि पनि खाना खाए ।
“हामी अहिले आफ्ना सन्ततिका लागी लड्दै छौँ, केही दिन दुःख गरेर अखबारमै खाए पनि केही हुन्न,” आन्दोलनका लागी धकधईबाट आएका बिद्या यादवले भने ।
....... अहिलेको आन्दोलनकेन्द्र घेर्ने
रणनितिमा रहेको आन्दोलनकारीले बताए । प्रहरीले राती–राती सुरक्षा दिएर केन्द्रतिर सामाग्री पठाइरहेको र त्यो रोक्न जे गर्न पनि तयार रहेको आन्दोलनकारीले बताए । “ज्यान जाला तर बाटो छोडदैनौ” भन्दै आन्दोलनकारी अहिले बाटोमै टेन्ट राखी सुत्ने गरेका छन् । ......... मंगलबार सद्भावना पार्टीले संविधान सभा छोडने उदघोष गरे पछि मधेशी आन्दोलनकारीहरु हौसिएका देखिन्थे । आन्दोलनलाई उत्कर्षमा पुर्याउन भनि मर्चवार, सुर्यपुरा र धकधई क्षेत्रबाट हजारौ प्रर्दशनकारी अहिले भैरहवा ओइरिएका छन् । ..... आन्दोलनका संयोजक संघीय समाजवादी फोरमका जिल्ला अध्यक्ष महेन्द्र यादवले बताए । ....... बन्दको कारण भैरहवा अस्त ब्यस्त भएको छ । भैरहवाका ब्यापारिक स्थानहरु ठप्प रहेका छन् भने औद्योगिक कोरीडोर पनि बन्द हुदा उद्योगीहरु मारमा परेका छन् । यता बन्दकर्ताहरु बाटोमै पकाएर खाए पनि बेलहियामा रोकिएर रहेको करिब ३ सय सवारी साधन प्रहरीले राती १२ बजे सुरक्षा दिएर काठमाडौं पठाइएको छ ।
नेपाल र चीन को बोर्डर पनि खुला गर्नु पर्दछ
In The News (23)
सङ्घीयताको सीमाङ्कनको पुनरावलोकनबारे सात घन्टा लगातार बैठक गरेका चार दलका शीर्ष नेतालाई पत्रकारले सोधे,संविधान सभाबाट राजिनामा दिने पार्टीको संख्या बढ्छ : अनिल झा
‘छलफल जारी छ, भोलि सहमति हुन्छ भन्नेबाहेक नयाँ कुरा के छ?’
नेताहरुको जवाफ आयो, ‘भोलि (बिहीबार)चाहिँ पक्का टुङ्गिन्छ।’ ...... नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले भने पाँचदेखि आठ प्रदेशसम्ममा जाने भन्ने विभिन्न प्रस्ताव प्रस्तुत भएको तर कुनै निर्णय नभएको बताए। छ प्रदेशमा जाने भन्ने पछिल्लो सहमतिपछि विभिन्न क्षेत्र र जिल्लामा भएका बन्द, हड्ताल र विरोधलाई कसरी सम्बोधन गर्ने भन्नेमै सबैको चासो रहेको पौडेलले उल्लेख गरे। उनले सुदूरपश्चिम र मध्यपश्चिमलाई एकै प्रदेश र राजधानीको थप नयाँ प्रदेश गरेर कूल छ प्रदेशमा पनि जान सकिने आफ्नो धारणा रहेको स्पष्ट गरे। .... एमालेका उपमहासचिव विष्णु पौडेलले ‘भोलि (बिहीबार) चाहिँ पक्का टुङ्गिन्छ र छ प्रदेशभन्दा माथि जाँदैन’ पत्रकारलाई आश्वस्त पारे
अध्यक्ष झाले भनेका छन्,‘मधेशको मागप्रति यस्तै लाचारि देखाउँदै जाने हो भने संविधान सभाबाट राजिनामा दिने पार्टीहरुको संख्या बढ्दै जानेछ । मेरो पार्टीले केही दिनमै संविधान सभाबाट राजिनामा दिन सक्छ ।’ ....... पहिलो संविधान सभाको समिति र आयोगले तयार पारेको प्रतिवेदनअनुसार सीमांकन हुनु पर्ने धारणा राखे । ...... अहिलेको प्रदेशको अधिकार जिल्ला विकास समितिको भन्दा कम भएको बताए । ..... उनले सबै निकाय संघीय हुनु पर्ने मिथिला र लुम्बिनी भएकादेखि मधेशी भएकोले उनीहरुलाई अंगिकृत नागरिकता दिने प्रावधान मान्यत नहुने चेतावनी दिए ।रात्रीबस लगायत सम्पुर्ण यातायात नचलाउन मोर्चाको आहवान
संयुक्त लोकतान्त्रिक मोर्चा पर्साले अनिश्चितकालीन मधेश तथा थरुहट बन्दलाइ अझ सशक्त बनाउने निर्णय गरेको छ । संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदिव यादवको अध्यक्षतामा सोमबार साझ वीरगन्जमा बसेको मोर्चाको बैठकले केन्द्रले आहवान गरेको अनिश्चित कालीन मधेस तथा थरुहट बन्दलाइ अझ सशक्त बनाउने निणय गरेको हो । साथै मोर्चाले वीरगन्जबाट सचांलित हुने सम्पुर्ण रात्री कालीन तथा दिवा सेवामा चल्ने वस तथा अन्य सार्वजनिक यातायातका साधनलाइ ठप्प पारी बन्दलाइ सफल गर्न मोर्चा अनुरोध पनिगरेको छ ।मोर्चाको बैठकले आपतकालीन मर्मत कार्यमा प्रयोग हुने विद्युत प्राधिकरणको गाडी , एम्बुलेन्स , दुग्ध तथा पत्रपत्रिका ओसार्ने गाडी , वारुण यन्त्र , विवाहका सवारीसाधन भने निर्वाध रुपमा सन्चालन हुन दिने निर्णय पनि गरेको फोरम नेपाल पर्साका अध्यक्ष यादवले जानकारी दिनु भयो । बैठकमा तराइ मधेश लोकतान्त्रिक पार्टीका पर्सा संयोजक पुरुषोत्तमलाल झा , फोरम नेपालका केन्द्रिय सदस्यद्धय करिमा बेगम र वीरेन्द्र यादव ,सदभावना पार्टीका केन्द्रिय सदस्य निजामुदिन समानी , जिल्ला अध्यक्ष इमदाद गद्धी , तराइ मधेश सदभावना पार्टी पर्साका सचिव श्रीराम गिरी लगायतका नेताहरुको सहभागीता रहेको थियो ।
अखण्ड बिखंड श्रीखण्ड हरुले थरुहट बारे बुझ्नु पर्ने कुरा
त्यस थरुहट प्रदेश को मुख्य मंत्री बन्न थारु हुनुपर्छ भन्ने छैन। लोकतंत्र हो। जसले वोट बटुल्छ उ मुख्य मंत्री बन्छ।
फेरि सिङ्गै केंद्र सरकार छ। थरुहट बाट जितेर केंद्र सरकारमा जाने पनि हुन्छ। केंद्र सरकार कै थरुहट प्रदेश भित्र प्रयाप्त उपस्थिति हुन्छ। संघीय नेपाल मा पनि केंद्र सरकार निकै बलियो रहन्छ।
कमैया प्रथा का दिन गए। अब एक अर्का लाई आदर गर्दै मिलेर बस्ने दिन आए।
कैलाली कंचनपुर थरुहट हो। चितवन थरुहट हो। नेवार को काठमाण्डु र थारुको चितवन, उस्तै उस्तै हो।
प्रधानमन्त्रीज्यू, के भारदहका मधेसीहरु बिहारी हुन् ? (घरघरमा गएर गोली र अश्रुग्याँस प्रहार)
धम्की कि रियालिटी : भोलीदेखि काठमाडौंलाई ‘गुडबाई’ गर्दै राजेन्द्र महतो
सद्भावनापथमा जाला अन्य मधेशी दल ?
सद्भावना पार्टीले संविधानसभाबाट राजीनामा दिने घोषणा गरे लगत्तै मधेशमा नयाँ तरंगको सृजना भएको छ ।
पटक–पटक संविधानसभाबाट राजीनामा दिने चेतावनी दिँदै आएका पार्टीका अध्यक्ष राजेन्द्र महतोले मंगलबार साँझ उक्त चेतावनीलाई सत्यतामा परिणत गरिदिए । महतो अब भोलीदेखि काठमाडौंलाई गुडवाई गर्दै मधेश केन्द्रीत आन्दोलनमा लाग्ने भएका छन् । .....
‘संविधानसभा त केवल म रोएजस्तो तिमी कुटेजस्तो गर्छु भन्ने मात्र भयो ।
संविधानसभामा जति नारा लगाए पनि जति जुलुस लगाए पनि शीर्ष दलहरुले गणितको अहंकारलाई न त्याग्ने देखियो । हाम्रो लागि त संविधानसभाको औचित्य नै समाप्त भएपछि संविधानसभा छाड्ने निर्णय गर्यौं ।’ महतोले यो निर्णय अकास्मात नभएर पार्टीले लामो समय छलफल गरेपछि लिएको बताए । ....... ‘हामी भत्ता र सत्ताको लागि किन संविधानसभामा बस्ने ? जनताले जे कारणले हामीलाई भोट दियो, त्यो कुरा नै संविधानसभाबाट प्राप्त नभएपछि त्यहाँ किन बसिराख्ने ?,’ महतोले भने, ‘हामीले मधेशको नाममा होइन, मधेशका लागि राजनीति गरेका हौं ।’ उनले मधेश आन्दोलनको माग, थारुहटको माग र अन्तरिम संविधानका उपलब्धि संकटमा परेकोले आफूहरु आन्दोलन गर्न बाध्य भएको जिकिर गरे । ...... यसो त मधेशी दलहरुलाई संविधानसभाबाट राजिनामा दिनका लागि ती पार्टीको भातृसंगठनहरुले निकै दबाब दिइरहेका छन् । विद्यार्थीदेखि जिल्ला कमिटीहरुबाट राजिनामा दिनुपर्ने मागसहितको ज्ञापनपत्र आउने गरेको महतो स्वीकार गर्छन् । ...... ‘सद्भावनाले राजिनामा दिएपछि अन्य मधेशी दलमा पनि दबाब बढेको छ । तर आजसम्मको क्रियाकलाप हेर्दा वहाँहरु राजिनामा गर्ने पक्षमा देखिनु भएको छैन । वहाँहरु बोल्ड डिजिसन लिन खै किन हो डराईरहनु भएको छ । हामीले त वहाँहरुले निरन्तररुपमा संविधानसभाबाट अब मधेशको माग पूरा हुनसक्दैन । आन्दोलन मात्र एक विकल्प हो भनेर भन्दै आइरहेका छौं ।’
‘थारू श्रीपेच विनाका राजाहरूको दास बन्न तयार छैनन्’
२०६९ जनगणना अनुसार यो समुदायको जनसंख्या
१७ लाख ३७ हजार ४ सय ७०
छ। पूर्वी चितवनदेखि कञ्चनपुरसम्मको भू-भागलाई थरूहट बनाउनुपर्ने लगायतको माग उनीहरूको छ। ...... आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष राजकुमार लेखी ..... ‘नेताहरूको यस्तो मनसाय पूर्वराजा ज्ञानेन्द्र, वीरेन्द्र र राणा शासनका श्री ३ हरूको जस्तो हो ।’ .... चार दलका मुख्य नेता श्रीपेच विनाका राजा बन्न खोज्दैछन्, यी श्रीपेच विनाका राजाका बन्दी भएर हामी बस्दैनौँ । .....
हामी २० औँ हजारको वलिदान दिएर आन्दोलन गर्न तयार छौँ ।
सबै खाले अतिवादी र अधिनायकवादी विचारलाई परास्त गर्न तयार छौँ । ..... दुई दशकअघिदेखि हामी अधिकारका निम्ति सडकमा छौँ । ...... सवाल समानुपातिक समावेशीताको हो । अब सिंहदरबार मोडेलको शासन प्रशासनले यो मुलुक चल्दैन । एउटा प्रधानमन्त्रीको ठाउँमा ६ वटा प्रदेश बनाएर ६ वटा मुख्य मन्त्रीको कुर्सी आविष्कार गरेर देश बन्दैन । ६ वटा नेतालाई मुख्यमन्त्रीको सुविधा दिन हामीले बलिदान गरेका हौँ र ? ..... राज्यको सबै अंगमा हाम्रो प्रतिनिधित्व जनसंख्याको आधारमा हुनुपर्छ । हाम्रो भाषा उपेक्षित भयो । हाम्रो संस्कृतिलाई तिरस्कार गरियो ।
हामीलाई पाँचौँ/छैठौँ दर्जाको नागरिकको रूपमा राज्यले व्यवहार गर्यो ।
राज्यका सबै अंगले पनि त्यही व्यवहार गरे । त्यो सबै विभेदको अन्त्य हामीले नयाँ संविधानमा चाहेका छौँ । ...... जति पनि नेपालका निकाय छन् । अब बन्ने जति पनि निकाय हुन्छन् ती सबै ठाउँमा पुनर्संरचना गरिनुपर्छ । हरेक राज्यको अंग र निकायमा गाउँघरका जनताको पहुँच पुग्नुपर्छ ।
काठमाडौँले पाउने सेवा सुविधा गाउँघर आँगनसम्मै पुग्नुपर्छ ।
...... ‘यदि तपाईंहरूलाई अखण्ड शब्द मन पर्छ भने तपाईंहरू खुलेर भन्नुहोस् हामी राजा महेन्द्रका समर्थक हौँ । उनका अनुयायी हौँ । श्री ३ हरूका अनुयायी हौँ । श्री ५ महाराजाधिराजका अनुयायी हौँ । उनीहरूका समर्थक हौँ । त्यसकारण हामी फेरी पञ्चायती शासन चाहन्छौँ । हामी फेरी राणाशासन चाहन्छौँ ।’ ...... शेरबहादुर देउवा, भीम रावल, लेखराज भट्ट, रमेश लेखक जस्ता मान्छेहरू मुखले संघीयताको कुरा गर्छन् । व्यवहारमा संघीयताको घाँटी निमोठ्ने काम गरिराखेका छन् । लोकतन्त्र र गणतन्त्रको कुरा गर्ने अनि व्यवहार अर्कै प्रस्तुत किन हुँदैछ ? यो दहीच्यूरे कुरा भयो । ..... यो आन्दोलन माटोको आन्दोलन हो । यो माटोमा हामी जन्मियौँ, तर जन्मिदै विभेदमा पर्यौँ । मैले बोल्ने भाषा, मैले लाउने पोशाक, मैले खेल्ने हाँस्ने संस्कृति यो सबै उपेक्षित भयो र विभेदमा पर्यो । ...... यो कसैको इशाराको आन्दोलन होइन यो आन्दोलन माटोको उपज हो । जसले हाम्रो आन्दोलनलााई कसैको इशारामा भन्दैछन्, उनीहरूलाई मेरो प्रश्न छ, के हामी दिल्ली वार्तामा गएका छौँ ? दिल्ली अथवा बेइजिङ वा वासिंटनबाट को—को सञ्चालित छन् भन्ने कुरा जनताका बीचमा घाम जत्तिकै छर्लंग छ । ......यो देशका नेता नालायक मात्र म भन्दिनँ, यी नेताहरू नालायक भन्न पनि लायक भएनन् ।
यी चार नेता कठपुतली हुन् । त्यसैले यिनीहरू आफ्नो विवेकले काम गर्दैनन् । ......नेपालको आदिवासी जनजाति आन्दोलनलाई मूलधारको आन्दोलन बनाउनु पर्छ । मूलधारको आन्दोलन नबनाउँदासम्म नेपालको समग्र आदिवासी जनजातिको आन्दोलनले सफलता प्राप्त गर्न सक्दैन ।
यो कुरा गर्दै गर्दा मलाई कतिपय साथीहरू फरक धारको कुरा गर्यो भन्छन् । .......... राजकुमार लेखी नै आदिवासी जनजाति महासंघमा पुग्नै पर्ने अनि थारू नेतृत्वमा पुगेपछि मात्र थारूका कुरा बोल्नु पर्ने ? पहाडका जनजाति नेताहरूले कमैया र कमलरीका बारेमा किन बोल्न सकेनन् ? थारूको बारेमा किन बोल्न सकेनन् ? अनि थारूलाई जबरजस्ती मधेसीको पहिचान भिराउँदा र मधेसीको पहिचान थोपर्दा यो देशका ती नेताहरूको कान कहाँ थियो ? ...... पहाडे आदिवासी जनजातिराई, गुरूङ, मगर
समुदायका जो आफूलाई सिंगो आदिवासी जनजाति महासंघको मसिहा मान्छन्, तिनीहरूको पनि सामन्ती र गलत चिन्तनको म सधैँ विरोध गर्दै आएको छु । पद्मरत्न तुलाधरको आन्दोलन सुरू भयो । त्यहाँ थारू आन्दोलनको माग बुँदा कहाँ समेटिएको छ ? ........ हामी उहाँहरूबाट ठूलो आश छैन, तर कुनै न कुनै रूपमा अधिकांश थारू सभासद्हरूको आन्दोलनमा समर्थन छ । उहाँहरूको बाध्यता होला, पार्टीको आदेश होला । त्यसकारण हामीले सरकारी जागिर खाने अनि राज्यको सुविधा र भत्ता खाने मान्छेसँग धेरै अपेक्षा गर्नु कमजोरी हुन्छ । ........ सडकमा र मैदानमा उहाँहरूबाट हामीले धेरै अपेक्षा गर्नु हुँदैन र गरेका पनि छैनौँ । ....... राणा शासन त जनताले फाले अनि चार नेता जो श्रीपेचविनाका राजा बन्न खोज्दै छन्, यो मूर्खता हो । ...... अहिंसात्मक आन्दोलनमा त्यो तागत हुन्छ, जुन आन्दोलनले हतियार, सेना, बन्दुक, गोला बारूद सबैलाई परास्त गर्न सक्छ । हामीसँग त्यो तागत छ । थारू समुदाय सँग त्यो तागत छ । ......हामी सीमाङ्कनको मात्र कुरा गरिराखेका छैनौँ । नामाङ्कन सीमाङ्कन, समावेशिकरण, धर्म निरपेक्षता, संघीयता, राज्यको सिंगो पुनर्संरचना । राज्यको पुनर्संरचना भनेको प्रदेशको नाम बनाएर मात्र हुन्छ र ?
...... सोच्दै नसोचेको ६ प्रदेश आयो । यही माओवादी होइन १४ प्रदेश र १२ प्रदेशको कुरा गर्ने ? यही कांग्रेस र एमाले होइन ८ र १० प्रदेशको कुरा गर्ने ? ..... देश बनाउन हामीलाई दिए हुन्छ । विश्वास गरेर दिनुहोस् । २० वर्षमा देशलाई कायापलट गरीदिन सक्छौँ । ६ प्रदेश मात्रै होइन, हामी २५ प्रदेश बनाएर चलाइदिन सक्छौँ । ..............के हिजो यी दलहरू जुन ऐजेन्डा बोकेर जनताको बीचमा भोट माग्न गएका थिए, के त्यो अनुसार संविधान बनाउँदै छन् त ? कदापी छैन ।
हिजो भोट माग्दा अर्को कुरा गरे, अहिले अर्को नै संविधान बनाउँदैछन् । जनतालाई ढाट्दैछन् । जनतालाई बेवकुफ बनाउन खोज्दैछन् । ...... जहाँसम्म संख्याको कुरा छ, हिजो माओवादी कति थिए ? कांग्रेस एमाले कति थिए ? जतिबेला नेपाली कांग्रेस यो देशमा परिवर्तनका लागि आयो, त्यतिबेला कांग्रेस कति थिए ? जम्मा एक दुई दर्जन नेता मात्र थिए । कम्युनिस्ट पार्टीको जन्म हुँदा पनि एक दुई दर्जन मात्र मान्छे थिए । माओवादी जनयुद्ध हुँदा कति जना मान्छे थिए ? यही रत्नपार्कमा यही बागबजारमा त्यही २५ जनाको जुलुस हुन्थ्यो । भीडको कुरा होइन एजेन्डाको कुरा हो । अधिकारको कुरा हो । ............ अहिंसात्मक हुन्छ र कसैले हामीलाई चुनौती दिन खोज्यो भने इँटको जवाफ पत्थरले दिन्छ । ... यी चार नेता अर्थात् चार दल प्राइभेट लिमिटेडले हाम्रा माग पुरा नगरी धर पाउँदैनन् । .......सात दशक बढी लामो संघर्ष र बलिदानाट आएको उपलब्धिलाई त्यसै खेर जान दिदैनौँ ।
स्वायत्त शेर्पा प्रदेश बिना संघीय नेपालको कल्पना गर्न सकिन्न्न
सेर्पा प्रदेश बिनाकाे संविधान स्विकार नगर्ने उद्घाेषका साथ सेर्पाहरुले अाज काठमाण्डाैमा बिराेध जुलुस निकालेका छन । भाद्र २ गते काठमाण्डाैकाे बाैद्दबाट ११ बजे निकालेकाे याे जुलुसकाे भिडीयाे मैले चाबहिलमा छायाङकन गरेकाे हुँ । याे जुलुस बानेश्वरमा पुगेकाे पछि जनसभा अायाेजना गरि सम्पन्न हुने छ । याे भिडियाे सबैले सेयर गरि सक्दाे प्रचार प्रसार गर्न सहयाेग गरि दिनु हाेला । सेर्पा प्रदेश जिन्दावाद ।।।
Posted by Pasang Sherpa on Tuesday, August 18, 2015
दुनिया भरि नेपाल र नेपाली लाई चिनाउने काम गरेको छ शेरपा ले। त्यसै शेरपा ले नेपाल भित्र भने पहिचान नपाउनु? स्वायत्त शेरपा प्रदेश बिना संघीय नेपालको कल्पना गर्न सकिन्न्न।
धान्न सक्दैन भन्छ बाहुन ले। शेरपा को पर्यटन ले सारा काठमाण्डु धानेको छ, शेर्पा प्रदेश धान्न सक्दैन?
नेताका घरमा खोजीखोजी आगो लगाउने पासाङ शेर्पाको धम्की
सामाजिक लोकतान्त्रिक पार्टीका नेता पासाङ शेर्पा प्रदेशबिनाको संविधान जारी गर्ने कार्यमा संलग्न नेताका घरमा आगो लगाउने धम्की दिएका छन् । बानेश्वरमा मंगलबार भएको विरोध सभामा बोल्दै शेर्पाले
आफूहरुलाई सिध्याउन खोज्नेलाई सिध्याएरै छाड्ने
चेतावनी दिए । ...... ‘हामीलाई सिध्याउन खोज्नेलाई कुनै पनि हालतमा आनन्दले सुत्न दिँदैनौं’, शेर्पाले भने, पहिचानविरोधी र शेर्पाहरुको अधिकारबिनाको संविधानमा हस्ताक्षर गर्ने नेताका घर खोजीखोजी आगो लगाउने दिन आउन सक्छ ।’ ...... उनले शेर्पा स्वायत्त प्रदेश नभए नाम्चे र लुक्लासहित शेर्पा समुदाय बस्ने स्थानमा रहेका विमानस्थल, यातायात र पर्यटकबाट आफूहरुले नै राजश्व उठाउने चेतावनीसमेत दिए । अधिकार प्राप्तिका लागि आन्दोलनमा होमिन उनले शेर्पा युवा र धर्म गुरुहरुलाई समेत अपिल गरे । .....
आन्दोलनमा आउँदा पक्राउ परे संसारभर छरिएर रहेका शेर्पाहरुले पक्राउ पर्नेका छोराछोरी पालिदिने
घोषणासमेत उनले गरे । शेर्पाले प्रमुख चार दलका शीर्ष नेताको नामै लिएर अपराधीको आरोप लगाए । उनले देश बर्बाद हुनुमा प्रमुख दल र ती दलका नेता जिम्मेवार रहेको बताए ।












