Showing posts with label ncp uml. Show all posts
Showing posts with label ncp uml. Show all posts

Monday, October 27, 2014

एमालेले चार राज्य भनेको

एमालेले चार राज्य भनेको राजनीतिक tactics का हिसाबले संघीयता पक्षधर शक्तिकालागि राम्रो हो। यो कांग्रेस र एमाले बीच दुरी बढेको हो।

तर विजय गच्छेदारले नवलपरासी देखि कैलालीसम्मको थरुहट भनेको यो मान्छे ओली को उप प्रधान मंत्री बनाउने लोभमा फँसेको भन्ने बुझ्नु पर्छ। चितवन र मकवानपुर चट, कन्चनपुर चट। विजय गच्छेदार थारुको नेता हो भने घोर मधेसी विरोधी राम वरणलाई पनि मधेसी मान्नु पर्ने हुन्छ। दलीय राजनीतिभन्दा माथि बस्नुपर्ने राष्ट्रपतिले किन राज्यहरुको संख्या कम भएको राम्रो जस्ता विचारहरु दिनु परेको? त्यस्तो विचार व्यक्त गर्ने व्यक्ति राष्ट्रपति भवनमा होइन संसदमा बस्नु।

संघीयता पक्षधर हरु केपी ओली संग मात्र होइन विजय गच्छेदारसँग पनि सावधान हुनुपर्ने देखिएको छ।

संविधान निर्माण हुनु अगाडि केपी ओली प्रधान मंत्री बन्नु राम्रो हुँदैन, किनभने नेपालको राजनीतिमा मधेसी र जनजातिको नंबर एक विरोधी भनेको नै एमालेका बाहुनहरु हुन। जातीय विभेदका बारे बुझ्ने राजनीतिक अस्त्रहरु मध्ये मार्क्सवाद पनि एक हो। तर यी एमाले वाला हरुको राजनीतिक corruption को कुनै सीमा छैन। यी कुनै जमानामा मार्क्सवादी थिए होलान तर अहिले छैनन्। यिनीहरु अब त माफियावादी भैसके। गुंडा पाल्ने मात्र होइन नेपाल प्रहरीलाई भित्र बाट नै माफियाकरण गर्ने हरुको जमात एमाले हो। यसलाई बाहुनवाद पनि भन्न मिल्दैन। यो नितान्त माफियावाद हो।

देशको राजनीतिको प्रमुख प्रतिक्रांतिकारी शक्ति कमल थापा होइन। देशको राजनीतिको प्रमुख प्रतिक्रांतिकारी शक्ति एमाले हो। त्यस पार्टीको कालो कर्तुत हरुले देशको भविष्य दुर दुर सम्म ख़राब पारि रहेको छ। यो माफियावादले बाहुन क्षेत्रीको भलो कसरी गर्छ त्यो बहुसंख्यक बाहुन क्षेत्री खुदले सोच्ने बेला आएको छ।

२००६ को क्रान्तिले स्थापित गरिसकेको मानव अधिकार खोस्ने काममा प्रतिक्रांतिकारीहरु लागेका छन। मधेसी क्रांतिले स्थापित गरिसकेको संघीयतालाई खोस्ने काममा प्रतिक्रांतिकारीहरु लागेका छन। होशियार। क्रन्तिकारीहरुलाई अर्को आन्दोलन स्वीकार हुन सक्छ तर वाक् स्वतंत्रता को हनन स्वीकार हुन सक्दैन। क्रन्तिकारीहरुलाई अर्को आन्दोलन स्वीकार हुन सक्छ तर संघीयता बिनाको संविधान स्वीकार हुन सक्दैन। एमालेले चाहेको विकेंद्रीकरण देशमा अंचलाधीशहरु फेरि ल्याउने षड्यंत्र मात्र हो, त्यो संघीयता हुँदै होइन। प्रतिक्रांतिकारीहरुको अगाडि क्रन्तिकारीहरुले surrender गर्ने होइन। संघर्ष गर्ने हो।

सेनाले चुनावमा धाँधली गर्न मदत गरेको आधारमा सेनालाई संसदमाथि उछालने प्रयास लोकतंत्र बलियो पार्ने प्रयास होइन। नेपाल प्रहरीलाई माफियाकरण गर्नु मेरो राष्ट्रियताको परिभाषा भित्र पर्दैन।