Monday, September 22, 2014

लोकतन्त्र आएको हो कि फेरि आन्दोलन गर्नु पर्ने हो?


  1. कसैलाई गिरफ्तार गर्नु अगाडि नै होमवर्क गर्नु पर्ने हुन्छ। पहिला गिरफ्तार गर्ने अनि पछि कारण पत्ता लगाउँदै जाने पंचायती शैली मानव अधिकार विरुद्ध हो। 
  2. गिरफ्तार गरेको २४ घण्टाभित्र कोर्टमा जजको अगाडि बंदीलाई पेश गर्नुपर्ने हुन्छ। एक हप्ता पछि होइन। 
  3. सर्वोच्च अदालतले कारण देखाउ भने पछि कारण देखाउने हो। 
  4. सर्वोच्च अदालतले छोड़ देला कि भन्ने डर लागेर नया मुद्दा लगाएर विशेष अदालतमा लाने हरकत न्यायको विरुद्ध छ। 
  5. Freedom Of Speech को मंदिर हो संसद। त्यस संसदमा अझ संसदको सभामुखले सीके राउतका बारेमा नबोल भनेर निर्देशन जारी गरेको के हो? ठट्टा गरेको? त्यो सभामुख हो कि वामदेवको PA हो? यो जनजाति हो कि जनजातिको नाममा धब्बा हो?  
  6. हिरासतमा सीके राउतलाई torture गरिएको र त्यसको प्रतिकारमा सीकेले आमरण अनशन शुरू गरेको हल्ला कतिसम्म सत्य हो? सीके राउतको खुट्टा सुन्निएको कुरा के सत्य हो? 
  7. देशमा लोकतन्त्र आएको छैन रैछ भने संघीयता आदि इत्यादिको कुरा पछि गरौंला, पहिला फेरि एक पटक लोकतान्त्रिक आन्दोलन नै गर्ने बेला आएको हो? ज्ञानेन्द्रले माधव नेपाललाई थुन्दा torture गरेको थिएन, शेर बहादुरलाई अझ घरको खाना ख्वाई ख्वाई राख्या थियो। सीके एउटा राजनीतिक बन्दी हो, सबैलाई चेतना भया।  


सि के राउत आमरन अनशनमा
मधेशवादी दलको छुट्टै मोर्चा बन्ने तयारी


No comments: