Tuesday, June 23, 2015

मधेसी समुदाय सामु का ऑप्शन हरु

A Genuine World Government
मोदी, नीतिश, नेपाल, नेपालके मधेसी और मैं

१६ बुँदे नामको खस हरुको wet dreams अदालतले तुह्यायो। तर त्यसमा रहेको राजनीतिक बेइमानी त छर्लङ्ग भयो। राज्य सभामा मधेसी लाई १०% संख्यामा राखेर मधेस माथिको उपनिवेश परमानेन्ट बनाउने, मधेसी लाई अनागरिक बनाउने जस्ता कुरा हरु आए।

लिपुलेक एउटा सन्देश हो ती खस हरु लाई। विश्व राजनीति मा heavy weight हरु चीन र भारत -- दुबै लाई एक अर्काको जरुरत छ। Feather weight नेपालका खस हरु। 

One person one vote democracy र संघीयता ---- त्यसमा सुद्धा बेइमानी। देश टुटने होइन, देश कब्ज़ा हुने हो। 

संविधान सभामा तराई का सबै सांसद अलग भएर मधेश अलग देश को घोषणा गर्ने सीके राउत को विचार ---- त्यो technically हुने हो --- तर राजनीतिक यथार्थ भन्दा त्यो टाढा छ। तीन खस पार्टीका सांसद त के कुरा -- संविधान सभा त्याग को धम्की दिने मधेसी दलका सांसद पनि वैचारिक रुपमा त्यहाँ आई पुगेका छैनन्। 

सीके राउत को मानव अधिकार हनन को कुरामा नेपालको न्यायपालिका ले देश तत्काल क्रांतिका माध्यम बाट टुट्न बाट बचायो। १६ बुँदे षड्यंत्र बाट पनि देशलाई बिखण्डन तिर जान बाट नेपालको न्यायपालिका ले बचायो। 

मधेसी समुदाय सामु का ऑप्शन हरु 
  • नेपाली काँग्रेस को महाधिवेशन मा मधेसीले पार्टी नेत्तृत्व कब्ज़ा गर्ने 
  • अंतरिम संविधान को रक्षा न्यायपालिका र राष्ट्रपतिले गर्ने, "स्वायत्त मधेस प्रदेश" लाई एक इंच पनि डगमग हुन नदिने 
  • अदालतको बाटो अख्तियार गर्ने: (१) ४३ लाख मधेसी लाई मतदाता नामावली बाट फालेको कुरामा (२) नेपाल सेनाले मधेसी लाई नेपाल सरकारको आदेश का बाबजुद समूहगत भर्ना नलिएको कुरामा 
त्यसका अलाबा 
  • मधेसी पार्टी हरुको एकीकरण 
  • संगठन विस्तार 
  • जनचेतना जागरण अभियान हरु 
मधेस को नोट र वोट लिएर मधेसी विरुद्ध सत्ता प्रयोग गर्ने हरु लाई सदा सदा का लागि बिदाइ बारी गर्ने मधेसको राजनीति बाट। 

यी उपाय safety valve हरु हुन ---- देश टुट्नु भनेको प्रेशर कुकर पड्केको। देश एक राख्ने काम मधेसी न्यायधीश र मधेसी राष्ट्रपतिले गर्नु परेको अचम्म को स्थिति छ। 


No comments: