Tuesday, October 03, 2017

एमाले, माओवादी, नया शक्ति एकीकरण बारे मेरो विचार


  • अब सीधासाधा नाम नेपाल कम्युनिस्ट पार्टी राख्ने। ब्रैकेट सब फाल्ने। कम्युनिस्ट ले बहुदल मान्छ। त्यसमा तटस्थ रहने। बरु नेपालको सन्दर्भमा हाइड्रो समाजवाद लागु गर्ने। १०,००० मेगावाट बिजली उत्पादन गरेर सबै को आधारभुत आवश्यकता पुरा गर्ने। 
  • यो शांति प्रक्रिया टुङ्गिएको हो। सन २००५ मा शुरू भयो। अब टुंगियो। मंगसिर चुनाव पछि नया सरकार बने पछि पुरा टुंगियो। 
  • प्रत्यक्ष निर्वाचित राष्ट्रपति र मुख्य मंत्री को संभावना बढ्यो। चाहिने कुरा। राजनीतिक स्थायित्व का लागि। 
  • प्रत्यक्ष निर्वाचित राष्ट्रपति बाहेक गर्नु पर्ने एउटा अर्को कुरा छ। मत पाएको समानुपातिक पैसा सरकार बाट पाउने, त्यस बाहेक अरु कुनै आम्दानी स्रोत नहुने पार्टी हरुको। 
  • प्रचंड र बाबुराम ले एकीकृत पार्टी लाई मधेस को पक्ष मा संविधान संसोधन गराउन का लागि डोर्याउन सक्नुपर्छ। होइन भने यो सैद्धांतिक एकीकरण होइन, बाहुन मिलन हो। 
  • सुर्य ले ६०% बढ़ी सीट जित्छ। सीधा अंक गणित हो यो। काँग्रेस अब ह्वात्तै खुम्चियो। काँग्रेस अब देशको सबैभन्दा ठुलो पार्टी कहिले पनि हुँदैन शायद। 
  • यस पार्टी ले बाबुराम को नेपाल लाई भारत र चीन बीच को पुल बनाउने भिजन समात्नुपर्छ। यो एकीकरण चीन जितेको होइन। चीन र भारतको अभुतपूर्व आर्थिक प्रगति बाट फाइदा लिने हो। 
  • फोरम, राजपा र स्वराजी ले यसरी नै एकीकरण गर्नै पर्छ। 



No comments: