Sunday, July 05, 2015

पहिलो संविधान सभा तुहाएको प्रचण्डले हो



कोतवाल सँग किन निहुँ खोजेको? बिलकुल अनावश्यक। लगातार चार जना कम्निष्ट हरु प्र म भएछन्। पहिलो संविधान सभा विश्व कै सबै भन्दा समावेशी संसद थियो। कटुवाल सँग निहुँ नखोजेर खुरुक्क संविधान निर्माण को काममा लागेको भए? गणतंत्र र संघीयता दुबै संस्थागत भइसक्थ्यो। पहिचानवाला नक्शा आउँथ्यो। माओवादी-मधेसी सँगै दुई तिहाई मा थिए र काँग्रेस एमाले का मधेसी जनजातिले पनि समर्थन गर्ने जस्तो थियो।

कटुवाल प्रकरण माओवादी पार्टी भित्र छलफल गरेर निर्णय लिएको हुँदै होइन, तर दुनिया भरि स्टेट कैप्चर को इमेज मात्र बन्यो। बिल्कुल अनावश्यक। संविधान बनाउँछु भनेर वोट माग्ने तर पाएको शक्ति कटुवाल सँग झगड़ा गरेर समाप्त गर्ने? 

माधव नेपाल र झलनाथ लाई प्र म बनाउन कस्सिएर लागेको प्रचण्ड, बाबुराम को नाम मा चाहिँ व्यापक खुट्टा घिसारेको। भ्यागुतावाद

बाबुराम पक्षको बेग्लै प्रशिक्षण
‘उपत्यकास्तरीय राजनीतिक तथा वैचारिक प्रशिक्षण’ नाम दिइएको कार्यक्रममा उपत्यकाका तीन वटै जिल्लाका भट्टराई पक्षधर नेता, कार्यकर्ता उपस्थित थिए । ..... नेता भट्टराईले नेतृत्वको आलोचना गर्दै पार्टी नयाँ ढंगले नचलाए हैसियत अझै खस्किने धारणा राखेका थिए । अध्यक्ष पुष्पकमल दाहालले विवाद चर्किएका बेला नयाँ पार्टी निर्माणका लागि विभिन्न विकल्पमा सहमति जनाउने, तर कार्यान्वयन नगर्ने गरेको भन्दै भट्टराईले असन्तुष्टि जनाएका थिए । ..... कार्यक्रममा दाहाल मनोमानी ढंगले चलेको भन्दै चर्को आलोचना भएको थियो । काठमाडौंमा दाहाल पक्षका हिमाल शर्मा र भट्टराई पक्षका महेन्द्र श्रेष्ठको नेतृत्वमा समानान्तर कमिटी छ ।


No comments: