मधेस स्वराज आंदोलन भित्र लोकतान्त्रिक संवाद को जरुरत




सीके राउत को प्रथम कमिटमेंट अहिंसा र लोकतंत्र हो। मधेस स्वराज आंदोलन भित्र लोकतान्त्रिक संवाद का लागि प्रशस्त ठाउँ छ। लक्ष्य मधेसी लाई समानता दिलाउने हो। समानता भनेको एक व्यक्ति एक मत लोकतंत्र हो। त्यो प्रत्येक मनुष्य को जन्मसिद्ध अधिकार हो। त्यसैले प्रत्येक मधेसी को पनि अधिकार हो।

त्यो समानता का लागि लोकतंत्र प्रयाप्त हो। तर नेपालमा मधेसी लाई समानता नहुनु नेपालमा लोकतंत्र नभएको कुराको प्रमाण हो। त्यो समानता संघीयता को बाटो पनि पाउन सकिन्छ। तर नेपालमा संघीयता को मुद्दामा व्यापक बेइमानी भएको छ।

आफ्नो विश्लेषण मा सीके राउत ले मधेसी ले समानता पाउने एक मात्र बाटो मधेस अलग देश हो भनेका छन। त्यो एउटा विचार हो। त्यस विचार सँग असहमत हुन सकिन्छ। लोकतान्त्रिक संवाद मा सहमति विमति दुबै का लागि ठाउँ हुन्छ।

लोकतंत्र इमान्दारीपूर्वक लागु गरिए पनि, संघीयता इमान्दारीपूर्वक लागु गरिए पनि मधेसी ले समानता पाउँदैन भन्ने तर्क हुन सक्दैन। तर दुबै इमान्दारीपूर्वक लागु नगरिएको यथार्थ पनि सामना गर्नु पर्ने हुन्छ।

एउटा हुन्छ विश्लेषण को कुरा। त्यसका आधारमा लक्ष्य निर्माण को कुरा आउँछ। सटीक विश्लेषण भए पनि, सही लक्ष्य निर्माण गरिए पनि त्यसपछि स्ट्रेटेजी (strategy) र टैक्टिक्स (tactics) को कुरा आउँछ। प्रमुख लक्ष्य मधेस अलग देश होइन। प्रमुख लक्ष्य मधेसी लाई समानता को अधिकार दिलाउने हो। लोकतंत्र र संघीयता नेपालमा इमान्दारीपूर्वक लागु नगरिएको यथार्थ रहे पनि त्यो लोकतंत्र र त्यो संघीयता जहाँ पनि र जहिले पनि इमान्दारीपूर्वक लागु गर्ने संभावना रहिरहन्छ। त्यसैले लोकतंत्र र संघीयता र समावेशिता बलियो पार्न चाहने शक्ति हरु लाई डिसमिस पनि गर्नु हुँदैन स्वराजी ले र तिनलाई कमजोर गर्ने कुनै कदम पनि चाल्नु हुँदैन।

लक्ष्य स्वराज नै हो भने पनि महात्मा गाँधी को बाटो कसरी गलत थियो, स्कॉटिश इंडिपेंडेंस पार्टी को बाटो कसरी गलत छ, सीके ले भन्न सक्नुपर्छ। गाँधी को पार्टी ले स्वराज लक्ष प्राप्त गर्नु अगाडि दशकौं प्रांतीय चुनाव हरु लड्दै गएको। स्कॉटिश इंडिपेंडेंस पार्टी को त स्कॉटलैंड मा शासन नै छ।

मधेस स्वराज अभियान ले आफ्नो संगठन भित्र व्यापक लोकतान्त्रिक बहस गरिरहनुपर्ने हुन्छ। अहिंसा र लोकतंत्र लाई कहिले पनि छोड्नु हुँदैन। र त्यो बहस खुला हुनुपर्छ। त्यसमा बिनय पंजियार जस्ता नेता हरुले महत्वपुर्ण रोल खेल्न सक्छन।

विश्लेषण बारे बहस हुन्छ। लक्ष्य निर्माण बारे बहस हुन्छ। स्ट्रेटेजी (strategy) र टैक्टिक्स (tactics) बारे निरंतर बहस हुन्छ। रोडमैप बारे बहस हुन्छ। अहिले त मधेस स्वराज अभियान सँग कुनै रोडमैप नै छैन।  त्यस कार्य योजना को कार्यान्वयन गर्दा कदम कदम मा समीक्षा गर्नु पर्ने हुन्छ।

लक्ष्य मधेसी लाई समानता हो। त्यो लक्ष्य प्राप्ति का लागि नेपालमा लोकतंत्र, संघीयता, समावेशिता लाई मजबुत पार्ने प्रत्येक प्रयास गर्ने र मधेस अलग देश का लागि ढोका खुला राख्ने।



लोहा गरम है, मारो हथौड़ा
सीके को मधेस अलग देश का तीन चरण
मधेस अलग देश विरुद्ध का तर्क हरु
फोरम, राजपा र स्वराजी को एकीकरण मैं छ मधेसको उद्धार
सीके राउत ले कोर्स करेक्शन गर्नु जरुरी छ
सीके ले कोठली बाहर होइन आफ्नो कोठली भितर मत बटुलेको राम्रो
मधेस आन्दोलनको आध्यात्मिक पक्ष
सीके राउत ले चुनाव लड़नै पर्ने कारण हरु
संविधान DERAIL को बाटो, संविधान संसोधनको बाटो र सीके राउतले चुनाव लड्ने बाटो
महंथ ठाकुर, उपेंद्र यादव, सीके राउत र मधेस
मधेसवादी तीन ध्रुव: मंजिल एक और राही तीन फिर वार्तालाप क्यों न हो?
गोरखा समथर बन्यो, अब काठमाण्डु समथर बन्न चाहन्छ


Comments

Popular posts from this blog

फोरम र राजपा बीच एकीकरण: किन र कसरी?

नेपालभित्र समानता को संभावना देखिएन, मधेस अलग देश बन्छ अब

फोरम, राजपा र स्वराजी को एकीकरण मैं छ मधेसको उद्धार