Tuesday, September 23, 2014

मधेसी क्रान्ति (३)

मधेसी क्रान्ति (१) ले देशमा संघीयतालाई स्थापित गर्यो। मधेसी क्रान्ति (२) ले मधेश प्रदेशको स्वायत्तता स्थापित गर्यो। वामदेव र सुशीलले सीके राउतलाई हिरासतमा लिएर मधेसी क्रान्ति (३) को बीउ रोपेका हुन। त्यस क्रान्तिको गृहकार्य जोड़तोड़कासाथ हुँदैछ।

क्रान्ति अहिंसात्मक हुन्छ। (१) सीके राउतको अविलम्ब र निशर्त रिहाई (२) मधेशको स्वयत्तताको गारण्टी र (३) जनमत संग्रहका आधारमा राज्य देशबाट अलग हुन पाउने प्रावधान सहितको संविधान। मधेश बन्द गर्ने र यी तीन माँग पुरा नभएसम्म बन्द राख्ने लक्ष्य लिएर आन्दोलन शुरू गर्नुपर्ने हुन्छ।


No comments: