Monday, June 29, 2015

विचार र शक्ति

लोकतंत्र भनेको विचार। गणतंत्र, मानव अधिकार भनेको विचार। धर्म निरपेक्षता विचार। संघियता भनेको विचार, समावेषिता भनेको विचार। समानुपातिक प्रतिनिधित्व भनेको विचार।

ज्ञानेंद्र गद्दीमा बस्नु शक्ति। बसलास गद्दीमा, गद्दीमा बस्न त राजाको छोरा भएर जन्मिनु पर्छ भनेर उसले लोकतंत्र र मानव अधिकार लाई बाल गनेको थिएन। उसँग सम्पुर्ण शक्ति थियो। अनि त्यस्तो सम्पुर्ण शक्ति भएको मान्छे सँग जुध्ने मुर्खता किन गर्ने? गरियो। शक्ति भन्दा विचार बलियो हुँदो रहेछ।

लोकतंत्र र मानव अधिकार आधारभुत विचार हुन। अरु विचार हरु त्यस माथि थप्दै लान मिल्छ। लोकतंत्र भनेको एक व्यक्ति एक मत हो। लोकतंत्र घरको ग्राउंड फ्लोर जस्तो। त्यसमाथि तल्ला थप्दै जाने हो। संघीयता, समावेशीता, समानुपातिक प्रतिनिधित्व भनेको त्यसै घरको दोस्रो तल्ला हो। आर्थिक क्रांति भनेको तेस्रो तल्ला। दोस्रो तल्ला नबनाइ तेस्रो तल्ला बनाउन संभव नै छैन। पहिलो तल्ला बिना दोस्रो तल्ला संभव थिएन।

पहिलो तल्ला बिना दोस्रो तल्ला बनाउन मिल्ने भए मैले एकै पटक दोस्रो तल्ला बनाउँथें। २००६ को अप्रैल क्रांति का लागि फुल टाइम खटेको मान्छे म। न त्यस पछि पद खानु छ न केही। पहिलो तल्ला बनेर सबैभन्दा बढ़ी फाइदा भयो काँग्रेस र एमाले लाई जो कि अहिले आएर दुश्मन सरी उभिएका छन बाटोमा -- दोस्रो तल्ला कुनै हालतमा बन्न दिन्न भनिरहेका छन।

विचार मात्र हुँदा र शक्ति ठ्याक्कै नहुँदा त लड़ियो भने अहिले विचार पनि छ, शक्ति पनि। अहिले लड्ने कि नलड़ने?

विचार त बजाप्ते स्थापित भैसक्यो। अंतरिम संबिधान मा छ। शक्ति भन्ने हो भने संविधान सभामा झण्डै आधा, सर्वोच्च ले अंतरिम संबिधान को रक्षा गर्नै पर्ने भएकोले सर्वोच्च अदालतमा पुरा, राष्ट्रपति को एक मात्र काम अंतरिम संबिधान को रक्षा भएकोले र राष्ट्रपतिको सही बेगर नया संविधान जारी नै नहुने हुनाले भन्न सकिन्छ दोस्रो तल्ला बनाउने शक्ति हरु सँग भीटो पावर नै छ।

विचार पनि छ अनि शक्ति पनि छ, अनि डराउने किन?

क्रान्तिको सफलता, प्रतिक्रान्तिको संभावना, अंतरिम संविधान, सर्वोच्च अदालत र राष्ट्रपति
मधेसी को स्थिति वास्तवमा बलियो छ

संघीयता विरोधी ले भित्तामा माथा ठोक्काउने प्रयास गर्लान ---- त्यसको राजनीतिक फाइदा लिने हो। त्यसलाई संगठन विस्तारमा प्रयोग गर्ने हो।



No comments: