Pages

Wednesday, July 29, 2015

डकैती

'संविधानको मस्यौदा रातारात फेरियो'
मस्यौदा समितिबाट पारित भएको संविधानको मस्यौदा प्रतिवेदन बनाएर संविधानसभामा पारित गर्ने रात त्यसका थुप्रै बुँदा परिवर्तन गरिएको एमाओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले बताएका छन् । ...... पहिलो संविधानसभा, संवाद समिति, विवाद समाधान उपसमितिमा सहमति जुटेका कतिपय विषय संविधानसभा मस्यौदा समितिले हटाएको भट्टराईले बताए । ...... उनले भने, ‘सहमति गर्ने मूल थलो संवैधानिक —राजनीतिक संवाद तथा सहमति समिति नै रहेकाले निर्धोले न्याय पाउने गरी संविधान निर्माण गराउन पहल गर्नु मेरो कर्तव्य हो ।’ संविधानको मस्यौदा रहस्यमयमात्र नभएर मजाकसमेत भएको आक्रोश भट्टराईको थियो । ..... ‘विधि र प्रक्रियाविपरीत केही मानिसले अघिका सबै सहमतिलाई मिच्दै संविधानको मस्यौदा ल्याए,’ उनले भने, ‘पहिलो मस्यौदाले विगतका सबैजसो सहमतिलाई एकएक गरेर झिक्ने कार्य भयो ।' ..... उनले ‘पूर्ण प्रेस स्वतन्त्रता’ भन्ने वाक्यांशबाट ‘पूर्ण’ पनि त्यसैगरी हटाइएको बताए । प्रेस स्वतन्त्रता लोकतन्त्रको खम्बा भएको उल्लेख गर्दै डा.भट्टराईले संवैधानिक अंगको नियुक्ति समावेशी र समानुपातिक आधारमा हुने भन्ने प्रावधान पनि मस्यौदाबाट हटेको बताए । ‘यस्तो कार्य गम्भीर गल्ती नभएर अपराध हो,’ उनले भने ।


In The News (27)



मस्यौदा संविधान विनासंशोधन पारित भए नयाँ द्वन्द्व सुरु हुने १६ कारण यी हुन् !
संघीयता र धर्मनिरपेक्षतामाथि गम्भीर संकट आएको छ : सीके लाल
संघीयताको सन्दर्भमा चीन खुलै रुपमा संघीयताको विपक्षमा रहेको र भारतले पनि नेपाली सेना तथा स्थायी राज्यसत्ता चिढिन्छन् भनेर संघीयताको पक्षमा बोल्न नचाहेको बताए । ..... नेपाली सेना नेपालको सबभन्दा प्रमुख र अहिलेसम्मकै स्थायी शक्ति रहेको जिकिर गर्दै उनले सेना अग्रगामी एजेण्डामा अनुदार देखिएकोले संघीयता, धर्मनिरपेक्षता र समानुपातिक समावेशीजस्ता मुद्दामाथि संकट देखापरेको बताए । ...... ‘मधेशी र जनजातिले जति रोईकराई गरे पनि नेपालका शासक सुमदाय र सेनासहित राज्यसत्ताका अंगहरु संघीयताको पक्षमा छैनन् । संघीयताप्रति चीन र भारतको पनि कुनै रुचि छैन । त्यसैले संघीयताको भविष्य अन्यौलमै छ,’ लालले थपे । ..... मधेशी जनताले स्वस्फूर्त रुपमा आन्दोलन गरे पनि मधेश आन्दोलन र समग्र मधेश एक प्रदेशको नारालाई उहिले माओवादीको विस्तारलाई रोक्न उपयोग गरेको भन्दै लालले दिल्लीलाई समेत संघीयता भालुको कन्पट भएको बताए । ....... संघीयताको निस्तेजीकरणभन्दा संविधान निर्माणको सन्दर्भमा चीनको अर्को कुनै चासो नरहेको दाबी गर्दै लालले भारतीय संस्थापनका लागि हिन्दु धर्म सबभन्दा ठूलो एजेण्डा रहेको बताए । ..... भारत र नेपालका पुँजीपति पनि धर्मनिरपेक्षताको पक्षमा नरहेको उल्लेख गर्दै उनले भारतको आफ्नो स्वार्थसिद्धिका लागि हिन्दु राष्ट्र नै उसको ‘सेफ हेभेन’ हुने बताए । ..... १६ बुँदे सहमति हैन षड्यन्त्र हो भन्दै लालले प्रचण्ड र बाबुरामको माओवादीलाई रत्नपार्कमा नानाथरी औषधि बेच्ने चटकेसँग तुलना गरे । ......... नेपाली सेना नेपालको सबभन्दा प्रमुख र अहिलेसम्मकै स्थायी शक्ति रहेको जिकिर गर्दै उनले सेना अग्रगामी एजेण्डामा अनुदार देखिएकोले संघीयता, धर्मनिरपेक्षता र समानुपातिक समावेशीजस्ता मुद्दामाथि संकट देखापरेको बताए । ..... २००७ सालको क्रान्तिदेखि मधेश विद्रोहसम्मका आन्दोलन नेपाली जनताले नै गर्ने गरेको, तर ती सबै आन्दोलनमा घुसपैठ गरेर विदेशी शक्तिले ती आन्दोलनलाई आफ्नो स्वार्थका लागि उपयोग गरेको लालको भनाइ थियो । .....

जनयुद्धका बेला वर्गीय र जातीय मुक्ति, धर्मनिरपेक्षता, संघीयता, स्वायत्तता, राष्ट्रिय स्वाधीनता र आत्मनिर्णयको अधिकारजस्ता अति आमूल परिवर्तनकारी मुद्दा उठाउने माओवादीले किन सबै मुद्दा छाडेर कांग्रेस र एमालेसँग १६ बुँदे सहमति गर्न गए भन्ने जिज्ञासामा १६ बुँदे सहमति हैन षड्यन्त्र हो भन्दै उनले प्रचण्ड र बाबुरामको माओवादीलाई रत्नपार्कमा नानाथरी औषधि बेच्ने चटकेसँग तुलना गरे ।

.... ‘चटकेहरु काठमाडौंको रत्नपार्कमा नानाथरीका औषधि बेच्न बसेका हुन्छन् । उनीहरुले क्यान्सरसम्म रोग निको गर्ने भनेर गफ दिन्छन् । औषधि बेचेर थैलो भरिएपछि जसरी उनीहरु भाग्छन्, त्यसरी नै एमाओवादीका नेताहरु पनि मैदान छाडेर भागेका छन्,’ लालको विश्लेषण छ ।

विजय गद्दार ले मधेस डुबायो, अब मौका पाए देश डुबाउँछ

त्यत्रो मधेसी क्रांति भयो। गाउँ गाउँ मा मान्छे जागे, मर्न तैयार भए, मरे --- त्यस पछि उपेन्द्र यादव ले "खै, संगठन कसरी बनाउने, मान्छे छैन" भन्न भ्याएको! विजय गद्दार को चरित्र नेपाल को राजनीति को अलिकति पनि ज्ञान भएको जो कसै लाई त्यो भन्दा १५ वर्ष अगाडि देखि थाहा थियो। उपेन्द्र यादव लाई बाहेक। त्यस्तो गद्दार लाई संसदीय दलको नेता बनाउन भ्याएको।

विजय गद्दार मधेसी क्रांति को मोमेंटम चकनाचूर पारेको मान्छे। मधेसी पार्टी फुट्ने क्रमको प्रनेता, मार्गदर्शक। त्यो नेता होइन, mercenary हो। विदेशी शक्तिले यस्ता मान्छे खोजेर बसेको हुन्छ। अलि कति पैसा पाए जस्तो सुकै कागज मा सही गरिदिने। समानुपातिक चुनाव को खिल्ली उडाएको मान्छे।

ठीकै भन्यो विजय ले, मधेस भन्दा देश ठुलो हो। साइज मा। मधेस बेचेर जति कमाइ भयो त्यो भन्दा बढ़ी कमाइ देश बेच्यो भने हुन्छ। त्यति बेला उपेन्द्र फँस्यो। अहिले प्रचण्ड फंस्दै छ।
पहिला देश, त्यसपछि मधेस: गच्छदार‘जिल्ला टुक्र्याएर भए पनि प्रदेश निर्माण हुन्छ’
विजय गद्दार ले मधेस डुबायो, अब मौका पाए देश डुबाउँछ।




In The News: Balwa Bazar, Mahottari

सीमाङ्कनसहितको संविधान जारी हुन्छः देउवा
उनी दिल्लीका साथै उत्तराखण्डको पनि भ्रमण गर्नेछन्।


महोत्तरी दिनभर तनावग्रस्त, सात वटा गाडीमा तोडफोड र आगजनी
गाडी तोडफोड र ढुङ्गामुढा गर्नमा संलग्न रहेका महोत्तरी पडौलका सञ्जयकुमार यादव र बलवा २ का सत्यनारायण यादवलाई मंगलवार राति प्रहरीले पक्राउ गरिएपछि उनको रिहाईको माग गर्दै प्रर्दशन गरी प्रहरीमाथि ढुङ्गामुढा प्रहार गर्न थालेपछि बुधवार दोहोरो झडप शुरु भएको हो । ...... प्रहरीले भीडलाई नियन्त्रणमा लिन ६ सेल अश्रुग्यास,३ राउण्ड हवाई फायर र पटकपटक लाठीचार्ज गरेको थियो। प्रर्दशनकारीको भीड बढ्दै गएपछि थप मदतका लागि दंगा नियन्त्रण कार्यालय ढल्केवरबाट आईरहेका दंगा प्रहरीको बा.१ग.२१०३, बा.१ग.२०९३ नम्बरको दुईवटा वनटन गाडी र ईलाका प्रहरी कार्यालय बलवाको बा.१झ.६१९ नम्बरको जीपमा तोडफोड गरका छन्। जलेश्वर बर्दिबास सडकखण्डमा चल्ने २ वटा बसमा पनि तोडफोड र ३ वटा मोटरसाईकलमा आगजसमेत गरेका छन्। ..... झडपका कारण दिनभरि बलवा बजार बन्द भयो। बलवाको स्थिति तनावग्रस्त रहेको छ। जलेश्वर बर्दिवास सडक खण्डमा चल्ने यातायातसमेत ठप्प भएको थियो। इलाका प्रहरी कार्यालय बलवा अगाडि दुई जनालाई छाडिनुपर्ने माग राख्दै प्रहरी र स्थानीय प्रशासन विरुद्र आन्दोलनकारीहरूले नारा लगाइरहेका थिए। ...... यस अघि मंगलवार राति प्रहरी र स्थानीयबीच बलवाबजारमा झडप हुँदा ५ प्रहरीसहित २५ सर्वसाधारण घाइते भएका थिए। बलवा चौकी अघि सवा ९ बजेतिर भएको झडपमा प्रहरी हवल्दार अनिरुद्र गुप्ता घाइते भएको स्थानीयले बताए। .... बलवा ६ का ५५ वर्षीय रामसुन्दर यादवको अवस्था गम्भीर छ । टाउकोमा चोट लागेका यादवको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको छ। ......

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक सौरभ राणाका अनुसार सिके राउतको श्रव्यदृश्य सार्वजनिक स्थलमा प्रदर्शन गर्न लाग्दा तनाव भएको हो। सो दृश्य चौकी अगाडि नदेखाउन प्रहरीले आग्रह गर्दा ढुंगामुढा भएको थियो।

....... एक्कासि ढुंगामुढा गर्न थालेपछि आत्मरक्षाका लागि प्रहरीले चार एक राउण्ड गोली चलाइएको हो। केही सेल अश्रुग्यास पनि छाडिएको थियो। सामाजिक परिस्थिति भड्काउने खालको सिके राउतको भाषणको दृश्य सार्वजनिक स्थलमा देखाउन खोजिएको अनुमान प्रहरीको छ। ...... प्रहरीले सी.के.राउतको भिडियो बन्द गराएर प्रोजेक्टर र सीडि नियन्त्रणमा लिएपछि आक्रोशित भीडले ईलाका प्रहरी कार्यालय बलवामा ढुंगामुढा गरेका थिए। ..... पटकपटक स्थानीयवासी र प्रहरीबीचमा झडप भएपछि सो गाउँमा ब्यापक रुपमा सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको छ। इलाका प्रहरी कार्यालय बलवाका इन्चार्ज सहायक प्रहरी नायब निरीक्षक एकराज सुवेदीले अनुमति बिना सिडी क्यासेट चलाइरहेकाले रोक्न जाँदा स्थानीयवासीले विरोध जनाएको र प्रहरीमाथि ढुङ्गामुढा गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिनका लागि लाठीचार्ज र हवाई फायर गर्नुपरेको बताए ।
सिके राउतको भाषणको भिडियो हेर्दा प्रहरी र स्थानीयवासीबीच झडप
२५ घाइते, एकजनाको अवस्था गम्भीर ...... झडपमा परी करिब २५ जना स्थानीयवासी घाइते भएका छन् भने एक जनाको अवस्था गम्भीर रहेको छ। मङ्गलबार राति बलुवा बजारको

विद्यालय प्रांगणमा डा सिके राउतको भाषणको भिडियो प्रदर्शन क्रममा

सो झडप भएको हो। भिडियो देखाइरहेको अवस्थामा प्रहरीले स्थानीयवासीलाई रोक्न खोज्दा स्थानीयवासीले प्रहरीमाथि ढुङ्गामुढा गरेका थिए। ......... प्रहरीमाथि ढुङ्गामुढा गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले स्थानीयवासीमाथि लाठीचार्ज गर्नुका साथै एक राउन्ड हवाई फायर गरेको थियो । प्रहरीको लाठीचार्जबाट करिब २५ जना स्थानीयवासी घाइते भएका छन् भने बलुवा–६ का ६० वर्षीय रामसुन्दर यादवको अवस्था गम्भीर रहेको छ । टाउकोमा चोट लागेका यादवको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको छ । ........ सो गाउँको अवस्था तनावग्रस्त रहेको स्थानीयवासीले बताएका छन्। पटकपटक स्थानीयवासी र प्रहरीबीचमा झडप भएपछि आवश्यक सहयोगका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट थप सुरक्षाकर्मी बोलाइएको छ। ...... स्थानीयवासीले प्रहरीको एउटा भ्यानमा तोडफोड गरेका छन् भने ढुङ्गामुढा गर्नमा संलग्न रहेका महोत्तरी परौलथानका सञ्जयकुमार यादव र बलुवाका सत्यनारायण यादवलाई पक्राउ गरिएको स्थानीयवासी रामदेव यादवले जनाएका छन्। ...... इलाका प्रहरी कार्यालय बलुवाका इन्चार्ज सहायक प्रहरी नायब निरीक्षक योगकुमार सुवेदीले अनुमति बिना सिडी क्यासेट चलाइरहेकाले रोक्न जाँदा स्थानीयवासीले विरोध जनाएको र प्रहरीमाथि ढुङ्गामुढा गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिनका लागि लाठीचार्ज र हवाई फायर गर्नुपरेको जानकारी दिए।

सुशील किंकर्तव्यविमूढ़ मान्छे



बिलियन डॉलर ले २,००० विद्यालय, २,००० स्वास्थ चौकी बनाउ। १०,००० शिक्षक, १०,००० स्वास्थ सेवक लाई ट्रेनिंग देउ। गाउँ गाउँ मा पठाउ। फास्ट ट्रैक भन्दा बढ़ी महत्वपुर्ण कुरो त्यो। ३% मा पाएको लोन २०-३० वर्ष पछि माफ़ नै पनि हुन सक्छ। भारत सँग राजनीतिक एकीकरण गर्ने हो भने अहिले माफ़ हुन्छ।

देशका सबै भूमिहीन लाई एक दुई सय डॉलर माइक्रो लोन दिएर सान्तिनो बिजनेस शुरू गर भने भो। यो पैसा बाँडेको होइन, लोन दिएको। वापस दिनु पर्ने।

18% Growth Rate For Bihar?

विकास भनेको भौतिक कुरा मात्र होइन। रोड एयरपोर्ट जस्ता कुरा मात्र होइन। शिक्षा स्वास्थ  विकास हो। शिक्षित र स्वस्थ जनता ले काम गर्छन, टैक्स तिर्ने भएर आउँछन्। आज को globalization को जमाना मा Human Capital भन्ने चलन छ। दैनिक विदेश जाने २,००० युवा प्रशिक्षित भएर जाने भए बढ़ी कमाउने हुन नि त।

माओवादी ले शिक्षा, स्वास्थ्य र रोजगार जस्ता concrete, measurable कुरामा फोकस गरे कति राम्रो हुन्थ्यो। काँग्रेस ले २,००० मात्र स्कुल बनाउँछ, हामीले त्यति नै पैसाले २५०० बनाई दिन्छौं भनेर प्रतिस्प्रधा गर्ने हो। फिडेल कास्ट्रो ले स्वास्थ र शिक्षा को क्षेत्रमा गरेको काम नेपालमा गर्न सकिन्छ?

बरु राजधानी सार्ने

आर्थिक क्रान्ति
Rudra Pandey Would Be An Excellent Directly Elected Prime Minister
बाबुराम ले नया पार्टी गठन गर्नु
सीके राउत को मधेसी जनता लाई प्रमुख योगदान: शायद संगठन
हिपत, जनकपुर, कोलकाता


आर्थिक क्रान्ति



In The News (26)

वैद्य र ठाकुरसित वार्ता गरे प्रधानमन्त्रीले
'संविधानको बिरोधमा छैनौं': महन्थ ठाकुर  
प्रधानमन्त्री सुशील कोइरालाले बुधबार बालुवाटारमा तमलोपा अध्यक्ष महन्थ ठाकुरसँग एक्लै २५ मिनेट वार्ता गरे । त्यत्तिकैमा एमाले अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र फोरम लोकतान्त्रिक अध्यक्ष विजयकुमार गच्छदार बैठक कोठामा पसे । ....... ‘अहिले कमसेकम तपाईंहरूसँग बहुमत छ । त्यसका आधारमा आफ्नो इच्छाअनुसार सविधान बनाउनुस्,’ ठाकुरले भने, ‘तर हामी अन्तरिम संविधान र विगतका सहमतिभन्दा पछाडि फर्केर संविधानसभाको प्रक्रियामा साथ दिन सक्दैनौं ।’ ...... मोहन वैद्यले कोइरालासँग व्यक्तिगत भेट गरे । बालुवाटारमै रहेका चार ठूला दलका नेतासँग कुरा गर्न भने उनले अस्वीकार गरे । ..... ‘यो छलफल प्रक्रियासंगत छैन, मस्यौदाले मधेसी, दलित, जनजाति, महिला कसैलाई पनि प्रतिनिधित्व गर्दैन,’ कर्णले भने, ‘यो नाटकको पात्र बन्न हामी तयार छैनौं, त्यसैले सभा बहिष्कार गर्छौं ।’
मधेसी मोर्चाद्वारा संविधानसभा बहिष्कार



सिमाकंन र नामांकन टुंग्याउनुपर्छ: भण्डारी
पार्टीको जिल्ला कार्यसमिति घोषणा कार्यक्रममा बनेपा आएका उनले प्रदेश नटुंग्याई संविधान घोषणा गरे संविधानसभापछि राष्ट्रपतिको निर्वाचन गर्न पनि समस्या हुने तर्क गरे । ‘सिमांकन र नामाकंन नटुंग्याइकन प्रदेश गठन हुँदैन, राष्ट्रपति प्रदेशसभाका सदस्यले गर्ने भन्ने छ,’ उनले भने, ‘हतारमा संविधान जारी गर्नुभन्दा प्रदेशको टुंगो लगाएर मात्रै संविधान जारी गर्नुपर्छ ।’ ...... राष्ट्रिय मधेस समाजवादी पार्टीको काभ्रे जिल्ला समिति घोषणा गरिएको छ । सुरज लामाको अध्यक्षतामा राजु तामाङ, राजकुमार प्रजापति र प्रिष्टा प्रजापति उपाध्यक्ष, सुनिलराज गिरी कोषाध्यक्ष, सहन भैल सचिव र प्रदीप प्रजापति सहसचिव रहेको १३ सदस्यीय समिति गठन भएको हो । ..... सिन्धुपाल्चोक, रामेछाप, दोलखा, गोरखा, सिन्धुली लगायतका जिल्लामा गठन भएको जानकारी दिँदै केन्द्रीय सदस्य सबरकुमार प्रजापतिले संगठन विस्तारलाई तिव्रता दिने बताए ।
नेता देउवा दिल्ली प्रस्थान
भारत सरकारको निमन्त्रणामा पाँचदिने भ्रमणका लागि उनी अपराह्न त्यसतर्फ प्रस्थान गरेका हुन् ।..... भ्रमणका क्रममा उनले भारतीय राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंह, विदेश मन्त्री सुष्मा स्वराजलगायत वरिष्ठ नेता र अन्य मन्त्रीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । ..... नेता देउवाले भ्रमणका क्रममा आफूले नेपालमा लगानीको उचित वातावरण बन्दै गएको अवस्थामा लगानीका लागि भारतलाई आग्रह गर्ने बताउनु भयो ।

उत्तराखण्डको भ्रमण गरी पञ्चेश्वरका विषयमा पनि छलफल गर्ने

उनले उल्लेख गरे ।