Monday, September 15, 2014

बाबा वामदेवलाई सन्देश

Statue of Liberty unveiled, by Edward Moran
Statue of Liberty unveiled, by Edward Moran (Photo credit: Wikipedia)
राजाको कुपछि देशमा मानव अधिकार थिएन। भन्दैमा मानव अधिकार गायब भएको होइन। मानव अधिकार पनि कहीं गायब हुने कुरा हो र? त्यति बेला मानव अधिकार हनन भएको हो। फेरि पुनर्स्थापित भयो। त्यो पवित्र राजनीतिक क्रान्तिमा के पहाड़ी, के मधेसी, सब एक भएर होम्मिएका हुन। मैले पनि प्रवासबाट सक्दो गरें। समय त फुल टाइम नै दिएँ मैले। त्यस एक डेढ़ वर्षका दौरान पालैपिलो थुप्रै नेताहरुसँग, मेडियाका मान्छेहरूसँग, मानव अधिकारकर्मीहरुसँग भेंट भयो। न्यु योर्क वास्तवमै संसारको राजधानी रैछ। सबै आउँदा रहेछन्। त्यसै सन्दर्भमा एमालेका नेता भरत मोहन अधिकारीसँग एक दिन भरि मैले घुमाउने मौका पाएको थिएँ। पहिला कहाँ जानुहुन्छ भनेर मैले सोध्दा खेरी Statue Of Liberty भनेर वहाँले सहजै जवाफ दिनुभयो।

शुरुमा दिल्लीमा र पछि काठमाण्डुमै पनि म विभिन्न व्यक्तिहरुलाई फ़ोन गरिरहन्थें। त्यस क्रममा एक पटक मेरो वामदेव गौतमसँग गफ भयो। छोटो गफ भयो। के गर्दै हुनुहुन्छ भनेर मैले सोधेँ। यसो नहाउन पस्नै लागेको थिएँ, तर गफ गर्न मिल्छ भन्नु भो। मेरो छोटो गफमा के हिन्ट पाउनु भो कुन्नि, ननुहाईकनै घर छोडेर फरार हुनुभो। त्यति गर्दा हिरासतमा पर्न बाट बच्नु भएछ। पछि न्यु यर्कमा वहाँको श्रीमतीसँग भेंट भयो। वहाँ त डायबिटीजको शिकायत भएको मान्छे, हिरासतमा परेको भए ठुलो समस्या पर्थ्यो भनेर भन्नु भयो। २००५ को शुरुतिर मेरो दिल्लीमा रहेका राम वरण यादवसँग फोनमा लामै गफ भएको थियो।

२००६ को पवित्र अप्रिल क्रान्तिमा एक रहेका शक्तिहरु एक रहिरहनु बड़ो जरुरी छ अहिले पनि भनेर मैले भन्न खोजेको हुँ। संविधान र संघीयताको बहस छोटो समयको हो। यसलाई लोकतान्त्रिक ढंगले र न्यायपूर्ण ढङ्गले एक logical conclusion मा लगेर देशलाई आर्थिक क्रान्तिकालागि तयार पार्ने तर्फ सबैले सोँच्नु पर्दछ। अहिले दलित, मधेसी, जनजाति र महिलाको सामाजिक न्यायको आवाज उठाइरहेकाहरु २००६ को लोकतान्त्रिक आन्दोलनका सहयात्रीहरु नै हुन भन्ने कुरा बिर्सनु हुँदैन। सामाजिक न्याय लोकतन्त्रकै अर्को chapter हो।

लोकतन्त्र हो। फरक मत त हुन्छ। तर जुन मानव अधिकारकालागि त्यत्रो संघर्ष भयो, त्यसको प्रयोगमा कनजुष्याई गर्ने बेला यो होईन। २००६ मा revolution को पक्षमा उभिएकाहरु कोही पनि अहिले counter revolution का शक्तिहरुलाई थाहा पाएर अथवा नपाएर साथ दिन नपुगुन। होशियार हुनु जरुरी छ।


सन्दर्भ: CK Raut's Arrest Is Illegal

No comments: