Tuesday, June 16, 2015

हिन्दी भाषा को पहाड़ी हरु लाई महत्त्व

भारत भनेको सबै भन्दा बढ़ी NRN भएको देश। दक्षिण एशिया बाहिर २० लाख नेपाली होलान। भारतमा मात्र १ करोड़ बढ़ी नेपाली छन। नेपाली लाई भारत जान कुनै रोकटोक छैन। त्यहाँ काम गर्न कुनै रोकटोक छैन। त्यो १९५० को संधिले संभव बनाएको।

हिन्दी भाषा को पठनपाठन नेपालमा स्कुल मा नै हुन्छ भने भोलि त्यो नेपाली जब भारत पुग्छ रोजगारी का लागि अनि उसलाई सजिलो हुन्छ।

भारत जाने नेपाली हरुको संख्या र अनुपात दुबै बढ्दै जान्छ अब किनभने मोदीको नेतृत्व को भारत First World बन्ने बाटोमा हिडी सक्यो। पहिला मलेशिया कतार अमेरिका इंग्लैंड जाने सामर्थ्य नभएका हरु मात्र भारत पुग्थे। अब अवसर खोज्दै अमेरिका बाट भारतीय हरु भारत आएको अवस्था छ। अब विस्तारै मलेशिया कतार अमेरिका इंग्लैंड नगई भारत जाने नेपाली हरुको ताँती लाग्छ। तिनलाई पनि हिन्दी चाहियो।

गुगल ले सारा का सारा इंटरनेट हिंदी मा अनुवाद गर्न लागेको छ: machine translation. हिन्दी सिक्ने डोल्पा को एक बच्चा का लागि दुनिया खुल्छ, ज्ञानको विस्फोट हुन्छ।

हिन्दी भाषा को पहाड़ी हरु लाई महत्त्व छ। त्यो महत्त्व पहाड़ी नेता हरुले बुझाउने प्रयास किन नगरेको? शायद पहिला आफुले नबुझेर होला।


No comments: