Sunday, March 13, 2016

संगठन विस्तार नै सच्चा र ठोस क्रांति हो



गच्छदारलाई महतोले दिए ठूलो झट्का
फोरमका ११ सय नेता कार्यकर्ता सदभावना प्रवेश

जिल्लामा फोरम लोकतान्त्रिक पार्टी लगभग सखाप भएको अवस्था छ।

सरकारमा सामेल भएपछि पार्टी परित्याग गरेका रौतहट जिल्ला कार्य समितिसहित करीब १ हजार भन्दा बढी नेता कार्यकर्ता गच्छदारकोसाथ छोडेर राजेन्द्र महतोको पार्टीमा प्रवेश गरेका छन् । ..... शनिबार रौतहटको गौरमा सदभावना पार्टीद्वारा आयोजित बिशाल आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा फोरम लोकतान्त्रिक रौतहटका जिल्ला अध्यक्ष अजय गुप्ताको नेतृत्वमा एघार सय नेता कार्यकर्ता सदभावना पार्टीमा प्रवेश गरेका छन् ।....बिगतको संबिधान सभामा रौतहट क्षेत्र नं १ मा माधव कुमार नेपालद्वारा झिनो मतले पराजित भएका थिए अजय गुप्ता। उक्त कार्यक्रममा काँग्रेस, एमाले, एमाओवादी लगायतको पार्टीबाट पनि ४०० बढी नेता कार्यकर्ता पनि सदभावना पार्टीमा प्रवेश गरेका थिए ।.....पार्टी प्रवेश गर्नेहरूलाई सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले फुलमाला का साथै अबिर लगाएर स्वागत गरेका थिए। आन्दोलनको क्रममानै फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारले सदभावना अध्यक्ष महतोलाई आफ्नो पार्टीका नेता कार्यकर्तालाई भडकाई पार्टी प्रवेश नगर्न चेतावनी दिएका थिए ।


अब कठोर आन्दोलन हुन्छ : महतो
अधिकारको निमित भएको आन्दोलनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा मधेशी पहिचान स्थापित गरेको ठोकुवा गर्दै महतोले आफ्नै घटक दलका कारण नाकावन्दी असफल भएको टिप्पणी गरेका छन् । मधेशमा संगठन मजवुत पर्ने अभियान संचालन गरिएको जानकारी गराउँदै अध्यक्ष महतोले संविधान संशोधनवाट मधेशको माग सम्बोधन नभएको उल्लेख गरे । मोर्चाको ११ बुँदे माग बटम लाइन भएकोले एककदम पछाडी नहट्ने दावी गरे । मधेशको माग सम्वोधन नभए सम्म राजधानी नजाने उद्घोष गरेका महतोले प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशको माग सम्वोधन गर्ने प्रतिबद्धता व्यक्त गर्दा उनलाई भेट्न दिल्लीबाट काठमाडौँ गएको प्रष्ट पारे । संचारकर्मीहरुको प्रश्नको जवावमा महतोले जनताको भावनको कदर गर्दै नाकाबन्दी खोलिएको स्पष्ट गरेका छन् ।
गुप्ता फेरि सद्भावना पार्टीमा प्रवेश

No comments: