Saturday, March 12, 2016

मधेस आंदोलन: तर्क को बल कि शक्ति को बल?

बल भनेको हिंसात्मक बल होइन। अहिंसा को बल को कुरा छ। बंद हड़ताल भनेको, धर्ना जुलुस भनेको अहिंसाको बल हो। मधेस आंदोलन: तर्क को बल कि शक्ति को बल? सोध्नु पर्ने भएको छ। किनभने ११ बुँदे बारे मधेसी मोर्चाले तारंतार तर्क हरु अगाडि सार्ने गरेको देखिएन। विपक्षी को तर्क हरु खोज्दै खोज्दै हिड्नु पर्ने बेला हो यो।

संविधान सभाको प्रक्रिया मिचेकोले सभा भित्र हुनुपर्ने तर्क वितर्क बाहिर हुँदैछ। व्हिप जारी नगरी, अझ ६ महिना बुंदा बुंदा मा तर्क वितर्क मतदान हुँदै अगाडि बढ्नु पर्ने संविधान सभा।

आफु एक तिहाई को अल्पमत मा हुँदा नमानेको ११ बुँदे, र सफलतापूर्वक नमानेको। यही शक्ति हो। भने पछि रणनीति के हुने? ११ बुँदे को विषय प्रवेश नै गर्न नचाहनु भनेको के? हामी कुरा सम्म गर्न तैयार छैनौं भनेको न हो। सम्बोधन त टाढा को कुरा हो। भने पछि त्यस राजनीतिक यथार्थ को जवाफ के हुन सक्छ? कस्तो आंदोलन? कस्तो वार्ता? कस्तो लचकता?

वर्षात सम्म आलटाल गर्ने रणनीति मा अर्को पक्ष देखिन्छ।

महंथ जी उमेर ले सीनियर, विद्वान मान्छे हो तर राजनीतिक दाउपेंच मा पछाडि हुनुहुन्छ। ठगिने मान्छे वार्तामा जाँदा। अर्को पक्ष ले वार्ता गरेको हो कि आलटाल? या त बुझ्न नसक्ने या बुझ्न नचाहने।






No comments: