Showing posts with label nepal railway. Show all posts
Showing posts with label nepal railway. Show all posts

Sunday, June 20, 2021

जनकपुर–जयनगर रेल

यस्तो छ चीनको भावी योजनाको खाका  चीनले आगामी पाँच वर्षको योजना ‘१४ औँ पञ्च वर्षीय’ का साथ ‘सन् २०३५ सम्मको दीर्घकालीन लक्ष्य’ प्रस्ताव प्रस्तुत गरेको छ । यो १४ औँ पञ्च वर्षीय योजना आधुनिक शक्तिशाली समाजवादी देशको निर्माणको नयाँ यात्राको आरम्भ र दोस्रो सय वर्षको प्रयास लक्ष्यतिर अघि बढ्ने पहिलो ५ वर्ष हो । ......... आधुनिक चीनको निर्माणमा विज्ञान तथा प्रविधि र नवीनतालाई आधारभूत प्रवर्द्धक शक्तिको रूपमा लिनुपर्ने निर्णय गरेको छ । .........  चीन उच्च गुणस्तरीय विकासको चरणमा प्रवेश भइसकेको भन्दै रणनीतिक स्थिरता कायम राखेर विकासमा अडिग रहन जोड दिएको छ । ....... चीनले नयाँ उच्चस्तरीय खुला आर्थिक प्रणालीको निर्माण, खुलापनको स्तरमा व्यापक सुधार, व्यापार तथा लगानी उदारीकरण र सहजीकरणको प्रर्वद्धन, नविन व्यापारको विकास र त्यसलाई प्रोत्साहन तथा 'बेल्ट एण्ड रोड' को उच्च गुणस्तरीय विकासलाई प्रोत्साहन गर्न र विश्वव्यापी आर्थिक शासन प्रणालीको सुधारमा सकारात्मक रूपमा सहभागी हुन प्रस्ताव गरेको छ । 

भारतलाई दुखाउने चिनियाँ रेलमार्ग  चीनले पछिल्लो समय स्वशासित क्षेत्र तिब्बतको पूर्वाधार विकासमा व्यापक लगानी गरेको छ ........ करिब पाँच अर्ब ७० करोड अमेरिकी डलर खर्चेर निर्माण गरिएको रेलमार्ग तिब्बतका लागि बेइजिङको उपहार भएको चिनियाँ कम्युनिस्ट पार्टीको भनाइ छ । चिनियाँ कम्युनिस्ट पार्टीले आउँदो जुन १ मा आफ्नो एक सयौँ जन्मदिन मनाउँदै छ । त्यसकारण उसले नयाँ रेलमार्ग आफ्नो तर्फबाट तिब्बती जनताका लागि उपहार भएको भनेको हो । ......... यो रेलमार्ग सामुन्द्रिक सतहबाट झन्डै ५ हजार मिटरमाथि निर्माण भइरहेको छ । अर्को वाक्यमा भन्दा, चिनियाँ कामदार करिब सगरमाथा बेसक्याम्पकै बराबरको उचाइमा रही खटिइरहेका छन् । ........... तिब्बतमा पर्यटन बढावा दिन चाहन्छ, चीन । ........ सन् २००५ मा तिब्बत भ्रमण गर्ने पर्यटकको संख्या २० लाख भन्दा कम थियो । सन् २०१८ मा भने करिब ३ करोड ३० लाख पर्यटक तिब्बत पुगे । त्यसमा विदेशीको संख्या एक प्रतिशत पनि थिएन । ..........  चिनियाँ सरकार सन् २०२५ मा तिब्बत घुम्‍ने पर्यटकको संख्या ६ करोड पुगोस भन्‍ने चाहन्छ । जुन तिब्बतको जनसंख्या भन्दा १७ गुणा धेरै हो । पर्यटकको संख्यामा वृद्धी हुँदै गर्दा तिब्बती भने चिन्तित छन् । पर्यटक बढ्दै गए तिब्बतको स्थानीय संस्कृति मासिने उनीहरूको चिन्ता हो । ...........   ल्हासा-छन्दु रेलमार्ग उत्तरी भारतीय राज्य अरुणाचलको छेउबाटै निर्माण भइरहेको छ । अरुणचालमाथि त्यसै पनि चीनको नजर रहिआएको छ । चिनियाँ सरकार भारतीय राज्य अरुणाचललाई तिब्बतको हिस्सा मान्छ । जसलाई उ तल्लो तिब्बत भन्छ । सन् १९६२ मा भएको चीन-भारतबीचको युद्ध दौरान चिनियाँ सैन्य फौजले अरुणाचलमाथि कब्जा जमाउन प्रयास गरेका थिए । 



डिजिटल अर्थतन्त्रमा चीन विश्वमै अगाडि, नेपाल कहाँ ?  सन् २०१९ मा चीनको डिजिटल अर्थतन्त्रले चीनको कुल गाहर्स्थ उत्पादन (जीडिपी)को ३६.२ प्रतिशत भाग ओगटेको छ ........  सन् २०२० को मे महिनासम्ममा अप्टिकल फाइबर सञ्जालबाट सबै चिनियाँ सहर तथा ग्रामीण क्षेत्रहरू पूर्ण रूपमा ढाकिएका छन् । साथै चीनमा अप्टिकल फाइबरकर्ताको संख्या ९३.१ प्रतिशत पुगेको छ र यसले विश्वमा पहिलो स्थान ओगटेको छ । यसैगरी सन् २०१९ मा चीनभरि स्थापना गरिएका ४ जी केन्द्रहरूको कुल संख्या ५४ लाख ४० हजारवटा पुगेका छन् । साथै यस वर्षको अक्टुबरसम्ममा ५ जी केन्द्रको संख्या ७ लाख बढी छ । यो पनि चीनको विश्व रेकर्ड हो । ..........  ३ जी प्रविधिमा पछाडि परेको चीनले ४ जीको विकासमा विश्वसँग परस्पर हिँड्दै ५ जीमा अग्रस्थानमा नाम बनाएको छ । .......... चीनमा विगत दश वर्षदेखि डिजिटल प्रविधि र अर्थतन्त्रको विकास तीव्र गतिमा हुँदैआएको छ । पछिल्लो समय अनलाइनबाट तरकारीदखि सबै खाद्यसामग्री, सामान्य लुगाफाटादेखि लक्जरी ब्राण्डसम्म सबै किनमेल गर्ने, यातायात साधनदेखि पर्यटनस्थलका टिकटहरू र रेस्टुराँ, फास्टफुडबाट खानासमेत अर्डर गर्ने चलन युवावर्गमा मात्रै नभइ आमसर्वसाधारणमा पनि बढेको छ । यसैबीच कोभिड-१९ को महामारीको अवस्थामा यो डिजिटल प्रविधि वरदान नै साबित भएको छ । ..........  हाल चीनका सहरहरूमा नौ लाख बढी डेलिभरीम्यान रहेका छन् । ...... चीनले पछिल्लो पाँच, दश वर्षमा मारेको फड्कोलाई पछ्याउने हो भने नेपालले पनि चाँडै विश्वका अरू मुलुकसँगै काँधमा काँध मिलाउनसक्ने छ ।

शीर्ष नेताको निष्कर्ष : ‘प्रतिगमन परास्त गर्न विपक्षी गठबन्धन थप सुदृढ’  गठबन्धनले हाल चारवटा प्रदेशको नेतृत्व गरिरहेको छ ।



असारभित्रै जनकपुर–जयनगर रेल चलाउने तयारी भाडा १५ देखि ३ सय रुपैयाँसम्म भारतीय कम्पनी कोन्कणलाई वार्षिक ३५ करोड दिएर उसैमार्फत रेल सञ्चालन गर्ने सहमति, तर रेलको पहिलो वर्षको आय भने १० करोड मात्र हुने प्रक्षेपण ........  एक वर्षका लागि गरिएको यो सम्झौताअनुसार २१ करोड ९५ लाख भारतीय रुपैयाँ (३५ करोड १२ लाख रुपैयाँ) खर्च हुनेछ । त्यसमध्ये ५० प्रतिशत रकम मेसिन खरिदमा खर्च हुनेछ । त्यस्तै, जनशक्तिमा करिब ४ करोड रुपैयाँ खर्च हुनेछ । अन्य रकम तालिम, प्रोटोकल निर्माण, मर्मतलगायतमा खर्च हुनेछ । दोस्रो वर्षदेखि यो लागत घट्ने रेलवे कम्पनीका महाप्रबन्धक भट्टराईको भनाइ छ । मेसिन खरिद गर्नुपर्नेछैन । ‘नेपाल जनशक्तिले सीप सिकेपछि लागत घट्नेछ,’ उनले भने । कम्पनीका अनुसार पहिलो वर्ष आय भने १० करोड रुपैयाँ हुने प्रक्षेपण छ ।  ..........  रेलवेको न्यूनतम टिकट १५ रुपैयाँको हुनेछ । अर्थात् एक स्टेसनबाट अर्को स्टेसनसम्म जान कम्तीमा १५ रुपैयाँको टिकट खरिद गर्नुपर्छ । ........ जनकपुरदेखि जयनगरसम्मको साधारण भाडा ७५ रुपैयाँ र एसीमा ३ सयसम्म तोकिएको ........ तत्काल बिहान, दिउँसो र बेलुका गरी दैनिक तीनपटक जनकपुर–जयनगर रेल सञ्चालन हुनेछ ........  भारतको जयनगरदेखि नेपालको बर्दिवाससम्म ६९ किलोमिटर ........ तत्काल ३४ किलोमिटर मात्र रेल सञ्चालन गरिने तयारी छ । जयनगरदेखि नेपालको कुर्थासम्म ३४ किलोमिटर रेल सञ्चालन हुनेछ ............. कुर्थादेखि बिजलपुरासम्म रेल सञ्चालन हुनेछैन । बिजलपुरादेखि– बर्दिवास १८ किलोमिटरको दूरीमा छ । त्यस क्षेत्रमा भने जग्गा प्राप्ति भइनसकेकाले लिक निर्माणमै ढिलाइ भइरहेको छ । ........ कुर्ता–जयनगर चल्ने रेलले १ हजार ३ सय यात्रु बोक्नेछ । यसको गति रेलको लिक डिजाइनअनुसार १ सय किलोमिटर प्रतिघन्टा रहेको छ । तर, रेल स्टेसनको दूरी छोटो हुने भएकाले ७० देखि ८० किलोमिटर प्रतिघन्टासम्मको गति हुनेछ । .......... दुवै रेलको मूल्य ८४ करोड ६५ लाख ९५ हजार रुपैयाँ छ । ......... १८ पुस ०७६ मै राष्ट्रिय सभामा दर्ता भएको रेलवे विधेयक डेढ वर्षसम्म सरकारले पारित गर्न कुनै चासो देखाएको थिएन । ...........  अध्यादेशमा सरकारको पूर्वस्वीकृति लिएर स्वदेशी वा विदेशी लगानीकर्तासँगको संयुक्त लगानीमा रेलवे निर्माण वा विस्तार गर्न सकिने उल्लेख गरिएको छ । 

एमाले दशौँ महाधिवेशन आयोजक कमिटी विवाद : पुनरावलोकनका लागि ओली पुगे सर्वोच्च, कमिटी आधिकारिक भएको दाबी  ‘पार्टीको केन्द्रीय समितिले नै तत्काल महाधिवेशन गर्नुपर्ने भएको कारण महाधिवेशन आयोजक कमिटीमा रूपान्तरण गरिएको हो । केन्द्रीय समितिले गर्ने सबै कार्य गर्न पाउने गरी केन्द्रीय समितिले नै त्यसलाई महाधिवेशन आयोजक कमिटीमा रूपान्तरण गरेको हुँदा यसले गरेको निर्णयका आधारमा कारबाही गरेको मिलेन भन्ने सर्वोच्च अदालतको आदेश गलत भएकाले खारेज हुनुपर्छ भन्ने माग निवेदनमा गरिएको छ’  ....... ‘दशौँ राष्ट्रिय आयोजक कमिटी नेकपा एमालेको पार्टीको आधिकारिक संरचना होइन । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ अनुसार दल त्यागसम्बन्धी विषयमा कारबाही गर्दा सम्बन्धित दलको केन्द्रीय समितिले मात्र कारबाही गर्न सक्ने व्यवस्था छ । पार्टीको विधान र राजनीतिक दलसम्बन्धी ऐनले नचिनेको संरचनाबाट गरिएको निर्णय बदरभागी छ,’ केन्द्रीय कमिटीले मात्रै सांसदहरूलाई कारबाही गर्न सक्ने भन्दै सर्वोच्चको आदेशमा लेखिएको छ । ............  दशौँ महाधिवेशन आयोजक कमिटी कायमै रहेको दलिल पेस गरेर ओलीले २ जेठ ०७५ मा फर्कनुपर्ने खनाल–नेपाल पक्षको सर्त मान्न नसकिने स्पष्ट पारेका छन् । पुनरावलोकनले एकतालाई खण्डित गर्ने खनाल–नेपाल पक्षको बुझाइ छ । 

तीन प्रदेशमा विपक्षी गठबन्धनबाट कसरी बाहिर निस्कियो खनाल–नेपाल समूह ? पार्टी एकता जोगाउन खनाल–नेपाल समूहले लिएको लचक नीति हो वा सरकार फेरबदलको अवस्थामा निर्णायक भूमिका खेल्ने रणनीतिको हिस्सा भन्ने अझै अस्पष्ट .............. कर्णाली र सुदूरपश्चिम प्रदेशको सरकार जोगाउन विपक्षी गठबन्धनमा उभिएर निर्णायक भूमिका खेलेको एमालेको असन्तुष्ट पक्षले बागमती, गण्डकी र प्रदेश १ मा भने सहकार्यको रणनीति अगाडि सारेको छ । यी तीन प्रदेशमा विपक्षी गठबन्धनबाट बाहिरिएर नेपाल–खनाल समूह प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीसँगै उभिएको छ । ..........  खनाल–नेपाल समूहको पछिल्लो कदमले प्रदेश– १ मा सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । ......... विपक्षीसँग मिलेर ओलीविरुद्ध चौतर्फी झट्का दिने आक्रमक नीतिबाट ‘युटर्न’ हुँदै लचिलो नीतिको नेतृत्व खनाल–नेपाल समूहका दोस्रो तहका नेता अष्टलक्ष्मी शाक्य र भीम आचार्यले गरेका छन् । उता, गण्डकीमा खनाल–नेपाल समूहका एक मात्र सांसद इन्द्रलाल सापकोटाले मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई नै मतदान गरेका थिए । यद्यपि गण्डकीमा खनाल–नेपाल समूहको सहयोगविनै कांग्रेस–माओवादी–जसपा र राजमोको गठबन्धनबाट विपक्षीको सरकार बनेको छ ।  ..........  लगातार ओली समूहलाई साथ दिने पछिल्लो तीनवटै निर्णयसँगै खनाल–नेपाल समूह अब संस्थापनले २ जेठमा फर्काएर केन्द्रीय कमिटी बैठक बोलाएको अवस्थामा सहभागी हुने निष्कर्षनजिक पुगेको नेताहरूले बताएका छन् । ‘पार्टी एकता जोगाउन सकारात्मक शिक्षा मिलोस् भन्ने सन्देश दिन हामीले मिलेर सरकारको नीति तथा कार्यक्रम पास गरेका हौँ र बजेट पनि एकढिक्का भएर पास गर्छौँ,’ एमाले सचिव तथा प्रदेश एकका संयोजक भीम आचार्यले नयाँ पत्रिकासँग भने, ‘पार्टी एकता जोगाउन हामी अहिले एक कदम मात्र लचिलो भएको अर्थमा बुझ्ने होइन, हदैसम्म लचिलो हुन्छौँ र हुन तयार छौँ ।’ ............  ‘अब कुनै पनि पूर्वसर्त र पद भागबन्डाका कुनै पनि विषय नराखीकन २ जेठ ०७५ सम्मको केन्द्रीय कमिटी र अन्य कमिटीको बैठक बोलाएर धमाधम काम अगाडि बढाउनुपर्छ । जे–जति समस्या छन्, त्यही कमिटीको बैठकमा छलफल गरेर हल गर्नुपर्छ । त्यसैको उदाहरणका लागि हामीले एकजुट भएर नीति तथा कार्यक्रम पास ग¥यौँ, बजेट पनि एकढिक्का भएर पास गर्छौँ ।’ ............. ‘हामी सत्तापक्ष भएर पनि विपक्षीजस्तो भएर बस्नुपर्ने अवस्था आयो । यो अवस्थाको अन्त्य गरेर पार्टी एकता जोगाउन प्रदेशमा नीति तथा कार्यक्रममा एकजुट भएर निर्णय लिइएको हो । मुख्यमन्त्रीले दलको बैठकमा बोलाएपछि हामी गयौँ । राजेन्द्र पाण्डेको नेतृत्वमा कार्यदल बनाएर समस्या समाधान गर्ने भनेपछि नीति तथा कार्यक्रम पास गर्न तयार भएका हौँ’ ............  अदालतको पछिल्लो आदेशपछि वरिष्ठ नेता नेपालले पनि निकटस्थहरूलाई विभाजनभन्दा पार्टी एकताकै सम्भावना धेरै बलियो बन्दै गएको बताउन थालेका छन् । .............    त्यसो त, कर्णाली प्रदेशका चार सांसदलाई गरिएको कारबाही अवैध भन्दै सर्वोच्चले पुनर्बहाली गर्न आदेश दिएपछि खनाल–नेपाल पक्ष ओली कमजोर बनेको भन्दै उत्साही बनेको छ । अन्तरिम आदेशले ओलीले एकलौटी गठन गरेको महाधिवेशन आयोजक कमिटीलाई अवैधानिक मानेकाले २ जेठमा फर्किनैपर्ने अवस्था सिर्जना भएको उनीहरूको बुझाइ छ । ............ ओली–नेपाल केन्द्रमा मिल्नेबित्तिकै कुनै पनि वेला कर्णाली प्रदेश सरकार अल्पमतमा पर्नेछ ।

देउवानिवासमा बसेको विपक्षी गठबन्धनको छलफलमा के के भए कुराकानी ?  बिपक्षी गठबन्धनका शिर्ष नेताहरुबीचको उक्त छलफलमा एमालेको मुख्यमन्त्री रहेका रहेका प्रदेशमा बिपक्षी गठबन्धनबाट मुख्यमन्त्री बनाउन पहल गर्ने बारे पनि छलफल भएको

ओलीलाई अस्पतालको शैयाबाट खनालले भने– कमरेड, म फर्केर आउँछु कि आउँदिनँ, पार्टी बचाउनुहोस्  नेता खनालले अध्यक्ष ओलीलाई एमालेको एकता जोगाउन भावुकशैलीमा आग्रह गरेका छन् । यसअघिका घटनाहरुलाई बिर्सिएर पार्टी एकता गर्न ओलीलाई आग्रह गर्दै एमालेका पूर्व अध्यक्षसमेत रहेका खनालले भने, ‘कमरेड, म फर्केर आउँछु कि आउँदिन, त्यो पनि थाहा छैन । पार्टी एकतावद्ध बनाउनुहोस्, मेरो यही चाहना छ ।’

एमाले विवाद : 'ओलीले चाहे एकै दिनमा सहमति'  सत्तारूढ दल नेकपा एमाले भित्रको विवाद मिलाउने अन्तिम कसरत भइरहेको छ । पार्टीभित्रको जारी विवाद मिलाउन दोस्रो तहका नेताहरू युद्धस्तरमा लागिरहेका छन् तर ठोस सहमतिभने बन्न सकेको छैन । ..........  ‘अहिलेको विवाद अध्यक्षबाट सृजना भएको हो । तलकहीँ कतै समस्या छैन । अध्यक्ष जिम्मेवार बने एकै दिनमा सहमति हुन्छ ।’ ..........   सर्वोच्च अदालतको फैसाला अनुसार २०७५ जेठ दुई अघिकै कमिटी ब्युँताउने निर्णय गरेको अवस्थामा स्वःस्फूर्त रूपमातीकमिटीले काम शुरू गर्ने बताउँदै पार्टीभित्र कुनै पनिविवाद नरहने ......... ‘अहिले पार्टीका दोस्रा तहका नेताहरूबीच पार्टीभित्र देखिएको विवाद मिलाउन पहल गर्नु राम्रो भएपनिशीर्ष तहमा संवादनभई अहिलेको समस्या समाधान हुँदैन ।’ उनले पार्टीलाई विधि र पद्दति अनुसार चलाउनुपर्ने मात्र आफूहरूको माग रहेको जिकिर गर्दै पार्टी एकता अध्यक्षकै हातमा रहेको बताए ।


Friday, October 31, 2014

(Beijing) Lhasa To (Delhi) Lumbini Railway

If this is the Asian century, a Beijing to Delhi train will be the most visible symbol of it. Trade is the best security/peace weapon. It is not an arms buildup. Border disputes are so 18th century. In the 21st century you lay down train tracks, you take broadband everywhere, you deepen trade ties and people to people contact, so much that national boundaries feel downright cosmetic.

East West Nepal Railway