Saturday, June 13, 2015

प्रदेश सभामा दुई तिहाई का लागि आवश्यक ध्रुवीकरण

संघीय आयोगले ईमानदारीपूर्वक आफुले पाएको ५+४ वाला मानक सिद्धांत को आदर गर्दै सीमांकन गर्ने हो भने मोटामोटी यस्तो किसिमको नक्शा आउँछ: ८ प्रदेश .




त्यस पछि ८ प्रदेश सभा को चुनाव गर्नु पर्ने भो।

सब भन्दा पहिला त मधेसी र जनजाति पार्टी हरु एक हुनुपर्यो। त्यस पछि त्यो एकीकृत पार्टी ले नामांकन बारे आफ्नो धारणा अगाडि ल्याउनु पर्यो। तराई मा कोचिला, मिथिला, भोजपुरा, थरुहट हो कि? पहाड़मा कोशी, बागमती, गण्डकी, कर्णाली हो कि?

प्रदेश चुनाव अगाडि नै सकेसम्म सबै दल एक स्वरले बोल्न सकेको राम्रो। होइन भने कुरा मिल्ने (शायद एमाओवादी) सँग अलायन्स मा चुनावमा जाने। एकीकृत पार्टी ले ५०-५० को अलायन्स खोज्नु पर्छ। त्यत्रो संघीयता ल्याएर पनि अर्को दश वर्ष बाहुन प्रचण्ड कै पछि पछि कुद्नु के मजा भो र? अलायन्स भनेको एक निर्वाचन क्षेत्र एक साझा उम्मेदवार।

हुन त यो कोचिला, मिथिला, भोजपुरा, थरुहट, कोशी, बागमती, गण्डकी, कर्णाली वाला नामांकन बारे काँग्रेस एमाले को पनि के पो विमति होला र?


No comments: