प्रत्यक्ष निर्वाचित कार्यकारीणी अध्यक्ष

हिन्दी: देश के उप राष्ट्रपति मोहम्मद हामिद अंस...
हिन्दी: देश के उप राष्ट्रपति मोहम्मद हामिद अंसारी पटना में पूर्व मुख्यमंत्री सत्येन्द्र नारायण सिन्हा(छोटे साहब) की 94वीं जयंती पर आयोजित व्याख्यानमाला श्रंखला पर पूर्व सांसद किशोरी सिन्हा और मुख्यमंत्री नीतीश कुमार के साथ (Photo credit: Wikipedia)
संघीयतामा बाँझो नहाले कांग्रेसको कुरा पनि मानौ एउटा दुईटा भनेर मात्र हो नत्र भने देशलाई चाहिएको प्रत्यक्ष निर्वाचित कार्यकारीणी अध्यक्ष नै हो। संसदको कार्यकाल ५ वर्ष, र प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको कार्यकाल ५ वर्ष। ढाई वर्षको अन्तरालमा दुईको निर्वाचन हुने व्यवस्था राम्रो हो। त्यही राष्ट्रपति नेपाल सेनाको अध्यक्ष पनि स्वतः हुने भो। संसदले चुन्नुपर्ने सभामुख हो, प्रधान मंत्री अथवा राष्ट्रपति होइन।

तर त्यो राष्ट्रपतिले खसेको मतको कमसेकम ५०% मत ल्याउनु पर्ने हुन्छ, नत्र सबैभन्दा बढ़ी मत ल्याउने दुई उम्मेदवार बीच दोस्रो चरणको अर्को निर्वाचन लगत्तै हुन्छ। भनेपछि देशका पार्टीहरु राष्ट्रपतिको निर्वाचनकालागि दुई खेमामा विभाजित हुने भए। त्यो दुई ध्रुवको निर्माण (bipolarization) लोकतंत्रकालागि राम्रो कुरा हो। त्यसले राजनीतिक स्थिरता पनि दिन्छ र स्वस्थ प्रतिस्प्रधा पनि दिन्छ। आखिर संसद चल्ने पनि बहुमतले नै हो।

प्रत्यक्ष निर्वाचित कार्यकारीणी अध्यक्ष अमेरीकामा पनि छैन, भएको भए सन २००० मा बुश होईन अल गोर राष्ट्रपति बनथे। बढ़ी मत ल्याए गोरले, राष्ट्रपति बन्न पुगे बुश।

प्रत्यक्ष निर्वाचित कार्यकारीणी अध्यक्षको व्यवस्थाले राज्यका तीन अंगका बीच हुनुपर्ने स्पष्ट विभाजनलाई पनि सम्मान गर्छ। प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको कैबिनेटमा बस्न संसदको सदस्य हुनु कुनै जरुरी हुँदैन। त्यो अर्को ठुलो फाइदा हो। संसदमा गएर कानुन बनाउनु एक किसिमको कला हो भने मंत्रालय चलाउनु अर्कै किसिमको कला हो। एउटै मान्छेले दुई टै गर्न सक्ने कमै हुन्छन्। नाकको डॉक्टरलाई कान हेर्न लगाउने व्यवस्थालाई राम्रो भन्न सकिन्न।

जनताले प्रत्यक्ष चुनेको राष्ट्रपतिको कार्यकाल दुई पटकमा सीमित राख्नु उत्तम हुन्छ। १० साल पर्याप्त समय हो। त्यसरी प्रत्यक्ष निर्वाचित र बढ़ीमा दुई कार्यकालमा सीमित राष्ट्रपति शुरूमा कुनै पार्टीकै भए पनि र राष्ट्रपति बने पश्चात् पार्टी न छोड़े पनि अथवा पार्टीको अध्यक्ष नभए पनि त्यो व्यक्ति स्वतः पार्टीय धरातलभन्दा माथि उठ्न पुग्छ र सारा देशको भएर काम गर्छ। चाहिएको त्यो हो। संसदले चुनेको प्रधान मन्त्रीले देशलाई भन्दा पार्टीलाई हेरेको थुप्रै उदहारण छन।

राजनीतिक स्थिरता कम ठुलो मुद्दा होइन। नेपालमा वर्ष पिछे नया प्रधान मंत्री ल्याउने परिपाटी गिरिजा कोइरालाको पालादेखि शुरू भएको हो अथवा भीमसेन थापाको पालादेखि, जसको पालादेखि शुरू भए पनि त्यसलाई राम्रो भन्न मिल्दैन। त्यही परिपाटी कायम राख्ने हो भने देश विकास हुँदैन। भुतपूर्व प्रधानमंत्रीहरुको एउटा ठुलो टोली भने निर्माण हुन्छ।

मलाई एउटा नीतिश कुमार चाहिएको छ नेपालमा। त्यो व्यक्ति को हुन सक्छ? संविधान कुनै व्यक्ति विशेषकालागि लेखिँदैन। तर यो संविधान रित्तो (vacuum) मा पनि लेख्न लागिएको होइन। नया संविधान बनेपछि माओवादी र मधेसी गठबन्धनको नेतृत्व गर्दै बाबुराम भट्टराईले १० वर्ष खालान कि भन्ने छ। तर यदि ती नीतीश होइन रैछन् भने ५ वर्षपछि नेपाली जनताले बाई बाई गरेर अर्को खोज शुरू गरेको राम्रो।

आफु भ्रष्ट नभएको नेतामा कृष्ण प्रसाद भट्टराई पनि थिए र मनमोहन सिंह पनि। तर आफु भ्रष्ट नभएर नपुग्ने रैछ। आफ्नो कैबिनेट भ्रष्ट हुन नदिने मान्छे चाहियो। कर्मचारीहरु भ्रष्ट हुन नदिने मान्छे चाहियो। पार्टीको पुच्छर नबन्ने खाले मान्छे चाहियो।

आर्थिक क्रान्ति भनेको लगातार २०-३० वर्षसम्मको डबल डिजिट (double digit) विकास दर (growth rate) हो। नेपालको जनताले प्रत्यक्ष चुनेको राष्ट्रपतिको सफल विफल नापने मैले त्यही एउटा मापदंड़ हो। बबुरामले त्यो दिन सकलान? त्यो भविश्यले बताउँछ।

Comments

Popular posts from this blog

फोरम र राजपा बीच एकीकरण: किन र कसरी?

नेपालभित्र समानता को संभावना देखिएन, मधेस अलग देश बन्छ अब

फोरम, राजपा र स्वराजी को एकीकरण मैं छ मधेसको उद्धार