Thursday, March 10, 2016

Nepal News (9)

मलाई फँसाइयो : सलमान खान
[विचार] सन्धिले चोइटयाएको नेपाल
प्रस्तावित सन्धिमा पश्चिमतर्फ महाकाली नदीदेखि सतलज/काँगडा र पूर्वतर्फ मेचीदेखि टिस्टासम्म अनि चुरे सिवालिक पर्वतदेखि दक्षिणतर्फको मैदानी भाग नेपालले अंग्रेजलाई सदाका लागि छाड्नुपर्ने उल्लेख गरिएको थियो । .... मकवानपुरको सुगौलीमा रहेको अंग्रेजको क्याम्पमा गई नेपालका तर्फबाट सन्धिमा काउन्टर हस्ताक्षर गरी इस्ट इन्डिया कम्पनीका प्रतिनिधि महाराज्यपाल डीडी अक्टरलोनीलाई हस्तान्तरण गरे । ..... यो सन्धिबाट नेपालको एक तिहाइ भू–भाग चोइटिएर फुत्क्यो । परिणामत: नेपाल तराईविहीन भएको थियो । ..... नेपाललाई करकापमा पारेर सन्धि गर्न लगाइएको कुरा स्वयम् अंग्रेजलाई पनि महसुस भएको थियो । त्यसैले बेखुस भारदारहरूलाई निवृत्तिभरणका रूपमा वितरण गर्न प्रतिवर्ष २ लाख रुपियाँ नेपाललाई प्रदान गरिने कुरा सन्धिको धारा–४ मै उल्लेख गरियो । ...... सुगौली सन्धिपछि नेपालमा बेलायती ‘लिगेसन’ स्थापना भयो । परिणामत: अंग्रेज रेजिडेन्ट काठमाडौंमा बस्न पाउने व्यवस्था भयो । यसबाट नेपालको राष्ट्रियता र सार्वभौमिकतामाथि अप्रत्यक्ष रूपले आँच आउन सुरु गर्‍यो । ..... ब्रिटिस गोर्खा रेजिमेन्ट स्थापना गरी गोरखा सैनिक भर्ती गर्ने गरियो । यस्ता नेपाली गोरखा सैनिकले बेलायतका लागि जीउज्यान दिनुपर्ने प्रावधान बन्यो । ..... सुगौली सन्धिले चोइटयाएर नेपाललाई तराईविहीन बनाउँदा मर्कामा परेको रहेछ भन्ने अंग्रेजको दिमागमा परिरहेका कारण सन्धि भएको ९ महिनापछि राप्तीदेखि कोसीसम्मको समथर तराई भू–भाग फेरि नेपालमा नै जडान हुन आइपुग्यो । यसका कारण नेपाललाई प्रतिवर्ष दिइने दुई लाख नगद दिन बन्द गरियो । .... यो सन्धिले गर्दा नेपाल राष्ट्र नै अपमानित र अपहेलित भएको कुराले वीर योद्धा अमरसिंह थापाको मनमा चस्का परेकोले गोसाइँकुण्डमा गएर उनले त्यहीं देहत्याग गरेका थिए ।
विकल्पको परिकल्पना
केपी शर्मा ओली नेतृत्वको गठजोड पाकेको आँप हो कि कुहिएको स्याउ ? ..... एउटा बाजी पल्टिँदैमा सिद्धहस्त खेलाडीहरू विचलित हुँदैनन् भन्ने भनाइलाई आत्मसात गर्दै पटक—पटकको पराजयपछि पनि देउवा आत्तिएनन् । उनले दलभित्र निरन्तर एउटा विकल्पको रूपमा आफूलाई प्रदर्शित गर्दै रहे । ....... देउवालाई मधेससँगको आफ्नो सम्बन्धलाई परिभाषित गर्ने अवसर आइपुगेको छ । उनले आँट गर्नसके मधेसका बाँकी रहेका सवालहरूको सहज व्यवस्थापनको चुकुल खोल्न सम्भव हुन्छ । हिजोको दिनमा मधेससँग जोडिएका उनका रचनात्मक अभिव्यक्तिहरूलाई पनि दलीय चुनावको पासोका रूपमा कतिपयले हेर्ने गर्थे । ...... कांग्रेसको सारथीको रूपमा देउवाले मधेसलाई मूलधारको राजनीतिसँग कसरी इन्गेज गर्छन् र मधेसलाई काठमाडौंप्रतिको आकर्षणलाई जीवन्त राख्छन् । त्यसमा नै उनको राजनीतिक भविष्य टिकेको छ । ...... अहिलेसम्मको समग्र भूमिकामा एमाले पंक्ति मधेस सवाल व्यवस्थापन गर्नमा उत्साहित छैनन् ..... महाधिवेशनताका संविधान निर्माणको प्रमुख श्रेय कांग्रेसले लिएको प्रचुर प्रचारबाजी आफैंले गरेको छ .... आन्दोलनको मध्यान्तरमा रहेको मधेसले कांग्रेसका इकाइगत अधिवेशनहरू प्राय:गरी सहज रूपमा सम्पन्न गर्ने छुट दिएको छ ..... मुलुकको आन्तरिक राजनीति असन्तुलित रहेसम्म विदेश नीति सन्तुलित हुनसक्दैन । उनको नेतृत्वको सरकारबारे उनकै दलभित्र असन्तुष्टिका स्वरहरू प्रशस्त उठ्न थालेका छन् । ..... प्रचण्डले पनि कांग्रेसको महाधिवेशनसँगै राष्ट्रिय सहमतिको सरकारको तुरूप फालेका छन् । यस परिप्रेक्ष्यमा मोटो बुझाइ के छ भने कांग्रेस अब सरकार निर्माणको राजनीतिमा केन्द्रित हुनेछ । ..... राष्ट्रिय सहमतिको राजनीति भनेको राष्ट्रिय सहमतिको सरकार होइन । ..... एकजना घरधनीले आफूलाई दूध ख्वाउने इच्छा नहुँदा तातेको दूध बिरालोको सामु राख्यो, अनि बिरालो हत्तनपत्त दूध खान जाँदा मुख पोल्यो । ....हो, त्यसैगरी आन्दोलनरत मधेसी दलले एकपटक प्रधानमन्त्रीको निर्वाचनमा कांग्रेसलाई सहयोग गर्न पुगे, तर अहिले उनीहरूको अवस्था मुख पोलेको बिरालोको जस्तै भएको छ ।

Today in mahottari district court Govt. Of nepal have lodged a criminal cases against me of killing of a police sub...

Posted by Devendra Yadav on Thursday, March 10, 2016
Terraforming Mars: Turning the Red Planet Green

Here's how scientists think we could turn Mars into Earth 2.0...

Posted by Futurism on Tuesday, March 8, 2016


देउवाका दायित्व
गिरिजाप्रसाद कोइरालाले पहिलो राष्ट्रिय जनआन्दोलनपछि आफ्नो जीवनको अन्त्यसम्म नै कांग्रेसलाई आफ्नै शैलीमा हाँक्नुभयो । त्यसपछि पार्टी नेतृत्वमा अवतरित भएका सुशील कोइरालाले पनि झन्डै-झन्डै गिरिजाप्रसाद कोइरालाकै शैली पछ्याए । ...... सरकारले राहतमा राजनीति गरेको उजागर हुँदै आएको छ । नाकाबन्दीका नाममा सुरु भएको इन्धन तस्करीले संस्थागत रूप लिएको छ । ....... राज्यका उत्तरदायी पदमा बसेका व्यक्तिहरू नै समानान्तर अर्थव्यवस्था प्रोत्साहित गर्दैछन् । मधेस आन्दोलनका माग र मधेसका समस्यालाई सम्बोधन गर्ने मामिलामा सरकार निरपेक्ष र मौन रहेको छ । नाकाबन्दीको अन्त्यपछि आन्दोलन सकिएको भ्रममा बाँचेको छ, सरकार । ..... भारतसँग सम्बन्धमा सुधार नआएसम्म चीनसँगको सम्बन्धमा स्वाभाविक सहजता आउन नसक्ने कुरा बिर्सिएका छन्, सरकारका नेताले । ..... एक त विकृतिको डुंगुरमा उभिएको सरकार धेरै दिन चल्दैन । अर्को, वर्तमान सरकारका प्रमुख निर्माता एकीकृत माओवादीका अध्यक्ष स्वयंले राष्ट्रिय सहमतिको सरकार बनाउने नाममा त्यस्तो कसरत सुरु गरिसकेका छन् । लोकतन्त्रमा राष्ट्रिय सहमतिको सरकार हुँदैन । ...... देउवा स्वयं नै ठूला दलहरू मिलेर सरकार चलाउने अवधारणाका विरुद्ध छन् । यसको अर्थ हो,

कांग्रेस र एमालेबीच नयाँ गठबन्धनको सम्भावना क्षीण देखिएको छ ।

...... नेपाली मधेसको समस्यालाई भारतसँग जोडेर हेर्ने जुन प्रवृत्ति देखिएको छ, त्यसलाई निरुत्साहित नगरेसम्म मधेसको समस्या टुंगिँदैन । सभापति देउवाले पार्टीको कार्यसूची तयार गर्दा भुइँचालो पीडितलाई राहत र मधेसको समस्यालाई उच्च प्राथमिकतामा राख्नुपर्छ । ..... अघिल्लो नेतृत्वले भूमिकाविहीन बनाएका कांग्रेसीजनलाई यथोचित भूमिका दिनसके
प्रधानमन्त्रीलाई मोर्चाले शुक्रवार ध्यानाकर्षण गराउदै ।
मोर्चाले प्रधानमन्त्रीलाइ गराउन लागेको ध्यानाकर्षण मोर्चाको पुन आन्दोलनमा जाने रणनिती तहत भएको बताए । यस अघि बसेको मोर्चाको बैठकले आफनो सचिवालयलाई अगामी आन्दोलनको रणनिती र प्रधानमन्त्रीलाइृ दिने ज्ञापन पत्र बनाउने जिम्मा दिएका थिए ।
[अन्तर्वार्ता] पार्टीबाहेक मेरो कुनै स्वार्थ छैन : देउवा
देउवाले १८२२ मत प्राप्त गरे भने पौडेलले १२९६ मत ल्याए
कुवेतमा नेपाली चेली बलात्कृत

No comments: