Saturday, March 05, 2016

देउबा र मधेस

सबैलाई समेटेर पार्टी हाँक्छु: शेरबहादुर देउवा
सत्य के हो भने मधेसमा जुत्ता लगाउन सक्नेहरू छन्, तर पहाडमा खाली खुट्टा हिँड्न बाध्य छन् । मधेसमा विद्यालय, कलेज, उद्योग, कलकारखना र खेतीयोग्य जग्गा पनि छ, तर त्यो पनि पहाडमा छैन । यति हुँदाहुँदै पनि किन मधेसमा विकास हुनसकेको छैन ? किन समस्या देखिएको छ ? हामीले त्यसमा सोच्नुपर्छ । सम्बोधन गर्ने राजनीतिक नेतृत्वले नै हो । पहाडीले ‘डोमिनेट’ गरेको छ भन्ने मनोविज्ञानबाट मुक्त बनाउनु जरुरी छ । नेतृत्व वर्गमा रहनेहरूले यसलाई जोड दिन र समस्या कहाँनेर हो भनेर खोज्नुपर्छ । सधंै रुलिङ क्लासमा पहाडी रहे । त्यही कराण मधेसमा हामी दोस्रो दर्जाका नागरिक भयौं भन्ने जुन खालको मनोविज्ञानले काम गरिरहेको छ, यसलाई हटाउन म सक्छु । सीमांकन लगायतका विषयमा सम्बोधन गरी पहाड र तराई–मधेस बीचको दूरी हटाउन सकिन्छ ।

पहाड़मा गरीबी छ त्यसैले मधेसी लाई अधिकार दिन मिल्दैन। यो सोंच बिभिन्न मानेमा गलत छ। पहिलो कुरा त मधेस कर्णाली भन्दा पछाडि छ प्रति व्यक्ति आय का हिसाबले। दुनिया मा जहाँ पनि समथर ठाउँ मा मान्छे बढ़ी धनी हुन्छ। मधेसको हकमा चरम शोसन गरेको कारणले नै प्रकृति को त्यो नियम विपरीतको यथार्थ छ।

तर त्योभन्दा गहन कुरा हो राजनीतिक अधिकार को कुरा। राजनीतिक अधिकार भनेको एक व्यक्ति एक मत हो। त्यसको प्रति व्यक्ति आय सँग कुनै सम्बन्ध छैन। त्यति जाबो त देउबा जस्तो काँग्रेसी ले बुझ्नुपर्ने।

अर्को ठुलो गलतफहमी छ कि पहाड़मा विकास गर्ने तरिका हो मधेस मा मानिसलाई अधिकार बाट वंचित राख्नु। म त भन्छु त्यो सही हो भने मधेसी सँग रहेको अलि अलि अधिकार पनि फिर्ता लेउ। पहाडको मानिस फलोसफुलोस। तर त्यो सही होइन। सबैले अधिकार पाएर लोकतंत्र फुल स्पीड मा कूदे अर्थतंत्र पनि फुल स्पीड मा कुद्छ अनि पहाड़ मधेस सबैलाई फाइदा हुन्छ। होइन भने मधेसी अधिकार बाट वंचित रहेको सैकड़ों वर्ष बित्यो। खोई त पहाड़ बिकास भएको?





No comments: