बालेन सरकारका सय दिन
मेरो जीवनकालमा प्रथम पटक नेपालमा सुशासन संभव देखिएको छ। यो कुनै साधारण सरकार होइन। जेन जी क्रांति ले पैदा गरेको सरकार हो। नेपालको इतिहासको प्रथम मौलिक क्रांति। भ्रष्टाचारमुक्त देश माग्न भ्याएको। भ्रष्टाचारमुक्त भारत पनि छैन। मृत्युदण्ड दिने चीन पनि होइन। अमेरिका त दुनियाको नम्बर एक भ्रष्ट देश। एक दुई ट्रिलियन भावी पीढ़ि लाई ऋण बोकायो अनि पैसा झ्वाम्म खायो। डिफेंस सेक्टर। हेल्थ केयर सेक्टर। पुरा सेक्टर का सेक्टर प्रभावित।
भ्रष्टाचारमुक्त देश बनाउन सिस्टम चाहिन्छ। त्यो सिस्टम को खाका कल्किवादी रिसर्च सेंटर सँग छ।
मेरो जीवनकालमा नेपालको राजनीतिमा उदाएका समस्त व्यक्तित्व मध्ये सबैभन्दा प्रभावशाली बालेन। पॉपुलर नेता त पहिला पनि आए। पॉपुलर भएर नै चुनाव जित्ने हो। तर बालेन पहिलो हो चुनाव जितेपछि झन झन पॉपुलर भएको। काम गरेको आधारमा। डेलिवरी गरेकोले।
सुशासन बिना आर्थिक क्रांति संभव छैन। सुशासन सरकारले दिने हो। चीनमा पनि नभएको गतिमा, सिंगापुर मा पनि नभएको स्पीडमा, भारत भन्दा पाहिले नेपाल लाई विकसित राष्ट्र बनाउन मिल्छ। प्रवास बाट पनि पुरा ताकत लगाउनु पर्छ।
बालेन सरकारको आलोचना हास्यास्पद छ। प्रधान मंत्री को काम चुट्किला सुनाउने होइन। राजनीतिमा क्रांति भयो। पत्रकारितामा क्रांति भएन। विकसित भइनसकेको देश मा मीडिया ले आर्थिक क्रांति को पक्षमा भाष्य निर्माण गर्नुपर्ने हुन्छ। नया नया मीडिया पैदा हुनुपर्यो। सत्ताधारी पार्टीका सांसद हरु ले सन्देश अनुशासन देखाउन सक्नुपर्छ। हर्के को बन्दर नाच संसद को उपहास हो। विपक्षी ले आलोचना गर्न नपाउने होइन। तर आलोचना तर्कसंगत हुनुपर्छ। संसद भनेको एउटा ले बोल्ने अरु सबैले सुन्ने ठाउँ हो। अरुलाई बोल्न नदिने, अरुले बोलेको नसुन्ने, आफ्नो पालो नआएको बेला उठ्ने, बोल्ने, त्यो राजनीतिक संस्कारको कमी हो। संसद प्रधान मंत्री होइन सभामुखले चलाउने हो। संसदमा सभामुख छैन भने समस्या हो। प्रधान मंत्री त कार्यकारी हो।
टीम पनि गजबको बनेको छ। नेपालको आजको कैबिनेट लाई म दुनियाको जुन सुकै देशको कैबिनेट सँग दाँज्न तैयार छु। भारत, ब्रिटेन, अमेरिका।
तेल अघिको अरब देश, तेल पछिको अरब देश। कम्प्युट अघिको नेपाल, कम्प्युट पछिको नेपाल।
बालेन सरकारका सय दिन https://t.co/G7aSVWDAIn @SwarnimWagle @shisir @ShahBalen @hamrorabi @PM_nepal_ @manishjhanepal @Amiteshshah1 @ersnshah @pchamal @ashika71 @mkoirala @ToshimaKarkiDr @MoewriNp @party_swatantra @MahabirPun
— Paramendra Kumar Bhagat (@paramendra) July 5, 2026
एक्सप्रेस-वेमा बिनाब्रेकका वालेन्द्र ४७ लाख फेसबुक फलोअर्स, करोडौं भ्युज र अनगिन्ती पोस्टबीच प्रधानमन्त्री वालेन्द्र शाह अझै रहस्यमय छन् । उनी आफ्ना कुरा सामाजिक सञ्जालमा लेख्छन्, तर आफूलाई व्याख्या गराउन रुचाउँदैनन् । प्रधानमन्त्री बनेको सय दिनमा गरेका कैयौं क्रियाकलाप तथा निर्णयप्रतिको आलोचनालाई स्वीकार गरेर उत्तर दिनुभन्दा त्यसको आधार नै अस्वीकार गर्ने शैली अपनाइरहेका छन् । ............ सामाजिक सञ्जालमा उनी अत्यन्त सक्रिय छन् । उनका सहयोगीहरूका अनुसार शाहले दैनिक तीनदेखि चार सयसम्म कमेन्ट पढ्छन् । जनमत बुझ्न उनले प्रमुख माध्यम नै सञ्जाललाई बनाएका छन् । फुर्सदमा भने उनको अर्को संसार भिडियो गेम हो । उनले भ्रष्टाचार र अन्यायविरुद्ध लड्ने किशोर-किशोरीहरूको कथामा आधारित चर्चित गेम ‘पर्सोना-५’ पूराका पूरा खेलेका छन् । ‘प्रधानमन्त्री यति तीक्ष्ण र बौद्धिक हुनुको एउटा कारण उहाँ भिडियो गेम खेल्नु पनि हो,’ शाहको आदतबारे बेन भन्छन् । भिडियो गेम नखेलिरहेका बेला शाह गीत लेख्न रुचाउँछन् । बाल्यकालदेखि नै गीत लेख्ने उनको बानी अहिले पनि कायम रहेको बेनको भनाइ छ । ........ राजनीतिमा आउनुभन्दा धेरै अघिदेखिको उनीहरूको मित्रता अहिले पनि उस्तै छ । काठमाडौं महानगरपालिकाको मेयर रहेका बेला उनीहरू फ्रान्स, ब्राजिल, इन्डोनेसिया र श्रीलंकालगायत देशमा सँगै भ्रमण गरेका थिए । सन् २०२४ मेमा फ्रान्सको कान्स फिल्म फेस्टिभलमा भएको भ्रमण पनि त्यसमध्ये एक हो । विदेशमा आफूलाई मनपर्ने खाना नपाउँदा आफै पकाएर खाएको बेन सम्झन्छन् । कहिले काठमाडौंबाटै बोकेर गएको दाल, अचार र गुन्द्रुक पकाउँथे, कहिले स्थानीय बजारबाट सामान किनेर नेपाली परिकार तयार पार्थे । ...... बेनका अनुसार अहिलेका पूर्वाधार विकासमन्त्री सुनिल लम्साल पनि उनीहरूका पुराना साथी हुन् । ........ अहिले पनि उनी धेरैजसो आफैँ गाडी चलाउँछन् । कहिलेकाहीँ कुनै पूर्वसूचना नदिई कुमार बेनको घर पुग्छन् र घण्टौँ त्यहीँ बिताउँछन् । ......... राजनीतिमा प्रवेश गरेपछि पनि शाहले चुनावी अभियानमा धेरै बोलेनन् । पूर्वदेखि पश्चिमसम्म ४० दिनमा करिब ११ हजार किलोमिटर यात्रा गरे, तर समग्र चुनावी सभामा उनले गरेको सम्बोधन जोड्दा जम्मा २७ मिनेट पुग्छ । तर, मौनताकै बीच उनले भारी मतान्तरले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई हराए, त्यसले नेपाली मतदाताले कस्तो नेतृत्व खोजिरहेका थिए र परम्परागत राजनीतिक शैलीको विकल्पका रूपमा के स्वीकार गर्न तयार थिए भन्ने संकेत दिन्छ । .........
यदि कुनै एउटा ठाउँ छ, जहाँ वालेन्द्र शाह निरन्तर, खुलेर आफ्नै शैलीमा बोल्छन् भने त्यो हो- फेसबुक । उनी नियमित रूपमा फेसबुकमा लेख्छन्, र त्यही पोस्ट स्वतः एक्स (पुरानो ट्विटर) मा पनि प्रकाशित हुन्छ ।
............... २३ जेठ २०८३, शनिबार राति १०:१५ बजे उनले एउटा व्यंग्यात्मक वाक्य पोस्ट गरे, ‘मलाई पनि एम्बास्डर (राजदूत) बन्न मन छ, पीएम (प्रधानमन्त्री) को नम्बर छ भने यसो दिनुस् न ।’ यो पोस्ट प्रधानमन्त्रीसँग सिधै सम्पर्क गरेर राजदूत नियुक्तिका लागि सोधेका सचिव कृष्णहरि पुष्करलाई लक्षित थियो । ............ पोस्ट सार्वजनिक भएको केही घण्टामै शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले ‘म म्यासेज गरिदिन्छु’ भनेर ठट्टा गरे । सांसद टीका संग्रौला ज्वालाले ‘मसँग नम्बर त छ, तर दिन्नँ’ भन्दै टिप्पणी गरिन् । टिप्पणी गर्नेमा अर्की सांसद रञ्जु दर्शना पनि थपिइन् । उनले भनिन्, ‘पीएम पनि एम्बास्डर पनि बन्न पाइँदैन, एउटा चुज (छान्नुस्) गर्नुस् पहिला ।’ ............ त्यसको चौतर्फी आलोचना भइरहेका बेला २६ वैशाखमा शाहले फेसबुकमा एउटा स्टाइलिस तस्बिर सार्वजनिक गरे । सेतो सर्ट र धर्के पाइन्ट लगाएर बसेको त्यो तस्बिर क्षणभरमै सामाजिक सञ्जालमा भाइरल बन्यो । ............ केही घण्टामै त्यसकै आधारमा एआई प्रयोग गरी बनाइएका सयौं तस्बिर सामाजिक सञ्जालभर फैलिन थाले । अध्यादेशबारेको बहस ओझेलमा पर्यो । एक सातापछि, २ जेठमा काठमाडौंका खोला किनारमा डोजर चलाएर खाली गराइएका बस्तीबाट विस्थापित सुकुमवासीलाई राखिएको होल्डिङ सेन्टरको दुरावस्थाबारे आलोचना भइरहेका बेला शाहले फेरि त्यही पोसाकमा अर्को तस्बिर पोस्ट गरे । यसपटक उनको हातमा डीडीसीको चिज थियो । क्याप्सनमा उनले लेखे, ‘से चिज, डीडीसीको चिज ।’ व्यावसायिक प्रचार गरेको भन्दै आलोचना हुन थालेपछि उनले कमेन्ट लेख्दै डीडीसी नेपाल सरकारको संस्था भएको पनि उल्लेख गरे । ...........त्यो पोस्टको प्रभाव तत्काल देखियो । दुग्ध विकास संस्थान (डीडीसी) का अधिकारीहरूका अनुसार याक चिजको माग झन्डै ३० प्रतिशतले बढ्यो । डीडीसीका बजार व्यवस्थापन प्रमुख सञ्जीव झाले भने, ‘सुपरमार्केटहरूबाट थप चिज उपलब्ध गराइदिनुस् भनेर फोन आउन थालेका छन् ।’
......... संसद्बाट बाहिरिने क्रममा उनी केहीबेर सांसद विदुषी राणासँग रोकिए र आफूले लगाएको गोल्डस्टार जुत्ता देखाए । पछि कान्तिपुर टेलिभिजनको कार्यक्रम ‘फायर साइड’ मा राणाले काठमाडौं महानगरपालिकाको मेयर हुँदा आफूले गोल्डस्टार जुत्ताबारे बोलेको प्रसंग शाहले सम्झिरहेको देख्दा अचम्ममा परेको बताएकी थिइन् । ‘उहाँले त्यति ध्यान दिनुभएको होला भन्ने मैले सोचेकी थिइनँ,’ उनले भनिन् । ............. प्रधानमन्त्रीले कुनै विशेष ब्रान्डको प्रचार गर्न खोजेको हो भन्ने प्रश्नमा भने राणाले त्यसलाई संयोग मात्र भएको बताइन् । ‘संसद्बाट बाहिरिने क्रममा मेरो उहाँसँग भेट भयो,’ उनले भनिन्, ‘मैले नमस्कार गर्नेबित्तिकै उहाँले भन्नुभयो: हेर्नुस्, मैले गोल्डस्टार लगाएको छु ।’ .......... जेन-जी अगुवा अमित ऊर्जा भन्छन्, ‘शाहले डिजिटल एल्गोरिदम कसरी काम गर्छ भन्ने राम्ररी बुझेका छन् । त्यसैले सार्वजनिक बहसको केन्द्र बदल्ने गरी उनी बेला-बेलामा नयाँ विषय सिर्जना गर्छन् ।’ .......... उनको बुझाइमा प्रधानमन्त्री शाह जनताको ध्यान तान्न सक्ने लोकप्रिय विषय उठाउन निकै सिपालु छन् । ........... १ असारमा फेसबुकमा उनले लेखेका थिए, ‘हप्ताभरि काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या होइन । दुःख त्यो दिन मान्नु जुन दिन म जिस्किन छाड्छु ।’ ............ शाहले गर्ने यस्ता पोस्ट सतहमा हेर्दा कुनै पनि व्यक्तिले गर्न सक्ने सामान्य अभिव्यक्ति जस्तै लाग्छ । तर आलोचकहरूको तर्क फरक छ । उनीहरूका अनुसार शाह ‘सामान्य व्यक्ति’ होइनन्, जसलाई नेपाली मतदाताले अभूतपूर्व समर्थनसहित सत्तामा पुर्याएका छन् । ती मतदातामध्ये धेरैले अहिले उनीबाट देशको भविष्यबारे स्पष्ट दृष्टिकोण र नेतृत्वको अपेक्षा गरिरहेका छन् । ........ प्रधानमन्त्रीले विदेशी कूटनीतिज्ञ, उच्च सरकारी कर्मचारी, दलका नेताहरू, सांसद, सुरक्षा निकायका प्रमुख, व्यवसायी र सञ्चारकर्मीसँग हुने व्यक्तिगत भेटघाटलाई उल्लेखनीय रूपमा सीमित गरेका छन् । प्रधानमन्त्री बनेपछि उनले कूटनीतिक समुदायसँग सामूहिक रूपमा दुई पटक मात्रै भेट गरेका छन्, २५ चैत र ११ जेठमा । .......... तीमध्ये एक बैठकमा सहभागी एक कूटनीतिज्ञका अनुसार दुवै बैठकको शैली लगभग उस्तै थियो । राजदूतहरूले आ-आफ्नो परिचय दिए, प्रधानमन्त्रीले परराष्ट्र मन्त्रालयले तयार पारेको लिखित मन्तव्य पढेर सुनाए । ‘उहाँले हाम्रो कुरा शान्त भएर सुन्नुभयो, तर धेरै प्रश्न सोध्नुभएन,’ नाम उल्लेख नगर्ने सर्तमा ती कूटनीतिज्ञले कान्तिपुरसँग भने । ........... कम्तीमा दुई जना विदेशी कूटनीतिज्ञका अनुसार यस्तो शैली असामान्य थियो । सामान्यतया नयाँ सरकार बनेपछि राजदूतहरूले प्रधानमन्त्रीसँग व्यक्तिगत भेटघाटलाई प्राथमिकता दिन्छन् । ........... तर शाह सरकारले भने राजदूतहरूलाई दुई पटक सामूहिक रूपमा मात्रै भेट्यो । ‘हामीले यसअघि यस्तो अभ्यास देखेका थिएनौं,’ एक एसियाली मुलुकका कूटनीतिज्ञले भने, ‘यो जानाजानी अपनाइएको नीति हो कि यो सरकारको कार्यशैली नै यस्तै हो, अहिले नै निष्कर्ष निकाल्न सकिँदैन ।’ ........... प्रधानमन्त्रीको पहुँच सीमित गर्ने यो अभ्यास बाहिरी व्यक्तिमा मात्रै सीमित छैन । सरकारी संयन्त्रभित्र पनि त्यसको कडाइका साथ पालना गराइएको देखिन्छ । .......... २१ जेठमा पुष्करले रिक्त रहेको राजदूत पदबारे सरोकार राख्दै प्रधानमन्त्रीलाई सिधै मोबाइल सन्देश पठाएका थिए । बिहान उनले त्यो सन्देश पठाएका थिए, बेलुकी प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको निर्देशनमा प्रहरीले उनकै घरबाट नियन्त्रणमा लिएर टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालयमा सोधपुछका लागि लग्यो । .......... भोलिपल्ट पुष्करले कान्तिपुरसँग कुरा गर्दै प्रधानमन्त्रीसँग भेट्ने प्रयास पटक-पटक असफल भएपछि आफूले सिधै सन्देश पठाएको बताएका थिए । गृह मन्त्रालयका एक अधिकारीका अनुसार व्यक्तिगत लाभका लागि प्रधानमन्त्रीलाई प्रत्यक्ष सम्पर्क गर्नु र प्रशासनिक ‘चेन अफ कमान्ड’ उल्लंघन गर्नु नै उनीमाथि सोधपुछ गर्नुको कारण थियो । प्रहरीले भने पर्याप्त कानुनी आधार नदेखिएपछि सोधपुछपछि पुष्करलाई रिहा गरेको थियो । ........... यो घटनाको पूर्वप्रशासकहरूले तीव्र आलोचना गरे । उनीहरूका अनुसार कुनै कर्मचारीले प्रधानमन्त्रीलाई सिधै सम्पर्क गरेको भन्दै प्रहरीले नियन्त्रणमा लिने अभ्यास निजामती सेवाको इतिहासमै नभएको र यसले अनावश्यक रूपमा अधिनायकवादी कार्यशैलीको संकेत गरेको छ । ............. यो घटनापछि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले पुष्करलाई उपराष्ट्रपति कार्यालयको जिम्मेवारीबाट हटाएर अतिरिक्त समूहमा सरुवा गरिदिएको थियो । उच्च सरकारी कर्मचारीहरूलाई पनि प्रधानमन्त्रीसँग सिधै सम्पर्क नगरी मुख्यसचिव सुमनराज अर्यालमार्फत विषयवस्तु अघि बढाउन निर्देशन दिइएको छ । यद्यपि, आवश्यक ठानेका बेला प्रधानमन्त्रीले आफैं वरिष्ठ कर्मचारीलाई बोलाएर छुट्टै छलफल गर्ने गरेको अधिकारीहरू बताउँछन् । .......... शाह प्रधानमन्त्री बनेपछि सरकार सञ्चालनको लय पनि फेरिएको छ । अघिल्ला सरकारहरूमा मन्त्रीपरिषद्का बैठक कहिले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा, कहिले बालुवाटारस्थित सरकारी निवासमा बस्ने गर्थे । सोमबार र बिहीबार नियमित बैठक बस्ने चलन थियो । अहिले भने सबै बैठक सिंहदरबारमै हुन्छन् । निश्चित कार्यतालिका छैन र अधिकांश बैठक आधा घण्टाभन्दा लामो चल्दैनन् । एक समय राजनीतिक भेटघाटले भरिने भएकाले ‘पार्टी प्यालेस’ भनेर व्यंग्य गरिने बालुवाटारस्थित प्रधानमन्त्री निवास अहिले सरकारी कामकाजका लागि प्रयोग हुन छाडेको छ । ........... भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलका अनुसार प्रधानमन्त्री शाह कुनै पनि प्रस्तावलाई ‘धेरै कोणबाट’ हेर्छन् । सम्बन्धित मन्त्रीको कुरा पूरा सुन्छन्, आफ्नो निर्णय जबर्जस्ती थोपर्दैनन् । मन्त्रीपरिषद् बैठकको अन्त्यमा उनी प्रायः मन्त्रीहरूलाई ‘थप भन्नुपर्ने केही छ ?’ भनेर सोध्ने गर्छन् । राम्रो काम गरेको अवस्थामा मन्त्रीहरूको व्यक्तिगत रूपमा प्रशंसा पनि गर्ने रावलको भनाइ छ । ‘प्रधानमन्त्री बोल्नुहुन्न, छलफल गर्नुहुन्न भन्ने सार्वजनिक भाष्य सही होइन,’ उनले भनिन्, ‘सरकारका नीतिगत विषयमा मन्त्रीहरू नियमित रूपमा प्रधानमन्त्रीलाई भेट्न जानुहुन्छ । पार्टीको धारणा आवश्यक पर्ने विषयमा पनि हामी भेट्छौं र उहाँसँग समय पाउन कुनै समस्या हुँदैन ।’ ................ सांसद् केपी खनाल पनि प्रधानमन्त्रीसँगको सम्बन्धलाई औपचारिक तर कार्यमुखी भएको बताउँछन् । काठमाडौं महानगरपालिकाको मेयर हुँदादेखि शाहसँग काम गर्दै आएका खनाल भन्छन्, ‘हामी बालुवाटार जाँदैनौं । प्रधानमन्त्रीलाई भेट्नुपरे सिंहदरबारस्थित कार्यालयमै जान्छौं । पछिल्लो पटक संसद्मा भेट हुँदा उहाँले सरसफाइ अभियान कस्तो भइरहेको छ भनेर सोध्नुभएको थियो ।’ .......... अर्का सांसद् बब्लु गुप्तालाई समेत उनले हालै संसद्बाट बाहिरिँदै गर्दा अँगालो हालेर हालखबर सोध्दै भनेका थिए, ‘तिमी बीचमा कहाँ हराएका थियौ ? के गर्दै छौ ?’ ............ रास्वपा संसदीय दलका उपनेता गणेश पराजुली भन्छन्, ‘पार्टीका विषय सभापति रवि लामिछानेमार्फत प्रधानमन्त्रीकहाँ पुग्छन् । सरकारका विषय पनि प्रधानमन्त्रीबाट त्यही प्रक्रियामार्फत पार्टीमा आउँछन् ।’ ................. काठमाडौं महानगरपालिकामा मेयर रहँदादेखि शाहसँग काम गरेकाहरूका अनुसार प्रधानमन्त्री बनेपछि पनि उनको कार्यशैली खासै बदलिएको छैन । शाहले निर्णय कसरी गर्छन् भन्ने सबैभन्दा स्पष्ट उदाहरण भने संसद्मा होइन, संवैधानिक परिषद्को बैठकको एउटा सानो कोठामा देखियो । प्रधानन्यायाधीशलगायत संवैधानिक निकायका महत्त्वपूर्ण पदमा नियुक्तिका लागि सिफारिस गर्ने ६ सदस्यीय परिषद्को अध्यक्षका रूपमा शाहले २४ वैशाखमा पहिलो बैठक बोलाएका थिए । बैठकअघि परिषद्भित्र र बाहिर दुवैतर्फ एउटा अपेक्षा थियो- सर्वोच्च अदालतकी कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लको नाम सिफारिस हुनेछ । सर्वोच्चमा उनी वरिष्ठतम न्यायाधीश थिइन् र परिषद्का अधिकांश सदस्यको रोजाइ पनि उनी नै थिइन् । तर शाहले फरक निर्णय गरे । उनले वरिष्ठताको परम्परा तोड्दै चौथो नम्बरका न्यायाधीश मनोज शर्माको नाम प्रस्ताव गरे । बैठकमा आइपर्न सक्ने सम्भावित चुनौतीलाई उनले अध्यादेशमार्फत पहिल्यै पन्छाइसकेका थिए । ............. परिषद्का सदस्यहरूले कान्तिपुरलाई दिएको जानकारीअनुसार शाहको चाहना कुनै स्पष्ट राजनीतिक सम्बन्ध नभएको व्यक्तिलाई प्रधानन्यायाधीश बनाउने थियो । ............ शाहलाई नजिकबाट चिन्नेहरू उनी निर्णयमा अलमल गर्दैनन् । ‘हुन्छ या हुँदैन’ एउटैमा अडिग रहन्छन् । उनीहरूका अनुसार फाइल या त स्वीकृत हुन्छ, नभए तुरुन्त फर्काइन्छ । ........... अन्ततः प्रधानमन्त्री शाहले ७ असारमा पहिलो पटक सार्वजनिक मञ्चमा उभिएर सम्बोधन गरे । रास्वपाको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री बनेयताको पहिलो सार्वजनिक भाषण दिएका थिए । सुरुवातमा उनले भनेका थिए, ‘नबोलौं भन्छु, बोल्ने दिन आइहाल्छ ।’ .............. कतिपय प्रसंगमा उनले आलोचनालाई स्वीकार गरेर उत्तर दिनुभन्दा त्यसको आधार नै अस्वीकार गर्ने शैली अपनाए । ................ ‘गाडीमा इन्जिन जति आवश्यक हुन्छ, ब्रेक पनि त्यत्तिकै आवश्यक हुन्छ,’ ज्ञवालीले भनेका थिए । शाह आफूले बोल्ने क्रममा ज्ञवालीलाई जवाफ दिए, ‘त्यो चिन्ता स्थानीय सडकमा गुड्ने गाडीका लागि उपयुक्त हुन सक्छ । हाम्रो गाडी एक्सप्रेस-वेमा दौडिरहेको छ । गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ ।’




No comments:
Post a Comment