Tuesday, June 09, 2015

नामांकन सीमांकन को प्रक्रिया र समयतालिका

दुई फरक फरक कुरा हुन। नामांकन सीमांकन को प्रक्रिया र समयतालिका। तपाइँको प्रक्रिया सँग र समयतालिका सँग दुबै सँग असहमति हुन सक्छ। प्रक्रिया बारे मेरो आंशिक सहमति विमति छ। तर समयतालिका ले मनमा चीसो पसेको छ।
  • देशले संविधान पाउनु अगाडि र संविधान सभाको म्याद सकिनु अगाडि संविधान सभा विगठन गर्न मिल्दैन। 
  • संविधान संसदले बनाउने होइन, संविधान सभाले बनाउने हो। 
  • संघीयता को छिनोफानो नै यस संविधान सभाको मुख्य काम हो। 
  • संघीयता को छिनोफानो ६ महिना पछि गर्ने तर संविधान सभा अहिले विगठन गर्दिने हो भने त्यो त that is like putting the cart before the horse --- उल्टो पुल्टो भयो। 
  • प्रक्रिया मा पनि केही त्रुटि छन। समयतालिका त गैर कानुनी नै छ। 
  • त्रुटिगत प्रक्रिया बाट नै संघीयताको छिनोफानो ६ महिना पछि हुन्छ भने संविधान सभा अझै ६ महिना कायम राख्न परेन? 
  • संविधान बन्ने प्रक्रिया लाई केपी ओली को प्रधान मंत्री बन्ने महत्वाकांक्षा सँग मतलब छैन र हुनु हुँदैन। 
  • भुकम्प पछिको राहत पुनर्निर्माण को काम को लागि सर्वदलीय राष्ट्रिय सरकार चाहिएको हो भने त्यो राष्ट्रिय सरकार बनाउन यो संविधान सभा ले रोकेको छैन त। 

No comments: