Nepal News (5)

किरात राईहरु राजधानीमा जुट्दै
तथ्यांकले मुलुकमा १२५ जातजाति र १२३ भाषा रहेको देखाएको छ । त्यसमध्ये किरात राई समाजमा २५ भन्दा बढी भाषा बोलिन्छन् ।
नितिशले भने 'नेपाली नेताहरूको मिलनले लाेभ्यायो'
नाकाबन्दी लगाउनु गलत: भारतीय कम्युनिष्ट नेता
पञ्चायती व्यवस्था अन्त्य गर्न भारतमा बसेर आन्दोलन गरिरहेका सुशील कोइराला र चक्र बाँस्तोला सहितका नेतासँग बिहारको भागलपुर जेलमा भेट भएको भएको स्मरण गरे । '०३३ सालमा बीपी कोइराला नेपाल फर्किदा हामी (सुशील, चक्र र म) सँगै रहेर बिदाइ गरेको सम्झना ताजै छ । हामीले त्यतिबेला उहाँ नेपाल गएपछि जेल पर्नु हुन्छ भनेका थियौं । त्यही भयो,' उनले भने । ...... नेपालमा संविधान जारी भएपछि देखिएको समस्या संवादबाटै समाधान हुने अपेक्षा व्यक्त गरे । ..... वर्तमान सरकारले लगाएको नाकाबन्दीको आफूहरूले भारतमा सडक र सदन दुवैबाट निकै ठूलो विरोध गरेको बताए । ..... नेपालले नै बंगलादेश स्वतन्त्रताको पहिलो स्वागत गरेको थियो


दाहालको प्रश्न- नाकाबन्दी हुने गरी के गल्ती गर्‍याैं ?



भ्रमण र भ्रम
भारतले संविधानकै स्वागत नगरेको कारण संयुक्त विज्ञप्ति जारी गर्ने प्रयास अन्तिम समयमा तुहिएको कूटनीतिक सूत्रले नै स्पष्ट गरेको छ । त्यसैले शीर्षस्थ सारमै नेपाल—भारतबीच एक्लाएक्लै वार्ता सम्पन्न भए पनि समझदारी भने कायम भएको मान्न सकिँदैन । ..... प्रधानमन्त्री ओली द्विपक्षीय सम्बन्धमा विश्वसनीयता कायम गर्ने निहितार्थ नयाँ दिल्ली पुगेका थिए । शीर्ष नेतृत्व तहमै भएको द्विपक्षीय वार्तापछि आयोजित पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र त्यसपछिको विदेश सचिव सुव्रमन्यम जयशंकरको प्रेस ब्रिफिङमा आएका आधिकारिक वक्तव्यहरूको मिमांसाले विश्वसनीयता कायम गर्न नेपाली पक्ष अझै परीक्षणकालमा रहेको बुझाउँछ । ...... दुवै मुलुकका प्रधानमन्त्रीहरूको एक्लाएक्लै भेट र संवादपछि हैदरावाद हाउसमा आयोजित पत्रकार सम्मेलनमा साढे चार महिना लामो नाकाबन्दीको असह्य पीडालाई सम्झिँदै प्रधानमन्त्री ओलीले केही महिनादेखिको असमझदारी टुंगिएको दाबी गरे पनि उनका समकक्षी मोदीले हाम्रो संविधानप्रतिको उनको असन्तुष्टि कायमै रहेको तथ्य लुकाउन चाहेनन् । ...... संविधानको जडमा रहेको बाँकी विवाद सबै एकजुट भई संवाद र सहमतिको आधारमा समाधान ..... नेपालको शान्ति र स्थायित्व भारतको सुरक्षासित जोडिएको ..... भारतीय विदेश सचिव जयशंकरले पत्रकारहरूलाई ‘ब्रिफिङ’ को सन्दर्भमा आफ्नो सरकार प्रमुखको भनाइको तात्पर्य स्पष्ट पार्दै दुई प्रधानमन्त्री बीचको छलफलमा कतिपय विषय नेपालको आन्तरिक मामला भए पनि त्यसले भारतलाई समेत प्रभावित गर्ने हुँदा भारतीय सरोकार रहेको खुलासा गरे । ...... यो स्पष्टतया मधेस आन्दोलनका चुनौती र त्यसको समाधाननिम्ति सीमांकनको साथै अन्य मुद्दामा समझदारी गरी संविधानको दोस्रो संशोधन गर्न एकतर्फी रूपमा गठन गरिएको राजनीतिक संयन्त्रमा मधेसी नेताहरूको सहभागितासमेत जुटाई तीन महिनाको निर्धारित समयमा संविधानलाई सर्वत्र स्वीकार्य बनाउने सरकारको प्रतिबद्धता रहेको र त्यही अनुरुप कार्यसम्पादन हुने मोदीले विश्वास गरेको जयशंकरले अवगत गराए .......

नेपालले तीन महिनाको परीक्षणकालको अवधि पाएको छ ।

यस अवधिभित्र हाम्रो सरकारले आन्दोलित मधेसी नेताहरूको साथ लिई राजनीतिक संयन्त्रद्वारा मूलभूत रूपमा सीमांकनको विवादित विषय टुंगो लगाउनसके भारतसितको असमझदारी हट्नेछ । अन्यथा नेपालको आन्तरिक अस्थिरता भारतको सुरक्षा सरोकार हुने भएकाले असमझदारी बढाउने निश्चित छ । ......

सन् १९४७ सम्म आफ्नै भूभाग र नागरिक रहेको पाकिस्तान र १९७१ पछिको बंगलादेशको साँधसीमामा विद्युतीय तारबारसितै कतैकतै लेजर फेन्सिङ गर्न तम्सिएको भारत सुरक्षा जोखिम मोलेरै भए पनि नेपालसितको सीमा भने निर्वाध राख्न चाहन्छ

....... मोदीको राष्ट्रिय सुरक्षा तथा विदेश नीति निर्माण मूलत: विदेशमन्त्री सुषमा स्वराज, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभल, पूर्व स्थलसेनाध्यक्ष हाल रक्षा राज्यमन्त्री भीके सिंह र विदेश सचिव सुव्रमन्यम जयशंकरको समूह निर्णायक रहेको छ । ...... राहुल गान्धीदेखि सीताराम यचुरी र अरविन्द केजरीवाल समेतले राष्ट्रद्रोहीको मुद्दा खेप्नुपर्ने परिस्थिति भारतीय राजनीतिमा नरेन्द्र मोदीको ओज शिथिल हुँदै जानुको परिणति हो । त्यस्तै पोहोर साल वाक् स्वतन्त्रताको पक्षमा लेखेबापत अरुन्धती रायलाई न्यायालयमा हाजिर हुन बाध्य पारिनु भारतीय लोकतन्त्रको कुरूप पक्ष भएको छ, मोदी राजमा । असहिष्णुताको पनि हद हुन्छ । के यो भारतीय लोकतन्त्रमा मोदीको अघोषित आपतकाल लागु गरिएको परिवेश हो ? ....... जनता ओलीको बोलीप्रति आश्वस्त छैनन् । भूकम्पले थिलथिलो पारेको मुलुकमा राष्ट्रिय ढुकुटीको खुलेआम लुट, कालो अर्थतन्त्रको रजाइँ र जनताको विचल्लीबीच आन्तरिक राजनीतिक समस्यामा जेलिएर संविधान कार्यान्वयन गर्ने क्षमतासमेत चुनौतीपूर्ण अवस्थामा पुग्दा पनि कुनै नीतिगत निर्णय लिन नसक्ने नेतृत्वले जनविश्वास गुमाउनु अस्वाभाविक होइन । ...... प्रधानमन्त्री ओलीको चीनयात्रा पूर्व चिनियाँ पक्षले सुपुर्दगी सन्धिको प्रस्ताव राखेको छ । यो पहिलेकै आग्रहको पुनरावृत्त हो । भारतले पुरानो सुपुर्दगी सन्धि प्रतिस्थापित गरी नयाँ सन्धि तथा त्यसैसित जोडिएको पारस्परिक कानुनी सहायता सम्झौताको प्रस्ताव र दबाब राखेको दशकौं बितिसकेको छ । .......

यो हाम्रा दुवै छिमेकीहरू नेपाली भूमिबाट आफ्नो सुरक्षा संवेदनशीलताप्रति आश्वस्त हुन नसकेको सूचक हो

...... चीन र भारतबीच राजनीतिक व्यवस्थामा अन्तर भए पनि यी दुई मुलुकको शासकीय प्रवृत्तिमा समानता छ । राज्यशक्तिको केन्द्रीयकरण चीन र भारतको नेतृत्वको उत्प्रेरक रहेको छ । ...... नाकाबन्दीकै कारण भारतीय इतिहासमा पहिलोपटक त्यहाँको राजनीतिक दलहरूबीच विदेश नीति विवादित भएको छ .....

शीर्ष नेतृत्वको ‘राजकीय’ भ्रमणको समापनमा समेत संयुक्त विज्ञप्ति जारी नगर्नु अनि सो भ्रमणको हप्तादिन नबित्दै आफ्नो आर्थिक वर्ष २०१६/१७ को बजेटमा नेपाललाई दिने सहयोग रकमको कुल ४० प्रतिशत कटौती गरिनुले पनि नेपालप्रति भारतीय संस्थापनपक्षीय दृष्टिकोण स्पष्ट भएको छ ।

....... नेपालले नेतृत्व तहमै आफ्नो छिमेकीलाई बुझ्न सक्ने संरचनागत क्षमता विकास गर्न सक्नुपर्छ । तामसी शक्ति हाम्रो कूटनीतिको आधार हुनसक्दैन ।
नेता छान्ने ‘लिगलिगे’ दौड
अब त बीपी कोइरालाले जस्तो पत्र लेखेर ‘कांग्रेसीजनमा पार्टीको घोषणापत्रसम्मको उपयुक्त ज्ञान नभएकोमा’ चिन्ता जाहेर गर्ने पनि कोही छैन । ..... कांग्रेस लगायत अधिकांश दल राजनीतिक अगुवाबाट होइन, पार्टी नोकरशाहहरूबाट भरिएको दलदलभन्दा भिन्न छैन, जहाँ पुराना सिद्धान्त, विचार र नीतिलाई सुन्दर र लोभलाग्दो कमलको फूलको रूपमा मात्रै प्रयोग गरिन्छ । ...... कांग्रेस आफैं पनि चुनाव जित्नका लागि बनेका विभिन्न ‘स्वार्थ–समूह’हरूको गठबन्धन मात्र रहेको छ । .....

कोही संरक्षक त कोही संरक्षित हुनेगरी ‘प्याट्रोनाइज’ गर्ने ‘प्याट्रोन–क्लाइन्ट सम्बन्धले नै गैरराजनीतिक गुट बनाउँछ र त्यसकै आधारमा संस्था वा पार्टीलाई सञ्चालन गर्छ । कांग्रेस लगायत अधिकांश दलको हालत यसभन्दा भिन्न छैन, हुनसक्ने सम्भावना पनि तत्काल छैन ।

......... नेपाली कांग्रेस लगायत नेपाली दलहरूको निर्माण बर्चस्वशाली समुदायको अभिजात वर्गका शिक्षित समुदायका पुरुषहरूबाट भएको छ । यस्ता राजनीतिक अभिजातका सदस्यहरू सुरुमा क्रान्तिकारी सपनाले डोरिएर दल र राजनीतिमा अगाडि आएका हुन्छन् । .....

बीपी कोइराला आफैंले आफ्ना दाजु मातृकाप्रसाद कोइरालादेखि आफू स्वयम् सत्तामा हुँदा पनि पार्टी भुइँफुट्टा जमातले कब्जा गर्नसक्ने चेतावनी दिएको पाइन्छ

...... नेपाली कांग्रेसमा अधिकांश नेतालाई ‘दाइ’ भन्ने चलन छ, कोहीका लागि रामचन्द्र दाइ त कोहीका लागि देउवा दाइ । यस्तो सम्बोधनमा कुनै खराबी नहोला, खराबी उनीहरूबीच बन्ने सम्बन्धमा छ, सम्बन्धले बनाउने संस्कृतिमा छ । ..... कसैलाई ‘दाइ’ भन्ने वा भनाउने र धेरैजसो कार्यकर्ताचाहिँ उनीहरूका भाइबहिनी हुने, ती दाइ र भाइबहिनीबीच सहकर्मी नाता वा समानताको सम्बन्धको सट्टा संरक्षक र संरक्षितको साइनो कायम गर्ने तथा संरक्षित भाइबहिनीले पार्टी र सरकारको सत्तामा आफ्ना दाइ प्रमुख वा प्रभावशाली हैसियतमा रहँदा पद, प्रतिष्ठा, पैसा प्राप्त गर्ने वा बाँड्ने चलनमा भने पक्कै खराबी छ । ......

राजनीतिक जमिनदारी

झनै फष्टाउने निश्चित छ, किनभने पार्टी र सरकारमात्रै होइन, सिंगो राजनीतिकै निजीकरण (प्राइभेटाइजेसन) तीव्र जो भएको छ । ......

‘प्रजातन्त्र’लाई संसदीय प्रणालीभन्दा पर हेर्नै नसक्ने, प्रजातन्त्रलाई पनि सबै वर्ग, वर्ण, जातजाति, क्षेत्र, लिंग, भाषा र धर्मको समावेशी लोकतन्त्रको रूपमा विकास गर्न नचाहने तथा आफूलाई प्रजातान्त्रिक समाजवादीको रूपमा प्रस्तुत गर्दागर्दै पनि समुदाय, समाज र गरिखाने जनतालाई होइन, सीमित व्यक्ति र कुलिनहरूको हितमा काम गर्ने राजनीतिक अभिजात जमातबाट धेरै आस गर्न सकिँदैन ।

...... अब कमसेकम सबै खाले सदस्यबाट सभापति र अन्य पदाधिकारी सिधै निर्वाचित हुने, घुमाउरो पारामा निर्वाचित हुने सभापतिको हातमा विशिष्ट पदाधिकारी मनोनयन गर्ने अधिकार नहुने, विभिन्न वैचारिक समूह बनाएर स्वस्थ प्रतिस्पर्धा गर्ने, त्यसले ‘प्याट्रोन–क्लाइन्ट सम्बन्धका आधारमा होइन, अग्रगामी र जनमुखी नीति र कार्यक्रमका आधारमा कार्यकर्ताको मन जित्ने एवं राष्ट्रिय राजनीतिको पनि अगुवाइ गर्ने दिशातिर बढ्नु जरुरी छ । तर विडम्बनाको कुरा, यस्तो सम्भावना ‘पौडेल दाइ’ वा ‘देउवा दाइ’हरूबाट सम्भव छैन । ....गगन, गुरु, प्रदीप र विश्वजस्ता युवाहरूले पनि महामन्त्री वा केन्द्रीय पदको लोभलाल्चामा फँसेर तिनै ‘दाइ’हरूका गुटसँग साँठगाँठ गरेमा यस्तो सम्भावनाको बिउसमेत मासिन सक्छ ।
कर्मचारी प्रशासनको राजनीतीकरण रोक
कर्मचारी प्रशासनलाई सुधार गर्दै सेवा प्रवाह चुस्तदुरुस्त बनाउनुपर्नेमा सरकार फेरिएपिच्छे निजामती कर्मचारीलाई आफूअनुकूल चलाएर अस्थिर बनाउने गलत प्रवृत्ति बढ्दै गएको छ । यही प्रवृत्तिलाई केपी ओली नेतृत्वको सरकारले पनि निरन्तरता दिँदै आएको छ । पछिल्लो समय सरुवामा सामान्य विधिसमेत मिच्न थालिएको छ । .....

सत्तारूढ दल एकीकृत एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले गोरखामा असन्तुष्टि व्यक्त गर्दै घुमाउरो पारामा सरुवाको चेतावनी दिएको चार दिनमै प्रजिअ गौतमलाई गोरखाबाट सप्तरीमा सारिएको छ ।

...... कार्यकर्ता प्रशिक्षणका लागि शनिबार गोरखा पुग्दा स्वागत गर्न नगएपछि दाहाल प्रजिअ गौतमसँग असन्तुष्ट थिए । यस्तै, एमाओवादीका स्थानीय नेताको खटनअनुसार काम नगरेको आरोप पनि उनीमाथि थियो । .... अहिले एमाओवादीका नेता गृहमन्त्री छन् । राजनीतिक दलका नेतालाई खुसी पार्न नसक्दा गौतमको गोरखामा जिम्मेवारी सम्हालेको ४३ दिनमै सरुवा भयो । ..... हाम्रो मुलुकमा सत्तामा दल बदलिनासाथ कर्मचारी प्रशासनमा अदलबदल गर्ने प्रवृत्ति कायम भएको छ, जसका कारण स्थायी सरकार भनिएको कर्मचारी प्रशासन नै सबभन्दा बढी अस्थिर बनेको छ ..... पछिल्ला वर्षमा राजनीतिक हस्तक्षेप ह्वात्तै बढेको सरकारी कर्मचारीहरू नै बताउँछन् । ..... अनावश्यक हस्तक्षेपले इमानदार कर्मचारीको मनोबल गिर्छ .... सत्तारूढ दलसँग निकट सम्बन्ध बनाएपछि उपल्लो तहका कर्मचारीलाई नटेर्ने र आफू पनि जिम्मेवारीअनुरूप काम नगर्ने थिति बस्छ .....

सत्तामा पुगेका राजनीतक दलहरूले राज्य सञ्चालनका लागि नीति–नियम बनाउने हो र कर्मचारी प्रशासनमार्फत तिनलाई कार्यान्वयन गर्ने–गराउने हो । कर्मचारी प्रशासनलाई अनावश्यक हस्तक्षेप गर्दै आफ्नो स्वार्थअनुरूप कर्मचारी सरुवा–बढुवा गर्नु–गराउनु गलत हो ।

...... सरकारले चाहँदा पनि हटाउन र भूमिकाविहीन बनाउन नसक्ने भएकाले मुख्यसचिवले आँट गर्ने हो भने कर्मचारीतन्त्रमा बढ्दै गएको राजनीतीकरणलाई धेरै हदसम्म रोक्न सकिन्छ ।


महाधिवेशनको परिक्रमा
दुर्भाग्य, महाधिवेशन सुरु भइसक्दा पनि कांग्रेसका कुनै पनि महत्त्वपूर्ण नेताहरूले यी विषयमा आफ्ना विचार प्रवाहित गरेका छैनन् । विपरीत, अधिवेशनको प्रारम्भ नेताहरूको सभापति र पदाधिकारी बन्ने होड र विवादमा नै सीमित भएको छ । .....

महाधिवेशन कुनै पनि पार्टीको वैचारिक गतिशीलता मापनको अवसर पनि हो, जहाँ नेताहरूले आफ्ना सपनाहरूको व्याख्या गर्छन् । यो तथ्यलाई बिर्सिन सकिँदैन । मतदाताले नेताहरूको त्यही व्याख्याका आधारमा योग्य नेतृत्वको चयनको अवसर पाउँछ । त्यस्तो परिदृश्य देखिएको छैन ।

....... सम्पूर्ण महाधिवेशन महत्त्वपूर्ण भनिएका डेढ दर्जनजति नेताहरूको सेरोफेरोमा सलबलाइरहेको देखिएको छ । सामाजिक सञ्जालमा सबै महत्त्वपूर्ण नेताको अनुहारको उपस्थिति छ ।

विचारको उपस्थिति कतै देखिएको छैन ।

...... प्रदीप गिरीका अनुसार, कांग्रेसका पहिले भएका महाधिवेशनमा पनि कम्युनिष्ट पार्टीहरूमा जस्तो लामा—लामा वैचारिक विश्लेषणहरू भएनन् ..... यतिखेर कसैले पनि ऐतिहासिक नेताहरूको नेतृत्वमा रहेको कांग्रेस खोज्नु निरर्थक हुन्छ .....

अहिले कांग्रेसको नेतृत्वका दाबेदारहरू सबै पुराना व्यक्तित्व हुन्

...... पहिलो संविधानसभाको अवधिमा कांग्रेसले खासै प्रभावकारी भूमिका खेल्न सकेन ...... महाधिवेशन जुन किसिमको वातावरणमा सम्पन्न हुँदैछ, त्यसले खासै दिशानिर्देश गर्ने सम्भावना पनि देखिएको छैन । ..... एउटा परिपक्व राजनीतिक दलले आउने समयमा विकसित हुने परिस्थितिको पूर्वआँंकलन गर्नुु आवश्यक हुन्छ । तर संस्थापन र गैरसंस्थापनमा बाँडिएको कांग्रेसमा यस्तो परिस्थिति बनेको देखिएको छैन । .... पुराना नेताहरूको शैलीका उपग्रहका रूपमा रहेका कांग्रेसको नयाँ पुस्ता आवश्यकताभन्दा बढी नै आत्मकेन्द्रित देखिएको छ । ..... नेतृत्वमा जाने महत्त्वाकांक्षा पालेर बसेका नयाँ नेताहरूमा समाजलाई तरंगित पार्ने र तन्नेरी पुस्तालाई ऊर्जाशील बनाउने किसिमको विचारशील प्रवृत्ति देखिएको छैन । ..... खास गरेर पछिल्लो मधेस आन्दोलन र त्यसले उत्पन्न गरेका विग्रहहरूमा नयाँ पुस्ताका धेरै कम नेताहरूले मात्र हस्तक्षेप गर्नसकेको देखिएको छ । ..... नयाँ संविधानमा मधेसको आक्रोशलाई सम्बोधन गर्न सरकारले प्रस्तुत गरेको संविधान संशोधन विधेयक लामै समय अलपत्र पर्‍यो । सरकारले आफैंले त्यसको प्रतिरक्षा गर्न सकेन । भुइँचालोले देश ध्वस्त पारेपछि पुनर्निर्माणका लागि गठन भएको आयोग पनि त्यसरी नै अलपत्र पर्‍यो .....

वास्तवमा कांग्रेसभित्र संस्थापन र गैरसंस्थापन पक्षको नाममा स्वार्थी र संकीर्ण राजनीतिको चर्को धन्दा चलिरहेको छ । नयाँ पुस्ताका नेताहरू पनि यही धन्दामा संलग्न देखिएका छन् ।

...... प्रजातान्त्रिक समाजवाद र राष्ट्रियताको विचार सजावटका लागि ध्वजा–पताकामा लेखिने नाराको तहमा पुगेका छन् । ...... कांग्रेस यही पारामा चल्ने हो भने चौधौं महाधिवेशनमा पुग्दा बी.पी.को नाम सुनेका कांग्रेसीहरूको संख्या नगण्य हुनेछ .... होइन भने नेपाली कांग्रेसले पनि त्यही नियति भोग्नु पर्नेछ, जुन नियति अहिले महात्मा गान्धी र जवाहरलाल नेहरूजस्ता व्यक्तित्वले निर्माण गरेको भारतीय राष्ट्रिय कांग्रेसले भोगिरहेको छ ।


सबैलाई समेटेर पार्टी हाँक्छु: शेरबहादुर देउवा
शेरबहादुर देउवा भावी सभापति निम्ति बाटो खुल्नेमा ढुक्क देखिन्थे ..... तीनपटक प्रधानमन्त्री भए, तर नेपाली कांग्रेसको वैधानिक सभापति बन्न पाएका छैनन् .... संस्थापन पक्षबाट कृष्ण सिटौला र सुजाता कोइरालाले पनि सभापतिमा उम्मेदवारी दिने घोषणा गरिसकेको पृष्ठभूमिमा देउवा आफ्नो पल्ला भारी हुनेमा विश्वस्त देखिन्छन् ..... ‘मसँग गिरिजाप्रसाद कोइरालाको जस्तो तत्काल निर्णय लिने क्षमता, कृष्णप्रसाद भट्टराईको जस्तो न्याय गर्ने पद्धति र गणेशमान सिंहले उठाएको समावेशीपन बोक्ने चरित्र छ ।’ ..... उनी पार्टीभित्र मौलाउँदै गएको गुटतन्त्र र भागबन्डा अन्त्य गरी योग्यता र क्षमताका आधारमा न्याय गर्ने बताउँदै थिए । ..... महिला, मधेसी, जनजाति, दलित, आदिवासी लगायतका कतिपय माग पुरा हुने क्रममा छन् । म तराई–मधेसका समस्या समाधान गर्न खुलेर लागेको हुँ । मैले कति विषयमा दलभित्र झगडा नै गरेर सम्बोधन पनि गराएँ । मधेसमा सीमांकन लगायतका विषय अझै थाँती छन् । यसको पनि सम्बोधन हुनुपर्छ । ..... संविधान घोषणापछि त्यसले पहाड र मधेसबीच मनोवैज्ञानिक दूरी खडा गरेको छ । यो दूरीलाई जोड्न आवश्यक छ । खासगरी प्रदेश नम्बर– २ को समस्या छ । म मधेसका यी समस्या नेतृत्वमा पुगेपछि समाधान गरेरै छाड्छु । देशलाई मनोवैज्ञानिक रूपमा समेत एक बनाउनु जरुरी छ ...... सत्य के हो भने मधेसमा जुत्ता लगाउन सक्नेहरू छन्, तर पहाडमा खाली खुट्टा हिँड्न बाध्य छन् । मधेसमा विद्यालय, कलेज, उद्योग, कलकारखना र खेतीयोग्य जग्गा पनि छ, तर त्यो पनि पहाडमा छैन । यति हुँदाहुँदै पनि किन मधेसमा विकास हुनसकेको छैन ? किन समस्या देखिएको छ ? ...... पहाडीले ‘डोमिनेट’ गरेको छ भन्ने मनोविज्ञानबाट मुक्त बनाउनु जरुरी छ ...... सधंै रुलिङ क्लासमा पहाडी रहे । त्यही कराण मधेसमा हामी दोस्रो दर्जाका नागरिक भयौं भन्ने जुन खालको मनोविज्ञानले काम गरिरहेको छ, यसलाई हटाउन म सक्छु । सीमांकन लगायतका विषयमा सम्बोधन गरी पहाड र तराई–मधेस बीचको दूरी हटाउन सकिन्छ । ......

पार्टी विभाजन भएर दुइटा हुँदा मैले आफ्नो नेतृत्वमा रहेको पार्टीलाई समावेशी बनाएको थिएँ, त्यतिबेला ‘कदमजम’ (कर्णाली, दलित, मधेस, जनजाति र महिला) को अवधारणा ल्याएको थिएँ ।

....... कांग्रेसको नेतृत्वमा आएको संविधान कांग्रेसले कार्यान्वयन तहमा लैजानुपर्छ । .... नेपालमा दलित किन प्रधानमन्त्री हुन नसक्ने भन्ने अवस्था सिर्जना गर्न आवश्यक छ ..... नेपाल एक बनाउने र राष्ट्रिय एकताको माध्यम नै समावेशी हो । ..... बाबुलाई बचाएर ल्याउने व्यक्तिलाई राजा महेन्द्रले जेल हालेकै हो .... जसको परिणामबाट उनीहरू एकादेशका राजा भए ..... समयमा निर्णय नगर्दा भूकम्पपछिको पुनर्निर्माण विधेयक नै हामीले गुमायौं । सरकारले मनोनीत गर्ने सांसद पनि गुमायौं । अब म त्यस्तो अवस्था आउन दिन्न ..... शेरबहादुर देउवा बीपीले अघि बढाएको गिरिजाप्रसादसँग लडेर आएको व्यक्ति हो । मलाई यो हैसियतमा ल्याउने काम गिरिजाप्रसादले नै गर्नुभएको हो । .....

हामीले झन्डै एक दशक लगाएर संविधान बनायौं । तर भट्टराईले त्यतिबेला ६ महिनामै संविधान बनाएका हुन् ।

२०४६ सालका कमाण्डर गणेशमान पार्टीबाट बाहिरिने अवस्था आयो । भट्टराई र सिंहले पार्टी छाड्ने अवस्था कसरी आयो ? ..... म तीनपटक प्रधानमन्त्री भएको व्यक्ति, कांग्रेस विभाजित हुँदा पनि हाराहारीको पार्टी बनाएँ । मलाई २०५९ सालमा कांग्रेसको साधारण सदस्यबाट निकालेका गिरिजाबाबुले पाँच वर्षपछि ‘रेड कार्पेट’ बिछ्याउनुभएको होइन र ? ..... सुशीलपछि दोस्रो नम्बरमा म नै हुँ । त्यसैले मेरो स्वाभाविक दाबी हो । ..... गिरिजाप्रसादको जस्तो तत्काल निर्णय गर्ने क्षमता, गणेशमानको जस्तो समावेशी हुनुपर्छ भन्ने भावना र कृष्णप्रसादको जस्तो न्याय गर्ने शैली मेरो छ । तीनै नेताहरूको गुण र बीपीको आदर्श बोकेर म पार्टीलाई अब्बल बनाउन चाहन्छु । ..... म निकट रहेकाहरूले त्याग गर्नुभएको छ । पदाधिकारी हुने हैसियत नभएका कारण होइन । पार्टी एक बनाउन उहाँहरूले त्याग देखाउनुभएको छ । यो भावना म भोलि निर्वाचित भएपछि अघि बढाउन चाहन्छु । म जित्ने र हार्नेबीच दूरी बढ्न दिन्न । .... कांग्रेस सधंै दु:ख पाएको पार्टी हो । राणा, पञ्चायत र राजतन्त्र अन्त्य गर्ने पार्टी हो ..... संस्थापन र अर्को पक्ष भन्ने नै छैन । सुशीलको निधनपछि म दोस्रो नेता भएपछि संस्थापन म नै भएँ । .....

प्रतिपक्ष बलियो भयो भनेमात्र प्रजातन्त्र संस्थागत हुन्छ ।

.....

२०५६ सालमा भट्टराई प्रधानमन्त्री हुँदा फ्रान्स भ्रमण गरेपछि राजीनामा दिन्छु भन्दा पनि छुट दिइएन ।

भट्टराईमाथि त्यसरी अन्याय भएकै कारण म दसौं महाधिवेशनमा गिरिजाबाबुसँग चुनाव उठेको हुँ, जित्न होइन । ........ कांग्रेसको त ‘दाइ कल्चर’ छ । हाम्रोमा दाइहरूलाई सम्मान गर्ने ‘संस्कृति’ छ, कम्युनिष्टमा कमरेड कल्चरजस्तै । यसैले पनि ‘सान्दाज’ु, ‘ठूल्दाजु’ भन्ने कल्चरले भाइहरूलाई अन्याय परेको अनुभव भएको होला । ..... दक्षिण एसियामा नेपाली कांग्रेस निकै पुरानो पार्टी हो ।
के भन्छन् महामन्त्रीका तीन आकांक्षीहरु ?
नेपाली कांग्रेसमा पार्टी सभापतिपछि दोस्रो शक्तिशाली पद मानिन्छ, निर्वाचित महामन्त्री । महामन्त्री भएपछि स्वाभाविक पार्टी संगठनमा प्रभाव विस्तार गर्ने आधार बन्न सक्छ, अर्थात् भविष्यमा पार्टी नेतृत्वको निम्ति ढोका खुलाउने आधार निर्माण गर्छ । ..... थापा अघिल्लो महाधिवेशनमा केन्द्रीय सदस्यको खुला चुनावी प्रतिस्पर्धामा सर्वाधिक मत पाएर विजयी भएका थिए । केसी दोस्रो नम्बरमा थिए भने कोइराला चौथो नम्बरमा । ...... एकातिर सम्पूर्ण वामशक्ति एक स्थानमा भएर सरकारमा रहेको अवस्था छ । त्यो परिवेशमा नेपाली कांग्रेसभित्र मधेस–तराई लगायतलाई एकीकृत गरी ‘ब्रोडर अम्ब्रेला’भित्र लोकतान्त्रिक मोर्चा तयार गर्नुपर्ने आवस्था छ । ...... शेरबहादुरजीमा जुन प्रकारको लचकता र संयोजन प्रदर्शन गर्ने क्षमता छ, त्यो अहिलेको आवश्यकता पनि हो । ..... मिहेनत नगर्ने र सानो समूहको घेरामा परिक्रममा गर्नेहरूले मात्र अवसर पाउने प्रथा अन्त्य गर्न आवश्यक छ । .... नेतृत्व चयनपछि छिट्टै महासमिति बोलाएर नीति तथा कार्यक्रमका लागि काम गर्नुपर्ने अवस्था छ । अहिलेसम्मको उपलब्धि देखिएका कमी—कमजोरी र अब लिनुपर्ने भावी नीति र कार्यक्रम गम्भीर सोचेका छौं र प्रारूप तयार पनि देखिएको छ । ...... उहाँ (गगन) लाई मैले भनेकै थिएँ । उहाँले के सोचेर निर्णय लिनुभयो, त्यो उहाँलाई नै जानकारी होला । म योभन्दा बढी टिप्पणी गर्न सक्दिन । ..... शेरबहादुरजीको टिममा कुनै समस्या थिएन । म महामन्त्री, उहाँ सभापति उठ्ने विषय स्पष्ट थियो । ..... जुन सुकै विषयमा पनि दक्षिणी भारतसँग जोड्ने संस्कार बसाल्नु गलत हो ..... महाधिवेशन भन्नसाथ नीति, नेतृत्व र संगठनका सवाल आउँछन् । ...... सबैभन्दा पहिला हुनुपर्ने नै विचार हो । विचार नभई नेतृत्व र संगठनले मात्रै पार्टीलाई जीवन्त बनाउन सकिँदैन । विचारपछि मात्रै संगठन आउँछ । संगठनले नीति बनाउँछ । नीतिलाई लागु गर्न नेतृत्व आउँछ । प्राथमिकताका हिसाबले सबैभन्दा माथि विचार हुन्छ । ..... अब महाधिवेशनपछि महासमितिको बैठक बोलाएर नीति, संगठन र विचारबारे परामर्श गर्न आवश्यक छ । ..... बीपीको पालामा समावेशी शव्द हुन्थेन । ...... बीपीले देखाएको समाजवादी बाटोलाई अघि बढाउने मेरो संकल्प हो । ..... ६० र ४० को भागबन्डा अन्त्य हुनुपर्छ । १३ औं महाधिवेशनले भागबन्डाको राजनीति, व्यक्तिवादी चरित्रको अन्त्य गर्नुपर्छ । ..... अर्जुननरसिंह केसी मेरो बुबाको नाता जोडिनुभन्दा अघिदेखि मैले अत्यन्त आदर गर्ने नेता हुनुहुन्छ । मैले समकालीन राजनीतिमा नेताका रूपमा स्नेह, माया र संरक्षण पनि उहाँबाट नै पाएको छु । म उहाँको मेहनतको प्रशंसक पनि हुँ । कुनै अवसर नपाउँदा पनि डटेर नै पार्टीमा काम गरिरहने अथक योद्धा र विचारक हुनुहुन्छ । त्यसमाथि पनि घरभित्रको सबैभन्दा नजिकको नाता हो । राजनीतिक जीवनको कठोर निर्णयमा म छु । यो निर्णय लिन सजिलो थिएन । तर यतिखेर म आफ्नो लडाइँमा छु र उहाँ आफ्नै लडाइँमा हुनुहुन्छ । ...... नेपाली कांग्रेसले सही बाटो समात्यो भनेमात्र देशले सही बाटो समात्छ, अन्यथा फेरि पनि

यो गोलचक्करको अभिसाप

समाप्त हुने छैन । ...... नेतृत्वमा तहका पुराना सोचको स्वाभाविक बहिर्गमन र नयाँ सोचका मानिसको आगमन नहुने हो भने विचार र क्षमताको दृष्टिले पार्टी जमेको पोखरीमा परिणत हुन्छ । म पार्टीलाई अविरल बग्ने नदी बनाउन चाहन्छु .....

कार्यकर्तामा आधारित भएको पार्टीबाट फेरि आम जनतामा आधारित पार्टी बन्नु आवश्यक छ

...... साधारण सदस्यलाई पूर्ण रूपमा पार्टीभित्र शक्तिहीन र महत्त्वहीन बनाइएको छ भने क्रियाशील सदस्यता क्याडर–बेस्ड कम्युनिस्ट पार्टीकै जस्तो बनाइएको छ । जसले कांग्रेस सही अर्थमा मास–बेस्ड पार्टी हुन सकेको छैन । ..... ४० वर्षमुनिका ६२ प्रतिशत छन्, तर युवा पुस्ता नेतृत्वमा पुग्ने देखिँदैन । मुलुकमा १८ देखि ४० वर्षका मतदाताको जनसंख्या ६० प्रतिशत छ । ..... अब कांग्रेसले स्थानीय, प्रदेश र केन्द्रीय गरी तीन निर्वाचनमा होमिनुपर्ने छ । त्यतिखेर मत माग्न हामी जानैपर्ने हुन्छ । कांग्रेस महामन्त्री मत माग्न आउने अवस्था बनाउने कि एउटा साधारण सदस्य आएको छ भन्ने बनाउने भन्ने विषय सबै कांग्रेसजनले बुझ्नु हुनेछ । ..... महाधिवेशनको पूर्वसन्ध्यामा तीर्थाटन गर्न जानेहरू
तस्बिरमा नेपाली कांग्रेसको १३ अाैं महाधिवेशन

Comments

Popular posts from this blog

फोरम र राजपा बीच एकीकरण: किन र कसरी?

नेपालभित्र समानता को संभावना देखिएन, मधेस अलग देश बन्छ अब

फोरम, राजपा र स्वराजी को एकीकरण मैं छ मधेसको उद्धार