Monday, October 09, 2017

Cluster Making In Nepal




खस आर्य एउटै समुह हुंदै होइन। यो त मधेसी जनजाति लाई एउटै क्लस्टर मा राखे भन्दा पनि बढ़ी अबैज्ञानिक भयो। कमसेकम मधेसी र जनजाति दुबै शोसित समुह त परे। खस भनेको दमजम अंतर्गत थप्नु पर्ने समुह। ५०० वर्ष अगाडि कर्णाली मा सभ्यता चलाएर बसेका हरु। पछि गोर्खाली को फंदा मा परेर सब गुमाएका हरु। खस भनेको कर्णाली को स्थानीय। ख द म ज म भन्दा पनि हुन्छ।

आर्य नामाकरण मिलेन। मधेसी पनि आर्य नै हो। नेपालको सन्दर्भमा दक्षिण भारतीय आर्य भन्नु पर्ने हुन्छ। बाहुन क्षेत्री भनेका। सबैभन्दा सजिलो बाहुन क्षेत्री भने भै गो। सीधा कुरा।

बाहुन क्षेत्री मिलाएर २४% पुग्ने होला। त्यो २४% ले ९०% ठाउँ ओगटेर बसेकोले न हो अरु लाई आरक्षण चाहिएको। त्यो बाहुन क्षेत्री लाई ख द म ज म को एउटा समुह सँग मिसाएर घुमी फिरी सबैभन्दा बढ़ी आरक्षण त्यही बाहुन क्षेत्री को थाप्लो मा राखि दिनु -- यो त आरक्षण को सिद्धांत को उपहास हो। महा उपहास।

क्लस्टर बनायो। क्लस्टर भित्र सब क्लस्टर पनि बनाउनु पर्ने हुन्छ। अनि मधेसी क्लस्टर भित्र पर्ने हुन्थ्यो: थारू, मुस्लिम, दलित।

आदिवासी जनजाति दुई क्लस्टर हुन। राउटे चेपांग लाई राई गुरुंग सँग मिसाउनु हुन्न।

दलित मा पहाड़ी दलित र मधेसी दलित छुट्याउनु पर्छ। होइन भने दलित को नाम मा पहाड़ी दलित ले सबै लान्छ। मधेसी दलित हेरेको हेर्यै।

खस र आर्य दुइ अलग समुह हो।  पहाड़ी आर्य लाई आरक्षण चाहिँदैन। मधेसी मा पनि सब क्लस्टर (sub cluster) हरु चाहियो। भु रा बा ल लाई आरक्षण चाहिँदैन। भुमिहार राजपुत बाभन लाला।

अर्थात पहाडको पनि मधेसको पनि बाहुन क्षेत्री लाई आरक्षण चाहिएको छैन।








No comments: