Thursday, March 10, 2016

कड़ा तर छोटो आंदोलन

सम्पुर्ण मधेस सम्पुर्ण देश सम्पुर्ण काल का लागि बंद गर्ने किसिमको कड़ा तर छोटो आंदोलन को परिकल्पना शायद सही हो। पंचायती स्टाइल मा धरपकड़ र झुठा मुद्दा अभियान मा लागेको पहाड़ी सरकार ले आँ गर्यो, अलंकार बुझ्नु पर्छ। सहमति र समाधान र सदाचार को बाटो देख्न चाहेका छैनन्। २१ औं शताब्दीमा अपार्थाइड को प्रयास भैरहेको छ नेपालमा।

चार हप्ता भित्र आंदोलन लाई निष्कर्ष मा लाने किसिमको रोडमैप हुनुपर्छ। त्यो भनेको १००% नाकाबंदी पनि हो। बॉर्डर को दुबै तर्फ बाट। ममताको सहयोगले कोलकाता बाट।

जनजाति जाग्नुपर्छ काठमाण्डु मा। आंदोलन को केंद्रविंदु अब काठमाण्डु हुनुपर्छ। सिंह दरबार र बालुवाटार छोप्नुपर्छ।

चार हप्ता भित्र निष्कर्ष सामुन्ने न आए अंतरिम संविधान अंतरिम सरकार का बारे सोच्नुपर्छ।


No comments: