Tuesday, March 15, 2016

Nepal News (15)

मधेशी मोर्चाले चिनिया राजदुतलाई ध्यानाकर्षण गराउने ।
मोर्चामा आबद्ध ७ दल सहित अन्य जनजाती पार्टीहरुको संघिय गठवन्धनले आज आउदो ६ गते काठमाडौमा जनप्रर्दशन गर्ने निर्णय समेत गरेको छ । मंगलवार फोरम नेपालको कार्यलयमा बसेको संघिय गठवन्धनको बैठकले मोर्चाको घोषणा अनुसार आउदो चैत अन्तिम देखि संयुक्त जनआन्दोलन कडा रुपमा गर्ने निर्णय समेत गरेको छ । .... भारतीय विदेश सचिव जय शंकरले भने मधेश भारतको सिमना संग जोडिएको र सिमा खुल्ला भएकाले भारतको चासो त्यसग जोडेर राखेका थिए । ..... जयशंकरले मोर्चाले भन्दै आएको पुन आन्दोलनको वारेमा समेत गम्भिरता पुर्वक चासो राखेका थिए । त्यसको साथै जयशंकरले आफु आजै प्रधानमन्त्री ओली र काग्रेस सभापति शेर बहादुर देउवा संग भेटन लागेको भन्दै मधेश आन्दोलनको सामाधान वारे कुरा गर्ने बताएका थिए ।
अब प्रत्येक प्रदेशमा औद्योगिक क्षेत्र
सरकारले संघीयताको नयाँ सीमांकनअनुसार विभाजन गरिएका सातै प्रदेशमा एक–एक ठूला औद्योगिक क्षेत्र स्थापना गर्ने भएको छ । यसको नीतिगत निर्णयका लागि उद्योग मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव पठाइसकेको छ । .... प्रस्तावमा सबै प्रदेशमा एक हजार बिघा क्षेत्रफलभन्दा बढी जमिनको पहिचानसमेत गरी प्रक्रिया अघि बढाउन स्वीकृति मागिएको छ । मन्त्रिपरिषद्ले प्रस्ताव स्वीकृत गरेमा सातै प्रदेशमा नयाँ औद्योगिक क्षेत्र थपिनेछन् ।
भारतीय विदेश सचिवले मोर्चालाई सोधे, ‘अब कस्तो आन्दोलन गर्नुहुन्छ ?’
नेपालको क्याविनेटमा पटक पटक मन्त्री भइसकेका मधेशका चारजना पूर्व मन्त्रीहरु भारतीय विदेश मन्त्रालयका सचिव जयशंकरलाई द्वारिका होटलमा गएर भेटका छन् । ..... त्यसरी एकजना सचिवस्तरका व्यक्तिलाई विहानै विहानै भेट्नेहरु मधेशी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष एवं पूर्व सुचना तथा सञ्चार मन्त्री राजकिशोर यादव, नेपाल सद्भावनाा पार्टीका अध्यक्ष एवं पूर्व उद्योग मन्त्री अनिल झा, तराई मधेश सद्भावना पार्टीका अध्यक्ष एवं पूर्व उद्योग मन्त्री महेन्द्र राय यादव तथा तराई मधेश लोकतान्त्रिक पार्टीका उपाध्यक्ष एवं प्रवक्ता एवं पूर्व शिक्षा मन्त्री सर्वेन्द्र नाथ शुक्ला हुन् । ........ यी मधेशका पूर्व मन्त्रीहरुलाई बोलाएर होटलमा भेटिसकेपछि अन्य नेता तथा मन्त्री, प्रधानमन्त्री, पूर्व प्रधानमन्त्रीहरुलाई पनि जयशंकरले भेटेका छन् । तर होटलमा बोलाएर होइन, उनीहरुकै निवासमा गएर वा उनीहरुले बोलाएको ठाउँमा गएर जयशंकरले भेटेका हुन् । तर मधेशवादी दलबाट पटक पटक क्याविनेट मन्त्री भइसकेका नेताहरुले आफ्नो प्रोटोकल बिर्सेर एक मन्त्रालयका सचिव कहाँ लम्पसार पर्नुले नेपालको जगहसाई भएको टिप्पणी भइरहेको छ । ..... हुन त केही समय पहिले पूर्व परराष्ट्र मन्त्री उपेन्द्र यादव र पूर्व स्वास्थ्य मन्त्री राजेन्द्र महतो र पूर्व उद्योग मन्त्री महेन्द्र राय यादव विहारका पूर्व मुख्य मन्त्री लालु यादवसँग उनकै निवासमा भेट्दा पनि आलोचना भएको थियो । ...... भारतीय विदेश मन्त्री प्रणव मुखर्जीको उदाहरण दिँदै उनले यसअघि प्रधानमन्त्री स्वयं विदेश मन्त्रीलाई भेट्न जाँदा कुनै ठूलो विषय नबन्ने तर सँधै मधेसी नेताहरुका बारेमा मात्र प्रश्न उठाइनेमा आपत्ति प्रकट गरे । ......

भारतीय विदेश सचिव जयशंकरले बिना संघर्ष सरकारले केही दिने पक्षमा नरहेको भन्दै मधेशवादी दललाई आन्दोलनमा जान सुझाव दिएका छन्

...... भेटघाटमा उनले आफूहरुले मधेशीको माग पूरा गराउन धेरै प्रयास गरेको तर सरकारले कुनै सुनुवाई नगरेकाले मोर्चासँग संघर्षको विकल्प नरहेको कुरा राखेका थिए । ...... उनले संघर्षका लागि सबै मधेशवादी दल एक हुनुपर्ने कुरामा पनि जोड दिएका थिए । एक्ला एक्लै संघर्ष गरेर यो सरकारले सुन्नेबाला छैन त्यसैले शान्तिपूर्ण आन्दोलन गर्न सुझाव दिएको बैठकमा सहभागि एक नेताले बताए । आफूहरु शुरुदेखि नै मधेशीको माग पूरा होस् भन्ने पक्षमा रहेको र आउने दिनमा सहयोग रहने कुरा उनले राखेको बताइन्छ । ...... ‘६ महिनादेखि आन्दोलन गर्नुभयो तैपनि तपाईहरुको माग पूरा भएन अब कस्तो खालको आन्दोलन गर्नुहुन्छ भनि उहाँले जिज्ञासा राख्नु भएको थियो, जवाफमा हामीले

पहिला मधेशमा मात्र आन्दोलन भएको थियो अब देशैभरि आन्दोलन हुन्छ

भनि जवाफ दिएका थियौं,’ प्रवक्ता झाले भने । ...... मधेशी मोर्चाको मागको सम्बन्धमा सरकार गम्भीर हुन्छ भनेर आन्दोलनको स्वरुप पनि परिवर्तन गरेको तर हालसम्म सरकारले कुनै सुनुवाई नगरेको जिकिर गरेका थिए । ‘बरु मधेशमा उल्टै आन्दोलनकारीलाई धडपकड गर्नुको साथै मुद्दा लगाउने काम गरिरहेका छन्, आन्दोलन खुकुलो छ त्यस समयको सदुपयोग गरोस् भनि हामीहरुले ज्ञापनपत्र पनि बुझायौं । अब चैत्र मसान्तसम्ममा मधेशको माग पूरा गरेन भने आन्दोलनमा जान्छौं
यो सरकार ढल्छ, शेरबहादुरको नेतृत्वमा नयाँ सरकार : खाँड
‘ यो सरकारमा काग्रेस कुनै पनि हालतमा जाँदैन ।’ ..... संविधान मान्ने, राजतन्त्र ब्यूताउने, संघीयता नस्विकार्ने दलहरुको अप्राकृतिक गठबन्धनले बनेको सरकारमा मेल खाँदैन । ...

बजार जाँदा सरकार छ कि छैन भन्ने स्थिति रहेको, विकास ढप्प भएको, संबैधानिक समस्या समाधान गर्न नसकेको

...... महेन्द्र राय यादवले मधेसको समस्या समाधान नगरी प्रधानमन्त्रीले गर्ने विदेश भ्रमण जनताको हितमा नहुने भन्दै

चीनले प्रधानमन्त्रीको यो भ्रमणलाई महत्व नदिएको

दावी गरे । ...... अहिलेको सरकार असफल भएको र प्रतिपक्ष पनि त्यस्तै भएको भन्दै माग पुरा नभएसम्म जसको नेतृत्वमा सरकार बने पनि आफुहरुकोलागि कागलाई बेल पाक्यो हर्ष न विष्मात जस्तै भएको बताए । ..... आफूहरुको माग पुरा नभए

होली पछि कडा आन्दोलन सुरु गर्ने र त्यो हिमाल, पहाड र तराईमा एकै पटक हुने

दावी गरे ।
दिल्ली पुगेर महन्थले भने, ‘नेपालभित्र दुईवटा नेपाल छ’
कार्यक्रममा पूर्व मन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता सुनिल बहादुर थापा पनि उपस्थित थिए । उनले नेपालमा हुने परिघटनाबाट छिमेकी भारत अछुतो रहन नसक्ने धारणा राखे । ‘मधेसको माग पूरा नगरी नेपालको संविधान अपुरो रहनेछ,’ थापाले भने । ..... कार्यक्रममा भारतीय नेताहरुको पनि बाक्लो उपस्थिति रहेको थियो । भारतीय युनियन मन्त्री सन्तोष गाँवरले नेपाल र भारतको सम्बन्ध अटुट रहेको बताउँदै दुई देशबीचको मित्रतामा देखिएको ‘तुवालो’ हटाउनुपर्ने जिकिर गरे । ..... जेडियुका नेता शरद यादवले नेपाल–भारत सम्बन्ध यथवात रहेको रहेको बताउँदै जातिय व्यवस्थाविरुद्ध लड्न आग्रह गरे । ..... राजदूत उपाध्यायले मधेसलाई ‘वास्तविक नेपाल’ भएको बताउँदै दुई देशबीचको संस्कृति र सम्भयताको मिलनबिन्दु रहेको बताए ।
काँग्रेस सभापतिका नालीबेली: टंकप्रसाद आचार्यदेखि शेरबहादुर देउवासम्म
खुमबहादुर खड्का ‘किङ मेकर’
उनी खुलातर्फको केन्द्रीय सदस्यमा शेखर कोइरालाभन्दा २ मत ल्याएर दोस्रो मात्र बनेनन् आफू निकटका ५ जनालाई केन्द्रीय सदस्यमा जिताउन पनि सफल भएका छन् । ....यसले पनि अवको केन्द्रीय समितिको हरेक निर्णयमा खड्का हावी हुने देखिन्छ ।सदस्यमा विजयी भएका शंकर भण्डारी, पुष्पा भुसाल, अजय चौरसिया, मोहन बस्नेत र देबेन्द्रराज कँडेल खड्कानिकट केन्द्रीय सदस्य हुन् । ..... देउवालाई पार्टी सभापति बनाउन पनि खड्काले ठूलै भूमिका निर्वाह गरे । बिरामीका बबजुद उनले सभापतिको दोस्रो चरणको निर्वाचनमा फिल्डमै उत्रिएर मत मागेका थिए ।

No comments: