Pages

Friday, October 31, 2014

(Beijing) Lhasa To (Delhi) Lumbini Railway

If this is the Asian century, a Beijing to Delhi train will be the most visible symbol of it. Trade is the best security/peace weapon. It is not an arms buildup. Border disputes are so 18th century. In the 21st century you lay down train tracks, you take broadband everywhere, you deepen trade ties and people to people contact, so much that national boundaries feel downright cosmetic.

East West Nepal Railway











Thursday, October 30, 2014

प्रदेशको नाम टुङ्गो लगाउने जिम्मा प्रदेश सभालाई दिने निर्णय

यो निर्णय सराहनीय छ। अधिकांश झगड़ा प्रदेशको नाममा छ। ठ्याक्कै त्यही नक्शा भए पनि प्रदेशको नाम कोशी राखे दुखी हुने, लिम्बुवान राखे ख़ुशी हुने मानिस छन। बहुमतको मत भने हामीलाई थाहा छैन। त्यो प्रदेशको प्रदेश सभा गठन भए पछि बहुमतको आधारमा त्यो प्रदेशको नाम राखेको राम्रो। नाम लिम्बुवान राख्नुपर्छ भन्ने हरुले १०% पनि सीट ल्याएनन् भने त्यो प्रदेशको नाम लिम्बुवान नरहने भो।  

संविधान भनेकै समयमा बनेको राम्रो हो। स्थानीय स्तरमा निर्वाचित सरकार आउनु बड़ो जरुरी छ। स्थानीय स्तरमा निर्वाचित नेतृत्व नहुनुले विकास ठप्प छ, लोकतंत्रले जड़ा गाडन सकेको छैन। Law and order कमजोर छ। बढ़ी समय लिँदैमा राम्रो संविधान आउने होइन। 

संविधान बनेर राज्य स्तरको चुनाव हुन्छ, स्थानीय स्तरको चुनाव हुन्छ। चुनाव नहुँदा पोखरीमा पानी जमे जस्तो। समय समयमा चुनाव भइ रहे खोलामा पानी बगे जस्तो। 

काँग्रेस एमालेले ७ र एमाओवादीले १० भने पछि ८ मा सहमति हुने हो कि? प्रदेशहरुको नाम प्रदेश सभाले निर्णय गर्ने र यस किसिमको ८ राज्यको नक्शामा जाने भए पछि शक्ति बाँडफाँडको कुरा आउँछ। 




Wednesday, October 29, 2014

Follow The Money



पहिचानको आधारमा देश संघीयतमा गएमा पूर्वदेखि पश्चिमसम्म ठेक्कापट्टा र अन्य धन्दामा एकाधिकार जमाएको काठमाडौंकेन्द्रित पुरानो कुलीन वर्गको उक्त एकाधिकार अन्त्य हुने छ । गणतन्त्रमा जाँदा केही नगुमाएको उक्त कुलीन वर्गले संघीयतामा जाँदा धेरै गुमाउने छ । त्यसकारण, उनीहरुको निद हराम भएको छ । सामुदायिक वनबाट एउटा समुदाय लाभान्वित भएझैं तत् स्थानको साधनस्रोतबाट उक्त प्रान्तीय राज्यका वासिन्दा लाभान्वित हुने छन् ।

लोकतन्त्र विस्तारको आधार पहिचान

केन्द्र, राज्य र स्थानीय: जिल्ला गायब पार्ने

English: Map showing location of Nalanda distr...
English: Map showing location of Nalanda district in Bihar in India हिन्दी: भारत के बिहार राज्य के नक़्शे पर नालंदा ज़िले की स्थिति (Photo credit: Wikipedia)
विकास क्षेत्र गायब पार्ने, अञ्चल गायब पार्ने, तर जिल्ला चाहिं राख्ने कुरा आउँदैन। र जिल्ला गायब पार्दा राज्यहरुको संख्या सार्है घटाउन मिल्दैन। १० देखि १५ राज्य नै सोच्न पर्ने हुन्छ। ग्रामपालिका र नगरपालिकाहरुको सीमाना फेर बदल होला।

केन्द्र, राज्य, जिल्ला र गाउँ/शहर चार layer भन्दा केंद्र, राज्य र गाउँ/शहर तीन layer सस्तो हो।

जातीय राज्य समस्या होइन। गुजरात जातीय राज्य हो। तमिलनाडु जातीय राज्य हो। महाराष्ट्र जातीय राज्य हो। कर्नाटका जातीय राज्य हो। भौगोलिक राज्य बिहार र उत्तर प्रदेश हो जुन कि भारतका सबैभन्दा अविकसित राज्य छन।

संविधान सभा १ ले अगाडि सारेको १० अथवा १४ राज्यको परिकल्पनामा के त्रुटि छ? 

Tuesday, October 28, 2014

Ethnic Prejudice Is A Pathology

Ethnic prejudice, as directed against Madhesis, is a pathology. It is a sickness of the mind.


Democracy In Danger



Democracy In Danger
The acute politicisation of the state and non-state organs, a re-emergence of status quoists, and a nexus between the traditional elite, the state bureaucracy, and security agencies ail our young democracy. The police all-too-often suppresses minority voices, whose crusade against marginalisation and discrimination collides with the pursuits of those in power........... Major political parties want to politicise the security and government agencies so that these agencies can be used to suit their interests and torment opponents, even when the parties are not in power. This is one reason the political parties accord such high priority to winning elections and forming a government. Politicisation pervades all sectors, including the education sector. Our primary schoolteachers have been so politicised that they influence public votes during elections. Elections in our country, thus, are deeply flawed. Often, state employees deployed for work during elections are found to be serving the interests of the major political parties. They do so because the employees have received favours from these parties in the past or expect some in the future. ...... Nepal received remittance worth 23.1 percent of GDP in the fiscal year 2012/13 and 22.1 percent in 2013/14. But every day, dead bodies also arrive from the Gulf countries. The remittance that Nepal receives comes at a huge price when the exploitation of Nepali youth and women abroad is taken into account. The country’s economy now seems to be a coffin economy. By the time the new constitution is promulgated, Nepal might be drained of its youths. ...... The forces for change also need to think of bringing timely changes to the permanent establishment of Nepal (Army/police, and bureaucracy) who often serve the interests of the traditional elite. The business community, courts, and the media also do not seem to go against the wishes of the traditional elite on some important issues. Civil society has become a part of the power structure as well, with very few members going against the wishes of the power elite. If change-seeking forces do not adopt aggressive methods to safeguard new changes, counter-revolutionary forces may gain further ground.

मोहन वैद्यलाई उपहार

मोहन वैद्य गृह युद्ध गर्ने खाले मानिस होइनन्। तर dogmatic मान्छे चाहिं हुन। मोहन वैद्य त्यो बन्द घडी हो जो दिनमा दुई पटक सही समय दि रहेको हुन्छ।

बाबुराम सही हो। मार्क्सवाद एउटा जीवन्त विज्ञानं हो भन्ने बाबुरामको मान्यता हो। म मार्क्सवादी होइन। तर बाबुरामले मार्क्सवाद विज्ञान हो भन्ने कुरा बुझे जस्तो लाग्छ। मार्क्सवादको मोटामोटी ज्ञान मलाई छ, गहिरो ज्ञान छैन। लेनिनको जीवनी हाई स्कुल मै पढेको मैले तर।

तर यदि मोहन वैद्यले भारत, ब्रिटेन, अमेरिकामा जस्तो लोकतंत्र मान्दिन भनेका हुन भने त्यो बुझन सकिने कुरा हो। मार्क्सिस्ट किताबहरु वेद पुराण जस्तो गरी पढेको मान्छे। त्यति अडान पनि नलिए यो मोहन वैद्यले मार्क्सिस्ट किताबहरु पढ्न त पढ्यो तर बुझेन भन्नु पर्ने हुन्छ।

विज्ञानं जीवन्त हुन्छ। पुराना थ्योरीलाई नया तथ्यहरुले लत्याउन सक्छ। सच्चा मार्क्सवादी बन्द घड़ी जस्तो हुन सक्दैन। आइजक न्यूटनको गुरुत्वाकर्षणको सिद्धांतलाई आइंस्टाइनले परिमार्जन गरेकै हुन।

राजतन्त्र ध्वस्त भएको अवस्थामा, संघीयता आउन लागेको अवस्थामा क्रान्तिको यस स्टेजमा सबैभन्दा महत्वपुर्ण जिम्मेवारी भनेको क्रान्तिका अहिलेसम्मका उपलब्धिहरुको संरक्षण गर्नु हो। यदि यो अवस्थामा आएर मोहन वैद्य प्रतिक्रांतिकारीहरुद्वारा प्रयोग गरिन पुग्छन् भने त्यो ठुलो दुर्भाग्य हो।

एक पटक त प्रयोग भैसके। दोस्रो संविधान सभाको चुनाव उनले बहिष्कार मात्र गर्छु भनेनन्, बिथोल्छु भन्ने खोक्रो धम्की दिए। चुनावी सरकारले सेना परिचालन गर्ने निहुँ पायो। धाँधली भयो। परिवर्तनकारी शक्तिहरु कमजोर पारिए। नत्र काँग्रेस, एमालेले, अझ कमल थापाले यति धेरै सीट ल्याउन सक्ने हुँदै होइन। त्यसको जिम्मेवारी मोहन वैद्यले लिने कि नलिने? क्रान्ति एउटा गन्तव्यमा पुग्नासाथ प्रतिक्रांतिकारीहरुलाई साथ दिनु -- त्यही हो मोहन वैद्यको मार्क्सवाद?

भन्नेले त भन्न सक्छन मोहन वैद्य बिकाउ थिए, बिके। शाही सेनाले किन्दियो भनलान, काँग्रेसका सामन्ती हरुले किन्दिए भनलान। अझ "र" द्वारा संचालित भएको आरोप लगाउने चलन पनि छ नेपालको राजनीतिमा। तर म वहाँलाई benefit of doubt दिन चाहन्छु। बन्दुक बिसाउन नहुने भन्ने आफ्नो राजनीतिक सोंचका कारण अलग बाटोमा हिँडेको भन्ने मान्छु म।

तर मोहन वैद्यले आत्म समीक्षा भने गर्नै पर्छ। मैले प्रतिक्रांतिकारीहरुलाई मद्दत गर्न पुगेछु, मलाई त थाहै भएन भन्न पाइँदैन। आत्म समीक्षा गर्ने र सिक्ने र सही बाटोमा आउने। नेपाललाई एउटा classless लोकतन्त्र बनाउने तर्फ प्रयास गर्ने। म मार्क्सवादी होइन तर नेपालका गरीब जनताको भलो चाहेको मान्छे चाहिं हो।

मेरो तर्फबाट वैद्यजीलाई उपहार छ, त्यो यो हो।

अहिले बन्न लागेको संविधानमा निम्न बमोजिमको बुंदा समावेश गरे आफु mainstream राजनीतिमा आउने नत्र न आउने भन्ने अडान लिने। बाबुराम र प्रचण्ड सँग एकीकरण गर्नै पर्छ भन्ने पनि छैन।

उपल्लो सदनको १०० सीटकालागि पुरा देशलाई एक क्षेत्र मानेर मतदान हुने र कुनै पार्टीले जति वोट ल्यायो त्यसको आधारमा समानुपातिक सीट पाउने। २०% वोट ल्याउने पार्टीले २० सीट, २% वोट ल्याउने पार्टीले २ सीट। पाएको वोटको समानुपातिक पैसा राज्यबाट पार्टीले पाउने। पार्टी चलाउन अरु कतैबाट रकम लिन नपाइने। कुनै पनि पार्टीले कमसेकम १% मत ल्याएको हुनुपर्ने। नत्र सहभागी हुन नपाउने। प्रत्येक पार्टीले आफ्नो आय व्ययको हिसाबकिताब आफ्नो वेबसाइटमा वार्षिक सार्वजनिक गर्नुपर्ने।

उपल्लो सदनको समानुपातिक निर्वाचनकालागि प्रत्येक पार्टीले चुनाव अगाडि नै आ-आफ्नो लिस्ट सार्वजनिक गर्नु पर्ने। दलित, मधेसी, जनजाति र महिला समावेशी हुने फोर्मुला अनुसार लिस्ट तैयार पार्नु पर्ने। कुनै पार्टीले २० सीट जितेमा उसको लिस्टको प्रथम २० व्यक्ति निर्वाचित भएको ठहर हुने। लिस्ट चुनावपछि फेर बदल गर्न नपाइने। 

अब यस अगाडिको समाजवाद तिर अग्रसर हुने बाटो बन्दुकको होइन बैलटको हो। कि यो कुरा बुझ्ने नत्र रिटायर हुने। प्रतिक्रांतिकारीहरुलाई मद्दत गर्ने काम नगर्ने।



Human Rights Abuses: Not Acceptable

Location map of Banke District (wp-EN), in Nep...
Location map of Banke District (wp-EN), in Nepal (wp-EN). (Photo credit: Wikipedia)
Juglal Tharu, a 15-year-old, and Mr. Maneshor Tharu, a 28-year-old, both residents of ward 5, Binauna Village Development Committee (VDC), Banke District, have been arrested unlawfully on 14 October 2014 and tortured while in custody. Two others Godiya Tharu, a 51-year-old and Sukkhan Tharu, a 35-year-old have been arrested along with them, but they have not been tortured yet. Area Police Office Bilauniya handed them over to the Area Police Office Kohalpur, Banke District, on 15 October 2014. District Superintendent of Police (DSP) Janak Bahadur Shahi from the Area Police Office Kohalpur gave the order for torture. Three unidentified police officers tied the victims up and beat them with hands and bamboo sticks. The police are using torture and intimidation, in the absence of proper investigation or evidence, to force them to take responsibility for the crime.............. Mr. Janak Bahadur Shahi, the District Superintendent of Police (DSP), of the Area Police Office Kohalpur, Banke District gave the orders to torture both prisoners and force them to provide a confession to the crime. He also threatened them with electric shocks if they refused. Three unidentified police officers slapped them 25-30 times on their cheeks. Their legs were tied with a white cloth, with a short piece of bamboo wedged in, which they were asked to hold. While in this position, they were beaten with a big stick. The officers only stopped the torture when Juglal, unable to even stand up, collapsed. He could not stand properly for 3 days. ....... Juglal and Maneshor were kept in custody for 7 days, without being produced in court within 24 hours of arrest, as required by law. ........ Every day they were taken into a room where they saw a signboard written "Investigation Section". DSP Shahi also used to utter foul words like "motherfuckers" and "murderers", among others. He continued to use his constables to beat them into taking responsibility for the murder. ............. The police also used threats to warn them not to talk about the torture to anyone. ........ the victims were arrested due to massive political pressure exerted by the Nepali Congress, which is running the current government. DSP Shahi is a supporter of the Nepali Congress. According to the police officer, the DSP is planning to register a murder case against the two victims in retaliation for reporting the torture to human rights activists.


कति वटा राज्य भन्ने विवाद नै गलत हो

कति वटा राज्य भन्ने विवाद लिएर नेताजीहरु कहिले असमावेशि ढंगले गच्छेदारको मुटु पोल्ने गरी गोकर्ण पुग्नु हुन्छ कहिले वानेश्वर त कहिले एक अर्काको घर।  

कति वटा राज्य भन्ने विवाद नै गलत हो।

छलफलको पहिलो विषय हुनुपर्छ केंद्र, राज्य र स्थानीय स्तरको शक्ति बाँडफाँड। त्यो बाँडफाँडमा सहमति भए पछि कति वटा राज्य भन्ने विवाद धेरै सजिलो भएर जान्छ।


संघीयता बिनाको संविधान = चोरलाई पुरस्कार


पानी पर्यो। नीलो स्यालको रंग झरेछ। केपी ओली र गगन थापा हरुले राज्यको संख्या कम राखौं भनेको त नीलो रंग मात्र रहेछ। असली रंग त संघीयता बिनाको संविधान रहेछ। सहमति सकेसम्म नगर्ने, अनि, ए डेडलाइन त आएछ, संविधान त एउटा चाहियो, लौ एउटा जारी गरौं भन्ने?


यो संविधान सभाको गठन संविधान निर्माणको लागि भएको हो कि केपी ओलीलाई प्रधान मंत्री, विजय गच्छेदारलाई उप प्रधान मंत्री र गगन थापालाई मंत्री बनाउनका लागि भएको हो?

संघीयता बिनाको संविधान जारी गर्नु चोरलाई पुरस्कार दिनु जस्तो हो। सहमतिमा खुट्टा घिसारने उही केपी ओली, अझै उसैलाई हतार!


वीपी कोइराला र नेपालमा हिन्दी भाषा


वीपी कोइरालाको शासनकालमा नेपालमा हिन्दी भाषाको जे स्थान थियो मैले अहिले नेपालमा हिन्दी भाषाको त्यही स्थान खोजेको हो। म काँग्रेसी होइन। म कट्टर anti काँग्रेसी हो। मेरो जीवन कालमा मधेसी समुदायको समानताको संघर्षमा प्रमुख स्थानीय र राष्ट्रिय शत्रु नै नेपाली काँग्रेस रहि आएको छ। र लोकतन्त्रको सबक मैले काँग्रेसबाट सिकेको होइन। मैले जाने बुझेको नेपालको काँग्रेस देश, सेना र पार्टीको लोकतांत्रिकरणमा सहायक होइन तगारो हो।

तर वीपी कोइरालाको महानता, मदन भण्डारीको महानता पार्टी राजनीति भन्दा माथि हो। अहिले देशको नम्बर एक प्रतिक्रांतिकारी शक्ति एमाले हो, त्यसको दोष म मदन भण्डारीलाई दिन्न।

वीपी कोइरालाको शासनकालमा नेपालमा हिन्दी भाषाको स्थान नेपाली भाषाको बराबरमा थियो। त्यो झुक्किएर भएको होइन होला। त्यो नेपाली भाषाको विकास नहुन्जेल कायम मुकायम आधारमा होइन होला। महेन्द्रले वीपीलाई तानाशाही तवरमा जेलमा मात्र कोचेनन् देशमा एक भाषा एक भेष एक धर्म पनि स्थापना गरे। (हिन्दी भाषा र नेपाल)

अहिले सम्विधान निर्माणको क्रममा महेंद्र र वीपी मध्ये एकलाई रोज्ने बेला हो। मैले देखे बुझेको काँग्रेसी र एमाले वाला हरु सबै महेन्द्रपथमा कुदिरहेका छन। किन होला? यहाँ भुमिगत गिरोह त सक्रिय भएको होइन? सेनाले चुनावमा धाँधली गर्दिने अनि बदलामा एमाले काँग्रेसले सेनालाई संसदभन्दा माथि मान्दिने वर्तमानको भुमिगत गिरोह हो। देशमा संघीयता मात्र होइन लोकतन्त्र नै खतरामा छ।


Constitution Making In Nepal

संघीयता विरोधी, गणतन्त्रवादी गगनचुम्बी थापा

सहमति हुने संभावना देख्दिन : गगन थापा संघीयतालाई थाँती राखेर संविधान जारी गर्न प्रस्ताव
संघीयतालाई थाँती राखेर संविधान जारी गर्न ओलीको प्रस्ताव

 

कांग्रेस र एमालेमा को ठुलो प्रतिक्रन्तिकारी भन्ने कुरामा होड़बाजी चले जस्तो देखियो। संघीयता बिनाको अन्तरिम संविधान जलेर मधेसी क्रांति भयो। अब मधेसी जनजाति संयुक्त क्रांति हुने देखिन्छ। 

यो त टुटेकै देश हो

ब्रिटिशले १८१६ र १८६० मा गरी दुई पटक गरेर नेपाललाई सुम्पेको मधेशमाथि त्यति बेला देखि अहिलेसम्म काठमाण्डुका शासकले उपनिवेशी व्यवहार गरेको तथ्य हो। मधेशका जिल्लामा पहाड़ी CDO, DSP, मधेशमा पहाड़ी पुलिस, प्रशासन र सेना। त्यो उपनिवेश होइन भने के हो? मधेशका ४० लाख व्यक्तिलाई बाबा वामदेवको गृह मन्त्रालयले नागरिकता पत्रबाट वञ्चित गरेको, देश तोड्ने व्यवहार त त्यो हो। यदि देशद्रोहको मुद्दा लगाउनै परे लगाउने त्यो वामदेवलाई हो। कुनै पनि देशको नागरिक नभएर कोही कसरी बस्न सक्छ? ती ४० लाख मधेसी नेपालका पनि नागरिक होइनन् र भारतका पनि नागरिक होइनन् भने तिनकालागि भए पनि एउटा मधेश देश त खड़ा गर्नु पर्ने भो नि त।

मधेश स्वराज भनेको मधेशमा पुलिस, प्रशासन र सेना मधेसी हुनु हो। संघीयता भनेकै त्यही हो। संसद र कानुन माथि राजालाई नमानेको मधेसी जनतालाई त्यो संसदमाथि हो नेपालको सेना भन्न खोजिँदैछ। नेपाल सेनामा मधेसीको समानुपातिक सहभागिता हुँदैन भने त्यो उपनिवेशी सेना हो, त्यो सेना रहेको देशसँग मधेसको कुनै सरोकार हुन सक्दैन। मधेश प्रदेशमा अहिलेको पहाड़ी पुलिसले law and order हेर्ने होइन। मधेश प्रदेशको आफ्नै प्रहरी जत्था तैयार हुन्छ। मधेशबाट पहाड़ी CDO सब खारिज हुने हो, संघीयता भनेकै त्यही हो। क्रांतिले स्थापित गरेको संघीयतालाई एमालेका बाहुनहरुले विस्थापित गरुन, उनीहरुसँग त्यति तागत छैन। राजाको अगाडि नझुकेको मधेश वामदेव, केपी, माधव, विद्या, झले नले का अगाडि झुक्दैन।

देश कसैले तोड्ने होइन। यो त टुटेकै देश हो। यसलाई संविधान सभाले ईमान्दारीपुर्वक संघीयता ल्याएर जोड्ने हो। विभेद समाप्त गरेर देश जोड्ने हो।



Monday, October 27, 2014

Lies, Damned Lies And Statistics

"Lies, damned lies, and statistics" is a phrase describing the persuasive power of numbers, particularly the use of statistics to bolster weak arguments.

जनादेश, मतादेश र संघीयता
२०६२ मंसिरमा ७ दल र माओवादीबीचको १२ सूत्रीय समझदारीमा उल्लेख भएको राज्यको पुनःसंरचना गर्ने मिसनलाई मधेस आन्दोलनले त्यसको चरित्र संघीय र समानुपातिक हुने भनेर सैद्धान्तिक जग बसालेको हो। ..... समावेशी संघीयताको पक्षमा देखिएको जनमतलाई कदर गरी अन्तरिम संविधानले एउटा निर्देशनात्मक प्रावधान -धारा १३८) को व्यवस्था गरेको छ। जातीय, भाषिक, सांस्कृतिक, क्षेत्रीय लगायत अन्य क्षेत्रमा रहेको भेदभाव अन्त्य गर्न मधेसी, जनजाति र पिछडिएका क्षेत्रको स्वायत्त प्रदेशको चाहनालाई मुखरित हुनेगरी संघीय संरचना निर्माण गर्ने। जनआन्दोलन २ देखि पहिलो संविधानसभाको पहिलो वर्षसम्म माहोल पहिचानमय थियो। अरु त अरु एमाले र कांग्रेसले पनि क्रमशः १५ र १६ प्रदेशको खाका संविधानसभामा प्रस्तुत गरेका थिए। ...... जनआन्दोलन २ र त्यसपछि प्रकट भएका सामाजिक-राजनीतिक आन्दोलनको जनादेश भनेको पहिचानजनित संघीयता हो भन्ने कुरामा कुनै सन्देह छैन। ...... बाबुराम भट्टराईको नेतृत्वमा माओवादी-मधेसी मोर्चाको गठबन्धन सरकार गठनदेखि आजको दिनसम्म राजनीति द्विध्रुवीकृत छ। एकातर्फ माओवादी-मधेसी दलहरू र अर्कोतर्फ कांग्रेस-एमाले। ..... पहिलो संविधानसभाको निर्वाचनबाट उदय भएका माओवादी र मधेसी दलहरू पहिचानजनित संघीयताको पक्षमा उभिए भने दोस्रो संविधानसभाको निर्वाचनबाट पुनर्ताजगी भएका कांग्रेस-एमाले प्रशासनिक संघीयताको पक्षमा लागे। .... प्रशासनिक संघीय प्रस्तावको मेरुदण्ड खस-आर्य समुदाय हो, जसको प्रभुत्व ठूला राजनीतिक दलहरूमा मात्र होइन, राज्यका स्थायी अङ्ग -सेना, प्रहरी, प्रशासन, अदालत) मा व्याप्त छ। यी स्थायी अङ्गहरूको चाहना त राजदूतावासहरूमा आयोजना हुने भोजभतेरमा पोखिन्छ, जहाँ मिहिन भाषामा माओवादी, मधेसी र जनजातिलाई कठोर रूपमा प्रहार गर्ने गरिन्छ र राज्य पुनःसंरचना समिति तथा आयोगले सुझाएको बाटोमा आए जातीय द्वन्द्व हुने र देश टुक्रिने ठोकुवा गर्ने गरिन्छ। राज्यको चौथो अङ्गप्रति त झन् कृतज्ञन हुनैपर्छ, किनभने पहिचानजनित संघीयतालाई जातीय संघीयताको रूपमा प्रचार गरी त्यसको दोहोलो काढ्ने काममा सञ्चार जगतलाई कसैले उछिल्नसकेको छैन। ...... सतहमा हेर्दा कांग्रेसबाट प्रस्तावित ७ प्रदेशको संघीयताले नेपालका तीन प्रमुख सामाजिक समूहलाई समेटेको देखिन्छ। तालिका १ ले के देखाउँछ भने तीनवटा प्रदेश -गण्डकी, कणर्ाली र खप्तड) मा खस-आर्य समुदाय बहुसंख्यामा छ भने दुई प्रदेशमा -जानकी र लुम्बिनी) मा गैरपहाडी मूलका मधेसी/तराईवासी पनि बहुसंख्यामा छन्। त्यस्तै जनजाति वाग्मती प्रदेशमा बहुसंख्यामा छ भने सगरमाथा प्रदेशमा यस समूहको उपस्थिति बाहुल्य छ। नेपालको कुनै पनि स्थानमा कुनै पनि जाति वा समुदाय बहुसंख्यामा छैन भन्ने तर्क गर्नेहरूका लागि यो राम्रो जवाफ हुनसक्छ। ....... प्रस्तावित ७ प्रदेशमध्ये जानकी प्रदेशमा बाहेक सबैमा खस-आर्य उच्च जाति हावी हुने रहेछ। यो समूहको उपस्थिति कणर्ाली र खप्तड गरी दुई प्रदेशमा बहुसंख्यक छ भने सगरमाथा, वाग्मती, गण्डकी र लुम्बिनी गरी ४ प्रदेशमा बाहुल्य छ। तर्क के गर्ने गरेको छ भने बहिष्करणको समस्यालाई सम्बोधन गरेर पहिचानलाई स्थापित गर्न भौगोलिक र सांस्कृतिक निकटताको आधारमा प्रदेशको रचना गर्नु उत्तम हो। अर्थात पूर्वी पहाडका रैथाने राई र लिम्बुलाई एउटै प्रदेशमा राख्ने, त्यस्तै मध्यपहाडका मूलवासी नेवार र तामाङलाई पनि एउटै प्रदेशमा समेट्ने र पश्चिम पहाडका जनजाति गुरुङ र मगरलाई पनि एउटै प्रदेशमा गाभिने प्रस्ताव छ। बसोबासको हिसाबले राई र लिम्बु, नेवार र तामाङ, गुरुङ र मगरबीच भौगोलिक निकटता छ नै। तर सांस्कृतिक निकटता पनि छ भन्ने तर्कलाई मान्न सकिँदैन। ...... खस-आर्यका बाहुन, क्षत्री, ठकुरी, दसनामी र पहाडी दलित त एउटै सांस्कृतिक समुदायका हुन्, किनभने यी सबै नश्लमा आर्य हुन्, धर्ममा हिन्दु हुन्, भाषामा नेपालीभाषी हुन् र भेषभुषा र रहनसहन पनि एकै खालका छन्। तर हरेक जनजाति एकअर्कोसंँग भिन्न पहिचानको समूह हो, किनभने एकदोस्रो बीच भाषा फरक छ, संस्कृति फरक छ, र रहनसहन पनि भिन्नभिन्न छ। ..... कांग्रेसबाट प्रस्तावित सगरमाथा प्रदेशमा ८ प्रतिशतमा सीमित हुने लिम्बु र ११ प्रतिशतमात्र हुने राईको पहिचान कसरी स्थापित हुन्छ? यो प्रश्न प्रस्तावित वाग्मती प्रदेशका नेवार र तामाङ, गण्डकी प्रदेशका गुरुङ र मगर र लुम्बिनी प्रदेशका थारु समुदायले पनि सोध्नेछन्। बहुपहिचानको नारा दिने तर पूर्वको झापा, मोरङ र सुनसरी र पश्चिमको कैलाली र कञ्चनपुरलाई मधेस नमान्ने पूर्वाग्रह त आपmनो ठाउँमा छँदैछ। ....... प्रस्तावित ७ प्रदेशमध्ये पहाड केन्दि्रत ५ वटै प्रदेशबाट विजित हुनेहरू अधिकांश -५०-९० प्रतिशत) पहाडी बाहुन/क्षत्री हुन्। ...... जनजाति र मधेसीले खोजेको पहिचान कांग्रेसबाट प्रस्तावित प्रदेशको नामाङ्कनमा देखिँदैन, नत सिमाङ्कनमा भेटिन्छ।


संघीयता र आर्थिक सामर्थ्य
जिल्लाहरुको हालको संरचना, आन्तरिक आयको अवस्था र अन्य सामथ्र्यका सूचकका आधारमा ४ वटाभन्दा बढी प्रदेश आर्थिक रुपले सक्षम हुन सक्दैनन् । ..... राज्य सञ्चालनको सबैभन्दा ठूलो आधार सामथ्र्य हो । सामथ्र्यमा राजस्व पहिलो आवश्यकता हो । राजस्वको अवस्था कमजोर छ, सम्भाव्यता पनि छैन र खर्च गर्नुपर्ने क्षेत्रहरू धेरै छन् भने केन्द्रीय सरकारले प्रादेशिक सरकारलाई बढी अनुदान दिनुपर्ने हुन्छ । मुलुकलाई धेरै प्रदेशमा विभक्त गर्दा प्रशासनिक खर्च धेरै हुन्छ । बढी प्रशासनिक खर्चको एउटा ज्वलन्त उदाहरण गाविस हो । सरकारले गाविसको प्रशासनिक खर्चका लागि न्यूनतम ३ लाख ५० देखि ४ लाख २५ हजार रुपैयाँ विनियोजन गर्ने गरेको छ । अधिकांश गाविसले विकास अनुदानको रकम प्रत्यक्ष/अप्रत्यक्ष रूपमा प्रशासनिक कार्यमा खर्च गर्ने गरेका छन् । स्थानीय निकाय वित्तीय आयोगको वित्तीय स्थिति प्रतिवेदन २०६८ र ६९ अनुसार गाविसको कुल खर्चमा आन्तरिक स्रोतको योगदान जम्म्ाा ९.५६ प्रतिशत छ । दुई तिहाइभन्दा बढी गाविसहरू आर्थिक रूपले सबल छैनन् । ...... पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको संयोजकत्वमा गठित स्थानीय निकाय सुदृढीकरण उच्चस्तरीय सुझाव समिति- २०६१ ले ३-६ वटासम्म गाउँ विकास समितिलाई एकीकरण गरी एउटा गाउँपालिकाको गठन गर्ने सिफारिस गरेको थियो । गाविसमात्र हैन अधिकांश जिल्ला विकास समितिहरूसमेत आर्थिक रूपले सक्षम छैनन् । वरिष्ठ भूगोलविद् डा. हर्क गुरुङले जिल्लाको संख्या ७५ बाट घटाएर २५ बनाउनुपर्ने सिफारिस पहिल्यै गरेका थिए । ...... विघटित सभाले तयार गरेको प्राकृतिक स्रोत, आर्थिक अधिकार तथा राजस्व बाँडफाँट समितिका अनुसार सरकार (केन्द्रीय निकाय) ले प्रयोग गर्दै आइरहेका भन्सार, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क, संस्थागत आयकर, व्यक्तिगत आयकरलगायतका आर्थिक अधिकारहरू केन्द्रीय सरकार (संघ) का लागि प्रस्तावित छ । स्थानीय निकायले प्रयोग गर्ने गरेका मनोरञ्जन कर, दण्ड जरिवाना, सवारी साधन कर, सेवा शुल्क, बिक्री कर, घरजग्गा रजिस्ट्रेसन दस्तुर आदि केही प्रादेशिक सरकार र केही स्थानीय सरकारका लागि प्रस्तावित गरिएको छ । हाल जिविसले राजस्व बाँडफाँट शीर्षकअन्तर्गत प्राप्त गर्दै आइरहेका विद्युत् रोयल्टी, पर्वतारोहण रोयल्टी, वन रोयल्टी आदि तीन वटै सरकारका लागि प्रस्तावित छ । कुल राजस्वमा थोरै योगदान पुर्‍याउने केही सीमित कर जस्तै- अन्तःशुल्क प्रदेशसँग बाँडफाँटका लागि प्रस्ताव गरिएको छ । स्थानीय निकायले प्रयोग गर्दै आइरहेका धेरै आर्थिक अधिकारहरू प्रादेशिक सरकारका लागि र थोरै सीमित अधिकारमात्र स्थानीय सरकारका लागि प्रस्तावित गरिएको छ । ...... आन्तरिक आय र खर्चको स्थिति सबैभन्दा बढी आन्तरिक आय हुने जिल्ला काठमाडौं हो । जसको आन्तरिक आय ९५ करोड १८ लाख रुपैयाँ छ । त्यस्तै सबैभन्दा कम आन्तरिक आय हुने जिल्ला बाजुरा हो । बाजुराको आन्तरिक आय जम्मा १५ लाख ५९ हजार रुपैयाँ छ । समग्र कुल आन्तरिक आयमा काठमाडौंको योगदान १५.६७ प्रतिशत छ । केन्द्रीय राजस्व प्रणालीका आधारमा हेर्ने हो भने काठमाडौंको योगदान २८.८३ प्रतिशत -आव ०६८ र ६९) छ । काठमाडौंको कुल ९५ करोड रुपैयाँ आन्तरिक आयमा नगरपालिकाको योगदान ६७.८३ प्रतिशत छ । गाविस र जिविसको क्रमशः १६.६९ र १५.४८ प्रतिशत छ । काठमाडौं नेपालको सबैभन्दा बढी जनसंख्या (१७ लाख ) हुने जिल्ला हो । काठमाडौं महानगरपालिकाको जनसंख्या १० लाख छ । नेपालका गाविसहरूमध्ये सबैभन्दा बढी जनसंख्या हुने जोरपाटी गाविस (८१ हजार) पनि यही जिल्लामा पर्छ र यही गाविसले सबैभन्दा बढी आन्तरिक आय गर्छ । आव ०६९ र ७० मा यस गाविसले ४ करोड २७ लाख रुपैयाँ आन्तरिक आय संकलन गरेको थियो । ....... प्रतिव्यक्ति आन्तरिक आयका आधारमा काठमाडौं जिल्ला सातौं नम्बरमा पर्छ । सबैभन्दा बढी प्रतिव्यक्ति आय मुस्ताङ जिल्लाको २६८७ रुपैयाँ छ । काठमाडौंको ५४६ रुपैयाँ छ । प्रतिव्यक्ति आन्तरिक आय सबैभन्दा बढी हुने मुस्ताङ जिल्लाको कुल आन्तरिक आय जम्मा ३ करोड ६१ लाख रुपैयाँ छ । मुस्ताङको कुल आयमा गाविसको योगदान नगन्य (३.२९ प्रतिशत) छ । आन्तरिक आय सबैभन्दा कम हुने बाजुरा जिल्लाको प्रतिव्यक्ति आन्तरिक आय पनि सबैभन्दा कम (१२ रुपैयाँ) रहेको छ । काठमाडौंपछि सबैभन्दा बढी आन्तरिक आयआर्जन गर्ने जिल्ला रूपन्देही हो । रूपन्देहीको कुल आन्तरिक आयमा जिविस, गाविस र नपाको योगदान क्रमशः ५४.२२ प्रतिशत, १९.३६ प्रतिशत र २६.४१ प्रतिशत छ । जनसंख्यामा काठमाडौं र मोरङपछिको तेस्रो ठूलो जिल्लाका रूपमा रहेको यस जिल्लाको प्रतिव्यक्ति आन्तरिक आयका आधारमा नवौं नम्बरमा रहेको छ । कुल आन्तरिक आय सबैभन्दा बढी हुने तेस्रो जिल्ला भक्तपुर हो । यस जिल्लाको आन्तरिक आय ३० करोड ६२ लाख रुपैयाँ रहेको छ । अर्को रोचक पक्ष के पनि छ भने प्रतिव्यक्ति आन्तरिक आयका आधारमा पनि यो जिल्ला तेस्रो नम्बरमा नै पर्छ । प्रतिव्यक्ति आयका आधारमा दोस्रो नम्बरमा मनाङ छ । मनाङको प्रतिव्यक्ति आन्तरिक आय २४५१ रुपैयाँ छ । त्यसपछि भक्तपुरको १००५ रुपैयाँ छ । भक्तपुरको कुल आन्तरिक आयमा नगरपालिकाको योगदान सबैभन्दा बढी ६५.१८ प्रतिशत छ । जिविसको योगदान २२.३६ प्रतिशत छ । यसपछि ललितपुरको आन्तरिक आय २९ करोड, मोरङको २५ करोड, मकवानपुरको २४ करोड र २० औं नम्बरको नवलपरासीको ९ करोड ९२ लाख रुपैयाँ छ । आन्तरिक आय कम हुने जिल्लामा बाजुरापछि कालिकोट, मुगु, अछामलगायत छन् । ....... सबै जिल्लाको कुल खर्चमा आन्तरिक स्रोतको योगदान जम्मा १३.९० प्रतिशत छ । यसले के संकेत गर्छ भने अधिकांश जिल्ला सरकारको अनुदानमा निर्भर रहेका छन् । कुल खर्चमा आन्तरिक स्रोतको योगदान उच्चतम हुने जिल्लामा काठमाडौं (४८.७२ प्रतिशत), भक्तपुर (४३.७२ प्रतिशत), रूपन्देही (४३.४० प्रतिशत) लगायत छन् । बाजुरा, अछाम, कालिकोटलगायतका जिल्लाको कुल खर्चमा आन्तरिक स्रोतको योगदान अत्यन्तै न्यून -२ प्रतिशतभन्दा पनि कम) रहेको छ । जिल्लाको कुल खर्चमा २०-३० प्रतिशत प्रशासनिक कार्यमा खर्च हुन्छ । स्थानीय निकाय वित्तीय आयोगको वित्तीय विश्लेषण प्रतिवेदनमा २३.१८ प्रतिशत छ । प्रशासनिक खर्चको सीमा क्रमशः २५ र २० प्रतिशत मान्दा आर्थिक रूपले आत्मनिर्भर हुने जिल्लाको संख्या जम्मा ९ र १८ हुन्छ । प्रशासनिक खर्चको सीमा न्यूनतम १५ प्रतिशत मान्ने हो भने २९ जिल्लामात्र राजस्वका आधारमा सक्षम छन् । ती जिल्लाहरू काठमाडौं, रूपन्देही, भक्तपुर, ललितपुर, धादिङ, मोरङ, मकवानपुर, कास्की, कपिलवस्तु, झापा, चितवन, सर्लाही, बारा, बाँके, सुनसरी, नवलपरासी, दाङ, कञ्चनपुर, पर्सा, कैलाली, काभ्रेपलाञ्चोक, नुवाकोट, सोलुखुम्बु, सिन्धुपाल्चोक, सुर्खेत, धनुषा, मुस्ताङ, तनहँु र बर्दिया हुन् । ४६ जिल्ला राजस्वका हिसाबले आत्मनिर्भर छैनन् । यी २९ वटा जिल्लामा १३ वटा जिल्लामात्र मध्यमाञ्चल विकासक्षेत्रमा छन् । ......... प्रस्तावित प्रदेशहरूमा राजस्वका हिसाबले सबैभन्दा सबल नारायणी प्रदेश देखिन्छ । यसको कुल आन्तरिक राजस्वले प्रशासनिक खर्च काट्दा १ अर्ब रकम बचत देखिन्छ । त्यस्तै बचत हुने अन्य प्रदेशहरूमा वाग्मती ३६ करोड ८७ लाख, लुम्बिनी-गण्डकी ३१ करोड र कोसी प्रदेश ७ करोड ९७ लाख रुपैयाँ छ । अन्य प्रदेशको प्रशासनिक खर्च धान्नसमेत केन्द्रीय सरकारको अनुदानमा निर्भर रहनुपर्छ । यसरी निर्भर रहनेमा सबैभन्दा बढी भेरी-कर्णाली ३० करोड ८६ लाख, सेती-महाकाली २१ करोड ९२ लाख र सगरमाथा-जनकपुर १४ करोड ३४ लाख रुपैयाँ छन् । यहाँ प्रस्तावित प्रदेशहरू राजस्वका हिसाबले सबल छन् भन्ने मान्यताका आधारमा गरिएको छ । जिल्लाहरूको सीमांकन पनि त्यही आधारमा गरिएको छ । जिल्लाहरूको हालको संरचना, आन्तरिक आयको अवस्था र अन्य सामथ्र्यका सूचकहरूका आधारमा समेत वर्गीकरण गर्ने हो भने पनि नेपालमा ४ वटाभन्दा बढी प्रदेशहरू आर्थिक रूपले सक्षम हुन सक्दैनन् ।

आर्थिक हिसाबले ४ वटा मात्र राज्य धान्न सक्ने जुन तर्क सरिएको छ, त्यसमा थुप्रै प्वालहरु छन।

  • नेपाल देश नै आर्थिक रुपले आत्म निर्भर देश होइन। यो foreign aid मा टिकेको देश हो। भने पछि यो संविधान सभाले संघीयताको बहस समाप्त गरेर नेपाल भारतलाई सुम्पिने कि चीनलाई सुम्पिने भन्ने बहस शुरू गर्ने हो कि? नेपाललाई यो अवस्थामा पुर्याएको एकात्मक व्यवस्था र "विरेन्द्रीकरण/विकेंद्रीकरण" ले हो।
  • यसमा प्रयोग गरिएका तथ्याङ्कहरु एकात्मक शाषण व्यवस्था भएको देशको हो। एकात्मक शाषण व्यवस्था भएको नेपालमा सबै आम्दानी केन्द्रको सरकारको हातमा पुर्याउने किसिमले राखिएको हुन्छ। यदि विगत २० वर्ष मधेश स्वायत्त प्रदेश हुँदो हो त हुलाकी राजमार्ग त्यो प्रदेशले आन्तरिक स्रोत साधनले उहिल्यै बनाई सक्ने।
  • संघीयतामा स्थानीय स्तरमा थुप्रै आम्दानीका स्रोतहरु खुल्छन्। जुन कि एकात्मक व्यवस्थामा बन्द हुन्छन्। अहिले परनिर्भर रहेका अधिकांश जिल्ला संघीयताको १० वर्ष भित्र आत्म निर्भर हुने मेरो अनुमान छ। 
  • यी तथ्यांकले संघीयताको मुद्दालाई कमजोर होइन बलियो बनाएको छ। एकात्मतक व्यवस्थाले कसरी अधिकांश जिल्लालाई थिचेर राखेको छ भन्ने देखियो। 

एमालेले चार राज्य भनेको

एमालेले चार राज्य भनेको राजनीतिक tactics का हिसाबले संघीयता पक्षधर शक्तिकालागि राम्रो हो। यो कांग्रेस र एमाले बीच दुरी बढेको हो।

तर विजय गच्छेदारले नवलपरासी देखि कैलालीसम्मको थरुहट भनेको यो मान्छे ओली को उप प्रधान मंत्री बनाउने लोभमा फँसेको भन्ने बुझ्नु पर्छ। चितवन र मकवानपुर चट, कन्चनपुर चट। विजय गच्छेदार थारुको नेता हो भने घोर मधेसी विरोधी राम वरणलाई पनि मधेसी मान्नु पर्ने हुन्छ। दलीय राजनीतिभन्दा माथि बस्नुपर्ने राष्ट्रपतिले किन राज्यहरुको संख्या कम भएको राम्रो जस्ता विचारहरु दिनु परेको? त्यस्तो विचार व्यक्त गर्ने व्यक्ति राष्ट्रपति भवनमा होइन संसदमा बस्नु।

संघीयता पक्षधर हरु केपी ओली संग मात्र होइन विजय गच्छेदारसँग पनि सावधान हुनुपर्ने देखिएको छ।

संविधान निर्माण हुनु अगाडि केपी ओली प्रधान मंत्री बन्नु राम्रो हुँदैन, किनभने नेपालको राजनीतिमा मधेसी र जनजातिको नंबर एक विरोधी भनेको नै एमालेका बाहुनहरु हुन। जातीय विभेदका बारे बुझ्ने राजनीतिक अस्त्रहरु मध्ये मार्क्सवाद पनि एक हो। तर यी एमाले वाला हरुको राजनीतिक corruption को कुनै सीमा छैन। यी कुनै जमानामा मार्क्सवादी थिए होलान तर अहिले छैनन्। यिनीहरु अब त माफियावादी भैसके। गुंडा पाल्ने मात्र होइन नेपाल प्रहरीलाई भित्र बाट नै माफियाकरण गर्ने हरुको जमात एमाले हो। यसलाई बाहुनवाद पनि भन्न मिल्दैन। यो नितान्त माफियावाद हो।

देशको राजनीतिको प्रमुख प्रतिक्रांतिकारी शक्ति कमल थापा होइन। देशको राजनीतिको प्रमुख प्रतिक्रांतिकारी शक्ति एमाले हो। त्यस पार्टीको कालो कर्तुत हरुले देशको भविष्य दुर दुर सम्म ख़राब पारि रहेको छ। यो माफियावादले बाहुन क्षेत्रीको भलो कसरी गर्छ त्यो बहुसंख्यक बाहुन क्षेत्री खुदले सोच्ने बेला आएको छ।

२००६ को क्रान्तिले स्थापित गरिसकेको मानव अधिकार खोस्ने काममा प्रतिक्रांतिकारीहरु लागेका छन। मधेसी क्रांतिले स्थापित गरिसकेको संघीयतालाई खोस्ने काममा प्रतिक्रांतिकारीहरु लागेका छन। होशियार। क्रन्तिकारीहरुलाई अर्को आन्दोलन स्वीकार हुन सक्छ तर वाक् स्वतंत्रता को हनन स्वीकार हुन सक्दैन। क्रन्तिकारीहरुलाई अर्को आन्दोलन स्वीकार हुन सक्छ तर संघीयता बिनाको संविधान स्वीकार हुन सक्दैन। एमालेले चाहेको विकेंद्रीकरण देशमा अंचलाधीशहरु फेरि ल्याउने षड्यंत्र मात्र हो, त्यो संघीयता हुँदै होइन। प्रतिक्रांतिकारीहरुको अगाडि क्रन्तिकारीहरुले surrender गर्ने होइन। संघर्ष गर्ने हो।

सेनाले चुनावमा धाँधली गर्न मदत गरेको आधारमा सेनालाई संसदमाथि उछालने प्रयास लोकतंत्र बलियो पार्ने प्रयास होइन। नेपाल प्रहरीलाई माफियाकरण गर्नु मेरो राष्ट्रियताको परिभाषा भित्र पर्दैन।


पहिचान बिनाको संघीयता, पहिचान बिनाको देश, पहिचान बिनाको विश्व, पहिचान बिनाको परिवार

पहिचान बिनाको संघीयता चाहनेले पहिचान बिनाको देश, पहिचान बिनाको विश्व, पहिचान बिनाको परिवार पनि चाहनु पर्यो। तपाईं आफ्नो परिवारमा नेपाली बोलेर पहिचान स्थापित गरिरहनु भएको छ भने त्यो विखण्डनवादी व्यवहार त्याग गर्नुस्, देशलाई कुनै झण्डाले पहिचान दिराखेको छ भने त्यो किन? देशलाई सगरमाथा र बुद्धले पहिचान किन दिएको? विचार गरौं। हामी कहाँ चुकि राखेका छौं?


संघीयता महँगो हो भने



अहिलेका प्रधान मंत्री सुशील कोइराला र आफुलाई भावी (next) प्रधान मंत्री भन्ठान्ने केपी ओली दुईटै बाहुनले संघीयता महँगो व्यवस्था हो, त्यसैले संघीयतामा जाने नै हो भने सकेसम्म कम राज्य बनाऊँ ताकि खर्च कम लागोस भन्ने तर्क अगाडि सारेका छन।

अहिले सरकार चलाउन २०० अरब लाग्छ र संघीयतामा गए ३०० अरब लाग्ने हो भने संघीयतामा जाने नै किन? संघीयतामा गएर यदि तीन राज्य बनाए ३०० अरब लाग्छ तर १० राज्यमा गए ६०० अरब लाग्छ भने त्यस्तो वाहियात काम किन गर्ने?

यदि खर्च त्यसरी बढ्छ भने संघीयता नेपालको माटो सुहाउँदो होइन रहेछ भन्ने थाहा हुन्छ। अनि, गरीब देश, संघीयतामा नजाने, अहिलेको नेपालको माटो सुहाउँदो एकात्मक व्यवस्था नै कायम राख्ने।

मैले यो महेन्द्रको पंचायती भाषा जानी जानी बोलेको। सुशीलले माला लगाउँछन् वीपीको तस्वीरमा तर नीति मान्छन् महेन्द्रको। अजब देश गजब नगरी। अहिलेको एकात्मक संरचना महेन्द्रको एक भाषा एक भेष एक धर्म नीतिमा आधारित छ। संघीयता भनेको त्यो गल्तीलाई ध्वस्त पार्ने बम नै हो। State restructuring मा संरचनात्मक तोड़फोड़ हुन्छ नै।

संघीयता महँगो हो भने पनि चाहिने कुरा हो। न्याय महँगो भो भनेर अन्याय कायम गर्ने?



तर संघीयता महँगो होइन। संघीय व्यवस्था एकात्मक व्यवस्थाभन्दा सस्तो व्यवस्था हो। किनभने संघीय व्यवस्थामा efficiency बढ्छ। स्थानीय स्तरमा अधिकांश काम हुन्छन्। त्यहाँ नहुने काम जिल्लामा हुन्छ। जिल्लामा नहुन सक्ने काम मात्र राज्य स्तरमा हुन्छ। र सरकारी काम राज्य स्तरमा नहुने एकदम कम हुन्छ। भनेको केन्द्रमा गएर गराउनु पर्ने काम अति नै कम हुन्छ।

विचार गर्नुस्। यदि जनताका अधिकांश काम राज्य स्तरमा नै हुन्छ भने सस्तो के हो? कम संख्याको राज्य कि बढ़ी संख्याको राज्य? यदि खर्च कम गर्नु छ भने नेपालमा २५ राज्य स्थापना गरेको सबै भन्दा राम्रो। २५ राज्य स्थापना गरेमा जिल्ला सरकार नचाहिने भो। जनताकालागि राज्यको राजधानी टाढा हुने भएन। खर्च घट्ने भो।

सुशील र केपी महेन्द्रपथका अनुयायी मात्र होइन, illogical बाहुन पनि रहेछन् भन्ने थाहा भो, सबैलाई चेतना भया।


Sunday, October 26, 2014

नेपालमा आर्थिक क्रान्ति र न्यु यर्कका नेपाली (2)

English: Nepali sadhu performing a blessing. F...
English: Nepali sadhu performing a blessing. Français : Sadou à Kathmandu Nepal avril 2004 ‪Norsk (nynorsk)‬: Heilag mann i Katmandu i Nepal, med pannemerke, symbolmønstra klede, rosenkrans rundt halsen og handa forma i ein mudra. (Photo credit: Wikipedia)
Citizenship without political rights is an oxymoron. Dual citizenship without political rights for the Non Resident Nepalis (NRNs) is not an option. Such an arrangement would be crippling.

People complain about brain drain. Oh, the smart Nepalis left the country, what to do! Then why not work on brain gain!? Dual citizenship with full political rights is a brain gain concept. It is the single best policy decision the power brokers in Kathmandu can make for Nepal's rapid economic growth. Why are the smartest Nepalis on the planet pleading with those power brokers as if they were some kind of a persecuted minority!? Why are they not talking like people who have much to contribute? And all they are asking for is vehicles with which to contribute!

Once a Nepali, always a Nepali -- pure and simple.

But once you do have that legal framework in place, the onus shifts to entrepreneurship. I think the best way to make concrete, positive impacts on the Nepal's economy when you are a Nepali living abroad is to first prove your mettle as an entrepreneur.

1K Per Nepali: Crunching Some Numbers

Last week at a Diwali Party a great idea was floated. Nepali professionals in NYC should put 1K each into a pool which would be in the form of a company. There would be a small Executive Committee that would invest in early stage Nepali origin high tech startups following pre-approved guidelines. The company would also invest in startups based in Nepal.

Let's say 100 Nepalis got together and put in 1K each. You can't invest in every tech startup that comes along just because they are Nepali origin. And not all startups in which Nepalis are involved are looking for money, especially small money like this fund might have. At that event there were two Nepalis who were already working for tech startups. But neither were Founders. And both startups were well funded in their own right.

So with this startup you are looking for Nepali Founders.

Money invested in the stock markets grows at an average annual rate of 10%. Money invested in the US Treasury bonds gives you 5% or less. But the first 100K invested in Google became a billion and a half in about eight years. That is tens of thousands of percentage points in growth. That is wild. Never say never but let's assume, statistically speaking, that a Nepali Founder coming up with the next Google is not very likely. Statistically speaking.

The top VC firm in NYC has a success rate of 66%. As in, one third of the companies it invests in tend to fail. The best ones give them a 10X return. As in, every dollar invested becomes 10 dollars. A 10X return is considered excellent in the VC industry. So Google by that standard is out of the ballpark.

Let's say 100K is raised. And it is invested in three startups that have Nepali Founders, two in NYC/USA and one in Kathmandu. Let's say one NYC startup starts at a million dollar valuation and ends up with a billion dollar valuation in five years. Let's say one NYC startup goes bust, and the investment is lost. The Kathmandu startup starts at a million dollar valuation and goes on to a 100 million dollar valuation in five years.

So, it was 35K, 35K and 30K. 35K went bust. And this is an excellent scenario.

35K fetched 3.5% in equity, there was an anti-dilution clause. And so 3.5% of a billion is 35 million dollars. 30K fetched 3% and 3% of 100 million is three million dollars. So the 100K fund became $38 million in five years. And this is an excellent scenario.

A dud scenario is, 100K was raised, it was invested in three startups, all three went bust. The consolation was it only cost each person 1K each. A 10X scenario would be the 100K became a million dollars. In the VC industry that is considered to be excellent. As in, 100K becoming 35 million dollars is pretty much a wild case scenario.

When the money comes in, each 1K person would have the option to cash out. What is 1% of 35 million? 350K? Or the people could say, I want to take out 300K, and leave 50K in there. 50K times 100 is 5,000K, that is five million. And the Executive Committee now has five million to play with.

Or the fund could expand. It might start with 100K, and it might bring in 400 more people, or a thousand people, and be a 500K fund or a million dollar fund to start with. It is possible to show your companies are doing well before you actually get to cash out.

So far as I know I am the only Nepali in the city who is both a tech startup founder and is actively looking for round one money. My ask is in the 35K range. And my projection is that my startup should be a billion dollar company in five years.

Another great candidate would be the Amazon/Flipkart/Alibaba for the Nepal market that would also do Bitcoin based money transfer for near zero rates.

So my take would be, raise 100K right away, like today, invest in my startup, and start looking for that Kathmandu team. And then start looking for more 1K people. Maybe you want to come into my round 2 as well, as one of several investors.

In my particular case, I would be happy to offer to the fund what I have offered to some of my friends who have come into my round one at 5K each. I will make it risk free for the fund. Should the venture fail, from the day of the failure, I will have 12 months to return this 35K to the fund, as if it were a personal loan. Should the venture succeed, I will get 5% of the growth this investment might see. So if this 35K becomes seven million dollars in five years, I get 5% of that seven million, namely 350K, and the fund gets the rest.


डोल्पा, सोलुखुम्बु र संघीयता

English: Dunai, Dolpo, Nepal
English: Dunai, Dolpo, Nepal (Photo credit: Wikipedia)
डोल्पामा यार्चागुम्बा छ। सोलुखुम्बुमा सगरमाथा छ, हिमाल चढ़न संसार भरिका मान्छे आउँछन्। ती दुवैबाट कमाइ हुन्छ। त्यस कमाइबाट स्थानीय जनतालाई फाइदा हुनु संघीयता हो। तर अहिले जे छ त्यसलाई उपनिवेश नै भन्नु पर्छ।

In a police state
After the newspapers reported Rahman’s detention, there was a lot of outrage in the social media. If the anger in those comments could be gauged with a thermometer, they would certainly beat Rahaman’s original post. But unlike Rahman, none of the people who posted those comments have been taken into custody. In fact, as far as this writer knows, none of Kathmandu’s enlightened social media warriors who routinely slam the entire Nepal government and ministers have had to face action so far. This is not to say they should face action; only that Rahman, too, is entitled to the same rights as them. Then why did he become an easy prey for the police whereas others did not? ......... None of the officials or administrators who have been ruling over the locals of Dho village and making decisions about how to use their resources can understand the local language. Shey Phoksundo National Park has formed a Buffer Zone Management Committee in Dho village, which falls in the Park’s buffer zone. The committee is responsible for managing the area’s natural resources. The chair of the committee is a Mahat. The chief of the Armed Police Force unit deployed there is a Malla. The locals cannot have meaningful dialogue with either of these men. They cannot explain their problems to them. Nor can they express their grievances to the Chief District Officer Krishna Prasad Khanal. That’s why they say, “The police called us ‘bhote’ and beat us mercilessly.”

Saturday, October 25, 2014

नेपालमा आर्थिक क्रान्ति र न्यु यर्कका नेपाली

  • New York City is the capital city of the world. There are talented Nepalis all over the world. But NYC does have a pretty impressive collection of Nepali talent. 
  • Nepal is a very poor country. The most important goal for Nepal for the next 30 years is rapid economic growth. An economic revolution would be double digit growth rates year in year out for 30 years. Any Prime Minister of Nepal who does anything less over the next 30 years is a failure. 
  • A lot of talented Nepalis have left Nepal for educational opportunities and greener pastures abroad. But among them I have felt a universal desire to give back, to contribute. That has to be tapped. 
  • The quality of organization is important. The depth of feeling is important. The nation of Israel is a great example of how a well organized people can make outsize contributions. 
  • Once A Nepali, Always A Nepali is a key concept. Citizenship without political rights makes zero sense. Dual citizenship with full rights would be a brain gain concept, it is the single most important thing the country can do to bring in massive FDI. 
  • There are 30 Nepali millionaires in Moscow. By that count there should be 100 Nepali millionaires in NYC. 
  • High tech entrepreneurship is the best way to get there. 
  • One idea that has been floated is to incorporate a company in which a few hundred Nepalis would invest a thousand dollars each. And that LLC would invest in Nepali origin high tech startups in the early stages. I think that's a great idea. 
  • Unless you can be a successful entrepreneur in an environment like NYC, it would be hard to make concrete contributions to Nepal's economic growth. 

Wednesday, October 22, 2014

Diwali Party: My Prepared Remarks



सर्वप्रथम त सबै जनालाई तिहार को दिपावली को मंगलमय शुभकामना
डिल्ली भट्ट, अन्जन श्रेष्ठ र म परमेन्द्र भगत को तर्फ बाट
घर घरमा लक्ष्मीको वास होस्, आफ्नो घर देश छोडेर डलर को खेती गर्न निस्केका हामी सबैलाई आ आफ्नो लक्ष्य प्राप्त होस्

एक हप्ता अगाडी एका विहान हामी तीन जना डिल्ली भट्ट, अन्जन श्रेष्ठ र म अन्जनजीको गाडीमा चढेर शनिवार Rockaway Beach पुग्यौं, sunrise अथवा सुर्योदय हेर्नाले शक्ति प्राप्त हुन्छ भन्ने कुरा वेदमा भनिएको छ भनेर अन्जन जीले भन्नुभो। मलाई त हो जस्तो लाग्यो। मुड फ्रेश।

मेरो सांस्कृतिक पृष्ठभूमि मिथिला हो। मिथिलामा हिन्दुले पनि मुस्लिमले पनि छठ मनाउछन्। छठमा सुर्यास्त को र सुर्योदय को पुजा हुने हो। दिवाली को छैंठौं दिन छठ हो। सबैलाई छठको पनि शुभकामना।

यो दिवाली पार्टीको एउटा theme छ। त्यो theme हो नेपालमा आर्थिक क्रान्ति का लागि न्यु यर्क को नेपाली समुदाय को रोल, न्यु यर्क को नेपाली समुदायको आर्थिक क्रान्ति का लागि High Tech Entrepreneurship को रोल। त्यो High Tech Entrepreneurship मा न्यु यर्क नेपाली समुदाय का आम नेपालीले खेल्न सक्ने रोल।

नेपालमा आर्थिक क्रान्ति भनेको के? मेरो परिभाषामा नेपालमा आर्थिक क्रान्ति भनेको double digit growth rates year in year out for 30 years हो। यानि कि नेपालको अर्थतन्त्र वार्षिक १०% अथवा त्योभन्दा बढी का दरले वृद्धि हुनुपर्यो ३० वर्षकालागि। आगामी ३० वर्ष त्यति गर्न सक्ने प्रधान मन्त्री पास, नत्र भने फेल।

त्यसमा न्यु यर्क का नेपालीको मात्र होइन, सारा प्रवासी नेपालीको ठुलो र निर्णायक रोल छ। त्यो भनेको एक पटकको नेपाली, सधैंको नेपाली नै हो। राजनीतिक अधिकार बिनाको नागरिकता पनि नागरिकता हुन्छ कहीं! राजनीतिक अधिकार बिनाको नागरिकता त पन्चायती नागरिकता हो। प्रवासी नेपालीलाई पुर्ण नागरिकता नदिने हो भने नेपालको आर्थिक क्रान्ति disturb हुन्छ। द्वैध नागरिकता (dual citizenship) भनेको brain gain गर्ने सर्वोत्तम तरिका हो।

दुनियाको राजधानी न्यु यर्क। प्रवासमा न्यु यर्क को special स्थान छ। न्यु यर्क का नेपाली न तात्तिदा सम्म काठमानडुमा NRN movement लाई seriously लिइएन। तर न्यु यर्क का नेपाली ले आफुले आफुलाई नचिनेको अवस्था पनि छ। हनुमान नजागेको अवस्था छ। मस्को मा ३० जना नेपाली millionaire छन् भन्ने सुन्छु। न्यु यर्क मा त्यसो भए कमसेकम ५० जना नेपाली millionaire हुनुपर्ने। किन छैनन्? हामीले सोध्नुपर्ने प्रश्न हो यो।

High Tech Entrepreneurship को कुरा यस्तो छ। Receptionist को काम जहाँ पनि उस्तै उस्तै हो। तर Google मा स्थापना काल देखि काम गर्ने receptionist जब Google IPO भयो, त्यो receptionist रातारात millionaire भयो। सबै कम्पनी Google र Facebook होइनन। ती category A कम्पनी भए। तर category B कम्पनी पनि हुन्छन। बिलियन डलर सम्मको मार्केट value सम्म पुग्ने। Category C कम्पनी हुन्छन, 100 मिलियन मार्केट value सम्म पुग्ने। Category D कम्पनी हुन्छन, 10 मिलियन मार्केट value सम्म पुग्ने। Category E कम्पनी हुन्छन, एक मिलियन मार्केट value सम्म पुग्ने। मेरो tech team ले एउटा client कालागि बनाएको एउटा app December मा त्यो client ले मिलियन डलर मा बेच्यो।

मेरो team अहिले एउटा Augmented Reality Mobile Game मा काम गर्दैछ। यो हाम्रो अन्तरिक प्रोजेक्ट हो। आफैलाई गरेको, कुनै client का लागि होइन। We think we are in a strong position to end up a Category B company in a five year time frame. We are raising some seed money right now at a million dollar valuation. We are projecting 5,000 dollars invested in our company right now should become a million dollars in five years. But sometimes tech startups fail. Then what? I made it risk free for some of my friends who came in. I said, should the company fail, I will have 12 months to give your 5K back to you. But should it succeed, and your 5K does end up being a million dollars, I get 5% of that growth, I get 50K, you get 950K. Some of my friends took it.

यदि यो investment opportunity तपाईं लाई आकर्षक लाग्छ भने गफ गरौँ। मेरो सम्पर्क नम्बर हो 917 512 5445 र मेरो इमेल हो paramendra@gmail.com Tech startup गर्न खोजेको म एक्लो होइन। अन्जनजीको पनि एउटा दुइटा idea छ। Tech startup गर्न चाहने अरु पनि कोही हुनुहुन्छ भने हामीले तपाईं का लागि सक्दो गर्छौं, सम्पर्क गर्नोस्।

यस सन्दर्भमा मैले डिल्ली जीलाई एउटा कहानी सुनाएँ। When Oracle bought PeopleSoft a few years back for a few billion, Larry Ellison paid his lawyers $100 million in legal fees.

न्यु यर्क जस्तो ठाउँमा millionaire बन्न नसक्नेले नेपालको आर्थिक क्रान्तिमा ठुलो योगदान पुर्याउन सक्छ जस्तो मलाई लाग्दैन। तर यहाँ सफल entrepreneur बन्न सक्नेले नेपालमा FDI (Foreign Direct Investment) लाने बाटाहरु खुल्छन।

फेरि पनि सबै जनालाई तिहार को दिपावली को छठ को मंगलमय शुभकामना

(To be delivered at the Dilli Bhatta Law Firm, 18 East 41st Street, Suite 1105, New York, NY 10017, October 23, 2014, Thursday evening)