Showing posts with label anjan shrestha. Show all posts
Showing posts with label anjan shrestha. Show all posts

Wednesday, February 04, 2015

सगुन को महत्व


हिजो चौतारी को बेसमेंट मा बड़ो मजाको दृश्य देख्न पाइयो। न्यु यार्कले Sagoon.com तर्फ पाइला चाल्यो। खगेन्द्रजी र विमलजी ले शुरुवात गर्नु भो। दुबै जना न्यु यॉर्क को नेपाली समुदाय को visible मान्छे मध्ये पर्नु हुन्छ। यो देखेर केही अरु पनि आउने आशा गरिएको छ। नार्थ कैरोलिना र टेक्सास का केही नेपालीले पनि चासो लिएका छन। ट्रेन छुट्न छुट्न लाग्यो।

मेरो judgment call ------ सगुनमा अहिले हालिएको 25K भनेको लगभग ५ वर्षमा मिलियन हो। रूस सेकंड वर्ल्ड देश। त्यहाँ मास्को मा ५०० नेपाली भएको ठाउँ मा त ३० जना मिलियनेयर छन ह रे। न्यु यॉर्क मा त हुनुपर्यो कमसेकम ५० जना। सगुन एउटा मौका हो। It is an opportunity.

मैले सगुन लाई राउंड २ को fundraising मा सघाउँदै छु। त्यही भएर आतंरिक कुराहरु थाहा पाउने मौका पाएको छु। I have been impressed.

एउटा टेक स्टार्टअप ले देखाउन सक्नुपर्ने मापदण्ड के हुन्छ भने ------ do you have a rapidly growing user base? Visitor हुन्छ, a subset of visitors are registered users, a subset of registered users are active users. The industry standard definition is, an Active User is someone who uses your product at least once a month. त्यो active user बेस ५०,००० हजार कटयो भने you become interesting to most investors.

हिजो चौतारी मैं माथि अंजन सँग भेंट भो। I was glad to learn he has not only launched his tech startup but that it is also making active progress. Good to know.

यो गोविन्द गिरी र कविन्द्र सिटौला को सगुन सम्बन्धी चौथो भ्रमण थियो न्यु यॉर्क को। दोस्रो र तेस्रो भ्रमण मा अलि हताश नै भएको अवस्था थियो। Those emotional ups and downs are unavoidable with any startup. That is why it helps to have a Cofounder!

गोविन्दं गिरी को Founder CEO पर्सनालिटी छ। सगुन को user base र गोविन्दजीको Founder CEO पर्सनालिटी देखेर मैले हो सगुन लाई पत्याएको।

नवंबर मा चौतारी को बेसमेंट मा जब सगुनले आफ्नो पहिलो न्यु यॉर्क presentation गर्यो त्यो दिन अगाडि मैले कहिले न सगुन को नाम सुन्या छ न गोविन्द गिरीको। कविनजी सँग चाहिं एक चोटि DC मा २००१ ताका भेंट भएको, socially.

मेरो गाउँ मा एउटा छ शिव शरण भगत भन्ने --- अहिले काठमाण्डु मा होला। उमेरले मभन्दा ३-४ वर्ष मात्र जेठो भए पनि नाता मा बाजे पर्ने। कविनजी त्यस्तै विभिन्न मान्छे ले काका भन्नु पर्ने मान्छे हुनु हुँदो रैछ। यहाँ देखि DC सम्म।

मेरो भान्जा सुनील साह NRN को चुनाव लड्दैछ। उसको कार्यक्रम थियो थकालीमा। त्यस पछि त्यहीं बाहिर प्रमोद सिटौला सँग भेंट भयो। मैले पछि प्रमोदजी ले फेसबुक मा ईमेल गरें।
Pramodji. It was good to bump into you earlier in front of Thakali Kitchen.  
एक समय हामी लोकतंत्रकालागि एक जुट थियौं। अहिले संघीयताको सवालमा हाम्रो फरक मत हुन सक्छ। तर त्यसपछि फेरि आर्थिक क्रांतिको मुद्दामा लोकतान्त्रिक आंदोलन भन्दा पनि कड़ा किसिमले एक जुट भएर अगाडि बढ्नु छ। कबिन सिटौलाजी तपाइँको काका हुनुहुँदो रैछ। Sagoon.com मा मैले सघाउँदैछु।  मेरो भान्जा सुनील साह चुनाव लड्दैछ। तपाइँको सहयोगको अपेक्षा छ। धन्यवाद।
सगुन को महत्व नेपालको आर्थिक क्रांति सँग छ। 

Sunday, November 23, 2014

सगुन, अंजन, छेपाक, डिल्ली, विनोद, कृष्ण

मेरो अंजन र छेपाक संग गफ भइ राखेको थियो। त्यो भन्दा अगाडि फेब्रुअरी तिर डिल्ली सँग पनि गफ भएको हो। सगुन न्यु यर्क आए पछि केही कुरा छर्लङ्ग भए।

राउंड १ fundraising को गोल हो राउंड २ fundraising गर्ने ------ because if you can not do that, you are dead. मेरो सगुन सँग deal भइ सकेको छ। सगुनले rapidly growing user base चाहिं देखाउनु पर्ने, र त्यसको आधारमा मैले सगुन का लागि राउंड २ fundraising गर्न lead role खेल्ने। राउंड २ भनेको मिलियन डॉलर भन्दा बढ़ी हुन्छ।

मेरो आफ्नै tech startup को 15K fundraising भइ सकेको, 10K को pledge प्राप्त भइ सकेको, 25K हाल्ने एकै जना पाउन लागेको अवस्था छ। 50 K को गोल हो। त्यो पुरा भए पछि मेरो राउंड १ बन्द हुन्छ। अनि त्यस पछिका राउंड हरुमा आउने भनेको प्रोफेशनल इन्वेस्टर हरु मात्र हो।

सगुनले 350K fundraising गरेको छ, 150K थप fundraising गर्ने प्रयासमा छ।

मैले विनोद, डिल्ली, अंजन, छेपाक, कृष्ण सँग गफ गर्दा राउंड २ सम्म पुग्नलाई राउंड १ मा ३० देखि ५० K प्रयाप्त हुने जस्तो रोडमैप देखाएको थिएँ। सगुनको रोडमैप भन्दा १० गुणा सस्तो देखियो त मैले महिनौ अगाडि देखाएको रोडमैप। तर I have met with an utter refusal to move. विनोदले त 20K अझ खर्च गरिसकेको। तर गल्ती त्यहाँ के गर्यो, प्रोडक्ट बनाउँदा आफ्नो कुरा मात्र गर्यो, मेरो कुरा सुन्दै सुनेन। अब मैले भन्दै छु, अब 1K अझ खर्च गर्ने, यस पटक १००% मेरो कुरा सुन्ने, version २ बनाउने। उसको app ३०० डाउनलोड मा गएर अड्केको छ। चाहिएको ५०,००० डाउनलोड।

डिल्ली, अंजन, छेपाक, कृष्णले आईडिया चाहिं राम्रो राम्रो ल्याए तर if you refuse to move, you are an academic, not an entrepreneur.

NYPNY का संस्थापक नीतिन शर्मा ले पनि गजब आईडिया निकालेका हुन ------ इच्छुक सदस्यले 1K प्रति व्यक्ति झिक्ने भनेर --- न्यु यर्कमा ५० नेपाली मिलियनेयर पैदा गर्ने जुन कुरा छ, त्यो त म एक्लैले गर्दिन्छु भनेको। ५० जनाले 1K प्रति व्यक्ति एउटा LLC मा हाल्ने, अनि त्यो LLC ले मेरो कम्पनीको राउंड १ मा हाल्ने, अनि १० वर्ष पर्खिने। अनि फ़ुत्त फ़ुत्त ५० नेपाली मिलियनेयर पैदा हुनेछन्।

म चाहीं facts present गर्न सक्ने हो, but I guess I am not a चिप्लो salesman ------ People are refusing to move भनौं भने सगुन ले क्या मजा संग मसँग डील गर्यो।


Wednesday, October 22, 2014

Diwali Party: My Prepared Remarks



सर्वप्रथम त सबै जनालाई तिहार को दिपावली को मंगलमय शुभकामना
डिल्ली भट्ट, अन्जन श्रेष्ठ र म परमेन्द्र भगत को तर्फ बाट
घर घरमा लक्ष्मीको वास होस्, आफ्नो घर देश छोडेर डलर को खेती गर्न निस्केका हामी सबैलाई आ आफ्नो लक्ष्य प्राप्त होस्

एक हप्ता अगाडी एका विहान हामी तीन जना डिल्ली भट्ट, अन्जन श्रेष्ठ र म अन्जनजीको गाडीमा चढेर शनिवार Rockaway Beach पुग्यौं, sunrise अथवा सुर्योदय हेर्नाले शक्ति प्राप्त हुन्छ भन्ने कुरा वेदमा भनिएको छ भनेर अन्जन जीले भन्नुभो। मलाई त हो जस्तो लाग्यो। मुड फ्रेश।

मेरो सांस्कृतिक पृष्ठभूमि मिथिला हो। मिथिलामा हिन्दुले पनि मुस्लिमले पनि छठ मनाउछन्। छठमा सुर्यास्त को र सुर्योदय को पुजा हुने हो। दिवाली को छैंठौं दिन छठ हो। सबैलाई छठको पनि शुभकामना।

यो दिवाली पार्टीको एउटा theme छ। त्यो theme हो नेपालमा आर्थिक क्रान्ति का लागि न्यु यर्क को नेपाली समुदाय को रोल, न्यु यर्क को नेपाली समुदायको आर्थिक क्रान्ति का लागि High Tech Entrepreneurship को रोल। त्यो High Tech Entrepreneurship मा न्यु यर्क नेपाली समुदाय का आम नेपालीले खेल्न सक्ने रोल।

नेपालमा आर्थिक क्रान्ति भनेको के? मेरो परिभाषामा नेपालमा आर्थिक क्रान्ति भनेको double digit growth rates year in year out for 30 years हो। यानि कि नेपालको अर्थतन्त्र वार्षिक १०% अथवा त्योभन्दा बढी का दरले वृद्धि हुनुपर्यो ३० वर्षकालागि। आगामी ३० वर्ष त्यति गर्न सक्ने प्रधान मन्त्री पास, नत्र भने फेल।

त्यसमा न्यु यर्क का नेपालीको मात्र होइन, सारा प्रवासी नेपालीको ठुलो र निर्णायक रोल छ। त्यो भनेको एक पटकको नेपाली, सधैंको नेपाली नै हो। राजनीतिक अधिकार बिनाको नागरिकता पनि नागरिकता हुन्छ कहीं! राजनीतिक अधिकार बिनाको नागरिकता त पन्चायती नागरिकता हो। प्रवासी नेपालीलाई पुर्ण नागरिकता नदिने हो भने नेपालको आर्थिक क्रान्ति disturb हुन्छ। द्वैध नागरिकता (dual citizenship) भनेको brain gain गर्ने सर्वोत्तम तरिका हो।

दुनियाको राजधानी न्यु यर्क। प्रवासमा न्यु यर्क को special स्थान छ। न्यु यर्क का नेपाली न तात्तिदा सम्म काठमानडुमा NRN movement लाई seriously लिइएन। तर न्यु यर्क का नेपाली ले आफुले आफुलाई नचिनेको अवस्था पनि छ। हनुमान नजागेको अवस्था छ। मस्को मा ३० जना नेपाली millionaire छन् भन्ने सुन्छु। न्यु यर्क मा त्यसो भए कमसेकम ५० जना नेपाली millionaire हुनुपर्ने। किन छैनन्? हामीले सोध्नुपर्ने प्रश्न हो यो।

High Tech Entrepreneurship को कुरा यस्तो छ। Receptionist को काम जहाँ पनि उस्तै उस्तै हो। तर Google मा स्थापना काल देखि काम गर्ने receptionist जब Google IPO भयो, त्यो receptionist रातारात millionaire भयो। सबै कम्पनी Google र Facebook होइनन। ती category A कम्पनी भए। तर category B कम्पनी पनि हुन्छन। बिलियन डलर सम्मको मार्केट value सम्म पुग्ने। Category C कम्पनी हुन्छन, 100 मिलियन मार्केट value सम्म पुग्ने। Category D कम्पनी हुन्छन, 10 मिलियन मार्केट value सम्म पुग्ने। Category E कम्पनी हुन्छन, एक मिलियन मार्केट value सम्म पुग्ने। मेरो tech team ले एउटा client कालागि बनाएको एउटा app December मा त्यो client ले मिलियन डलर मा बेच्यो।

मेरो team अहिले एउटा Augmented Reality Mobile Game मा काम गर्दैछ। यो हाम्रो अन्तरिक प्रोजेक्ट हो। आफैलाई गरेको, कुनै client का लागि होइन। We think we are in a strong position to end up a Category B company in a five year time frame. We are raising some seed money right now at a million dollar valuation. We are projecting 5,000 dollars invested in our company right now should become a million dollars in five years. But sometimes tech startups fail. Then what? I made it risk free for some of my friends who came in. I said, should the company fail, I will have 12 months to give your 5K back to you. But should it succeed, and your 5K does end up being a million dollars, I get 5% of that growth, I get 50K, you get 950K. Some of my friends took it.

यदि यो investment opportunity तपाईं लाई आकर्षक लाग्छ भने गफ गरौँ। मेरो सम्पर्क नम्बर हो 917 512 5445 र मेरो इमेल हो paramendra@gmail.com Tech startup गर्न खोजेको म एक्लो होइन। अन्जनजीको पनि एउटा दुइटा idea छ। Tech startup गर्न चाहने अरु पनि कोही हुनुहुन्छ भने हामीले तपाईं का लागि सक्दो गर्छौं, सम्पर्क गर्नोस्।

यस सन्दर्भमा मैले डिल्ली जीलाई एउटा कहानी सुनाएँ। When Oracle bought PeopleSoft a few years back for a few billion, Larry Ellison paid his lawyers $100 million in legal fees.

न्यु यर्क जस्तो ठाउँमा millionaire बन्न नसक्नेले नेपालको आर्थिक क्रान्तिमा ठुलो योगदान पुर्याउन सक्छ जस्तो मलाई लाग्दैन। तर यहाँ सफल entrepreneur बन्न सक्नेले नेपालमा FDI (Foreign Direct Investment) लाने बाटाहरु खुल्छन।

फेरि पनि सबै जनालाई तिहार को दिपावली को छठ को मंगलमय शुभकामना

(To be delivered at the Dilli Bhatta Law Firm, 18 East 41st Street, Suite 1105, New York, NY 10017, October 23, 2014, Thursday evening)