Pages

Wednesday, June 10, 2015

सम्मेलन दिल्लीमा गरेको सबै भन्दा राम्रो



पुनर्निर्माण बारे देशले सम्मलेन गर्नु छ। त्यो सम्मेलन दिल्लीमा गरेको सबै भन्दा राम्रो।

Reconstruction In The Aftermath Of The Nepal Earthquake

बामदेव गौतम कमिला, मोदी हात्ती। बामे लाई लागेको छ उसको र नरेन्द्र मोदी को पर्सनालिटी क्लैश भए जस्तो जबकि मोदी लाई यस पृथ्वीमा बामदेव गौतम नामको कोही छ भन्ने कुरा पनि थाहा छैन। नरेन्द्र मोदी आजका मितिमा संसारको सबै भन्दा पॉपुलर राजनेता। कहिले कुनै अमेरिकी राष्ट्रपति भारतको गणतंत्र दिवस मा न आएको, मोदीले ल्याएर देखाई दियो।

मोदीले सुशील लाई soil test किजिए भनेको। सुशीलले "देखेंगे" भनेर जवाफ दिएको।

हरिलट्ठक हरु दुबै।

सुशील ले कुरा नबुझेर चिनुक फर्कायो। नेपाल लोकतंत्र भएको भए सुशील लाई संसदले त्यस गल्ती का लागि impeach गर्ने। अब चिनुक फर्काउने भन्दा १०० गुना ठुलो गल्ती गर्दैछ।

नेपालको गरीबी नेपालको राष्ट्रियता हो?

खुद मोदी संसारको देश देश मा गएको छ FDI मागन। मेरो राष्ट्रीयताको सवाल छ, मेरै देशमा आइज भनेर भनेको छैन। माग्ने मान्छे जानुपर्छ। त्यो त साधारण बुझाई को कुरो हो।

प्रत्येक दाता राष्ट्रको महत्वपूर्ण राजदुत दिल्लीमा बसेको छ। काठमाण्डु मा जूनियर डिप्लोमेट हरु मात्र पठाइनछन। ग्लोबल मीडिया सबै का ठुला प्रतिनिधि हरु दिल्लीमा छन। सम्मेलन ले मीडिया अटेंशन तानेन भने काम हुँदैन फेरि। त्यहाँ गएर फेरि सुशील ले #GoHomeIndianMedia भनेर ट्वीट गर्ने होइन फेरि। बरु #ComeComeIndianMedia भनेर ट्वीट गरे हुन्छ।

मोदी को नेपाल प्रति हेपाहा प्रवृति छैन। उ नया सोंचको मान्छे हो। उसले विकासको कुरामा बिहार अथवा नेपाल बीच फरक देख्दैन। तर इच्छा मात्र को कुरा होइन। नत्र भने विकासको इच्छा नगरेको नेपाली राजा अथवा प्रधान मंत्री आज सम्म छैन। क्षमता को कुरो हो। मोदी मा क्षमता छ।

पुनर्निर्माण को लागि बढ़ी भन्दा बढ़ी पैसा चाहिन्छ भने सम्मेलन दिल्लीमा गर्ने, होइन खासै चाहिँदैन भने चिनुक फर्काएर जनता मारे जस्तै सम्मलेन काठमाण्डु मा गर्ने।

यो सार्क सम्मलेन हुन लागेको हो र? काठमाण्डु मा भयो भने गर्व हुने? सम्मेलन अटेंड गर्नु पर्ने सबै मानिस दिल्लीमा छन। माग्नु पर्ने ले मागन जाने। यसमा बिज़नेस attitude हुनुपर्यो। UN कै भनौं --- एक से एक सीनियर मानिस दिल्लीमा बस्छन्।

Modi is offering his services. He does not have to. He was not elected by Nepali voters. But he is being a friend. He is trying to help. And he is very good at what he does. तर नेपाल मा एक से एक आइंस्टाइन हरु सत्ता सम्हालेर बसेका छन।

उपेन्द्र र अशोक राइको एकीकृत पार्टी जेठ ३२ गते घोषणा हुँदै
एक वर्षभन्दा पहिलादेखि एकीकरणका लागि भएको प्रयास बल्ल सफल हुने भएको छ । हिजो दुई दलको छुट्टा छुट्टै भएको छलफलले जेठ ३२ गते एकीकृत पार्टी घोषणा गर्ने तय भएको हो । ..... मधेश आन्दोलनका सहयात्री तीन दल मधेशी जनअधिकार फोरम नेपाल, तराई मधेश लोकतान्त्रिक पार्टी र सद्भावना पार्टीबीच पटक पटक प्रयासले गर्दा एकीकरण हुन सकेन । १६ बुँदे सम्झौता गरेर विजयकुमार गच्छदार प्रचण्डको पक्षमा लागेपछि अहिले तीन दल एक ठाउँमा उभिएका छन् तर एकीकरणको कुरा अझैं चलेको छैन ।
कोइराला किन लचक भए?
कोइरालाको राजनीतिक दर्शन र संघीयतामा भएको सहमतिले मेल खाँदैन । उत्तर र दक्षिण मिलाएर थोरै प्रदेश बनाउनु पर्ने अडान उनको थियो । पछिल्लोपटक उनले सात प्रदेश भन्दा बढाउनै हुन्न भन्ने अडान राख्दै आएका थिए । माघ ८ मा संविधान जारी गर्न नसक्नुमा पनि उनको अडान अहं मानिएको थियो । ..... कांग्रेस र एमालेबीच ६ प्रदेश भन्दा बढीमा जानै हुन्न भन्ने साझा धारणा बनिरहेका बेला प्रधानमन्त्री कोइरालाले २५ गते विहान एक कदम अघि बढेर ८ प्रदेशको प्रस्ताव गरे । त्यसलाई एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ओलीले सहजै मानिदिए र ऐतिहासिक सहमति निर्माण भयो । कोइरालाको प्रस्तावबाट आफ्नै पार्टीका उपसभापति रामचन्द्र पौडेल समेत आश्चर्यचकित भए । चार दलको बैठकमा आफूले राखेको ८ प्रदेशको प्रस्तावमा सहमति बनेको धारणा सुनाउँदा पौडेल र एमाले नेता माधव नेपालले असन्तुष्टी जनाए । पौडेल त असन्तुष्टी जनाएर बैठकबाटै बाहिरिए । .... ‘सरकारको मुख्य घटक एमालेले कोइरालालाई हटाउन एमाओवादीसँग हिमचिम बढाएदेखि नै उनी संविधानमा तत्काल सहमति खोज्न हतारिएका हुन् ।’ .... ओलीले एमाओवादीको बलमा आफ्नो सरकार हटाउने योजना अघि सारेपछि कोइराला चेपुवामा परे । कोइराला पार्टीको आसन्न महाधिवेशनसम्म सरकारको आयु लम्बाउने सुरमा थिए । चार दलीय बैठकमा सक्रिय कांग्रेसका एक नेताका अनुसार एमालेले च्यापेपछि कोइरालाले बाध्य भएर असार मसान्तभित्र संविधान जारी गर्ने र साउन १ देखि नै राजीनामा दिने प्रस्ताव गरे । त्यसलाई एमाले अध्यक्ष ओली र एमाओवादी अध्यक्ष दाहालले स्वीकारे । ..... ‘असार मसान्तभित्र संविधान जारी हुन नसकेपछि सरकार छाड्नुपर्ने शर्त एमालेले राखेपछि कोइरालाका सामु दुईटा विकल्पमात्रै थियो,’ बैठकमा संलग्न ती नेताले भने, ‘कि त लचक भएर संविधान जारी गर्ने बाटो समात्ने कि त केही नगरी बाहिरिने । उनले पहिलो विकल्प रोजे ।’ ..... आफ्नै नेतृत्वमा संविधान जारी गर्न सके सरकारमा नरहे पनि त्यसको उचाईले आसन्न पार्टी महाधिवेशनमा प्रभाव पार्न सकिन्छ भन्ने उनको बुझाई देखिन्छ । .... ६ प्रदेशमा एमाओवादीले सिमांकन र नामको शर्त राखे । ८ प्रदेशमा सिमांकन र नाम छाडे ..... कोइराला मात्रै होइन । संघीयताको मामलामा एमाले अध्यक्ष केपी ओली पनि आश्चर्यनजक रुपमा लचक देखिए । ७ भन्दा माथि प्रदेश बनाउनै नसकिने अडानमा रहेका ओलीले कोइरालाको प्रस्तावलाई सहजै समर्थन जनाउनुको पछाडि सत्ता राजनीतिसँग जोडिएको स्वार्थ नै मुख्य कारणका रुपमा हेरिएको छ । कोइरालाले जति चाँडो सत्ता छाड्छन्, उत्ति नै आफ्नो बाटो सहज हुने भएकाले ओली संघीयताको बिषयमा सहजै लचिलो भएर समर्थन जनाएका हुन् ।
कसरी होला पाँच पदको बाँडफाँट?
प्रधानमन्त्री छोडेपछि उनले राष्ट्रपतितर्फ नजर लगाएका छन् । राष्ट्रपतिका लागि आकांक्षी भनिएका एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पटक पटक सार्वजनिक रुपमै सेरेमोनियल राष्ट्रपति नबन्ने घोषणा गरेका छन् । दाहाल आफ्नो अडानमा टिकिरहे भने कोइरालाको आकांक्षलाई बल पुग्छ । तर राजनीति सधैं सोझो रेखामा अघि बढ्दैन । परिस्थितिको बाध्यता भन्दै नेताहरुले आफ्ना अडान फेरेका प्रशस्तै उदाहरण छन् । दाहाल नै त्यो पदको दाबी गर्दै ‘सिन’मा देखिन सक्छन् । .... भावी संभावनालाई आंकलन गरेरै ओलीले पछिल्ला सहमतिमा अधिकतम लचकता प्रदर्शन गरे । ओली यसअघि ४ प्रदेशको कुरा गर्थे । एमालेले आधिकारिक रुपमा ६ प्रदेश बनाउने निर्णय गरेको थियो । तर बालुवाटारमा ओलीले ८ प्रदेशमा जाने चार पक्षीय सहमतिमा हस्ताक्षर गरे । ..... सहमतिको सरकारका लागि कांग्रेसकै एउटा खेमा वा एमाओवादी समेतले दाबी गरिदिए यो ओली–समीकरण खल्बलिन सक्छ । संविधान जारी भएपछि परिस्थिति बदलिन पनि सक्छ । त्यतिबेला सर्वलदीय सहमतिभन्दा बहुमतीय समीकरण बनाउने प्रयास हुनसक्छ । यस्तोमा अहिलेको आंकलनमा तलमाथि हुनसक्छ । .... राष्ट्रपति र प्रधानमन्त्री सँगै बाँकी रहने सभामुख, उपराष्ट्रपति र उपसभामुखमा पनि प्रमुख दलहरुबीच नै बाँडफाँट हुनेछ ।
सोह्रबुँदेले सात–आठ वर्षदेखिको राजनीतिक चक्रव्युहलाई तोडेको छ
विनाशकारी भूकम्पले नेताहरूको दिमागको नशा ठीक ठाउँमा ल्याइदिएर हो कि ...... आन्दोलनको सन्दर्भमा पनि कतिपय कार्यक्रम फिर्ता लिएर पनि सकारात्मक वातावरण बनाएर संविधानसभाबाट संविधान बनाउने ऐतिहासिक आवश्यकतामा केन्द्रित हुनुपर्छ भन्ने कुरा मेरो तर्फबाट भएकै थियो । यो साँचो हो कि भूकम्पले एउटा यस्तो त्रासदिपूर्ण स्थिति सिर्जना गर्यो र भावनात्मक रूपले सम्पूर्ण नेपालीलाई एकताबद्ध हुन बाध्य पार्यो । भावनामा नयाँपन पनि देखापर्यो । वस्तुगत आवश्यकताले पनि अब राष्ट्रिय एकता जरुरी छ भन्ने कुराको बोध गर्ने वातावरण बन्यो । मैले तुरुन्तै बसेको सर्वदलीय बैठक अथवा व्यवस्थापिका संसद्मा अब राष्ट्रिय एकता कायम गरेर ऐतिहासिक कार्यभार पूरा गर्न हामी अगाडि जानुपर्छ । एउटा संविधान निर्माणको प्रक्रियालाई टुंगोमा पुर्याउनैपर्छ । अर्को, यो प्राकृतिक विपत्तिसँग लड्नका लागि एउटै राष्ट्रिय संकल्प गर्नुपर्छ भनेर मैले भनेको थिएँ । त्यसकारण यो सहमतिलाई विपत्तिसँग मात्रै जोड्न उचित होइन । तर, त्यसले एउटा वातावरण बनाइदिएको कुरा साँचो हो । ........ बाह्रबुँदे समझदारीबाट सुरु भएको राजनीतिक यात्रा अब सोह्रबुँदे समझदारीमा गएर समापन हुँदै छ । अब नेपालको संक्रमणकालको अन्त्य हुँदै छ । हामी झन्डै–झन्डै गएको सात–आठ वर्षसम्म एक खालको चक्रव्युहमा फसेकोजस्तो, भुमरीमा परेकोजस्तो भएको थियो । यो सोह्रबुँदेले त्यो चक्रव्युह तोडेको छ । भुमरी तोडेको छ र हामी अगाडि बढेका छौँ । ....... यो स्रोहबुँदे हामी ३० गठबन्धनवाला, नेपाली कंग्रेस, एमाले कसैलाई पनि भित्रैबाट आफैँ आयो भन्ने लागेको छैन । सबैलाई चाहिँ के–के मिलेको छैन भन्याजस्तो लागेको छ, केही–केही असहमति पनि छन् । ..... बहुमतीय प्रक्रियाबाट सहमतीय प्रक्रिया भनेरै हिजोबाट संवाद समितिमा आइसकेपछि र पहिचानमा आधारित भएर, सामथ्र्यमा आधारित भएर आठ प्रदेश बनाउने भन्ने भइसकेपछि केही साथीहरूले जो आलोचना गरिराख्नुभएको छ, असन्तुष्टि जाहेर गर्नुभएको छ, त्यहाँसम्म ठीक छ । त्योभन्दा बढी एक्ट्रिममा गएर विरोध गनुभयो भने त्यो उहाँहरूको पनि हितमा हुँदैन । ....... अहिलेको आवश्यकता के हो भने, देशलाई संविधान दिने हो । प्राकृतिक विपत्तिबाट पैदा भएको परिस्थितिमा नवनिर्माण अभियानमा लाग्ने हो । ...... २८ दलमध्ये तीन–चार दलका साथीहरूले अलि कडा प्रतिक्रिया दिनुभएकै हो । तर, आलोचना गर्ने र असहमति जनाउने भावनालाई मैले राम्रोसँग बुझेको छु । उहाँहरू पनि म संवादमै छु । उहाँहरूसँग संवाद गरेर फेरि ३० दलीय गठबन्धन आफ्नो ढंगले अगाडि बढ्छ भन्ने मलाई विश्वास छ । ....... पहिले पनि हामीले ११ प्रदेश नाम भएन, के भएन भनेर फुत्काइयो । अघिल्लो संविधानसभामै नामै नभए पनि त्यो ११ प्रदेश बनाउन सकेको भए अहिले देश कहाँ पुगिसक्थ्यो । तर, हुँदैन भनेर केही मधेसका साथीहरू र केही पार्टीहरूले भनेका कारण आज देश विकासको गति पाँच–सात वर्ष ढिलो भयो । अब अहिले पहिचान र संघीयताका आधारमा आठ प्रदेश भन्ने आएको छ, अब पनि विरोध गर्यो भने यसलाई गुमाइन्छ । हेर्दा चाहिँ रुपमा बडो क्रान्तिकारी देखिएर उपलब्धिजति ध्वस्त पार्ने, प्रतिगमनलाई सहयोग पुर्याउने काम कसैले पनि गर्नु हुँदैन । ....... आठ प्रदेश भन्ने संविधानसभाले पास गर्ने हो, प्रदेशसभाले नाम दिए पनि संविधानसभाबाटै पास हुने हो । संविधानसभाले पास नगरेको भन्ने अर्थ लाग्दैन । कतिपय साथीहरूले के भनेका छन् भने, लौ संविधानसभालाई छाडेर अर्कोतिर गए । यो सहमति त संविधानसभाको फुल हाउसले पास गर्ने हो । पास गरेन भने हुँदैन । ....... यो प्रणाली फेल भयो भनेर नै हामीले प्रत्यक्ष निर्वाचित राष्ट्रपति पनि हुनुपर्छ भनेका थियौँ । ...... यो संसदीय प्रणालीको हामी विरोधी हौँ । यसले स्थायी समाधान हुँदैन । फेरि पनि यसरी नै अघि बढ्यौँ भने देश अलमलमा पर्नुपर्छ भन्ने कुरा जनतामा लैजान्छौँ । ...... यो समझदारी बनाउन लागेको ठाउँमा तपाईंले बहुलवाद राख्नुहुन्छ भने साम्यवाद पनि राख्नुपर्यो नि ! बहुलवाद÷साम्यवाद राख्ने हो भने त ठीकै छ । बहुलवाद मात्रै राख्ने हो भने त तपाईंले एउटा मात्रै विश्वदृष्टिकोण राख्नुभयो, अर्को पनि विश्वदृष्टिकोण छ नि दुनियाँमा । त्यसकारण यो गलत हुन्छ भन्दा उहाँ बच्चाले जस्तो गरेर हठ गर्न थाल्नुभयो । सारा कुरा मिलिसकेको छ, पहिले पनि त्यो छलफल भएको विषयमा त्यसो नगर्नुस् भनेर अलि कडा प्रतिवाद गरेपछि उहाँ मान्नुभयो । ....... तपाईं गहिरिएर हेर्नुभयो भने कंग्रेस–एमालेले चार वा पाँचभन्दा बढी प्रदेश बनाउनुपर्छ र सात प्रदेश पनि बढी हुन्छ भनिरहेको अवस्था थियो । कंग्रेसले ६ भन्दा बढी त जानै सकिँदैन भनिरहेको थियो । यो स्थितिमा पहिचानमा आधारित आठ प्रदेशमा जानु भनेको एमाओवादीले छोडेको भन्ने अर्थ लाग्दैन । बरु एमाओवादीले योपटक राम्रैसँग पहलकदमी लियो र देशलाई निकास पनि दियो, आफ्नो राजनीतिक अडान पनि छोडेन भनेर पो बुझ्नुपर्छ । ........ अहिले गिरिजाप्रसाद नभएका बेला मलाई जिम्मेवारी बोध भएको कुरा के हो भने यो प्रक्रिया नै लथालिंग, भताभुंग भएर, त्यत्तिकै हराएर फेरि निरंकुशतातिर जाने हो कि देश ! फेरि अराजकतातिर जाने हो कि, यही चिन्ता मलाई लामो समयदेखि थियो । यो प्रक्रियालाई समापन गर्न मैले कहीँ न कहीँ पहल गर्नैपथ्र्यो, अलिकति साहसिक निर्णय लिनैपथ्र्यो । केही जोखिम फेरि एकचोटि उठाउनैपथ्र्यो । यही जिम्मेवारी बोधबाट नै सोह्रबुँदे सहमति भएको हो । बाह्रबुँदेले पहल गर्यो, सुरुवात थियो त्यो । सोह्रबुँदे यो प्रक्रियाको समापन हो भन्ने मलाई लागेको छ । ........ यो निर्णय अझ अगाडि लिन सकेको भए, सायद देशलाई अझ बढी फाइदा हुन पनि सक्थ्यो । ...... एकातिर संविधानको ऐतिहासिक आवश्यकता त देशलाई छँदै थियो । त्यसमाथि भूकम्पबाट सिर्जित एउटा नयाँ परिस्थिति पनि देशको अगाडि थियो । ....... हाम्रो कार्यदिशालाई रणनीतिक रुपले नै यो सहमतिले पूर्ति गर्यो भन्ने त म भन्दिनँ । ........ पहिचानको आधारमा झनै आठ प्रदेश भनिएको छ, यो ठूलो उपलब्धि हो । हिजो ११ प्रदेश गुमेर हामीले अहिले पछुतो मान्दै छौँ । यस्ता असन्तुष्टिले फेरि पनि यी आठ प्रदेश गुम्न सक्छ, सबै सतर्क हौँ भनेर मैले भनिसकेँ । ....... यो नेपालीहरूको आत्मनिर्णयको प्रयोग गरेर गरिएको निर्णय हो । यसमा कसैको पनि दबाब, हस्तक्षेप या निर्देशन केही पनि छैन । यो नेपालीहरूले आफ्नै खुट्टामा टेकेर आफ्नोबारेमा लिइएको एउटा ऐतिहासिक निर्णय हो । ...... केही जनजाति र मधेसी दलहरूले विरोध गर्नुभएको छ, यसमा मलाई कुनै दुःखेसो छैन । उहाँहरूले पहिचानका चर्का कुरा राख्दा म युद्धकै माओवादी बोलेको देख्छु । विरोधी बोलेजस्तो लाग्दैन । किनभने, आज देशमा संघीयता, पहिचान, गणतन्त्र, धर्मनिरपेक्षतालगायत परिवर्तन माओवादीका १० हजार नेता तथा कार्यकर्ताले बलिदान नगरेको भए आउनेवाला थिएन । अहिले पहिचानमा अलिकति पनि कमी आउनु हुँदैन भनेर अरुले बोल्दा अरु बोलेजस्तो लाग्दै लाग्दैन, माओवादी नै बोलेजस्तो लाग्छ । उपेन्द्र यादव बोल्दा र अशोक राईले पहिचानको कुरा गर्दा मलाई माओवादीबाहेकको मान्छे बोलेजस्तो लाग्दैन । समाजले पहिले नस्विकारेको कुरालाई माओवादीभन्दा बढी भएर उठाउँदा मलाई खुसी नै लाग्छ । सन्तोष मिल्छ । यो अवस्थामा हामी सबैले बुझ्नुपर्ने कुरा के भने, उपलब्धि एकैपटक हात लाग्दैन । बिस्तारै प्राप्त हुन्छ । ...... यो देशको राजनीति ५० को दशकदेखि प्रचण्डकै वरिपरि घुमिरहेको छ । तर, यो देशमा एउटा समुदाय, वर्ग र प्रवृत्ति छ, जो प्रचण्डलाई फिटिक्कै मन पराउँदैन । समाप्त पार्न चाहन्छ । ....... मलाई विश्वास छ, उहाँहरूले पुनर्विचार गर्नुहुनेछ । यदि उहाँहरूले पुनर्विचार नगरेर अघि बढ्नुभयो भने पनि त्यसले देशको दूरगामी राजनीतिक महत्व राख्दैन । ....... बाह्रबुँदे सम्झौता ज्ञानेन्द्रले अप्ठेरो नपारेको भए हुँदैनथ्यो । हामी पनि लडेर पूरै जितिन्छ भन्ने लागेको भए परिस्थिति अर्कै हुन्थ्यो । हामीलाई पनि सम्झौदा चाहियो, संसदीय दललाई पनि चाहियो, त्यही भएर त्यतिबेला सम्झौता भएको हो । अहिलेको अवस्था के भने सुशील कोइरालालाई संविधान दिएर छोड्न पाए हुन्थ्यो भन्ने भयो भने, ओलीजी र एमालेलाई सरकारको नेतृत्व गर्न पाउने आशा भयो । यही बेला मलाई बढी प्रगतिशील संविधान दिन सकिन्छ कि भन्ने लाग्यो र यस्तो पहल गरेको हो । ....... सुशीलजी, केपीजी र विजय गच्छदारजीलाई राखेर मैले आफू राष्ट्रपति नहुने कुरा स्पष्टसँग राखेपछि नै सम्झौता भएको हो, यदि म राष्ट्रपति हुन चाहन्थे भने अहिलेको यो सम्झौता हुनेवाला थिएन । देशको राजनीतिले यस्तो नयाँ कोर्स पक्रने अवस्था आउने थिएन । ....... मैले रामवरण यादवजीलाई दोहोर्याएर या सुशील कोइराला राष्ट्रपति बनाएर, केपी ओलीलाई सरकारको नेतृत्व दिएर भए पनि देशलाई संविधान दिनूस् भनेपछि नै सम्झौता भएको हो । ..... देशको राजनीतिक पहलकदमी आफूले भनेजस्तै भएपछि मात्र लिन खोजेर नहुने रहेछ । ....... आफूले भनेजस्तो नहुँदानहुँदै पनि सम्झौता गर्नुपर्ने अवस्था आउँदो रहेछ, वैद्यजीलगायत साथीहरूलाई यो बुझिदिन आग्रह गर्छु ।

Political Explosion


  • प्रतिनिधि सभा का ५०% सीट तराई मा हुनुपर्यो 
  • राज्य सभाका ५०% सीट तराई मा हुनुपर्यो ---- त्यस का लागि ८ मध्ये ४ प्रदेश तराई मा राख्नु पर्छ भने राख्नु पर्छ ---- तराईमा ४ प्रदेश बनाउँदा झापा बाट चितवन समेट्दै कंचनपुर सम्म --- कोचिला, मिथिला, भोजपुरा, थरुहट 
  • मतदाता नामावली बाट माधव नेपालले फाल्दियेका ४३ लाख लाई घर वापसी गर्नु पर्यो (बामे सुपरडॉन, माधव सुपर डुपर डॉन) ----- मतदाता को वोट को लागि आकर्षक कार्यक्रम हरु लगेर प्रतिस्प्रधा गर्ने हो, वोटर लिस्ट बाट तिन लाई फाल्ने होइन 
यस बाट deviate गरे देशमा राजनीतिक विस्फोट हुन्छ। 

हिन्दी भाषाको कतै केही कुरै भएको छैन। आर्थिक कारणले र विश्व राजनीतिका कारणले देश भरि नै हिंदी लाई नेपाली सरह स्थान दिनु राम्रो। तर पहाड़ का जनता लाई interest छैन भने तराई का मधेसी को त त्यो हक़ हो। तराई का राज्य मा हिंदी नेपाली सरह सरकारी कामकाजको भाषा हुनु पर्यो। नत्र के सोंचिएको छ? कि एउटा अर्को पीढ़ि मधेसी ले फेरि संघर्ष गरोस् भनेर सोंचिएको छ? 

तराई का राज्य हरुमा हिन्दी भाषा सरकारी कामकाजको भाषा नहुने कुरा सोँच्न पनि सकिँदैन। यत्रो दुई दुई पटक मधेसी क्रान्ति भएको के को लागि?

कुरा बुझ्दा ७५ जिल्ला कायम रहने जस्तो देखियो। केन्द्र, राज्य, जिल्ला, गाउँ/शहर।



बामेको स्थानीय चुनाव को तैयारी

CDO हरु यसरी फेरबदल गर्नु अगाडि पहिला महोत्तरी को सदरमुकाम जलेश्वर बाट बर्दीबांस, धनुषाको सदरमुकाम जनकपुर बाट ढल्केवर, सर्लाहीको सदरमुकाम गर्मी हुने मलंगवा बाट हरिवन वन भित्रै सार्नु उचित होइन? वन भित्र को सदरमुकाम पो सदरमुकाम। हरियो वन नेपालको धन। CDO हरुको फेरबदल अलि पछि गरे पनि हुने हो नि! स्थानीय चुनावको घोषणा त भा छैन।

एमालेको स्वार्थमा ३० सीडीओको सरुवा
गौतमले आफ्नो पार्टीको स्वार्थअनुसार काम नगरेका सीडीओहरूलाई भने मन्त्रालय र क्षेत्रीय प्रशासन कार्यालयमा थन्क्याएका छन् । गौतमले आफ्नो पार्टीको सिफारिसमा सीडीओ हेरफेर गरेको स्रोतले उल्लेख गरेको छ ।

सेना लाई पनि --- राहतको काम पनि अब सकिगो --- अब सेना पनि एमाले को चुनाव अभियान मा परिचालन गरे भो। 


१६ बुँदे सम्झौताको प्रमुख कारण

राहतको काममा पुर्ण असफल सरकार र पहिरो रूपी अर्को भुकम्प आउने थाहा हुँदा हुँदै बिल्कुल तैयारी नगरेको सरकार ले जनता लाई distract गर्न गरेको नाटक हो यो १६ बुँदे सम्झौता। भित्री कुरा। मिनेन्द्र रिजाल ले फेसबुक मा लेखेको छ। अब ३-४ महिना यसै सम्झौता को पक्ष विपक्ष मा मात्र गफ हुन्छ भन्ने आशा हो सुशील-केपी को।


शंका गर्ने ठाउँ अति धेरै छ

नामै ले थाहा हुन्छ ---- संविधान सभा भनेको संविधान बनाउने हो। पहिलो संविधान सभा ले संघीयता को नामांकन र सीमांकन बाहेक अधिकांश कुरामा काम सकाएको हो। अहिले आएर नामांकन र सीमांकन बिनाको संघीयता राखेर संविधान घोषणा गरिदिने अनि संविधान सभा विगठन गरिदिने भन्ने कुरा आएको छ।

फुटबॉल को मैदान मा सुशील र केपी ले दुई हातले भकुण्डो समातेर कुदेको बेला अब हामी बल एक हातले मात्र समात्छौ भन्दा सहमति भएको अवस्था छ। खेलको नियम हुन्छ।

मधेसी राष्ट्रपति र उप राष्ट्रपति फाल्न हतार भएको मात्र हो। बेइमानी गर्ने यति धेरै ठाउँ छ। संविधान घोषणा गर्दियो, स्थानीय चुनाव गराई दियो। अनि ६ महिना पछि हामी आयोग को कुरा मान्दैनौं भन्यो अथवा ६ - ६ महिना गर्दै आयोगको म्याद ६ वर्ष सम्म थप्दै गयो। अनि संघीयता मा गए जस्तो गर्नु पर्यो, जानु चाहीं परेन।

पहिलो संविधान सभाको दुई वटा आयोग लाई काँग्रेस-एमाले का बाहुन ले १/३ अल्पमत मा हुँदा हुँदै नमानेके हो।

स्थानीय चुनाव गर्दियो, अनि यही विकेंद्रीकरण नै हो, संघीयता जस्तै हो यो पनि भन्यो, बस्यो।

शंका गर्ने ठाउँ अति धेरै छ


165 Seats And Anti-Madhesi Bias

165 सीट बारे मिनेन्द्र रिजाल

Manang 1 Mustang 1 Dolpa 1 Rasuwa 1 Humla 1 Mugu 1 Tehrathum 1 Solukhumbu 1 Jumla 1 Myagdi 1 Taplejung 1 Darchula 1 Bajura 1 Dadeldhura 1 Kalikot 1 Parbat 1 Okhaldhunga 1 Sankhuwasabha 1 Dhankuta 1 Lamjung 1 Jajarkot 1 Bhojpur 1 Dolakha 1 Bajhang 1 Panchthar 1 Arghakhanchi 1 Ramechhap 1 Khotang 1 Rukum 1 Doti 1 Rolpa 1 Pyuthan 1 Salyan 1 Baitadi 1 Achham 2 Dailekh 2 Palpa 2 Gorkha 2 Baglung 2 Nuwakot 2 Gulmi 2 Syangja 2 Sindhupalchowk 2 Sindhuli 2 Ilam 2 Bhaktapur 2 Udayapur 2 Tanahun 2 Dhading 2 Surkhet 2 Kavrepalanchowk 2 Makawanpur 3 Lalitpur 3 Kaski 3 Kathmandu 10

Bardiya 2 Kanchanpur 3 Banke 3 Dang 3 Chitawan 3 Kapilvastu 3 Parsa 4 Nawalparasi 4 Siraha 4 Saptari 4 Mahottari 4 Rautahat 4 Bara 4 Sunsari 4 Dhanusha 4 Sarlahi 4 Kailali 5 Jhapa 5 Rupandehi 5 Morang 6

Terai 78
Pahad 87

This is what it used to be like before the Madhesi Kranti. The next Madhesi Kranti will be for a separate country. These guys leave no choice.

Deduct 5 from the Pahad and add 5 to the Terai. Otherwise this is a no go. Populations of Dhanusha and Kailali are similar. Why does Kailali have 5 but Dhanusha 4? That is a no go.

अप्पर हाउस मा बेइमानी। लोअर हाउस मा बेइमानी।


Tuesday, June 09, 2015

नामांकन सीमांकन को प्रक्रिया र समयतालिका

दुई फरक फरक कुरा हुन। नामांकन सीमांकन को प्रक्रिया र समयतालिका। तपाइँको प्रक्रिया सँग र समयतालिका सँग दुबै सँग असहमति हुन सक्छ। प्रक्रिया बारे मेरो आंशिक सहमति विमति छ। तर समयतालिका ले मनमा चीसो पसेको छ।
  • देशले संविधान पाउनु अगाडि र संविधान सभाको म्याद सकिनु अगाडि संविधान सभा विगठन गर्न मिल्दैन। 
  • संविधान संसदले बनाउने होइन, संविधान सभाले बनाउने हो। 
  • संघीयता को छिनोफानो नै यस संविधान सभाको मुख्य काम हो। 
  • संघीयता को छिनोफानो ६ महिना पछि गर्ने तर संविधान सभा अहिले विगठन गर्दिने हो भने त्यो त that is like putting the cart before the horse --- उल्टो पुल्टो भयो। 
  • प्रक्रिया मा पनि केही त्रुटि छन। समयतालिका त गैर कानुनी नै छ। 
  • त्रुटिगत प्रक्रिया बाट नै संघीयताको छिनोफानो ६ महिना पछि हुन्छ भने संविधान सभा अझै ६ महिना कायम राख्न परेन? 
  • संविधान बन्ने प्रक्रिया लाई केपी ओली को प्रधान मंत्री बन्ने महत्वाकांक्षा सँग मतलब छैन र हुनु हुँदैन। 
  • भुकम्प पछिको राहत पुनर्निर्माण को काम को लागि सर्वदलीय राष्ट्रिय सरकार चाहिएको हो भने त्यो राष्ट्रिय सरकार बनाउन यो संविधान सभा ले रोकेको छैन त। 

In The News

३० जिल्लामा सिडिओ हेरफेर (सूचीसहित)
१६ बुँदे सहमतिलाई मोेर्चाका १३ दलको समर्थन
बैठकमा उपेन्द्र यादव नेतृत्वको मधेशी जनाधिकार फोरम, राजेन्द्र महतो नेतृत्वको सद्भावना, महन्थ ठाकुर नेतृत्वको तमलोपा, महेन्द्र यादव नेतृत्वको तमसपा र अशोक राई नेतृत्वको संघीय समाजवादी उपस्थित भएनन् ।
संवाद समिति बैठकमा पनि १६ बुँदे सहमतिप्रति साना दलको विरोध
सभापतिसँग समय माग गर्दै राप्रपा नेपालका अध्यक्ष कमल थापाले घुमाउरो चार प्रमुख दलबीच भएको सहमति भनिए पनि चौथो ठूलो शक्ति आफ्नो दल भएको दाबी गरेका थिए। ..... कतिपय विषयमा आफ्नो दलको फरक धारणा भएपनि संविधान निर्माण प्रक्रियामा सकारात्मक भूमिका निर्वाह गर्न खोज्दा त्यसलाई कमजोरीका रुपमा लिई निषेधको राजनीति गर्न खोजे आफ्नो दल चुपचाप सहेर बस्न नसक्ने पनि थापाले बताए।
३० दलीय मोर्चाको बैठक सकियो: नामाङ्कन तथा सिमाङ्कन र थ्रेस होल्डमा चर्को विवाद
१६ बुँदेमा सबै दल सहमत हुन्छन्: ओली
सहमतिका लागी एमालले कुनै पनि अडान नत्यागेको उनको दाबी छ । पत्रकारहरुसँग उनले भने, 'एमालेको अडान सामाजिक सद्भाव र राष्ट्रिय एकता हो। समृद्धी तर्फको यात्रा हो। यो अडान हामीले छोडेको छैन।' ..... उनले अडान प्रदेशहरुको संख्या नभएर सिद्धान्तमा भएको बताएका छन्। सिद्धान्तममा दलहरु एक ठाउँ आएपछि सहमति भएको उनको दाबी छ। एक अर्को प्रसंगमा उनले भूकम्प पिडितको अस्थाई पुनर्वासका लागि एमालेले सरकारले भन्दा बढि काम गरेको दाबी गरे। उनीसँगै बसेका उपप्रधान एवं गृहमन्त्री तथा एमाले उपाध्यक्ष बामदेव गौतम तर्फ सङ्केत गर्दै नेपाल सरकारले एमालेले जति काम गर्न नसकेको बताए। ..... उनले एमालेका स्वयंसेवकहरुले सरकारको सहयोग बिना १५ हजार घर बनाएर पीडितलाई हस्तान्तरण गरेको सन्दर्भ जोड्दै भने, 'नेपाल सरकार एमाले जति काम गर्न सक्षम छैन। सरकारले यति छोटो अवधिमा १५ हजार घर बनाउन सक्छ? एमालेले बनायो।'

समानुपातिक निर्वाचनको उपहास नहोस्

६०% प्रत्यक्ष निर्वाचित, ४०% समानुपातिक भनिएको छ। त्यो समानुपातिक मा अहिले सम्म के भएको छ भने, पार्टी ले चुनाव मा वोट बटुल्ने, अनि चुनाव पछि आफ्नो पार्टी ले जति समानुपातिक सीट ल्यायो, ती सीट विजय गद्दार जस्ता नेता हरुले बेचने! त्यो समानुपातिक निर्वाचनको उपहास हो।

प्रत्येक पार्टीले आफ्नो समानुपातिक सीट चुनाव अगाडि नै सार्वजनिक गर्नु पर्ने, चुनाव पछि फेर बदल गर्न नपाउने हुनु पर्छ।

पर्याप्त सहमतिको आधारमा मस्यौदा तयार हुन्छः डा. भट्टराई
प्रमुख राजनीतिक दलहरुबीच सोमबार भएको १६ बुँदे सहमतिका आधारमा सहमति जुटाउने र सो सहमतिमा असहमत रहेका दल तथा सभासदका धारणालाई पनि सो प्रतिवेदनमा समावेश गरेर पठाइने समितिका सभापति डा बाबुराम भट्टराईले जानकारी दिए । ........ मधेसी जनअधिकार फोरम नेपाल, सद्भावना पार्टीलगायतले सिमाङ्कन र नामाङ्कनको विषय नटुङ्ग्याइकन सहमति गरिनु अन्तरिम संविधानको मर्म र भावना विपरित भएको धारणा राखेका थिए । ...... समितिका सभापति डा भट्टराईले संविधानसभामा प्रतिनिधित्व गर्ने सबै दलको सहमति नभएपनि प्रर्याप्त सहमतिका आधारमा प्रतिवेदन तयार पारिने बताए । उनले भन्नुभयो ‘‘ सयमा सय प्रतिशत सहमति त हुँदेन होला तर प्रर्याप्त सहमतिका साथ प्रतिवेदन पेश हुन्छ र सोही आधारमा संविधानसभाले आवश्यक निर्णय गरेर मस्यौदा समितिलाई मस्यौदा गर्न मार्ग प्शस्त गर्दछ ।’’ उनले गत माघदेखि सुरु भएको संविधान लेखनको बहुमतीय प्रक्रिया सहमतिय प्रक्रियामा प्रवेश गरेको र संविधान लेखनको मार्ग प्रशस्त भएको प्रतिक्रिया समेत दिए ।
संविधानका मस्यौदा तयार गर्न पन्ध्र दिन दिने तयारी
सभाध्यक्ष नेम्वाङले मुलुकको आवश्यकता र जनताको चाहनाबमोजिम संविधान लेखनलाई द्रुत मार्गबाट अगाडि बढाउने योजनामा सचिवालय रहेको बताए । ....... सभाध्यक्ष नेम्वाङले आजै संविधानसभाले अवलम्बन गर्ने भावी प्रक्रियाका बारेमा प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति सुशील कोइराला, सोही दलका नेता शेरबहादुर देउवा, महामन्त्री कृष्णप्रसाद सिटौला, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल, एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता डा बाबुराम भट्टराई र मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारसँग छलफल गरेका थिए।
एमाओवादी नेतृत्वको ३० दलीय गठबन्धन औपचारिक रुपमा फुट्यो, महन्थ नयाँ नेता
सहमतिबाट असन्तुष्ट रहेका मधेशी दलहरुसहित १७ दलको सिंहदरवारमा बसेको बैठकले मोर्चाबाट अलग हुने निर्णय गरेको हो । बैठकमा भएको निर्णय जानकारी दिँदै तमलोपाका हृदयेश त्रिपाठीले ३० दलीय गठबन्धनसँग सम्बन्धविच्देछ गरेको जानकरी दिए । ....... असन्तुष्टमध्ये १२ दलले संविधानसभाको प्रतिनिधित्व गर्दछन् । ‘अब कसरी अघि बढ्ने भन्ने विषयमा अर्को बैठकले तय गर्नेछ,’ त्रिपाठीले भने । ...... ३० दलमध्ये एमाओवादी नेतृत्वमा १३ दलले संविधानसभा बहिस्कारको निर्णय खारेज गर्दै संविधानसभा बैठकमा जाने निर्णय गरिसकेको छ ।
सद्भावना पार्टीले १६ बुँदे सम्झौता जलाउने - पर्सामा जल्यो चार नेताको पुत्ला
पार्टीले मधेशका सबै जिल्ला सदरमुकामहरुमा सम्झौता पत्र जलाउने निर्णय गरेको हो । ..... पार्टी अध्यक्ष राजेन्द्र महतोद्वारा जारी विज्ञप्तिमा १६ बुँदे सम्झौताले देशलाई प्रतिगमनतर्फ धकेल्ने बताउँदै मधेशी, आदिवासी जनजाति, दलित, मुस्लिम, पिछडिएका वर्गसँग विभिन्न समयमा गरिएको लिखित र मौखिक सम्झौताहरुलाई उल्लंघन गरिएको बताइएको छ ।....... ‘अन्तरिम संविधानको घारा १३८ को उल्लंघन हो। संविधान सभाको अधिकार क्षेत्र समेतलाई उल्लंघन गदैॉ सिमांकन र नामांकन विना नै संघियताको संबंधमा गरिएको यो सहमति देशमा कहिलै संघिय व्यवस्था लागु हुन नदिने कुत्सित मनसायका साथ गरिएको गम्भीर षड्यंत्र हो,’ विज्ञप्तिमा भनिएको छ ।........ चार पार्टीबीच भएको सहमतिले देशलाई अकल्पनीय आंतरिक द्वन्दमा फँसाएको बताउँदै संघीयता र समावेशीतालाई समाप्त पार्ने पार्टीको ठहर रहेको छ ।....... आज तमलोपा पर्साले चार शीर्ष नेताहरुको पुत्ला दहनसमेत गरेको छ ।
संविधानसभा बहिष्कार गर्ने निर्णय खारेज
सिंहदरबारमा बसेको एमाओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको १३ दलीय गठबन्धनले मंगलबारबाट संविधानसभाको बैठकमा भाग लिने निर्णय गरेको छ । ३० दलीय गठबन्धनको नेतृत्व गरिरहेको मोर्चामा आबद्व संविधानसभामा प्रतिनिधित्व गर्ने १८ मध्ये १३ दलको बैठक सिंहदरबारमा भएको थियो । ..... यसैबीच, ३० दलीय गठबन्धनमा आबद्व संविधानसभामा प्रतिनिधित्व गर्ने असन्तुष्ट दलहरुको बैठक सिंहदरबारमा जारी रहरेको छ ।

नामांकन र सीमांकन पछि संघीयताको मुद्दा सेलाउने होइन

नामांकन र सीमांकन पछि संघीयताको मुद्दा सेलाउने होइन। कमसेकम दश वर्ष यो मुद्दा ताजा रहनेछ। नामांकन र सीमांकन पछि पनि नेपाली काँग्रेस र एमाले ले संघीय प्रदेश हरुलाई सकेसम्म कमजोर पारेर राख्ने भरसक प्रयास गरिरहने छन। जिल्ला सभापति भन्दा जिल्ला को CDO बढ़ी ताकतवर भएको देश नेपाल। संघीयतामा त्यो हुँदैन। संघीय मुद्दा को खींचातानी कमसेकम दश वर्ष चलिरहन्छ। त्यसैले संघीयता पक्षधर मधेसी र जनजाति को एउटै एकीकृत पार्टी हुनु बड़ो जरुरी छ। चुनाव जितेर नामांकन मा पहिचान झल्काउने। दुई तिहाई ल्याएर फेरि सीमांकन गर्ने। संघीयता मा नजाने नेपाल ले double digit growth rate दिनै सक्दैन। त्यस कुराको प्रमाण संघीयता पक्षधर मधेसी र जनजाति शक्ति ले दिनुपर्छ: through good governance. स्थानीय सरकार, जिल्ला सरकार, राज्य सरकार, र केंद्र सरकार चलाएर देखाई दिनु पर्छ। २००, ३०० वर्ष सत्ता बाट अलग राखिएका हरुमा सत्ताको भोक हुनुपर्यो। लोकतन्त्रमा सत्ता सुशासन बाट प्राप्त हुन्छ।

‘संविधानमा समझदारी नगरी प्रधानमन्त्री मात्र फेर्ने चाहना छैन’
ओलीजी पनि संविधानमा समझदारी गरौँ न त भनेर लाग्नुभएको छ । ‘संविधानमा सहमति नभए पनि प्रधानमन्त्री बन्न पाए हुन्थ्यो, म केही गर्छु, केही गरेर देखाउँछु’ भन्ने चाहना छ उहाँको । तर, संविधानमा समझदारी कायम नगरी प्रधानमन्त्री मात्र फेर्ने चाहना हाम्रो छैन । यो कुरा प्रस्टसँग भनिदिएका छौँ हामीले । ...... यसरी नै सरकार बनाउने भनेर छलफल गरिएको छैन अहिलेसम्म । किनभने, हामी संविधानकै विषयमा केन्द्रित छौँ । सरकारको विषयमा बाहिर मात्र धेरै चर्चा भएको हो । ...... जहाँसम्म संविधान बनेपछिको कुरा हो, ठूलो पार्टी भएकाले आफ्नै नेतृत्वमा सरकार भइदिए हुन्थ्यो भन्ने चाहना नेपाली कांग्रेसले राख्नु स्वाभाविक छ । दोस्रो ठूलो पार्टी भएकाले एमाले र ओलीजीले पनि सरकारको नेतृत्वको चाहना राख्नुभएको छ । हामीलाई चाहिँ संविधान बनाउन जसले धेरै भूमिका खेल्छ, त्यसलाई समर्थन गर्नुपर्छ भन्ने लागेको छ । संविधान बनाउँदा जनताका मागलाई कांग्रेसले बढी सम्बोधन गर्‍यो भने कांग्रेसलाई समर्थन गर्छौं, एमालेले गर्‍यो भने एमालेलाई गर्छाैं । ....... अहिलेसम्मको स्थितिमा हुने राष्ट्रपति ‘सेरेमोनियल’ हो । म सेरेमोनियल राष्ट्रपति हुन्न, पाँच–सात वर्ष त हुँदै हुन्न । यो कुरा ठोकेर लेखिदिए हुन्छ । .... संविधान बन्ने भएपछि ‘राष्ट्रपति एमाओवादीको भागमा पर्‍यो, प्रचण्ड नै राष्ट्रपति हुनुपर्‍यो’ भनिएछ भने पनि म राष्ट्रपति लिन्नँ । ... राष्ट्रिय सरकार बनेको अवस्थामा प्राधिकरणको नेतृत्व पाउनुपर्छ भन्ने दाबी रहन्छ हाम्रो ।
प्रकोपको मौका छोप्दै सहमतिको ढोङ
सीमांकनको जिम्मा आयोगलाई दिनु भनेको नेपाली कांग्रेस र एमालेको प्रस्तावलाई हुबहु साभार गर्नु बाहेक केही होइन ....... पहिलेका दुई आयोगका प्रतिवेदनलाई स्वीकार गरिएन । .... अबको आयोगको सदस्य छान्ने तरिका के होला ? राजनीतिक दलकै भागबण्डामा हुनु स्वाभाविक हुन्छ, त्यो राजनीतिक शक्तिकै आधारमा हुन्छ । फेरि आयोगले दिएको सुझावलाई व्यवस्थापिका संसदको दुई तिहाइले पारित गर्नुपर्छ भने आयोगको औचित्य के त ? ..... मानिलिउँ भोलि संघीय आयोग गठन नै भयो, तर त्यसले कांग्रेस तथा एमालेले चाहेको जस्तो प्रतिवेदन दिएन भने कांग्रेस र एमालेले त्यो रिपोर्टलाई पनि मान्ने छैनन् । किनभने यसअघि राज्य संरचना आयोगको बहुमत सदस्यले दिएको प्रतिवेदनलाई पनि उनीहरुले ठाडै अस्वीकार गरेका थिए । तर दुर्भाग्य, उनीहरु नै बहुमतको र बहुदलीय प्रतिस्पर्धाको दुहाइ दिन्छन् । ........ सहमतिमा स्थानीय निर्वाचनको कार्यलाई छिट्टै गर्ने कामको रुपमा राखिएको अवस्था छ । हुनुपर्ने के हो भने पहिले प्रादेशिक सभाको निर्वाचन हुनुपर्छ, त्यसपछि मात्रै स्थानीय निर्वाचनको कार्य । स्थानीय निर्वाचनपपछि प्रादेशिक सभाको चुनावको औचित्य खासै हुँदैन । त्यसैले प्रादेशिक सभाको निर्वाचन प्रश्चात तत्काल स्थानीय निर्वाचन गर्ने भन्ने शब्दावली हुनुपथ्र्याे । ....... संघीयताको मूल मुद्दालाई थाँती राखेर अन्य विवादित विषयमा सहमति गरी सफल हुन खोजिएको छ । सफलताको श्रेय बाँडी सत्ता–शक्ति बाँडचुँड गर्ने खेल स्पष्ट रुपमा देखिएको छ । सोह्रबुँदे सहमतिमा न प्रदेशहरुको नाम छ, नत सीमा नै छ । प्रदेशहरुले शक्ति पनि नपाउने कुराको संकेत यो सहमतिले दिन्छ । त्यसैले यो सहमतिको आधारमा बन्ने संविधान आएकै दिनदेखि असन्तुष्ट पक्षले संविधान बाल्ने माहोल बनाउन लाग्ने खतरा छ । सहमति गर्दा कुनै समुदाय र क्षेत्रका नेतालाई विश्वासमा लिनुभन्दा पनि समुदायका मुद्दालाई सम्बोधन गर्नुपर्ने थियो, जुन हुन सकेन । त्यसमा सहमत नभएका शक्तिलाई कसरी सहमत गराउने भन्ने चुनौतीलाई सामना गर्ने प्रयास भएको देखिएन । ‘धेरै शक्ति हामीसँग छ, तिमीहरु नआए पनि केही फरक पर्दैन’ भन्ने मनोभाव चार शक्तिले प्रदर्शन गरेको देखिन्छ । .......

राष्ट्रिय सभाका सदस्यको हकमा प्रत्येक प्रदेशबाट बराबर संख्यामा सदस्य रहने व्यवस्था फेरि पनि विभेद गर्नेछ, किनकि सबै प्रदेशमा समान जनसंख्या त हुँदैन ? त्यसैले जनसंख्याको आधारमा राष्ट्रिय सभाका सदस्यको पनि निर्वाचन हुनुपर्छ ।

........ संवैधानिक अदालतमा सर्वाेच्च अदालतकै प्रधान न्यायाधीश अध्यक्ष र अन्य ४ न्यायाधीश सदस्य रहने सहमति गरेको देखिन्छ । तसका अर्थ संवैधानिक अदालतको औचित्य के त ? बरु सर्वाेच्च अदालतलाई नै सो अधिकार दिए हुन्छ । ...... नेपाली कांग्रेस र नेकपा एमालेले प्राकृतिक प्रकोपलाई अवसरको रुपमा प्रयोग गरेको देखिन्छ । देशका सबै मानिसको ध्यान प्राकृतिक प्रकोपतिर गएको बेला तत्काल आन्दोलन हुन सक्दैन भन्ने आँकलन उनीहरुले गरेर यो सम्झौता गरेका हुन् । उनीहरुलाई के थाहा छ भने आषाढ र श्रावणमा रोपाइ हुन्छ र वर्षायामपछि पछि दसैं, तिहार र छठजस्ता पर्वमा मान्छे व्यस्त हुन्छन्, त्यसपछि पुस माघको जाडो सुरु हुन्छ र जनता सम्झौताका कुरालाई बिर्सिहाल्छन् भन्ने सोचले यो सहमति ढोंग गरिएको हो ।
Earthquake Prods Nepal Parties to Make Constitution Deal
The compromise, propelled by the urgency to begin reconstruction, left some important issues unaddressed. The eight provinces have not been named, and their boundaries have not been determined, leaving unclear how much power will accrue to small, marginalized ethnic groups. ...... The compromise cleared the way for elections of village, municipal and district government bodies, which have been functioning without elected representatives for more than a decade. ....... “The constitutional deadlock has now ended,” said Narayan Kaji Shrestha, vice chairman of the Maoist party. “We will now focus on rebuilding.” ...... the decision to put off the most vexing problems — the mapping and naming of the new provinces — meant Monday’s deal fell short of a breakthrough. .......... “This has left us in a kind of suspended animation.” ..... After that, a federal commission would take up the task of mapping the provinces, a process that could last years. ...... “The earthquake was a big trigger,” Mr. Jha said. “On one hand, it generated pressure to the parties to come to a deal. On the other hand, it provided a pretext for those who wanted a certain kind of constitution to push it, because the opposition was not able to push for a movement in favor of federalism.”

सीमांकन मा बेइमानी को संभावना

नामांकन प्रदेश सभा आफैले गर्ने निर्णय सही हो। त्यो कुरा भाँड्ने नंबर एक मुद्दा थियो। सीमांकन पनि आयोग बाट मात्र संभव थियो। बरु त्यस आयोगको मानक सिद्धांत के हुने भन्ने चासोको कुरो हो। आयोगको घोषित ५ + ४ वाला मानक सिद्धांत सही हो। तर आयोग को बनौट मा बेइमानी हुने ठाउँ छ अझै पनि। एउटा महाभुकम्प ले संभव बनाएको सहमति हो यो। ८५०० भुकम्प शहीद हरुको योगदान छ यसमा। तर काँग्रेसी हरुले सुशील लाई political genius भन्नेछन्। राजनीतिक कौशलता त्यति बेला हुन्थ्यो जति बेला १ वर्षको डेडलाइन भित्र उनले संविधान बनाई सकथे। अनि भुकम्प अगाडि नै संविधान ल्याएर स्थानीय निर्वाचन गराई सकेका हुने थिए, थुप्रैको ज्यान बचथ्यो। तर बेबी किंग गिरिजा लाई गणतन्त्रको जन्मदाता भन्ने काँग्रेसी हरुको कमी छैन।

बन्ने आयोग मा को को बस्ने? त्यो महत्वपुर्ण निर्णय हो। बेइमानी हुने हो भने त्यहीं बाट हुन थाल्छ। मैले प्रोपोज़ गरेको एउटा नाम हो अमरकान्त झा। सीमांकन मोटामोटी यस प्रकारको हुन्छ भने देशमा राजनीतिक विस्फोट नहुने संभावना रहन्छ। तर यो सीमांकन आए पनि त्यस पछि जुन नामांकन को लडाइ छ त्यसमा मधेसी र जनजाति शक्ति हरु इमान्दार छन भने सबै भन्दा उत्तम बाटो हो एकीकृत पार्टी र प्रदेश सभाको चुनावमा व्यापक बहुमत को तयारी। मधेसी जनजाति एकता मा यति धेरै ताकत छ कि त्यसको आधारमा नै यो एकीकृत पार्टी देशको सबै भन्दा ठुलो पार्टी बनने संभावना राख्दछ। कुरुक्षेत्र सड़क होइन। कुरुक्षेत्र चुनाव हो। जनतासँग कुर्बानी ("शहीद बन!") माग्ने र जनता सँग कर्म ("वोट दे!") को अपेक्षा राख्ने ले कमसेकम पार्टी एकीकरण को गृह कार्य गर्नु नैतिक कुरा हो।

मधेशमा पुलिसगीरिको नयाँ खतरनाक योजना
एमाओवादी नेतृत्वको ३० दलीय गठबन्धन औपचारिक रुपमा फुट्यो, महन्थ नयाँ नेता
भूकम्पपीडितलाई राहत र पुर्नस्थापना गर्न छाडेर प्रचण्ड र विजयकुमार गच्छदार सत्ताको खेलमा लागेको आरोप लगाए । ...... असन्तुष्ट दलहरुले आज ५ बजे बस्ने भनिएको डा. बाबुराम भट्टराईको संवैधानिक राजनीतिक संवाद तथा सहमति सहमतिको बैठक भाग लिने बताइएको छ । उनीहरुले त्यहाँ आफ्नो कुरा राख्नेछन् । ..... ३० दलमध्ये एमाओवादी नेतृत्वमा १३ दलले संविधानसभा बहिस्कारको निर्णय खारेज गर्दै संविधानसभा बैठकमा जाने निर्णय गरिसकेको छ ।
उपेन्द्र यादवले भने, ‘षड्यन्त्र भयो’
उनले संघीयतामा प्रदेशहरुको नामाङकन तथा सीमाङकनको लागि आयोगलाई जिम्मा दिने कार्य नेपालको अन्तरिम संविधान २०६३ को धारा १३८ को ठाडो उल्लंघन हुनुका साथै संविधानसभाको समेत अवमुल्यन गर्ने कार्य गरेको समेत दाबी गरेका छन् ।
१६ बुँदे सम्झौता गरेर प्रचण्ड–बाबुरामले आत्मसमर्पण गरे : विप्लव
उनले अध्यारोमा गरिएको धोकापूर्ण प्रतिक्रान्तिकारी सहमतिको भ्रममा नपरी त्यसको प्रतिवादको निम्ति तयारीमा जुट्न सबैलाई अपिल समेत गरेका छन् ।
संविधान सभा बैठकमा जाने कि बहिष्कार गर्ने?
गएराति प्रमुख दलहरुबीच भएको समझदारीमा असन्तुष्ट २८ दलले सिमाङ्कन र नामाङ्कन सहितको संविधान जारी गर्नुपर्ने, समानुपातितक प्रतिशत बढाउनु पर्ने र थ्रेसहोल्ड खारेज गर्नुपर्ने अडान राखेका छन्।
झन्डै भत्किएको थिएन सहमति
पाँच घन्टाभन्दा बढी समय लगाएर तयार भएको मस्यादामा प्रधानमन्त्री सुशील कोइरालासहित प्रमुख राजनीतिक दलका नेताले पत्रकार सामु हस्ताक्षर गर्ने र हात मिलाएर एकताको सन्देश दिने कार्यक्रम थियो । ...... त्यही बेला अचानक भित्र मस्यौदाका दुई शब्दलाई लिएर प्रमुख दलबीच लफडाबाजी सुरु भयो । कांग्रेस सभापतिसमेत रहेका कोइरालाले पत्रकारसामु हस्ताक्षर गर्न ठीक्क पारिएको मस्यौदा अध्ययन गरेपछि असन्तुष्टि जनाइहाले,‘यो मस्यौदामा बहुलवाद भन्ने शब्द रहेनछ, यहाँ बहुलवाद राखौं ।’ ........ कोइरालाले बहुलवाद नराखी हस्ताक्षर गर्दै नगर्ने अडान कस्न थालेपछि माओवादी अध्यक्ष प्रचण्डले पनि त्यो शब्द राखे आफूले हस्ताक्षर नगर्ने अडान कसे, त्यति मात्रै होइन, उनी झोक्किन पनि थाले । कोइराला र प्रचण्डबीच चर्काचर्की नै पयो । त्यसपछि प्रैधानमन्त्री कोइराला झनक्क रिसाए र हस्ताक्षर गर्न ठिक पारेको मस्यौदा छाडेर बैठक कक्षबाट बाहिरिए । त्यसपछि बैठकमा थप अन्योलता छायो । प्रधानमन्त्री कोइराला माथिल्लो तलामा उक्लिए ।
कसरी सम्भव भयो चार दलकाे सहमति ?
प्रदेशको नाम राख्ने जिम्मा प्रदेश सभालाई नै दिने र सिमाङ्कनको जिम्मा विज्ञहरुको आयोग मार्फत रुपान्तरित संसदलार्इ दिने भन्ने सहमति दलहरुका बीच भएको छ । ..... माघ ८ संविधान जारी हुन नसकेको र भूकम्पले निम्ताएको विपत्तिको सामना गर्नसमेत सरकारले नसकेको कमजोरी केलाउँदै एमालेले एमाओवादीसँगको निकटता बढायो, जुन सरकार परिवर्तनको दिशामा केन्द्रित थियो । ......... त्यसबाट प्रधानमन्त्री कोइराला हतासिए । आसन्न पार्टी महाधिवेशनसम्म सरकार नछाड्ने इच्छा हुँदाहुँदै पनि सरकार परिवर्तनको खेल भित्रभित्रै चलेपछि अत्तालिएका कोइरालाले असार मसान्तमा द्रुत मार्गबाट संविधान जारी गर्ने र लगत्तै सरकार छाड्ने प्रस्ताव गरे । प्रधानमन्त्री हुने महत्त्वकांक्षा राखेका ओलीलाई पनि पार्टीभित्र संविधान जारी नगरी सरकार परिवर्तनको खेलमा नलाग्न दबाव पर्‍यो । जसले कोइराला र ओली दुवै संविधान जारी गर्नुपर्ने दबाबमा परे । ...... आठ प्रदेशमा जानै नहुने तर्क राखेका कोइराला र ओली अहिले त्यही प्रस्तावमा सहमत हुनुका पछि आफ्नो राजनीतिक स्वार्थ गाँसिएको ..... तीन दिनअघि चारै दलका दोस्रो पुस्ताका नेताहरुकाबीच छलफल भएको थियो । यही छलफलले सहमतिको गोरेटो कोरेको थियो ।
१६ बुँदे सहमतिले मुलुक अस्थिरतातर्फ धकेलिएको कमल थापाको टिप्पणी
‘संबिधानसभा बाहिर केहि सिमित दलहरुले निर्णय गर्ने अनि त्यस्तो निर्णयलाई संबिधानसभाले छाप लगाई दिनु पर्ने बाध्यात्मक स्थिति सिर्जना गरेको छ ’, थापाले भनेका छन्, ‘संबिधानसभामा बहस र निर्णयको औचित्य समाप्त पारेको छ ।’
उपेन्द्र यादवलाई अध्यक्ष बनाउन अशोक राई तयार
सोमबार मध्यराति चार दलले १६ बुँदे सहमतिमा हस्ताक्षर गरेपछि जनजाति र मधेसकेन्दि्रत दलहरु असन्तुष्ट बनेका छन् । केही मधेसी नेताले मंगलबार मधेसका केही जिल्लामा चार नेताको पुत्ला जलाउने तयारी गरे पनि अन्ततः राजधानीमा दिउँसो बसेको संयुक्त बैठकले संयमित भएर अघि बढ्ने निर्णय गरेको छ । ..... विशेष गरी अशोक राई, उपेन्द्र यादव र कुमार लिङदेनको समूहले नयाँ खालको आन्दोलनमा जाने गृहकार्य थालेको स्रोतले बतायो ।
'कस्ता कस्ता' ले नसकेको संविधान निर्माणको संयोजन कसरी सम्भव तुल्याए कोइरालाले?
कोइराला प्रतिभाशाली नेता होइनन्, रणनीतिकार त झनै हुँदै होइनन् । सबैलाई संयोजन गरेर लैजाने कौशल पनि उनमा छैन। ...... तर उनमा केही त पक्कै छ। जसले आठ वर्षदेखि सिंगौरी खेलेर बसेका पार्टीबीच संविधान निर्माणका लागि सहमति सम्भव बनायो। उनले केही ठीक गरे होलान् र केही बेठीक गर्नबाट जोगिए होलान्। ...... सुशील कोइरालाले आफू प्रधानमन्त्री हुनु अगावै एउटा निर्णय गरे। जुन निर्णयको संविधान निर्माण सम्भव हुनुमा ठूलो भूमिका छ। उनले नेपाली कांग्रेसको संसदीय दलको नेताको चुनाव लड्दा नै स्वेच्छाले भनिदिए- म एक वर्षका लागि मात्र प्रधानमन्त्री हुन्छु, संविधान लेखिसकेपछि छोडिदिन्छु। ....... तर सत्ता र शक्तिको आशक्ति सुशील कोइरालाको मूल चरित्र होइन, उनको लामो राजनैतिक जीवनले त्यही देखाउँछ। 'छानेर मन्त्रालय लैजाउ' भन्दापनि मन्त्री नखाई बस्ने नेपालको राजनीतिमा थोरै छन्। ...... एक वर्षे 'प्रण'ले एकातिर एमालेलाई आस्वस्त बनायो भने अर्कोतिर कांग्रेस भित्रै हुने सम्भावित घात-प्रतिघातलाई पनि रोक्यो। कोइरालाले प्रधानमन्त्रीको पद छोडेपछि आफ्नो नेतृत्वमा सरकार बनाउने पहल गर्न कांग्रेसकै अर्का नेता स्वतन्त्र हुने भए। यसले कांग्रेसलाई आन्तरिक रुपमा स्थीर र बलियो बनायो। ..... सुशील कोइरालाको नेतृत्वमा संविधान निर्माण सहज हुनुको दोस्रो कारण हो- संविधानका धेरै विषयमा यस्तै हुनुपर्छ भन्ने उनको अडान छैन। संविधानको कुरा गर्नुस् वा राज्य संचालनको उनको एउटै सुत्र छ- शान्ति, स्थिरता, सहकार्य र लोकतन्त्र। यतिले मात्र नपुगेर उनी कहिलेकाँही बीपीलाई पनि बैठकहरूमा तानेर ल्याउँछन् र भन्छन्- राष्ट्रिय मेलमिलाप। बरु संविधानका कतिपय कुरा उनी कहिलेकाँही बुझ्दैनन् र नबुझेर बिगार्छन्। ......... माघ ५ गतेको एउटा बैठकमा शासकीय स्वरुपमा एमाओवादीले 'रिजर्भेसन' राखेर जाने सहमति भएको कुरा नबुझेर उनी जंगिए। 'हामीले मानेका कुरा चै मस्यौदामा राख्न पठाउने, तपाईंहरूले मान्छु भनेको शासकीय स्वरुपको कुरा चै मस्यौदामा नपठाउने?' त्यसपछि त्यो बैठक नै भाँडिएको थियो। ...... कति प्रदेश बनाउने? नामांकन वा सीमांकन के गर्ने? कैलाली टुक्र्याउने कि नटुक्र्याउने ? उनको कुनै अडान रहेन। उनले सधैँ 'मिलाउ' मात्र भने। प्राय: अंग्रेजीमा भन्ने गर्थे- 'गिभ एण्ड टेक' गरेर मिलाउने। धेरै पहिलेको एउटा बैठकमा एमाओवादी नेता नारायणकाजी श्रेष्ठले भने-प्रधानमन्त्रीजी, हामीले त धेरै छोडिसक्यौं। तपाईंले भन्ने गर्नु भएको 'गिभ' चै के होरु कहिले गर्ने? ....... निर्णय गर्ने ठाउँमा बसेका मानिसले पहिले नै बोल्न थाले समस्या हुन्छ। गिरिजाप्रसाद कोइराला यो कलामा निपूण थिए। भरसक आफू बहसमा भागै लिदैनथे। अरुका कुरा सुन्थे, आफ्नो सुनाउँदैनथे। धेरै पर्गेलिसकेपछि बोल्थे र त्यसमा अड्थे।बाबुराम भट्टराई त्यसको उल्टो छन्। उनी बोर्ड फस्ट जो परे! ......... प्रधानमन्त्री भएका बेला अरुका कुरा सुन्नुपर्ने, संयोजन गर्नुपर्ने ठाउँमा पनि उनी आफैं नै धेरै बोल्ने, आफ्नो अडान राखिहाल्ने, यसो नभए हुँदैन भनेर जिद्दी कसिहाल्ने गर्थे! अघिल्लो संविधानसभाको अन्तिम तिर एउटा बैठकमा मधेसमा दुई प्रदेशभन्दा धेरै हुँदैन भनेर उनी कड्किए पछि कुरा धेरै बिग्रेको थियो। ....... छ कि आठ प्रदेश भन्नेमा धेरै लामो समयदेखि बहस चलिरहेको थियो। कांग्रेस-एमालेले आठ प्रदेश मानेमा सहमति सम्भव देखिन्थ्यो। आइतबार राति बालुवाटारमा बसेको कांग्रेस-एमालेको निर्णायक बैठकमा महेश आचार्य र नरहरि आचार्यले जमेर आवश्यक परे ८ प्रदेशमा गएर भए पनि सहमति खोज्नु पर्ने तर्क राखे। बैठकमा उपस्थित कांग्रेस उपसभापति रामचन्द्र पौडेल र महामन्त्री कृष्णप्रसाद सिटौलाले छ प्रदेशमै अड्नु पर्ने जिरह गरे। ........... अन्तिममा प्रधानमन्त्री कोइरालाले अब धेरै ढिलो नगरौं भन्दै आठ प्रदेश मानेर भएपनि सहमति खोज्नु पर्ने निर्णय सुनाए। हिजो सोमबार पनि बालुवाटारको बैठकमा पौडेल र एमाले नेता माधव नेपालले फेरी असन्तुष्टि पोखे। नेपालले 'आठ प्रदेश मान्दा पनि सहमति भएन भने कसले जिम्मा लिन्छ' भनी प्रश्न गर्दा कोइरालाले धेरै बेर नोसोची 'म लिन्छु' भनिदिए। संविधानको वार्ताका लागि कोइरालाले छानेको कुशल टिम सहमति सम्भव बन्नुको तेस्रो कारण हो। ....... कोइराला 'सधै सानो कोटरीमा रमाउने' भनेर आलोचित नेता हुन्। तर प्रधानमन्त्री भएपछि उनले छानेका मन्त्रीमा कोहीपनि उनको 'कोटरी' का व्यक्ति परेनन्। सधैँ आनन्द ढुंगाना, दिलेन्द्रप्रसाद बडू, फर्मुल्ला मन्सुर, दिलबहादुर घर्तीबाट घेरिएर बस्ने आरोप लागेका कोइरालाले आफ्नो तर्फबाट रामशरण महत, महेश आचार्य, नरहरि आचार्य, मिनेन्द्र रिजाल र नारायण खडकालाई मन्त्री बनाए। ........ यसमध्ये महेश आचार्य गिरिजाप्रसाद कोइरालाको पालादेखिनै सुशीलले रुचाएका व्यक्ति थिएनन्। तर सुशीलले उनलाई मन्त्री मात्रै बनाएनन्, संविधानको वार्ताको प्रमुख अभिभारा नै महेश र नरहरिको काँधमा राखिदिए। शुरुशुरुमा नरहरिले वार्तामा धेरै भूमिका खेले, बिस्तारै महेशको भूमिका प्रभावकारी हुँदै गयो। पछिल्ला केही महिनामा महेशको तार्किक क्षमता र विपक्षी नेतालाई 'कन्भिन्स' गर्न सक्ने चातुर्यको सुशीलले भरपुर उपयोग गरे। .......... १२ बुँदे सम्झौता दिल्लीमा भएको भनेर नेपालमा धेरै आलोचना हुने गरेको छ। राजाको सक्रिय शासनको बेला सो सम्झौता नेपालमा कति सम्भव थियो वा विदेशी भूमिमा गर्नु कति जायज वा नाजायज थियो इतिहासमा समीक्षा होला। ....... १६ बुँदे यस्तो महत्वपूर्ण सहमति हो, जुन भारतको संयोजन वा सहभागिता बिना नै सम्भव भएको छ। यसको पनि ठूलो जस सुशील कोइरालालाई जान्छ। नेपालको राजनीतिक वृत सानो छ, यसका मूल खेलाडी थोरै छन्। थोरै मात्र राजनीतिक चासो भएका मानिसले पनि विभिन्न पार्टीमा छरिएका यी मूल खेलाडीमध्ये कसको दिल्लीसँग धेरै हिमचिम छ भनेर थाहा पाएका छन्। तीमध्ये धेरै मानिसहरू संविधान निर्माणको पक्षमा थिएनन् भन्ने पनि उनीहरूलाई थाहा छ। त्यस्तो सम्बन्ध भएका नेपाली कांग्रेसभित्रका सानादेखि ठूलासम्म नेतालाई सुशील कोइरालाले संविधान निर्माणबाट लगभग अलग राखे। रिङ्गमा नयाँ र त्यस्तो सम्बन्ध नभएका खेलाडी उतारे। त्यसले एउटा सन्देश दियो। ...... भारतसँग सधैँ सशंकित प्रचण्डले सुशीलमा विदेशी हस्तक्षेपबारे कुरा गर्न एउटा भरपर्दो मित्र पाए। सुशील, महेश र नरहरि आचार्यले प्रचण्डलाई बिपीदेखि गिरिजाप्रसाद कोइरालासम्मको अनुभव सुनाए र अहिलेको नेतृत्व पुस्तापनि संविधान दिनबाट असफल हुनसक्ने तर्फ सचेत गराए। ....... एमाले अध्यक्ष केपी ओली भर्खरैदेखि दौरा सुरुवालमा सजिन थालेका थिए। उनको निवास जाने नेतालाई ग्वाम्म अँगालो मारेर नेपाली झण्डाको ब्याच लगाइदिन थालेको पनि भर्खरैदेखि हो। धरहरा चढेर अव संविधान निर्माण भएर मुलुक नयाँ युगमा प्रवेश गर्छ भनेको पनि भर्खरै हो। ....... सोमबार राति बालुवाटारमा भएको १६ बुँदे सहमति सुशीलकै कारणबाट मात्र सम्भव भयो भन्ने होइन। भुकम्पपछिको परिवेशको ठूलो महत्व छ। धेरै पात्रहरूको ठूलो भूमिका र लामो प्रयत्नबाट यो सम्भव भएको हो। ती पात्रहरूको भूमिका बारे पनि लेखिएला। तर यी सबै पात्रहरूभन्दा मुख्य भूमिका सोमबारको बालुवाटार बैठकका 'होष्ट' प्रधानमन्त्री कोइरालाकै हो भन्ने भुल्नुहुन्न। ...... कोइराला सधैँ प्रेसमा क्षमता नभएका नेताका रुमपा प्रचारित भए, प्रभावहीन नेताका रुपमा प्रस्तुत गरिए। सायद हामीले प्रेषित गरेको त्यो तस्बिर पूर्ण छैन। त्यसमा केही खोट छ। हामीले ढंग पुर्याएर बोल्ने कुरालाई धेरै र विवेक पुर्याएर सोच्ने र त्यही अनुरुप जीवन बाँच्ने कुरालाई कम महत्व दियौं कि?
चार दलको सहमति सत्तास्वार्थका लागि: यादव
यसअघि एमाअाेवादीले संसद्मा प्रतिनिधित्व गर्ने विपक्षी माेर्चाका १८ दलकाे बैठक बाेलाएकाे थियाे । बैठकमा १३ दल उपस्थित रेहकाे र सबै दलले सहमतिकाे समर्थन गरेकाे माेर्चाका प्रवक्ता प्रेमबहादुर सिंहले बताएका थिए ।
‘संविधानमा समझदारी नगरी प्रधानमन्त्री मात्र फेर्ने चाहना छैन’
‘संविधानका लागि समझदारी निर्माण गर्ने यही उपयुक्त अवसर हो । संविधान बनाउन सकियो भने राष्ट्रिय विपदाको सामना गर्ने गरी राष्ट्रिय सरकार निर्माण गर्न सकिन्छ ।’ ..... पहिलेका छलफल वैचारिक–राजनीतिक विषयमा हुने गर्थे । अहिले संविधान निर्माण कार्य टुंग्याउने हिसाबले कामकाजी छलफल सुरु गरेका छौँ । त्यसैको परिणाम हो, निर्वाचन प्रणालीका बारेमा भएको सहमति । जस अनुसार प्रत्यक्ष निर्वाचित ६० र समानुपातिक निर्वाचित ४० प्रतिशत कायम गरेका छौँ । ....... राज्य पुन:संरचना अन्तर्गत प्रदेशको संख्या, नामकरणका विषयमा हामी सहमतिनजिक पुगिसकेका छौँ । प्रदेशको नामकरण प्रदेशसभालाई नै गर्न दिने सहमति भएको छ । नामकरणको विषय करिब करिब टुंगियो भन्दा हुन्छ अब । सीमांकन र प्रदेशको संख्याका विषयमा केन्द्रित भएर अहिले छलफल चलिरहेको छ । ....... सीमांकन गर्दा ‘क्लस्टर’ मिलाएर गर्ने भन्नेमा हाम्रो अलि बढी जोड छ । पहिचानको जुन मुद्दा छ, सीमांकन गर्दा त्यो झल्कियोस् भन्ने चाहन्छौँ हामी । अरू पार्टीका साथीहरूचाहिँ ‘क्लस्टर’ नमिलाई सीमांकन गरौँ भन्ने चाहनुहुन्छ । ....... बहस र झगडा फरक फरक कुरा हुन् । हामी झगडा होइन, बहस गरिरहेका छौँ । ...... विभिन्न ‘क्वार्टर’बाट सहमति हुन नदिने प्रयास भइरहेका छन् । संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणालाई हिजो जसले मन पराएनन्, उनीहरूले त कुनै हालतमा सहमति नहोस् भन्ने चाहेकै छन् । ....... सम्पूर्णको सहमति हुन्छ र हुनैपर्छ भन्ने जरुरी छैन । ..... भनाइ नै छ, राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र भन्ने हुँदैन ।

भूकम्पपछि देशको परिस्थिति जस्तो बनेको छ, त्यसले सबै राजनीतिक दल र शक्तिलाई एक ठाउँमा आएर छलफल गर्न प्रेरित गरेको छ ।

२८ दलको विज्ञप्ति


उपेन्द्र यादव ले महन्थ ठाकुर लाई नेता मान्नु पर्छ


  • नेपाली काँग्रेस मा छँदा महन्थ ठाकुर राम वरण यादव भन्दा सीनियर मान्छे, एमाले र पछि माओवादीमा उपेन्द्र यादव जिल्ला स्तर बाट कहिले केन्द्र स्तरमा पुगेनन। 
  • उपेन्द्र यादव पढ़े लेखेको मान्छे तर महन्थ ठाकुर विद्वान मान्छे। 
  • महन्थ ठाकुर लाई नेता मानन राजेन्द्र महतो तयार। 
  • उपेन्द्र यादव लाई सह-अध्यक्ष अथवा उपाध्यक्ष मानन महन्थ ठाकुर तैयार। 
  • उपेन्द्र यादवको महत्त्व: अशोक राई लाई एकीकृत पार्टीमा ल्याउन सक्ने। 
  • उपेन्द्र यादव लाई पार्टी महाधिवेसनमा पार्टी अध्यक्ष पद का लागि उम्मेदवारी दिन पार्टी विधानले रोक्ने छैन। 
  • २८ दल लाई एक पार्टी बनाउने। अर्को के छ उपाय? 
  • एकीकृत पार्टी को नाम: संघीय लोकतान्त्रिक फोरम। चुनाव चिन्ह: सद्भावनाको ओरिजिनल पंजा छाप। झंडा पनि सद्भावनाको ओरिजिनल तीन रंगको। हिमाल पहाड़ तराई। 
  • एक मधेस एक प्रदेश भन्नेले एकीकृत पार्टी दिन सक्नुपर्यो जनता लाई। 

बालुवाटार मा जे देखियो



The Agreement To Conclude The Peace Process

The agreement
1. The Federal Democratic Republic of Nepal will have eight provinces based on five criteria of identity and four criteria of capability.
2. Two-thirds majority of provincial assemblies will name the provinces.
3. The Nepal government will form a federal commission to recommend on demarcation of federal provinces. The commission will have a tenure of six months. The Legislature-Parliament will take a final decision on the demarcation with a two-thirds majority after the recommendation of the commission.
Parliament and Electoral System
4. There will be a bicameral parliament comprising federal legislature parliament and the upper house. Provincial parliaments will be unicameral.
5. Mixed electoral system will be adopted for parliamentary election. There will be 275 members in Parliament. There will be 165 constituencies based on geography and population. A total of 165 lower house members will be elected through first-past-the-post (FPTP) system. The rest—110--will be elected through the proportional representation system.
6. The upper house will have 45 members--40 of the members will be elected equally from each federal province. The remaining five will be nominated by President on the recommendation of the Council of Ministers.
Forms of Government
7. To run the state affairs, a federal democratic republic multiparty parliamentary system of governance will be adopted. The leader of the party having a clear majority or having support of other parties in Parliament will become the executive prime minister.
8. There will be a constitutional President in Nepal. An electoral college of the federal legislature parliament and provincial assemblies will elect the President.
(The UCPN (Maoist) has its differences on the parliamentary system of governance and the constitutional president. Despite this, the party agrees to taking forward the constitution writing process.)
9. After the promulgation of the new constitution, the election of the President, Vice President, Prime Minister, Speaker and Deputy Speaker will be held by the transformed Legislature-Parliament as per the Interim Constitution-2007.
10. Until the next election of the House of Representatives, the transformed Legislature-Parliament will hold the election of the Prime Minister, vote of confidence, no confidence motion and Cabinet formation as per the Interim Constitution-2007. The impeachment of the President, Vice President, Prime Minister, Speaker, Deputy Speaker will be in accordance with the Interim Constitution-2007.
Judicial System
11. An independent, impartial and efficient judicial system will be formed as per the concept of independent judiciary.
12. The Supreme Court will be the court of record. It will be authorised to make final interpretation of the constitution.
13. A Constitutional Court will be formed in order to settle disputes on the jurisdictions between the provinces and the Centre, between provinces, between provinces and local bodies, and election-related disputes of the House of Representatives, National Assembly and provincial assemblies. The Constitutional Court shall have the final decision on these issues. The court will be chaired by the Chief Justice of the Supreme Court and will comprise two senior-most justices, and two legal experts who are qualified for the post of Supreme Court Justice. The tenure of the Constitutional Court will be 10 years from the promulgation of the new constitution.
14. The provision on the formation of the Judicial Council will be as determined by the Interim Constitution-2007.
15. The constitution writing process will be taken forward based on the spirit of this fundamental agreement on federalism, forms of government, electoral system, and judicial system.
Local Body Election
16. The election of local bodies will be held as soon as possible to strengthen the representation and participation of the people.
Sushil Koirala, Prime Minister and President, Nepali Congress
KP Sharma Oli, Chairman, CPN-UML
Pushpa Kamal Dahal, Chairman, UCPN (Maoist)
Bijay Kumar Gachhadar, Chairman, Madhesi Janadhikar Forum-Loktantrik

२८ दल बीच एकीकरण गर

२८ दल ले ३० दलीय गठबंधन तोड्दै २८ दल बीच एकीकरण गरेर काँग्रेस, एमाले, माओवादी पछिको ४० बढ़ी सांसद भएको ठुलो पार्टी को रुपमा आफुलाई अगाडि ल्याउनु पर्छ र यस एकीकृत पार्टीले प्रदेश सभाको चुनावमा भारी बहुमत ल्याएर आठ प्रदेश नाम पहिचान झल्किने बनाउन त्यसै किसिमको चुनावी नतिजा देखाउन लागि पर्नु पर्छ। मधेसी जनजाति एकता जिन्दाबाद।















सम्झौता बारे विभिन्न प्रतिक्रिया

बाबुराम भट्टराई

२०७२ जेठ २५ गते भएको १६-बुँदे संवैधानिक सहमति २०६२ मंसिर ७ गते भएको १२- बुँदे समझदारीदेखिको राजनीतिक यात्राको अन्तिम कडी हो!
अर्थात् यो नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको इतिहासको स्वर्ण क्षण हो!
तर चुनौति अझै सकिएको छैन। यो प्रक्रियाले पूर्णता प्राप्त गर्न अझै केही समय लाग्नेछ! राष्ट्रिय र अन्तर्राष्ट्रिय शक्ति सन्तुलनलाई ख्याल गर्दै यो प्रक्रियाका पक्षधर सबैले सुझबुझपूर्ण भूमिका निर्वाह गर्नुपर्नेछ! हीनतावोध र आत्मश्लाघा दुवैबाट वच्नुपर्न्ेछ!
यो प्रक्रियामा कसको के भूमिका रह्यो अझै मूल्यांकन गर्ने वेला भएको छैन। इतिहास निर्माता र इतिहास लेखक अक्सर एउटै हुँदैनन्।
कुनै पनि सम्झौताले सबैलाई पूर्ण सन्तुष्ट बनाउनै सक्दैन। त्यस्तो सम्झौता इतिहासमा न आजसम्म कतै भएको छ, न भविष्यमा हुनेवाला छ। सबैको win-win भनेको सबैको lose-lose पनि हो!

साइमन ढुंगाना

भुकम्प पश्चात नेपालीहरुको भावनालाई लत्तौदै पोलिटिक्स एज यिउजुअल गरेर विकास र निर्माण को समयमा संघियेता, त्यसमा पनि पहिचानको आधारमा? कुन गाउँ मा कुन जाति ले गएर मद्दत गर्यो? मेरो पहिचान (नेपाली) लाई लिएर मलाई बहिष्कृत गर्ने प्रदेशमा मा भोलि विपति आए कुन आधारमा मद्दत गर्न जाउ ?
अहिले को जनलहर नबुझ्नु भनेको को भोलिको जन आधार गुमाउनु हो। तर पनि हिजोको नेपाली जनताले संबिधान बनाउन चुनेकोहरुले यस कुरामा पहल गरेको सराहनीय हो। १८ बुदे सम्झौता मेरिटको आधारमा :
======द गुड======
(नेपालको निम्ति राम्रो)
-
१०) नयाँ संविधानको व्यवस्था बमोजिम प्रतिनिधिसभाको अर्को निर्वाचन सम्पन्न नभएसम्म रुपान्तरित व्यवस्थापिका–संसदबाट प्रधानमन्त्रीको निर्वाचन, विश्वासको मत, अविश्वासको प्रस्ताव तथा मन्त्रिपरिषद्को गठन सम्बन्धी सबै कार्य नेपालको अन्तरिम संविधान, २०६३ को व्यवस्था बमोजिम हुने गरी व्यवस्था गरिनेछ । राष्ट्रपति,उपराष्ट्रपति, सभामुख र उपसभामुख विरुद्ध महाभियोग व्यवस्था पनि अन्तरिम संविधान, २०६३ बमोजिम नै हुने गरी व्यवस्था गरिनेछ ।
११) स्वतन्त्र न्यायपालिकाको अवधारणा अनुरुप नेपालमा स्वतन्त्र,निष्पक्ष र सक्षम न्यायपालिकाको व्यवस्था गरिनेछ ।
१२) सर्वोच्च अदालत अभिलेख अदालत हुनेछ । संविधानको अन्तिम व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतको हुनेछ ।
१६) जनताको प्रतिनिधित्व र सहभागितालाई सबल तुल्याउनको लागि यथासक्य चाँडो स्थानीय निकायको निर्र्वाचन गरिनेछ ।
-
=====द अननोन=====
(हेरौ अभ्यास कस्तो हुन्छ)
-
५) प्रतिनिधिसभाको निर्वाचन मिश्रित निर्वाचन प्रणालीबाट गरिनेछ । प्रतिनिधिसभामा कूल २ सय ७५ सदस्य रहनेछन् । भूगोल र जनसंख्याको आधारमा देशमा कूल १ सय ६५ संसदीय निर्वाचन क्षेत्र हुनेछन् । यी निर्वाचन क्षेत्रबाट प्रत्यक्ष निर्वाचन प्रणाली अन्तरगत बहुमत प्राप्त गर्ने १ सय ६५ प्रतिनिधिसभा सदस्य निर्वाचित हुनेछन् । बाँकी १ सय १० सदस्य समानुपातिक निर्वाचन प्रणालीद्वारा निर्वाचित हुनेछन् । ६) राष्ट्रिय सभाको सदस्य संख्या कूल ४५ कायम हुनेछ । यस मध्ये प्रत्येक प्रदेशबाट समान संख्याका आधारमा ४० सदस्य निर्वाचित हुनेछन् । र बाँकी ५ सदस्य संघीय मन्त्रिपरिषद्को शिफारिसमा राष्ट्रपतिबाट मनोनयन हुनेछन् ।
८) नेपालमा एक संवैधानिक राष्ट्रपति हुनेछन् । राष्ट्रपतिको निर्वाचन संघीय संसद एवम् प्रादेशिक सभा सदस्य सहितको निर्वाचक मण्डलबाट हुनेछ ।
९) नयाँ संविधान घोषणा पश्चात् राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री,सभामुख र उपसभामुखको निर्वाचन रुपान्तरित व्यवस्थापिका–संसदबाट नेपालको अन्तरिम संविधान, २०६३ बमोजिम हुने गरी व्यवस्था गरिनेछ ।
१३) केन्द्र र प्रदेश, प्रदेश र प्रदेश, प्रदेश र स्थानीय तह एवम् स्थानीय तहका बीचमा अधिकार क्षेत्रबारे तथा प्रतिनिधि सभा,राष्ट्रिय सभा र प्रदेश सभाको निर्वाचन सम्बन्धी विवादमा न्याय निरुपण गर्न एक संवैधानिक अदालत गठन गरिनेछ । यी विषयमा संवैधानिक अदालतको निर्णय अन्तिम हुनेछ । यो अदालत सर्वोच्च अदालतका प्रधान न्यायाधीशको अध्यक्षता र २ जना अन्य वरिष्ठतम् न्यायाधीश तथा २ जना सर्वोच्च अदालतको न्यायाधीश हुन योग्यता पुगेका कानून क्षेत्रका विज्ञको सहभागितामा गठन हुनेछ । संवैधानिक अदालतको कार्यावधि नयाँ संविधान प्रारम्भ भएको मितिले १० वर्षसम्म हुनेछ।
१५) संघीयता, शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्याय प्रणालीका सम्बन्धमा भएको यो मूलभूत सहमतिको भावना अनुरुप संविधान निर्माणको प्रक्रिया अघि बढाइने छ ।
-
=====द ब्याड=====
(यहि प्रणाली र भोलि गरौलाको नतिजा देखि सक्यो )
-
३) प्रदेशको सीमाङ्कन संबन्धी सिफारिश गर्न नेपाल सरकारले एक संघीय आयोग गठन गर्नेछ । आयोगको कार्यावधि ६ महिना हुनेछ । संघीय आयोगको सुझाव–प्रतिवेदन प्राप्त भएपछि प्रदेशको सीमाङ्कनको अन्तिम निर्णय व्यवस्थापिका– संसदको दुई तिहाइ बहुमतले गर्नेछ ।
४) संघीय संसद प्रतिनिधि सभा र राष्ट्रिय सभा गरी दुई सदनात्मक हुनेछ । प्रादेशिक सभा एक सदनात्मक हुनेछ ।
७) देशको शासन सञ्चालन गर्न बहुदलीय प्रतिस्पर्धात्मक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणाली अबलम्बन गरिनेछ । प्रतिनिधिसभामा एकल बहुमत प्राप्त वा अन्य दलको समर्थनमा बहुमत प्राप्त दलका नेता कार्यकारी प्रमुखको हैसियतमा प्रधानमन्त्री हुनेछन् ।
१४) न्याय परिषद् गठन संबन्धी व्यवस्था नेपालको अन्तरिम संविधान,२०६३ को व्यवस्था बमोजिम हुनेछ ।
-
=====द अग्लि=====
(भुकम्प पश्चात दुइ तिहाई नेपाली जनताको भाव बिरुद्ध )
-
१) संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालमा पहिचानका ५ र सामर्थ्यका ४ आधारमा आठ (८) प्रदेश निर्माण गरिनेछ ।
२) प्रदेशको नामाकरण प्रदेश सभाको दुई तिहाइ बहुमतको निर्णयबाट गरिनेछ ।

सीके राउत

खोदा पहाड, निकला चुहिया ! (सन्दर्भ: १६ बुँदे और ८ प्रदेश पर सहमति)
************************************************************************
इतना कुछ होने पर भी मधेशी नेता लोग किसी न किसी बहाने में मधेशी जनता को उल्लू बनाएँगे ही, और कहेंगे: ऊ.....देखत हो... आकाश में, उहे बा स्वायत्त मधेश। अब ज्यादा दूर नहीं है ! अभी तो ६५ ठें वर्ष हुआ है। बस और १०० वर्ष ऐसे ही मरते रहो, अपने बेटा-बेटीका खून हमें देते रहो। हम खातेपीते रहेंगे ! तब ना अधिकार मिली तोहके!
और नेपाली संविधान के अन्तर्गत 'स्वायत्त मदेश' चलीं कितना ? वही साल या दु-साल। नेपाल में मधेशियों को काहे का अधिकार? नेपाली सेना लगाकर तुरन्त सब कुछ निलम्बन! और फिर दुबारा लगना १०० वर्ष...
क्या कहुँ ? कोई रास्ता नहीं सिवाय आजादी की, यह जितना जल्दी हो सभी जान लें, वही बेहतर है। ७ दिन पहले लिखा गया नीचे का पोस्ट फिर से जरूर (हाँ, फिर से) पढकर एकबार मनन करें। क्योंकि अभी की १६ बूँदे सहमति अत्याचारका अन्त नहीं, शुरुवात है। इसके बाद मधेशियों को क्या-क्या खोना है, और मधेशियों के साथ क्या सलुक होगा, उसके लिए नीचे की बात जरूर पढें। (पोस्ट के सबसे नीचे 'नोट' भी है!)
---
चलें एक बार फिर समीक्षा करते हैं, 'मधेश स्वराज' किताब के पाठ १२ में "स्वतन्त्र मधेश क्यों? क्या संघीयता या अन्य दूसरा उपाय समाधान दे सकता है?" प्रश्न के उत्तर में दिए गए १० बूँदा को देखें और फैसला करें कि अभी तक की परिस्थिति अनुसार १० में से कितना प्वाइन्ट आता है--
1. क्या संघीयता सम्पूर्ण मधेश को अखण्ड रखकर एक राज्य होने की गारन्टी करती है?
-> संघीयता के नाम पर कभी ६ तो कभी ७ प्रदेश करके मधेश को तो ५ भाग तक में बाँटा जा रहा है। तोडो और गटको, नीति अन्तर्गत। [८ प्रदेश कर ही दिया!]
2. क्या वह मधेशियों की जमीन पुन: नहीं छीने जाने की और नेपालियों/पहाड़ियों को मधेश में नहीं बसाए जाने की गारन्टी करती है?
-> अभी ही भूकम्प के नाम पर क्या हो रहा हैं ? १०ओं लाख पहाडियों को मधेश में बसाने का षड्यन्त्र। क्या आजाद मधेश के अलावा कोई दूसरा समाधान इसे कोई रोक सकता है?
3. क्या वह मधेश के प्रशासक मधेशी होने की गारन्टी करती है? नहीं तो, बाद में भी नेपाली अधिकारियों द्वारा इसी तरह से कर्फ्यू लगाकर मधेशियों पर आक्रमण होता रहेगा और नेपाली शासक द्वारा इसी तरह से शोषण जारी ही रहेगा।
-> अभी भी मधेश में CDO और SP पहाडी ही रहते हैं, और रौतहट और बारा में ही कर्फ्यू लगाकर किस तरह से मधेशियों को कुचला गया, दो ही महीने में हम भूल जाएँ ?
4. क्या वह ऋतिक रोशन कांड और नेपालगंज घटना जैसे सुनियोजित जातीय सफाया के षड्यन्त्र कराके मधेशियों पर फिर लूटपाट और आक्रमण नहीं होने की गारन्टी करती है?
-> कुछ ही दिन पहले नेपाल प्रहरी के संरक्षण में ईटहरी में मधेशी-नेपाली दंगा कराके मधेशियों को जिंदा जलाने की बात की गई !
5. क्या वह मधेश के काम-काज और नौकरियाँ मधेशी को ही मिलने की गारन्टी करती है? कि बाहर से नेपाली लोगों को बुलाकर दी जाएगी?
-> मधेश की नौकरियाँ मधेशबासियों को मिलने की बात तो दूर, आज कल मधेशी की कोटा की नौकरी भी पहाडी ले जा रहा है। मधेशियों को सिडीओ मधेशी प्रमाणित नहीं कर रहा है,और पहाडियों को मधेशी प्रमाणित कर नौकरी दी जा रही है।
6. क्या वह मधेश की सम्पूर्ण आय और दाता राष्ट्रों से प्राप्त अनुदानों का समुचित भाग मधेश में लगानी होने की गारन्टी करती है? कि मधेश को खाली विश्व बैंक और एडीबी का ऋण ढोना पड़ेगा?
-> देखो भई, अभी ही कितने वैदेशिक अनुदान और ऋण आ रहे हैं, उसमें से कितना मधेश के लिए जा रहा है ! मधेश के अग्निपीडित, बाढपीडित, भूमिहीन और भूखे मर रहे लोगों के लिए कितना वैदेशिक सहयोग मिल रहा है, है न ?
7. क्या वह देश भीतर और बाहर रहे मधेशियों की पहचान की समस्या को समाधान करेगी? क्या तब धोती, इंडियन और मर्सिया कहके नहीं बुलाया जाएगा?
-> फेसबुक और ट्‍वीटर भी देख लिया करो कभी कभी। मालूम हो जाएगा।
8. क्या वह मधेश के साधन-स्रोत, जल, जमीन और जंगल पर पूर्णत: मधेशियों का अधिकार होने की गारन्टी करती है?
-> भूकम्प गया पहाड में, और मधेश के जंगल कटाकर, पूरे मधेश के वनको विनाश करके काठ पहाड भेजा जा रहा है। पर मधेश के अग्निपीडित के लिए १ टुक्रा काठ नहीं, मधेशियों को अपने ही जंगल जाना प्रतिबंध है। मधेश का जंगल तो पहाडियों के हाथों में है, १ महीने पहले तक "वन संरक्षण" की बात होती थी, पर पहाडियों को भूकम्प का बहाना मिला तो मधेश के सारे जंगल चले साफ करने !
9. क्या वह मधेश की नागरिकता, सुरक्षा और वैदेशिक नीति मधेशियों के हाथों में होने की गारन्टी करती है?
-> बन रहे संविधान में इस तरह का नागरिकता प्रावधान लाया जा रहा है ताकि बहुत सारे मधेशी नागरिकता विहिन हो जाय। आज भी आप अपने बच्चों को जन्मदर्ता करने या नागरिकता बनाने जा कर देखें, क्या रोटी बेलनी पडती है मधेशियों को। सुरक्षा के नाम पर अब तो APF बन्दुकधारियों को भी पक्राऊपूर्जी जारी करने का फैसला किया जा रहा हैं। वैदेशिक नीति में बार्डर पर कितना भंसार लगेगा, मधेशियों को किस तरह से सताया जाय, अपमानित किया जाय, यही दिन रात नेपाली लोग सोचते रहते हैं। शंका हो तो बार्डर पर अपने परिवारजन (माँ, बहन, बीबी) को लेकर १-२ साडी भी झोले में रखकर बार्डर पार करने की कोशिस किजिएगा, पता चल जाएगा!
10. क्या वह मधेश से नेपाली सेना पूर्णत: हटाकर पूर्ण मधेशी सेना बनाने की गारन्टी करती है? नहीं तो कभी भी नेपाली सेना को परिचालन करके केन्द्रीय नेपाली सरकार कुछ भी कर सकती है, कोई संविधान भी लागू कर सकती है, कुछ भी नियम-कानून लगवा सकती है। केन्द्रीय सरकार आपातकालीन स्थिति की घोषणा करके मधेशियों के सम्पूर्ण अधिकार मिनट भर में ही निलम्बन कर सकती है। क्या इसे हम अपनी उपलब्धि मानें? क्या इसे हम सम्पूर्ण मधेशियों के बलिदान और संघर्ष का मोल माने?
-> भूकम्प के नाम पर आपत्कालीन् स्थिति/क्षेत्र घोषणा करते समय या सेना को निकालते समय प्रक्रिया तक भी पूरा किया गया, राष्ट्रपति तक को भी पूछा गया? ये तो है पहाड में गए भूकम्प के नाम पर। मधेशी जनता जब भी थोडे से हलचल करेंगे, तब क्या होगा ? कितना देर लगेगा मधेशियों को दबाने के लिए इमरजेन्सी लगाने और सेना को निकालने में ? कितने प्वाइन्ट हुए ? 0 / 10 ?

खोदेगा पहाड तो निकलेगा क्या ?! इसलिए कहता हूँ चलो मधेश को खोदते हैं, और नेपाली उपनिवेश को उखाड फेंक मधेश को आजाद करते हैं? आखिर कब तक ऐसे ही भीख मांगोगे? स्वराज लाएँ, सम्पूर्ण अधिकार सदा के लिए पाए। नेपाली उपनिवेश अंत हो, मधेश देश स्वतन्त्र हो।

नोट: जो यह कहता है संघीयता और स्वायत्तता तो केवल २०६४ साल के मधेश आन्दोलन का एजेन्डा है और अभी तो केवल ८ वर्ष बीता है, वे लोग उससे पहले लाखों वीर मधेशियों द्वारा किया गया संघर्ष और सैकडों मधेशी द्वारा दी गई बलिदानी का अपमान कर रहे हैं। तराई कांग्रेस २००७-८ साल में ही खुला था, जिसकी प्रमुख माग ही स्वायत्त मधेश की स्थापना और मधशियों की समानुपातिक समावेशी थी। और उस संगठन की हैसियत अभी जैसी टुटी-फुटी दर्जनों मधेशी पार्टियों की तरह नहीं थी, बल्कि मधेशियों के लिए उस समय तराई कांग्रेस बहुत हद तक एकल राजनैतिक दल था, और बहुत ही सशक्त था, जिसकी सदस्यता उस समय केवल २ वर्ष में ६०,००० से ज्यादा हो गई थी। तो हम पीछले ६५ वर्ष से स्वायत्त मधेश के लिए लगे हैं, और निकला क्या!

उपेन्द्र यादव 

सोमवार राती संविधान निर्माण बारे चार राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले, एनेकपा माओवादी र फोरम लोकतान्त्रिकबीच भएको सहमति जनयुद्ध, जनआन्दोलन, ऐतिहासिक मधेश जनविद्रोह र आदिवासी जनजाति लगायतका आन्दोलनहरुको मूलमर्म र भावना विपरीत हुनुका साथै आन्दोलनरत दलहरुसँग भएको सम्झौता, सहमति र अन्तरिम संविधान तथा विगतको संविधानसभाले गरेका निर्णयआदिको प्रतिकूल हुनुका साथै पहिचानसहितको संघीयता र संघीयतासहितको संविधान एवं समानुपातिक समावेशिकताका विपरीत तथा यथास्थितिवादी र प्रतिगमनकारी रहेका छन् । यसले मधेसी, आदिवासी जनजाति, दलित, महिला, पिछडावर्ग, अल्पसंख्यक समुदाय, श्रमजीविवर्ग लगायतका जनताको अधिकारलाई सुनिश्चित गराउनुका सट्टा सत्तास्वार्थ परिपूर्तिका लागि मात्र केन्द्रीत रहेको छ ।
संघीयतामा प्रदेशहरुको नामाङकन तथा सीमाङकनको लागि आयोगलाई जिम्मा दिने कार्य नेपालको अन्तरिम संविधान २०६३ को धारा १३८ को ठाडो उल्लंघन हुनुका साथै संविधानसभाको समेत अवमुल्यन गर्ने कार्य गरेको छ । यसकार्यले संघीयता र पहिचानविहीन संविधान निर्माण गर्ने कार्यलाई नै मूर्तरुप दिन षड्यन्त्र गर्न खोजिएको छ । यसप्रकारको षड्यन्त्रमूलक सहमतिको मधेसी जनअधिकार फोरम, नेपाल विरोध गर्दछ । उक्त सम्झौताले मधेसी मोर्चा, संघीय गणतान्त्रिक मोर्चा र ३० दलीय गठबन्धन लगायतका अवधारणाहरुको समेत उल्लंघन गरेका छन् । सत्तास्वार्थ र भागबन्डाका लागि मात्र गरिएको उक्त सम्झौताले शताब्दियांैदेखि विभेदमा पारिएका मधेसी, आदिवासी जनजाति, थारु, मुस्लिम, दलित, महिला, पिछडावर्ग, अल्पसंख्यक समुदाय र श्रमिकवर्ग लगायतका जनताको अधिकार सुनिश्चित गर्न सक्दैन ।
तसर्थ, आत्मनिर्णयको अधिकार, प्रादेशिक स्वायत्तता तथा स्वशासन, राष्ट्रिय पहिचान, संघीयता, लोकतान्त्रिक गणतन्त्र, बहुलवाद, समानुपातिक प्रतिनिधित्वका लागि संघर्षरत रहनु आजको ऐतिहासिक दायित्व हो ।
२६ जेठ २०७२

Monday, June 08, 2015

आयोग लाई ६ महिना होइन, १ महिना ले पुग्छ

६ महिना धेरै भयो।


सबै भन्दा ठुलो व्यवधान

संघीयता बिनाको संविधान जारी गर्दिने? अनि संविधान सभा को म्याद सकिने? अनि त्यो सभा संसद बन्ने? This makes me suspicious. ६ महिना पर्खिये के बिग्रिन्छ? संघीयता को सीमांकन सहितको संविधान जारी गरे पछि बल्ल संविधान सभा को म्याद सकिने गरे हुँदैन?

केपी ओली लाई मधेसी राष्ट्रपति र उप राष्ट्रपति नपचेकोले संविधान सभा ले सीमांकन सहितको संघीयता वाला संविधान जारी नगर्दै बाई बाई गर्दिने?

संविधान सभा को नामले नै स्पष्ट हुन्छ। संविधान सभा को काम हो संविधान जारी गर्ने। जुन मुद्दा को छिनोफानो नभएको ले पहिलो संविधान सभा बाट दोस्रो संविधान सभा सम्म पुग्नु पर्यो, त्यस मुद्दा लाई ज्युँ का त्यूँ छोडेर संविधान जारी गर्ने भनेको के?

अहिले भएको सम्झौता देशमा मधेसी राष्ट्रपति र मधेसी उप राष्ट्रपति भएको नपचेका हरु बीचको सम्झौता हो। त्यो भन्दा बढ़ी के हो?