Tuesday, June 09, 2015

समानुपातिक निर्वाचनको उपहास नहोस्

६०% प्रत्यक्ष निर्वाचित, ४०% समानुपातिक भनिएको छ। त्यो समानुपातिक मा अहिले सम्म के भएको छ भने, पार्टी ले चुनाव मा वोट बटुल्ने, अनि चुनाव पछि आफ्नो पार्टी ले जति समानुपातिक सीट ल्यायो, ती सीट विजय गद्दार जस्ता नेता हरुले बेचने! त्यो समानुपातिक निर्वाचनको उपहास हो।

प्रत्येक पार्टीले आफ्नो समानुपातिक सीट चुनाव अगाडि नै सार्वजनिक गर्नु पर्ने, चुनाव पछि फेर बदल गर्न नपाउने हुनु पर्छ।

पर्याप्त सहमतिको आधारमा मस्यौदा तयार हुन्छः डा. भट्टराई
प्रमुख राजनीतिक दलहरुबीच सोमबार भएको १६ बुँदे सहमतिका आधारमा सहमति जुटाउने र सो सहमतिमा असहमत रहेका दल तथा सभासदका धारणालाई पनि सो प्रतिवेदनमा समावेश गरेर पठाइने समितिका सभापति डा बाबुराम भट्टराईले जानकारी दिए । ........ मधेसी जनअधिकार फोरम नेपाल, सद्भावना पार्टीलगायतले सिमाङ्कन र नामाङ्कनको विषय नटुङ्ग्याइकन सहमति गरिनु अन्तरिम संविधानको मर्म र भावना विपरित भएको धारणा राखेका थिए । ...... समितिका सभापति डा भट्टराईले संविधानसभामा प्रतिनिधित्व गर्ने सबै दलको सहमति नभएपनि प्रर्याप्त सहमतिका आधारमा प्रतिवेदन तयार पारिने बताए । उनले भन्नुभयो ‘‘ सयमा सय प्रतिशत सहमति त हुँदेन होला तर प्रर्याप्त सहमतिका साथ प्रतिवेदन पेश हुन्छ र सोही आधारमा संविधानसभाले आवश्यक निर्णय गरेर मस्यौदा समितिलाई मस्यौदा गर्न मार्ग प्शस्त गर्दछ ।’’ उनले गत माघदेखि सुरु भएको संविधान लेखनको बहुमतीय प्रक्रिया सहमतिय प्रक्रियामा प्रवेश गरेको र संविधान लेखनको मार्ग प्रशस्त भएको प्रतिक्रिया समेत दिए ।
संविधानका मस्यौदा तयार गर्न पन्ध्र दिन दिने तयारी
सभाध्यक्ष नेम्वाङले मुलुकको आवश्यकता र जनताको चाहनाबमोजिम संविधान लेखनलाई द्रुत मार्गबाट अगाडि बढाउने योजनामा सचिवालय रहेको बताए । ....... सभाध्यक्ष नेम्वाङले आजै संविधानसभाले अवलम्बन गर्ने भावी प्रक्रियाका बारेमा प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति सुशील कोइराला, सोही दलका नेता शेरबहादुर देउवा, महामन्त्री कृष्णप्रसाद सिटौला, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल, एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता डा बाबुराम भट्टराई र मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारसँग छलफल गरेका थिए।
एमाओवादी नेतृत्वको ३० दलीय गठबन्धन औपचारिक रुपमा फुट्यो, महन्थ नयाँ नेता
सहमतिबाट असन्तुष्ट रहेका मधेशी दलहरुसहित १७ दलको सिंहदरवारमा बसेको बैठकले मोर्चाबाट अलग हुने निर्णय गरेको हो । बैठकमा भएको निर्णय जानकारी दिँदै तमलोपाका हृदयेश त्रिपाठीले ३० दलीय गठबन्धनसँग सम्बन्धविच्देछ गरेको जानकरी दिए । ....... असन्तुष्टमध्ये १२ दलले संविधानसभाको प्रतिनिधित्व गर्दछन् । ‘अब कसरी अघि बढ्ने भन्ने विषयमा अर्को बैठकले तय गर्नेछ,’ त्रिपाठीले भने । ...... ३० दलमध्ये एमाओवादी नेतृत्वमा १३ दलले संविधानसभा बहिस्कारको निर्णय खारेज गर्दै संविधानसभा बैठकमा जाने निर्णय गरिसकेको छ ।
सद्भावना पार्टीले १६ बुँदे सम्झौता जलाउने - पर्सामा जल्यो चार नेताको पुत्ला
पार्टीले मधेशका सबै जिल्ला सदरमुकामहरुमा सम्झौता पत्र जलाउने निर्णय गरेको हो । ..... पार्टी अध्यक्ष राजेन्द्र महतोद्वारा जारी विज्ञप्तिमा १६ बुँदे सम्झौताले देशलाई प्रतिगमनतर्फ धकेल्ने बताउँदै मधेशी, आदिवासी जनजाति, दलित, मुस्लिम, पिछडिएका वर्गसँग विभिन्न समयमा गरिएको लिखित र मौखिक सम्झौताहरुलाई उल्लंघन गरिएको बताइएको छ ।....... ‘अन्तरिम संविधानको घारा १३८ को उल्लंघन हो। संविधान सभाको अधिकार क्षेत्र समेतलाई उल्लंघन गदैॉ सिमांकन र नामांकन विना नै संघियताको संबंधमा गरिएको यो सहमति देशमा कहिलै संघिय व्यवस्था लागु हुन नदिने कुत्सित मनसायका साथ गरिएको गम्भीर षड्यंत्र हो,’ विज्ञप्तिमा भनिएको छ ।........ चार पार्टीबीच भएको सहमतिले देशलाई अकल्पनीय आंतरिक द्वन्दमा फँसाएको बताउँदै संघीयता र समावेशीतालाई समाप्त पार्ने पार्टीको ठहर रहेको छ ।....... आज तमलोपा पर्साले चार शीर्ष नेताहरुको पुत्ला दहनसमेत गरेको छ ।
संविधानसभा बहिष्कार गर्ने निर्णय खारेज
सिंहदरबारमा बसेको एमाओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको १३ दलीय गठबन्धनले मंगलबारबाट संविधानसभाको बैठकमा भाग लिने निर्णय गरेको छ । ३० दलीय गठबन्धनको नेतृत्व गरिरहेको मोर्चामा आबद्व संविधानसभामा प्रतिनिधित्व गर्ने १८ मध्ये १३ दलको बैठक सिंहदरबारमा भएको थियो । ..... यसैबीच, ३० दलीय गठबन्धनमा आबद्व संविधानसभामा प्रतिनिधित्व गर्ने असन्तुष्ट दलहरुको बैठक सिंहदरबारमा जारी रहरेको छ ।

No comments: